Saturday, November 21

मनोरन्जन

‘सगरमाथा म्युजिक अवार्ड’को तेस्रो संस्करणको लागि आवेदन खुल्ला
मनोरन्जन, समाचार

‘सगरमाथा म्युजिक अवार्ड’को तेस्रो संस्करणको लागि आवेदन खुल्ला

सगरमाथा म्युजिक अवार्डको तेस्रो संस्करण हुने भएको छ । अर्थ नेपालको  आयोजनामा हुने अवार्डको तेस्रो संस्करणको लागी आवेदन खुल्ला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । कोभिडको कारण सुस्ताएको नेपाली गीत संगीत क्षेत्रलाई चलायनमान बनाउन तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ गर्न लागिएको आयोजक संस्था अर्थ नेपाल प्रालिले जनाएको छ । यस वर्ष अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले सहकार्य गर्दै टाइटल स्पोन्सर गरेको छ । तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ मा २०७६ वैशाखदेखी २०७७ चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्नेछन् । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अध्यक्ष मनोज थापाले बताउनुभएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन लागेको तेस्रो साहारा एप स...
चर्चित हाँस्य कलाकार गोपाल ढकाल छन्दे प्रथम उपराष्ट्रपतिबाट सम्मानित
मनोरन्जन, समाचार

चर्चित हाँस्य कलाकार गोपाल ढकाल छन्दे प्रथम उपराष्ट्रपतिबाट सम्मानित

“राष्ट्रलाई पुर्‍याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान” भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्ट प्रा लि को ७ औँ बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ मा विगत १७ बर्षदेखि नेपाली कलाकारिताको क्षेत्रमा दर्जनौँ सुपरहिट ठूलो पर्दाका नेपाली कथानक चलचित्र, टेलि चलचित्र, विज्ञापनहरु, सडक नाटक, स्टेज शोहरु, देश बिदेशमा आफ्नो प्रस्तुति दिईसकेका, बिभिन्न संघ संंस्थामा आबद्घ एवम् अनेक राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड, सम्मानबाट सम्मानित चर्चित हाँस्य कलाकार गोपाल ढकाल छन्देलाई कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननीय परमानन्द झाबाट सम्मानित गरिएको छ । उक्त कार्यक्रममा व्यवसायी, व्युटिसियन नेपाली चलचित्रकर्मी, संगीतकर्मी लगायत विभिन्न विधाका लगभग ८० जना व्यक्तित्व तथा स्रष्टालाइ योगदानको आधारमा स...
साधना म्युजिक अवार्डको दोस्रो संस्करण भव्य रुपमा सम्पन्न,३० विधामा अवार्ड प्रदान
मनोरन्जन, समाचार

साधना म्युजिक अवार्डको दोस्रो संस्करण भव्य रुपमा सम्पन्न,३० विधामा अवार्ड प्रदान

सामना म्युजिक क्रियशन प्रा.लि.को आयोजनामा राजधानीमा शुक्रबार दोस्रो साधना म्युजिक अवार्डमा सम्पन्न भएको छ । विभिन्न ३० विधामा अवार्ड प्रदान गरिएको समारोहमा गायक कृष्णभक्त राईलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो । उहाँलाई नगद ११ हजार १११ नगद सहित सम्मान गरिएको थियो । गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार दामोदर पुडासैनी, कलाकार मोहन निरौला, गायक चन्द्र शर्मा, शिव परियार, सीताराम पोख्रेल, गीतकार तथा साहित्यकार शान्तिप्रिय, समाजसेवी टेकबहादुर बम, सहित्यकार डीआर राई, गीतकार/पत्रकार सुमन वैरागी लगायतले सम्मानित व्यक्तित्व तथा उत्कृष्ट सर्जकहरूलाई अवार्ड प्रदान गर्नुभएको थियो । समारोहमा आइटिविज्ञ राजेन्द्र अर्याल र लेखक तथा पत्रकार गीता अधिकारीलाई सम्मान प्रदान गरिएको थियो । अवार्ड समारोहका सचिव गोकर्ण लामिछानेले स्वागत मन्तव्य राख्...
डीआर उपाध्यायले राखे फेरि थप सात विश्व कीर्तिमान विश्व रेकर्ड ५९ पुग्यो
मनोरन्जन, समाचार

डीआर उपाध्यायले राखे फेरि थप सात विश्व कीर्तिमान विश्व रेकर्ड ५९ पुग्यो

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले फेरि सात विश्व कीर्तिमान कायम गर्नुभएको छ । बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा पूर्व श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले उपाध्यालाई विभिन्न सात विश्व रकेर्ड हस्तान्तरण गर्नुभएको हो ।गीतकार संघका पूर्व अध्यक्ष चुडामणी देवकोटा, अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकालीलगायतको आतिथ्यतामा भएको कार्यक्रममा उपाध्ययालाई सात विश्व रेकर्ड हस्तान्तरण गरिएको हो । उपाध्यायका सात नयाँ विश्व रकेर्डमा ४१ ओटा हेट र क्यापको शब्द प्रयोग गरिएको गीति कविता, ५३ फरक चरा र कुकुरको नाम समावेश गरिएको गीति कविता, ४३ शब्दको अन्त्यमा ‘यो’ प्रयोग गरिएको गीति कविता, ६० शब्द ‘हामी’ प्रयोग गरिएको गीति कविता, १७० फरक ब्राण्डका मोवाइलको नाम प्रयोग गरिएको गीति कविता, एकसय म्युजिक व्याण्डको नाम प्रयोग गरिएको गीति कविता र ६० गाडीको नाम...
अस्ताए जनगायक जेबी टुहुरे
मनोरन्जन, समाचार

अस्ताए जनगायक जेबी टुहुरे

लोकप्रिय जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको ७८ वर्षको उमेरमा बिहीबार निधन भएको छ । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पतालमा उपचाररत उनको निधन भएको हो । जनवादी, प्रगतिशिल र क्रान्तिकारी गायकको छवि बनाएका टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका रोगीसमेत थिए । उनको जन्म वि.सं. २००१ कार्तिक १५ गते धरानको पुरानो बजारमा कृष्णबहादुर खड्गी र माता दानदेवी खड्गीका जेठो सन्तानका रुपमा भएको थियो । २०२१ सालमा पिताको निधन भएपछि उनले आफ्नो नामको पछाडि टुहुरे जोडेका थिए । उनको परिवार २००७ सालमा मोरङको मधुमल्लामा बसाई सरेर आएको थियो । उनले २०१७ सालमा सुनसरी सिमरियाकी सत्यदेवीसँग मागी विवाह गरेका थिए । २०१० सालबाट सांगीतिक यात्रा सुरु गरेका जेबीले २०२० को दशकदेखि कम्युनिस्टका गीत गाउँदै हिँडे । माले हुँदै एमाले निकट रहेका टुहुरे वि.सं.२०६६ सालपछि माओवादी निकट थिए । २०७० सालको...
गायिका सरु गौतम र आरसी सापकोटाको “नाच्ने हो छमछमी” तिज गित सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका सरु गौतम र आरसी सापकोटाको “नाच्ने हो छमछमी” तिज गित सार्वजनिक(भिडियो)

गायिका सरु गौतम र आरसी सापकोटाको स्वरमा “नाच्ने हो छमछमी” बोलको तिज गित सार्वजनिक भएको छ । तारा पराजुलीको शव्द रचना रहेको गीत आरसि सापकोटा युट्यब च्यानलबाट सार्वजनिक भएको हो । भिम बिसीको संगित रहेको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन भने वेभ स्टुडियोमा रेर्कडिङ्ग गरिएको हो । https://www.youtube.com/watch?v=lStt9n1JDvo भिडियोमा चर्चित गायिका सरु गौतम स्यवंलाई देख्न सकिन्छ भने मोडलहरु काजिश श्रेष्ठ,मेक्सम खाती,बिना राउत, सोनिया महत लगायतको आकर्षक नृत्य रहेको छ ।अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई काजिस श्रेष्ठले नै निर्देशन गरेका छन भने सम्पादन दिपक विष्टको रहेको छ ।...
सवा करोड लागतमा सकियो चलचित्र ‘आँधी तुफान २’ को  छायांकन
मनोरन्जन, समाचार

सवा करोड लागतमा सकियो चलचित्र ‘आँधी तुफान २’ को छायांकन

चलचित्र ‘आँधी तुफान २’ को सम्पन्न भएको छ । क्यामेरा ‘अन’ भएको ३१ दिनमा बुधवार चलचित्रको छायांकन सकिएको निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए । स्टार लेखक मौनता श्रेष्ठको आंधि तुफान- २को कूल लागत बढेर करिव सवा करोड पुगेको छ । भव्य तथा वृहत लोकेशन, फरक द्धन्द, विग क्यानभास आदि कारण चलचित्रको लगानी वढ्न गएको हो । चलचित्रका निर्देशक मदन घिमिरे र निर्माता चक्र घर्ति मगरले दिएको जानकारी अनुसार अझै एउटा गीतको छायांकन बाकी भएको र चलचित्रको द्धन्दको छायांकनको क्रममा केहि कलाकारहरु घाईते समेत भएका थिए । काठमाडौं र धुलिखेलमा खिचिएको चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । चक्र घर्ती मगर निर्माता रहेको चलचित्रमा चकलेटी नायक सन्जित भण्डारी, कनिजका कोइराल, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, पुस्कर राउत, संजय खतिवडा, सिवन लामा, रवि गिरी,ऋचा थापा, विन्दिया शाही, सुदीप आचार्य, राजाराम गौत...
मृत भेटिइन् ‘कंचना ३’ अभिनेत्री अलेक्जेण्डर
मनोरन्जन, समाचार

मृत भेटिइन् ‘कंचना ३’ अभिनेत्री अलेक्जेण्डर

रसियन मोडल तथा अभिनेत्री अलेक्जेण्डर उत्तर गोवाको एक घरको छतमा झुण्डिएको अवस्थामा भेटिएकी छन् । २४ वर्षीया अभिनेत्री गत शुक्रबार आफ्नो घरको भित्री कोठाको छतमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । उनी यो घरमा प्रेमीका साथ बस्दै आएकी थिइन् । गोवा प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्या भने पनि उनीहरु पोस्टमार्टम रिपोर्ट पर्खिरहेका छन् । प्रहरीका अनुसार अलेक्जेण्डर मानसिक रुपले तनावग्रस्त थिइन् । पछिल्ला केही दिन यता उनी नियमित औषधि लिइरहेकी थिइन् । गोवा प्रहरीले रसियन दुतावासलाई कानूनी प्रक्रिया सुरु गर्न भनेको छ । उनीहरुले दुतावासलाई पोस्टमार्टम रिपोर्ट चाँडै आउने आश्वासन दिएका छन् । अलेक्जेण्डरले सन् २०१९ मा चेन्नई प्रहरीमा एक फोटोग्राफरविरुद्ध यौन दुव्र्यवहारको उजुरी दिएकी थिइन् । उनले फोटोग्राफरले तस्वीर खिच्नुको साटो यौन चाहना व्यक्त गरेको दाबी गरेकी थिइन् । अभिनेत्रीको निधनप...
डि.पी. दाहालको तीज गीत ‘फिलिली नाचम्ला’मा नयन र अन्जली (भिडियो)
मनोरन्जन, समाचार

डि.पी. दाहालको तीज गीत ‘फिलिली नाचम्ला’मा नयन र अन्जली (भिडियो)

गीतकार डि.पी. दाहाल (परिश्रमी) को शव्द रचनामा रचित तीजको गीतमा चर्चित मोडलद्धय नयन डि.सी. र अञ्जली अधिकारीलाई नचाएका छन् । दाहालले आफ्नै शब्दमा रहेको यो तीजमा ‘फिलिली नाचम्ला’बोलको गीतमा चर्चित मोडललाई फिलिली नचाएका हुन् । हालसालै युटुब मार्फत सार्बजनिक भएको यस गीतमा स्वर भने चर्चित गायिका शान्ति श्री परियारले भरेकी छिन् । https://youtu.be/Y-J_lk9YKFg गीतले तीजमा माईतीमा गएर गरिने रमाईलोको पक्षलाई उजागर गरेको छ । स्मृति तिमिलसिना ‘गुरुआमा’ को निर्देशन रहेको’ गीतको भिडियोलाई सम्पादन प्रकाश धमलाले गरेका हुन् भने पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् । गीतकार दाहालले यसअघि मायाको क्या राम्रो आँखा, मायाको घरबार लगायतका गीत चर्चामा छन् ।...
कृष्ण पौडेलको निर्देशनमा ‘तीज आयो’ (भिडियो)
मनोरन्जन, समाचार

कृष्ण पौडेलको निर्देशनमा ‘तीज आयो’ (भिडियो)

नेपाली महिलाहरू महान् पर्व तीज नजिकिदै जादा तीजका गीतहरू सार्वजनिक भइरहेका छन् । यही मेसोमा कृष्ण पौडेलको निर्देशन रहेको तीज गीत ‘तीज आयो…’को भिडियो सर्वाजनिक भएको छ । सार्वजनिक गीतमा एलिना चौहानको स्वर, इन्दु दनुवारको शब्द, विकास चौधरीको सङ्गीत र संजय हमालको सङ्गीत संयोजन छ । https://youtu.be/jzvgqDI7qZI प्रतिभा चामलिङको कोरियोग्राफी रहेको गीतको भिडियोमा इन्दु दनुवार, विष्णु थामी र प्रकाश क्षेत्रीको अभिनय रहेको छ । सुजन श्रेष्ठको छायाँकन रहेको भिडियोमा युवराज खत्रीको सम्पादन छ । गीतको भिडियो गायिका एलिनको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।...