Friday, November 20

मनोरन्जन

पाँचौँ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख १५ देखि १७ गतेसम्म सर्लाहीमा हुने
मनोरन्जन, समाचार

पाँचौँ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख १५ देखि १७ गतेसम्म सर्लाहीमा हुने

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण सर्लाहीमा आयोजना हुने भएको छ । वैशाख १५ देखि १७ गतेसम्म आयोजना हुने महोत्सव मधेस प्रदेशको सर्लाही जिल्ला, चन्द्रनगर गाउँपालिकामा आयोजना हुने भएको हो । महोत्सव आयोजनाबारे चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाबिच सहमति भएको छ । ‘हिमाल, पहाड, तराई कोही छैन पराइ’ भन्ने मूल नारालाई आत्मसात् गर्दै विगतका संस्करणहरू पहाडी क्षेत्रमा सफलतापूर्वक सम्पन्न गरिएको महोत्सव यसपटक तराईमा विस्तार गर्न लागिएको आयोजकले जनाएको छ । ग्रामीण कथा, स्थानीय संस्कृति र समुदाय–केन्द्रित सिनेमालाई प्रवर्द्धन गर्ने उद्देश्य बोकेको महोत्सवले अब तराई क्षेत्रका दर्शक, सर्जक र समुदायलाई समेट्दै सबैको सिनेमा, सबैका लागि भन्ने अवधारणालाई अझ सशक्त बनाउने लक्ष्य लिएको छ । गाउँ–गाउँमा सिनेमा पुर्...
ग्लोबल स्टार अवार्डको दोस्रो संस्करण वैशाख ३१ मा होटल मर्क्युरमा
मनोरन्जन, समाचार, समाज

ग्लोबल स्टार अवार्डको दोस्रो संस्करण वैशाख ३१ मा होटल मर्क्युरमा

काठमाडौं — आगामी बैशाख ३१ गते ‘ग्लोबल स्टार अवार्ड’को दोस्रो संस्करण भव्य रूपमा आयोजना हुने भएको छ। आयोजकका अनुसार कार्यक्रम सुकेधारास्थित होटल मरक्युरमा सम्पन्न हुनेछ, जसका लागि तयारी तीव्र पारिएको छ। अवार्डको आयोजना दक्ष इन्टरनेशनलले गर्दै आएको छ भने संस्थाका प्रमुख तथा आयोजक समितिका अध्यक्ष, वरिष्ठ सेलिब्रेटी मेकअप आर्टिस्ट टेकराज पाण्डेको नेतृत्वमा कार्यक्रम सम्पन्न गरिनेछ। यसपटक पनि अवार्डको एसोसियट पार्टनरका रूपमा प्याजेन्ट नेपाल रहनेछ। मुख्य आकर्षण: यस अवार्ड समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका, आ–आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिनेछ। विभिन्न पेशामा लामो समयदेखि सक्रिय रहँदै उल्लेखनीय उपलब्धि हासिल गरेका व्यक्तित्वहरूलाई जुरी टिमको मूल्यांकनका आधारमा छनोट गरिने आयोजकले जनाएको...
“म निर्दोष छु” -कार्की आयोगको प्रतिवेदनविरुद्ध गायक शिव परियारको सार्वजनिक आवाज, सरकारसँग पुनर्मूल्याङ्कनको माग
मनोरन्जन, समाचार

“म निर्दोष छु” -कार्की आयोगको प्रतिवेदनविरुद्ध गायक शिव परियारको सार्वजनिक आवाज, सरकारसँग पुनर्मूल्याङ्कनको माग

काठमाडौं। नेपालका लोकप्रिय तथा चर्चित गायक एवं कलाकार शिव परियारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा आफ्नो नाम "सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति"को रूपमा उल्लेख गरिएकोमा कडा आपत्ति जनाउँदै सार्वजनिक स्पष्टीकरण जारी गरेका छन्। परियारले नेपाल सरकार तथा समग्र नेपाली समाजसमक्ष विनम्र निवेदनसहित प्रस्तुत गरेको उक्त स्पष्टीकरणमा आफूमाथि लगाइएको आरोप वास्तविकतामा आधारित नरहेको दाबी गरेका छन्। वि.सं. २०८२ साल भाद्र २३ गते जेन–जी आन्दोलनको क्रममा देश अत्यन्त जटिल र संवेदनशील परिस्थितिमा थियो। उक्त अवधिमा सामाजिक सञ्जालमा विभिन्न सूचनाहरू तीव्र गतिमा फैलिरहेका थिए, जसका कारण आम नागरिकका लागि सत्य, तथ्य र आधिकारिक सूचना प्राप्त गर्ने अवस्था अत्यन्त अन्योलपूर्ण बनेको थियो। विवादास्पद पोस्टको वास्तविकता गायक परियारका अनुसार, भाद्र २४ गते सामाजिक सञ्जालमा "बेपत्ता पारिएका ३२ ज...
रंगमञ्चदेखि नेतृत्वसम्म: उत्तम केसीको अध्यक्ष दौड सुरु
मनोरन्जन, समाचार

रंगमञ्चदेखि नेतृत्वसम्म: उत्तम केसीको अध्यक्ष दौड सुरु

काठमाडौं ।  चलचित्र कलाकारबीच चुनावी सरगर्मी सुरु भएको छ । यहीबीचमा संघको अध्यक्षका लागि उत्तम केसीले उम्देवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उम्देवारी घोषणा गरेका हुन् । उनलाई संघका पूर्वअध्यक्ष रविन्द्र खड्का लगायतका वरिष्ठ कलाकारले समर्थन गरेका छन् । यही चैत २८ मा चलचित्र कलाकार संघको २१ औं साधारण सभा आयोजना हुँदैछ । सभाले १७ सदस्यीय नयाँ पदाधिकारी निर्वाचित गर्नेछ । संस्थाको मतदाता बन्न १७ चैतसम्म सदस्यता नवीकरण गरिसक्नुपर्नेछ । त्यसअघि निर्वाचन आयोग गठनको तयारी छ । अहिले नवीकरण नगरेकासहित २५०० जना सदस्य संस्थामा रहेको जनाइएको छ ।  २०५५ सालमा स्थापना भएको कलाकार संघमा तीन वर्षे कार्यकाल हुने गरेको छ । रंगमञ्चदेखि चलचित्रसम्मको यात्रा तय गरेका कलाकार केसी नेपालमा टेलिभिजनको स्थापना अघिदेखि नै रंगमञ्चमा नाटक गर्ने कलाकार हुन । बाल्यकालदेखि कला क्षेत्रमा रमाएका के...
पुनम वस्याल र धर्मेन्द्र अर्यालको स्वरमा भजन‘नारायण हरिहरी’(भिडियो)
मनोरन्जन, समाचार

पुनम वस्याल र धर्मेन्द्र अर्यालको स्वरमा भजन‘नारायण हरिहरी’(भिडियो)

काठमाडौ  । गायिका पुनम वस्याल र धर्मेन्द्र अर्यालको आवाजमा भजन गीत ‘नारायण हरिहरी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गणेश बस्यालले मुखडा तयार पारेका छन् भने मौलिक साधारण सम्पूर्ण उमेर समुहका भजन प्रेमिले मन पराउने र जनजिब्रोमा झुन्डिन सक्ने ओझिला शब्दलाई पुनमले कलेक्सन गरेकी छन् । पुर्ण संयोगको म्युजिक एरेन्जमा तयार भएको यस भजनको म्युजिक भिडियोलाई राजु अर्यालले निर्देशन, प्रबिण थापाले कोरियिग्राफी, हरिस महराले छायांकन र नवीन घर्ती मगरले सम्पादन गरेका छ्न् । भजनको म्युजिक भिडियोमा पुनम बस्याल, फ्रेन्सिअ बस्याल, शंकर शाही ठकुरी, प्रमिला गहतराज, रेखा भट्टराई, साधना अर्याल लगायतको अभिनय र नृत्य देख्न पाइन्छ । उजेली, कुरा बुझिसके, सुनामी, चलाउ अभियान, नारायण लगायतका सिर्जनाकी सर्जक पुनम वस्यालले स्वर दिएका गीतहरूले नेपाली सांगीतिक बजारमा राम्रो चर्चा र लोकप्रियता कमाइसकेका छन् । ht...
गायिका प्राश्ना शाक्य र निर्वाण केरुङ्गको ” प्रियतम” कोसेली सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका प्राश्ना शाक्य र निर्वाण केरुङ्गको ” प्रियतम” कोसेली सार्वजनिक(भिडियो)

युवा पुस्ताको ढुकढुकी र सर्वाधिक मन पराएकी गायिका प्राश्ना शाक्य जसको स्वरमा जादु छ । “बादल वर्षा बिजुली ” गीतले सबै दर्शक र श्रोताका मन जितेका जसका थुप्रै सुपरहिट गीतहरू आवाज देउ , गाउँले जीवन छन्। गायिका प्राश्ना शाक्यले आफ्ना फ्यानहरूलाई खुसी बनाउन ” प्रेम दिवस”को उपलक्ष्यमा ” प्रियतम” नामक म्युजिक भिडियो सार्वजनिक गरिन्। गायिका प्राश्ना शाक्य लाई नेपाली सांगीतिक क्षेत्रकी ” द नाईटिङल भइस” पनि भन्ने गरिन्छ। सानै उमेरदेखि नेपाली गीत संगीतमा रुचि राखिने उनले आफ्नो सांगीतिक कोसेली देश र विदेशमा थुप्रै स्टेज प्रोग्राममा गाइसकेकी छिन्। म्युजिक भिडियोमा मोडल सुदित र श्रीतिका को एकअर्काप्रतिको प्रेम समर्पण देखाइएको छ । निर्वाण केरुङ्गको शब्द र संगीत , उदयराज पौडेलको संगीत संयोजन किशोर थापाको मास्टर मिक्सिङ रहेको छ। गीतको म्युजिक भिडियो छायांकन तथा सम्पादन र निर्देशन आफै स्वयं ल...
तृप्तिको स्वर तथा विजय अभिनित हरि उप्रेतीको ‘निदरी’(भिडियो)
मनोरन्जन, समाचार

तृप्तिको स्वर तथा विजय अभिनित हरि उप्रेतीको ‘निदरी’(भिडियो)

गायिका तृप्ति खड्का गुरुङको स्वर तथा सङ्गीतमा नयाँ गीत ‘निदरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि नेपाली आधुनिक तथा सुगम सङ्गीतमा सक्रिय तृप्तिले यस गीतमार्फत फेरि एकपटक आफ्नै मौलिक सिर्जनात्मक पहिचान प्रस्तुत गर्नुभएको छ । गीतमा उहाँलाई चर्चित गायक राज सिग्देलले स्वरमा साथ दिनुभएको छ । ‘निदरी’ले मायाप्रेमको कोमल अनुभूति, वियोगको पीडा , जीवन र आदर्श बोकेको छ ।  शब्द, सङ्गीत र स्वरको संयोजनले श्रोतालाई भावुक बनाउने शैलीमा गीत तयार गरिएको छ । भिडियोमा मोडल विजय गुरुङ र सामिया कार्कीको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन स्वयं मोडल गुरुङ्गले गर्नुभएको हो, जसले उहाँको बहुआयामिक कलात्मक क्षमता उजागर गरेको छ । गीतका शब्द तथा रचना डा. हरि उप्रेतीको रहेको छ । अन्तर्राष्ट्रिय गीतकार संघ, अमेरिकाका अध्यक्ष तथा चर्चित गीतकार डा. हरि उप्रेती नेपाली गीत संगीत र साहित्य क्षेत्...
‘लिटल च्याम्पियन्स नेपाल–२’ सम्पन्न, ८० बाल प्रतिभाको राष्ट्रिय मञ्चमा उदय
मनोरन्जन, समाचार

‘लिटल च्याम्पियन्स नेपाल–२’ सम्पन्न, ८० बाल प्रतिभाको राष्ट्रिय मञ्चमा उदय

काठमाडौं — नेपालकै एकमात्र चर्चित बाल गायन तथा नृत्य प्रतियोगिता ‘लिटल च्याम्पियन्स नेपाल–सिजन २’ को भव्य ग्रान्ड फिनाले हिजो पौष २९ गते काठमाडौंस्थित नेपाल पुलिस क्लबको सभाहलमा अत्यन्तै भव्य र सफल रूपमा सम्पन्न भएको छ। बालबालिकामा लुकेका प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा दर्शक, अभिभावक तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्रा.लि. को आयोजनामा सम्पन्न प्रतियोगिताको समग्र नेतृत्व तथा कार्यक्रम निर्देशन संस्थाकी म्यानेजिङ डाइरेक्टर तथा इभेन्ट डाइरेक्टर सबिना श्रेष्ठले गर्नु भएको थियो। उत्कृष्ट व्यवस्थापन, अनुशासित कार्यक्रम सञ्चालन र गुणस्तरीय प्रस्तुतीका कारण यस सिजनको ग्रान्ड फिनाले अत्यन्तै प्रभावशाली बनेको भन्दै उपस्थित सबैले खुलेर प्रशंसा गरेका थिए। कार्यक्रमको होस्टिङ लोकप्रिय तथा ऊर्जावान प्रस्तोता सोनित राज ढ...
महेश प्रसाईं को ‘लाग्छ सरमै’ सार्वजनिक (भिडियो)
भिडीयाे, मनोरन्जन

महेश प्रसाईं को ‘लाग्छ सरमै’ सार्वजनिक (भिडियो)

अष्ट्रेलियाको सिड्नीमा उद्यमी तथा समाजसेवीका रूपमा परिचित महेश प्रसाईं ‘म्याक्स बाबु’ले नयाँ वर्षको अवसरमा नयाँ गीत सार्वजनिक गर्नुभएको छ । उहाँको चर्चित गायिका रचना रिमालसँग स्वर दिएको ‘लाग्छ सरमै’ बोलको गीत दर्शक-श्रोतामाझ आएको हो । सिड्नीका नेपाली सांस्कृतिक कार्यक्रमहरूमा निरन्तर प्रस्तुति दिँदै आउनुभएका म्याक्स बाबु कुशल परफर्मरका रूपमा समेत परिचित हुनुहुन्छ । सार्वजतिक गीत ‘लाग्छ सरमै’कै भिडियोमा नायिका गरिमा शर्मासँग उहाँले अभिनय गर्नुभएको छ । कला र सिर्जनशीलतालाई जीवन यात्रासँग जोड्दै आउनुभएका उहाँले यो सांगीतिक प्रस्तुतिले नेपाली गीत-संगीत क्षेत्र र नेपाली समुदायमा विशेषस्थान बनाउने विश्वास व्यक्त गर्नुभएको छ । युवा अवस्थामा अष्ट्रेलिया पुग्नुभएका म्याक्स बाबुले सिड्नीमा आयोजना भएका सन् १९७४ एडीदेखि हालसम्मका विभिन्न सांगीतिक कार्यक्रममा नेपालका ख्यातिप्राप्त गायक-गायिका...
पं. डा. निशिकान्त सोनवलकरको च्यारिटी कन्सर्टमा युवान, इश्वरि र दिनेशको उत्कृष्ट प्रस्तुति
मनोरन्जन, समाचार

पं. डा. निशिकान्त सोनवलकरको च्यारिटी कन्सर्टमा युवान, इश्वरि र दिनेशको उत्कृष्ट प्रस्तुति

काठमाडौं, विश्वप्रसिद्ध तबला वादक पं. डा. निशिकान्त सोनवलकरको अगुवाईमा आयोजित ‘च्यारिटी म्यूजिक कन्सर्ट शो’ कार्यक्रम काठमाडौंको होटल टिबेट कन्फरेन्स रूममा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सन्तुरमा युवा कलाकार युवान तोडी, सितारमा इश्वरि खड्का, र तानपुरामा दिनेश खड्काले समागम गरिरहेका थिए। कार्यक्रममा करिब ७५ भन्दा बढी सहभागीहरू उपस्थित थिए। दर्शकहरूले पं. सोनवलकरद्वारा प्रस्तुत उत्तर भारतीय शास्त्रीय तबला एकल प्रस्तुतिको सजीव अनुभव लिएका थिए। उनी द्वारा प्रस्तुत १६ ताल टीन्तालमा आधारित तबला प्रस्तुतिले संगीतको माधुर्य प्रस्तुत गर्नुका साथै शास्त्रीय लय, ताल संरचना र रचनात्मकताका जटिल पक्षहरूलाई व्याख्या गर्दै व्याख्यान प्रस्तुति शैलीमा दर्शक सामु प्रस्ट पारेको थियो। तबलाको प्रस्तुति पश्चात्, जुगलबन्दी  कार्यक्रम भएको थियो, जहाँ युवान तोडीले सन्तुर प्रस्तुत गरे, उनी भारतीय शास्त...