Friday, November 20

राजनीति

प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीच  भएको वार्तामा सहमति जुटेन
राजनीति, समाचार

प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीच भएको वार्तामा सहमति जुटेन

एमालेको आन्तरिक विवाद समाधानका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच काठमाडौंस्थित होटल मेरियटमा भएको वार्तामा बुधबार सहमति जुटेन। तर वार्ता सकरात्मक रहेको वार्तामा सहभागी नेताहरुले प्रतिक्रिया दिएका छन्। वार्तापछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता नेपाल निकट नेता उपाध्यक्ष भीम रावलले फेरि वार्ता हुने जानकारी दिए। उनले सकरात्मक छलफल भएको भन्दै फेरि पनि वार्ता हुने जानकारी दिए। उनले जसरी पार्टीलाई एकतावद्ध बनाउन छलफल भइरहेको भन्दै गम्भीररुपमा छलफल भएको जानकारी दिए। दुई शीर्ष नेताहरुबीच मेरियटमा वार्ता शुरु हुनुअघि कार्यदलमा रहेका नेताहरु उपाध्यक्ष भीम रावल, महासचिब ईश्वर पोखरेल, उपमहासचिब विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेबीच छलफल भएको थियो। त्यसपछि ओली र नेपालबीच एक्लाएक्लै वार्ता भएको नेता पाण्डेले जानकारी दिए। उनले वार्ता ...
विपद् आउनु भन्दा पहिले पूर्वतयारीको जरुरी
राजनीति, समाचार

विपद् आउनु भन्दा पहिले पूर्वतयारीको जरुरी

-डा.डिआर उपाध्याय, हामीले नेपालमा मनसुन प्रवेशसँगै विपद्को सामना गर्नुपर्ने भएको छ । पहाड, मध्यपहाडी क्षेत्रमा अझै पहिरो जाने क्रम रोकिएको छैन । यो समस्याका रुपमा खडा छ । तराईमा डुबानको समस्या छ । अहिले हरेक समस्याले नेपालीलाई थिचिरहेको छ । देशमा भर्खरै मनसुन सुरुवाती भएको छ । बिशेष गरी नेपालमा जेठ, असार, साउन र भदौ महिना पानी पर्ने महिना हुन् । यी महिनामा बाढीपहिराको खतरा पनि हुने गर्छ । बाढीपहिरोको जोखिम वर्षायाममै हुन्छ । त्यसैगरी, विश्वव्यापी रूपमा हेर्ने हो भने पनि नेपाल विपद्को उच्च जोखिममा छ ।यसर्थ प्राकृतिक प्रकोपका कारण बर्सेनि सयौं मानिसको मृत्यु हुने गरेको छ । र यसका साथै खर्बौं मूल्यबराबरको आर्थिक क्षति हुने गरेको छ । देशको तथ्यांकीय हिसाबले सबै कुरा यकिन गर्न गाह्रो छ । तर समग्रमा प्राकृतिक प्रकोप र विपद्बाट नेपालले बर्सेनि ठूलो क्षति बेहोर्नुपरेको छ ।नेपाल प्राकृतिक ...
प्रतिनिधिसभा विघटन मुद्दामा जवाफी बहस शुरु
राजनीति, समाचार

प्रतिनिधिसभा विघटन मुद्दामा जवाफी बहस शुरु

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफी बहस शुरु गरेका छन् । सभामुखका तर्फबाट बहस सकिएपछि आइतबारदेखि रिट निवेदनका तर्फबाट जवाफी बहस शुरु भएको थियो । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहससमेत गरिसकेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईका संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सुनुवाइ भइरहेको हो । रिट निवेदकका तर्फबाट जवाफी बहस गर्ने वरिष्ठ अधिवक्ता दाहालपछि वरिष्ठ अधिवक्ता शम्भु थापा र बद्रीबहादुर कार्कीले बहस गर्ने छन् । रिट निवेदकका तर्फबाट जवाफी बहसका लागि तीन घण्टा समय निर्धारण गरिएको थियो । एक घण्टा आइतबार नै सकिएको छ । आजका लागि दुई घण्टा मात्र समय बाँकी छ । त्यसपछि अदालतका सहयोगीले दुई घण्टा बहस गर्ने गर्नेछन् । एमिकस क्यु...
सच्चा राष्ट्रवादी नेताको खाँचो
राजनीति, विचार, समाचार

सच्चा राष्ट्रवादी नेताको खाँचो

डा.डिआर उपाध्याय, हाम्रो देशमा राष्ट्रवादी भावना बोकेका नेता नै पाउन गाह्रो छ । खोक्रो राष्ट्रवादले केही गदैन । नेपाली जनता धेरै सचेत छन । जनतालाई भ्रम छर्ने नेताको भविश्य अव छैन । अव नेपालमा जनताको काम गर्ने नेताको खाँचो छ । भाषणको पनि अव काम छैन । चर्को भाषण सुन्दा सुन्दै जनता वाक्क दिक्क छन ।जनताले नयाँ सोच र चिन्तन बोकेका नेता खोजेका छन । ति नेता जनताले अझै पाउन सकिरहेका छैनन् । देशमा खोक्रो राष्ट्रवादी नेता मात्र छन । कुनै पनि मुलुकका लागि सच्चा राष्ट्रवादी नेताको खाँचो हुन्छ । त्यो नेपालमा पाउन गाहारो छ । नक्कली राष्ट्रवादीको कुरा गरेर साध्य छैन । कैयौं ऐतिहासिक घटनाक्रमबाट पनि त्यही कुरा पुष्टि हुँदै आएको छ । नेपालमा ‘अन्धराष्ट्रवाद’ छन । नेपालमा राजनीतिक दलहरू इमानदार भएनन् । नेताहरु पैसामा बिके समस्या यो हो । चीन कम्युनिष्ट शासन पद्दति अपनाइरहेको मुलुक हो । त्यहाँ एकदलीय ...
सर्वोच्चको फैसला आउँदासम्म जसको हस्ताक्षर हुन्छ ती एमाले होइनन् : ओली
राजनीति, समाचार

सर्वोच्चको फैसला आउँदासम्म जसको हस्ताक्षर हुन्छ ती एमाले होइनन् : ओली

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर फिर्ता नलिनेहरु एमाले नरहने बताएका छन्। बालुवाटारमा जारी एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सर्वोच्चको फैसला आउँदासम्म जसको हस्ताक्षर फिर्ता हुँदैन उनीहरु एमाले नरहने बताएका हुन्। उनले पार्टीलाई ढाल्ने विपक्षीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरु एमाले हुन नसक्ने बताएका हुन्। सर्वोच्चमा विचाराधीन यो मुद्दामा रिट निवेदक र सरकारी पक्षको बहस सकिएको छ भने अब ६ घण्टाको बहसमात्र बाँकी छ। सर्वोच्चमा यो मुद्दामा अब छिटै फैसला आउँदैछ। यसअघि एमालेको शुक्रबार बसेको बैठकले रिटमा हस्ताक्षर गर्ने २३ जना नेताहरुलाई हस्ताक्षर फिर्ता लिन सोमबारसम्मको अल्टिमेटम दिएको थियो। तर, रिटमा हस्ताक्षर...
कुण्ठा र अहंकारले कसैलाई फाइदा गर्दैन
राजनीति, विचार, समाचार

कुण्ठा र अहंकारले कसैलाई फाइदा गर्दैन

-डा.डिआर उपाध्याय, लामो समय देखि नेकपा एमालेमा देखिएको गतिरोध अझै अन्त्य हुन सकेको छैन । यो गतिरोध अन्त्य भएमा राजनीतिक निकास मुलुकले छिटो पाउने छ । एमालेका कारण मुलुक संकट तर्फ उन्मुख छ । यदि समयमा एमाले जुटेर जाने हो भने धेरैे समस्या समाधान हुने छ । एमाले मिल्नु पर्छ । मिलेर गए जस्तो राम्रो अरु हुदैन । तल्लो तहका नेता कार्यकर्ताहरु एमाले मिलेर गए हुन्थ्यो भनेका छन । एक आपसमा लडेर जादा बिरोधिलाई फाइदा हुने हो आफूलाई हुदैन । यो कुरा ओली , माधवले बुझनु पर्छ । यदि समय छदै कुरा नबुझे भोली पछुताउनु बाहेक अरु केहि हुने छैन । पाटी बिभाजनले कसैलाई फाइदा गरेको छैन । बिगतको इतिहासलाई केलाएर हेर्ने हो भने पाटी फुटेर भन्दा जुटेर फाइदा भएको छ । पाटीहरु जुटनाले गत निर्वाचनमा बहुमत आएको हो । यदि एमाले र माओवादी केन्द्र नमिलिकन चुनाव लडेको भए कसैको बहुमत आउने थिएन । कसैले घमण्ड नगरे हुन्छ । एमाले ए...
एमाले केन्द्रीय कमिटीको बैठकमा माधव नेपाल समूह सहभागी नहुने
राजनीति, समाचार

एमाले केन्द्रीय कमिटीको बैठकमा माधव नेपाल समूह सहभागी नहुने

सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। एमालेले दशाैं महाधिवेशन आयोजक कमिटी भंग भरी त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेकाे थियाे। शुक्रबार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो। बैठकमा माधवकुमार नेपाल समूहले भने सहभागी नहुने जनाएको छ। पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको समूहले अहिलेकै स्थितिमा बैठकमा सहभागी हुन नसकिने जनाएको छ। खनाल–नेपाल समूहले एमाले र माओवादी केन्द्रको एकता हुनुभन्दा अगाडिको केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आए पनि ओलीले पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएकाले बैठकमा सहभागी नहुने सो समूहको अडान छ। ओलीले दशौं महाधिवेशन आयोजक कमिटीलाई भंग गरेर त्यसैलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेका छन्, जसमा पूर्व माओवादीका २० जना सदस्य छन्।...
राष्ट्रियसभाको आठौँ अधिवेशन शुरू हुँदै, यस्तो छ आजको सम्भावित कार्यसूची
राजनीति, समाचार

राष्ट्रियसभाको आठौँ अधिवेशन शुरू हुँदै, यस्तो छ आजको सम्भावित कार्यसूची

राष्ट्रिय सभाको आठौं अधिवेशन आज शुरू हुँदै छ । संघीय संसद भवन बानेश्वरमा आज अपरान्ह ४ बजेका लागि बैठक डाकिएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बैठकको आवश्यक सबै तयारी पूरा भएको छ । बैठकमा सहभागी हुने अध्यक्षदेखि राष्ट्रिय सभाका सबै सदस्य  तथा सचिवालयका कर्मचारीको एन्टिजेन्ट विधिबाट कोरोना परीक्षण भइसकेको छ भने बैठक स्थलमा भौतिक दूरी कायम हुने गरी बस्ने व्यवस्था मिलाइएको छ । आज बैठकको प्रारम्भमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र र मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि पढेर सुनाउनेछन्। त्यसपछि विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र सपथ सम्बन्धी...
नेपाली कांग्रेसको १४औं महाधिवेशनका सन्दर्भमा चर्चा परिचर्चा
राजनीति, समाचार

नेपाली कांग्रेसको १४औं महाधिवेशनका सन्दर्भमा चर्चा परिचर्चा

-डा.डिआर उपाध्याय, यति बेला नेपाली कांग्रेस १४औं महाधिवेशनको तयारीमा जुटदै छ । नेताहरु आ आफना गुट छोपेर लागी रहेका छन । गुटको राजनीतिले कुनै पाटीलाई फाइदा गदैन । अहिले फेरि काँग्रेस गुटको राजनीतिमा लागेको छ । यो बढो चिन्ताको बिषय हो । नेपाली कांग्रेस एउटा प्रजातान्त्रिक पार्टी हो । देशमा हुने गरेका पटक पटकका आन्दोलनमा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका रहदै आएको कुरा कसैले पनि भुल्नु हुदैन । यस पार्टीले राष्ट्र, राष्ट्रियताको लागी ठूलो भूमिका खेलेको छ । समाजवादी समाज निर्माण गर्ने यो पाटीको लक्ष्य हो । तर अझै लक्ष्य भने पुरा गर्न सकेको छैन । समाजवादको नारा वीपी कोइरालाले अघि सारेका हुन । मेलमिलापको नीति लिएर बि पी ले मुलुक बचाएका हुन । उनकै अगुवाइमा तत्कालीन राष्ट्रिय संकटको समाधान भएको पाउन सकिन्छ । देशको स्वाधीनता,अखण्डता र सार्वभौम सत्तालाई सर्वोपरी राख्ने पार्टी हो काँग्रेस ...
माओवादीले कारबाही गरेका दुई जनप्रतिनिधिलाई पुनवर्हाली गर्न सर्वोच्चको आदेश
राजनीति, समाचार

माओवादीले कारबाही गरेका दुई जनप्रतिनिधिलाई पुनवर्हाली गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले माओवादी केन्द्रले कारबाही गर्दै पदबाट हटाएका दुई जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले मंगलबार रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो । सर्वोच्चले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै मेयर पदमा पुनर्वहाली गरिदिएको छ । आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुखहरू भएकाले उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारवाही एवम् अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न भनिएको छ । नेकपा माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वा...