Friday, November 20

मनोरन्जन

योगेश,सुवाष र सारिकाको स्वरमा होली गीत ‘हयापी होली’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

योगेश,सुवाष र सारिकाको स्वरमा होली गीत ‘हयापी होली’ सार्वजनिक (भिडियो)

रंगको पर्व होली नजिकिदै जादा यस सम्बन्धि गीतहरू सार्वजनिक भइरहेका छन् । यही मेसोमा योगेश काजी, सुवास श्रेष्ठ र सारिका घिमिरेको स्वरमा रहेको होली गीत ‘ह्याप्पी होली’ सार्वजनिक भएको छ । सारिकाले नै लेखेको शब्दमा योगेशको सङगीत तथा संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/XthtHezcepQ शिव विकको कोरियोग्राफी र निर्देशन रहेको गीतको भिडियोमा गायक द्वय काजी र श्रेष्ठको साथमा दुर्गेश थापा र लोसिना लामिछाने फिचर्ड छन् । भिडियो छायांकन अजय रेग्मीको रहेको छ भने सम्पादन मिलन विश्वकर्मा र पदम सुवेदीको छ । गायक योगेश काजी र निर्देशक विकको टिमअप पछिल्लो समय निकै सक्रिय रहेको छ ।...
मिस फेस अफ नेपालको आवेदन खुल्ला,विजेताले स्कुटर पाउने
मनोरन्जन, समाचार

मिस फेस अफ नेपालको आवेदन खुल्ला,विजेताले स्कुटर पाउने

अधिरा फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागेको ‘मिस फेस अफ’ नेपाल २०२१ को आवेदन खुलेको छ । शुक्रबार काठमाडौंस्थित यो क्याफेमा आयोजित एक पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । ‘ मिस फेस अफ नेपाल’ अन्तर्राष्ट्रिय स्तरमा मिस नेपालको स्थान जसरी पुगेको छ, त्यसको लेबलमा हामीले पनि पु¥याउने मिस फेस अफ नेपालका आयोजक तथा कोरियोग्राफर सपना राइले जानकारी दिइन् । टाइटल विनरलाई स्कुटर, सिल्भर क्राउन प्रदान गरिनेछ,आयोजक राइले भनिन्,फस्ट रनरअपलाई पच्चिस हजार नगद र सिल्भर क्राउनका साथै सेकेन्ड रनर अपलाई पन्ध्र हजार नगद र सिल्भर क्राउन पुरस्कार राखिएको छ। प्रतियोगितामा सहभागी सबै जनालाई विभिन्न सबटाइटल पुरस्कार प्रदान गरिनेछ । सहभागिताका लागि उमेर १५ देखि ३० वर्षको हुनुपर्ने, उचाई कम्तिमा ५ फिट, शैक्षिक योग्यता एसईई तोकिएको छ । आवेदनका फारम आजैबाट खुला गरिएको छ । चैत्र १५ गते पहिलो अडिसन र २५ ग...
डा.डिआरले पारे विश्वमै पहिलोपटक एकै दिनमा गीति एल्बम तयार
मनोरन्जन, समाचार

डा.डिआरले पारे विश्वमै पहिलोपटक एकै दिनमा गीति एल्बम तयार

गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित गीत-सङ्गीत क्षेत्रका फरक फरक विधामा ३२ वर्ल्ड रेकर्ड राख्न सफल गीतकार डा. डीआर उपाध्यायले आज एकैदिनमा सिङ्गो गीति एल्बम तयार पारेका छन् । गीतकार उपाध्यायको एकल शब्दरचनामा रहेको गीति एल्बम धड्कन आज दिनभरिमा लाइभ बाजा, भोकल रेकर्डिङ, मिक्सिङ्, माष्टरिङ् र डबिङ् सहित तयार गरी साँझ ७ बजे बिमोचन गरिएको हो । अनामनगरस्थित एक्शन रेकर्डिङ स्टुडियोका प्राविधिक पवन बिकले रेकर्ड गरेको यस एल्बमका चारैवटा गीतको मिक्सिङ्/माष्टरिङ् गोविन्द सोनीले गरेका हुन् । गीतकार डा. डीआर उपाध्याय, एल्बमका सङ्गीतकार सागर अधिकारी ‘शरद’, विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, रेकर्डिष्ट पवन बिक, साउण्ड इन्जिनियर गोविन्द सोनी, एरेन्जर देवेन्द्र नेवा, कवि तथा निर्देशक हेम प्रभाष, पत्रकार तुलसी गिरी ‘भावुक’, गायक अशोक बराल र युथ क्रिएशनका सञ्चालक रमेश थापा...
जेठमा आउँदै ‘चोर र पुलिस’
मनोरन्जन, समाचार

जेठमा आउँदै ‘चोर र पुलिस’

आरएल लामाको निर्देशनमा निर्माण भएको चलचित्र ‘चोर र पुलिस’ जेठ पाँचदेखि सिनेमाघरमा आउने भएको छ । छायाँकनको सम्पूर्ण काम सकाएर पोष्ट प्रोडक्सनमा रहेको चलचित्र ‘चोर र पुलिस’ जेठ पाँचदेखि आम दर्शकमाझ आउन लागेको हो । दोलखा, सिन्धुपाल्चोक, मुडे, चरिकोटल, कुलेखानी, हेटौडा, पोखरा र काठमाडौंलगायतका स्थानमा छायाँकन गरिएको यो चलचित्रमा बुद्धी तामाङ, सुलेमान शंकर ‘इकु’, जयनन्द लामा, धिरन शाक्य ,कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरविर पण्डित, कविता राय, बालबलाकारमा अर्नव बिष्ट, कौसल राईलगायतको अभिनय रहेको छ । आरएल फिल्म इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा बन्ने चलचित्रका निर्माता सोनाम मोक्तान, लङ्कामाया मोक्तान हुन् । निर्देशक लामाकै लेखन रहेको चलचित्रले नचाहादा नचाहदै चोर बन्नुपर्ने बाध्यता र पुलिसको कतब्यै बिषयबस्तु बनाएको छ । चलचित्रका प्रस्तुतकर्ता खड्ग लामा मोक्तान हुन् । चलचित्र...
प्रमोद खरेलको स्वरमा ‘समयले’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

प्रमोद खरेलको स्वरमा ‘समयले’ सार्वजनिक(भिडियो)

प्रमोद खरेलको स्वरमा रहेको गीत ‘समयले’ सार्वजनिक भएको छ । लिलानाथ घिमिरको शब्द, रमेश खडकाको सङ्गीत रहेको गीत ‘समयले’को भिडियो सार्वजनिक भएको हो । कृष्ण पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा आस्मा ज्वेल श्रेष्ठ, कृष्ण पौडेल, कोमल देवकोटा, लोएनस खडका फिचरिङ छन् । सुजन श्रेष्ठको छायाँकन रहेको भिडियोमा युवराज खत्रीको डिओपी, कलर र सम्पादन छ । https://www.youtube.com/watch?v=Evn70uvt_cw एक्टिभ फिल्मस् प्रा.लि.को पोष्ट प्रोडक्सन रहेको गीतको भिडियो तारा सितारा प्रोडक्सनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । केही चलचित्र निर्देशन गरेका कृष्ण पौडेल पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त छन् ।...
“मिस टिन काठमाडौं आईकन” र “टप मोडल युनिभर्स” को अन्तिम स्पर्धा सम्पन्न
मनोरन्जन, समाचार

“मिस टिन काठमाडौं आईकन” र “टप मोडल युनिभर्स” को अन्तिम स्पर्धा सम्पन्न

काठमाडौँ — चैत्र ४, २०७७। न्यु राईज ईन्टरटेनमेन्टद्वारा आयोजित सौन्दर्य प्रतियोगिता “मिस टिन काठमाडौं आईकन, २०२१” र “टप मोडल युनिभर्स,२०२१” को अन्तिम स्पर्धा सम्पन्न भएको छ। राजधानीको जडिबुटीस्थित जडिबुटी बैंक्वेटमा सम्पन्न भएको “मिस टिन काठमाडौं आईकन, २०२१” को शिर्ष विजेताको ताज सनिया बिष्टले पहिरिईन भने “टप मोडल युनिभर्स,२०२१” को शिर्ष बिजेताको ताज सामना खत्रीले पहिरिईन। विजेताले उपाधीसंगै विभिन्न आकर्षक गिफ्ट ह्यापरहरु प्राप्त गरेका थिए । “मिस टिन काठमाडौं आईकन, २०२१” तर्फको अन्तिम प्रतियोगितामा साहारा गिरी फर्स्ट रनर अप भईन भने “टप मोडल युनिभर्स,२०२१” तर्फ शनी सिंह फर्स्ट रनर अप भए । त्यसैगरी टप मोडल एसिया क़ृष्टिना श्रेष्ठ, मिस टिन चार्मिङ ईन्टरनेशनल प्रतिष्ठा ढकाल , मिस्टर टिन अनुराग भट्ट, मिस्टर प्रि टिन सलोम तामाङ, एम्बास्डर ईशिका चौधरी र मिस प्रि टिन सुहाना थापा घोषित भए। कोरिय...
भक्तपुर फेशन रनवे,२०२१’ सम्पन्न
मनोरन्जन, समाचार

भक्तपुर फेशन रनवे,२०२१’ सम्पन्न

भक्तपुर स्थित इम्पेरियल बैंक्वेटमा ‘भक्तपुर फेशन रनवे’ भब्य रुपमा सम्पन्न भएको छ । लु खा ईभेन्टसको आयोजना तथा रोश्ना मेकअप स्टुडियो र क्याप्चर मोशन नेपालको सहकार्यमा ‘भक्तपुर फेशन रनवे, २०२१’ नाम दिइएको उक्त शो मा दुई दर्जन भन्दा बढि चर्चित मोडलहरु र्याम्पमा उत्रिएका थिए । कोरियोग्राफर आशिष नापित तथा उजोल सन्धाको कोरियोग्राफीमा संचालित रन वे शोमा गायक मानस राज, भोईस अफ नेपाल सिजन २ का प्रतिस्पर्धी गायक कुमा सागर लगायतले आफ्नो सांगितिक प्रस्तुति दिएका थिए। नेपाल आईस नेचुरा, श्री जनशक्ति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, सुर्य किरण सेभिङ एण्ड क्रेडिट को अपरेटिभ तथा हुण्डाई ईलेक्ट्रोनिक्सको प्रायोजन रहेको उक्त फेशन रन वेमा बेस्ट मोडलको उपाधी प्रतिक मुलगुठीले हात पारे। बेस्ट मोडल छनौटका लागि ग्लोवल अनलाईन पे मार्फत अनलाईन भोटिङ गरिनुको साथै रनवेमा गरेको प्रदर्शनलाई आधार मानिएको थियो। प्रजिता श...
गौरव पहारी र लक्ष्मी बर्देवा अभिनित चन्द्रको  ‘लाहुरे’ सार्वजनिक  ( भिडियो )
मनोरन्जन, समाचार

गौरव पहारी र लक्ष्मी बर्देवा अभिनित चन्द्रको ‘लाहुरे’ सार्वजनिक ( भिडियो )

जन्मदिनको अवसर पारेर लोकप्रिय नायक गौरव पहारीको नयाँ म्युजिक हिडियो ‘लाहुरे’ सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार चन्द्र सिंह घलेको शब्द, संगीत तथा चन्द्र सिंह घले र रानी शाक्यको स्वर रहेको ‘लाहुरे’मा गौरव र लक्ष्मी बर्देवाको हृदयस्पर्सी अभिनय रहेको छ मनमा धेरै रहर मारेर विदेश गएका युवाहरुको कथालाइ ‘लाहुरे’को भिडियोमा समेटिएको छ । एसियन म्युजिकले निर्माण गरेको भिडियोलाइ काश्यप निशानले निर्देशन गरेका हुन । उत्सव दाहालको सिनेमाटोग्राफी र भावना थापा सह निर्देशन रहेको भिडियोलाई एसियन म्युजिकको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो । गुरुङ रमाइलो फनी रोलमा देखिएका छन् भने संगै फरिता खड्काको पनि रमाइलो अभिनय रहेको छ । https://www.youtube.com/watch?v=Q_0s9UuR-w4 रामेश्र्वर हुमागाईको सिनेमाटोग्राफी, बिजयराज भुर्तेलको सम्पादन र देव धिमालको कोरियोग्राफी र निर्देशन रहेको ‘सल्लाघ...
भारतका विभिन्न शहरमा नेपाली अभिनेत्री नितु कोइरालालाई सम्मान
मनोरन्जन, समाचार

भारतका विभिन्न शहरमा नेपाली अभिनेत्री नितु कोइरालालाई सम्मान

नेपाल तथा भारतमा पटक पटक सम्मानित हुदैं आउनु भएकी नेपाली कला क्षेत्रमा आफनो छुटटै पहिचान बनाउन सफल भएकी अभिनेत्री नितु कोइराला लगातार रुपमा भारतका विभिन्न कार्यक्रममा सम्मानित भएकी छिन् । सरल स्वभावले परिचित अभिनेत्री कोइराला सन २०२० र २०२१ का विभिन्न कार्यक्रममा समानित पछि फेरी पनि भारतको उतर प्रदेशका राजधानी लखनउ तथा भारतको राजधानी नयाँ दिल्लीमा छुटा छुट्टै कार्यक्रममा सम्मानित भएकी छिन । गएको २० फेबुअरीमा सम्मानित भएकी अभिनेत्री कोइराला ६ मार्चका दिन उतर प्रदेशको राजधानी लखनउमा भएको एक कार्यक्रममा सम्मानित भएकी छिन । उतर प्रदेशको राजधानी लखनउ बलिउडका महान कलाकार मनोज बक्सी प्रमुख अतिथि रहेका कार्यक्रममा महात्मा गान्धी एकसेलेन्ट अर्वाड २०२१ बाट सम्मानित भएकी छिन । मानव अधिकारकर्मी , महिला अधिकारकर्मी तथा कलाक्षेत्रमा आफनो छुट्टै पहिचान स्थापित गरेकी अभिनेत्री नितु कोइरालालाई नेपालब...
कवि मुकुन्द पौडेलको मनशिला मुक्तक संग्रह लोकार्पण
मनोरन्जन, समाचार

कवि मुकुन्द पौडेलको मनशिला मुक्तक संग्रह लोकार्पण

काठमाडौं, २६ फाल्गुण- कवि मुकुन्द पौडेलको मनशिला मुक्तक संग्रह लोकार्पण भएको छ । नेपाल प्रज्ञा भवनमा आयोजित लोकार्पण समारोह माझ उक्त मुक्तक संग्रह सार्वजनिक गरिएको हो । पौडेल कृत मनशिलाको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वरिस्ठ साहित्यकार यादव खरेल, कवि मुकुन्द पौडेल, साहित्यकार पुरुशोत्तम दाहाल, वरिस्ठ मुक्तककार एवम् गजलकार ज्ञानुवाकार पौडेल वरिस्ठ मुक्तककार रामकाजी कोने, वियोगी बुढाथोकी, समालोचक डा. ज्ञानु अधिकारी र आवरण प्रकाशनका अध्यक्ष रमेश पौडेलले संयुक्त रुपमा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै यादव खरेलले जीवन प्रकृती र जगतलाई हेर्ने दृष्‍टिकोणलाई मुक्तकमा समावेश गर्न सक्ने खुवी कृतिकारमा रहेको बताए । कार्यक्रममा वरिस्ठ पत्रकार एवम् साहित्यकार पुरुशोत्तम दाहालले सिर्जना भनेको आफ्नो सन्तान सरह हुने बताउदै कृतिकार पौडेलको लेखन मोहसँगै विविध बिषयमा सरसर्ती बग...