Friday, November 20

राजनीति

हाम्रो देशको राजनीति कता जान खोजेको हो ?
राजनीति, समाचार

हाम्रो देशको राजनीति कता जान खोजेको हो ?

-डा.डिआर उपाध्याय, हाम्रो देशमा बिकास र समृद्धिका कुरा चल्न थालेको धेरै भयो । तर अझै पनि राजनीतिक दल र तिनका नेताहरु बिकास र समृद्धिका कुरा गर्न थाकेका छैनन् । बिकास र समृद्धि कुराले मात्र हुन्छ की काम पनि गर्नु पर्छ ? जनताको त्याग , तपस्या, बलिदान र जनताको बलमा ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिन सकेन । ३० वर्ष सम्म उनै पात्रहरु पालै पालो शासन सत्तामा दोहोरिएका छन । जनताले उनीहरुबाट के आश गर्ने ? लोकतन्त्रको नाममा नेता र दल पाल्ने काम बाहेक केही भएको छैन । सरकारी ढुकुटी हरेक बर्ष नेता पाल्दा पाल्दै सकिने गर्दछ । देशमा ७ सालदेखि परिवर्तनका लागी जनता लडदै आएका हुन । जनताले देशको अबस्था बदल्न ब्यवस्था परिवर्तन गरेका हुन । नेताहरुलाई सुख सयल र आरामको जिन्दगी बिताइदिन जनताले यो ब्यवस्था परिवर्तन गरेका होइनन् । देशमा महँगी बढेको बढै छ । जनता मारमा छन । विदेशी ऋणको भार छ । के लोकतन्त्रक...
माओवादीले स्पस्ट बाटो लिन सकेन
राजनीति, समाचार

माओवादीले स्पस्ट बाटो लिन सकेन

-डा.डिआर उपाध्याय, नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । माओवादी केन्द्रले यो महाधिवेशनबाट कस्तो नीति ल्याउला भन्ने कुरामा सबैको चासो बढेर गएको छ । पार्टीलाई कुन धारमा लैजान्छ भन्ने चासो हो । माओवादी केन्द्र मुलुकको तेस्रो ठूलो राजनीतिक दल पनि हो । शान्तिपूर्ण राजनीतिक मूल धारमा आए पछि यो पार्टीले संसदीय व्यवस्थाभित्र अभ्यास गरिरहेको छ । तर, यसले क्रान्ति गर्ने भन्ने कुरा अझै छाडेको छैन । माओवादी पार्टी अझै दुविधाको अवस्थामा रहेको मान्न सकिन्छ । यो कुराले जनतामा एक खालको आशंका पैदा भइरहेको छ । जेसुकै भए पनि माओवादी प्रति जनता आर्कर्षित छैनन् । त्यति ठूलो पार्टी फुटेर चिरा चिरामा बिभाजित छन । मोहनबैद्य, बाबुराम, बिप्लव, टोप बहादुर रायमाझी, बादल लगायतका नेता पार्टी छोडेर गएका छन । यी नेता बिनाको माओवादी खल्लो जस्तो देखिएको छ । आमजनताको हित...
देश बनाउने हो भने गलत प्रवृत्तिमा सुधार ल्याउनु पर्छ
राजनीति, समाचार

देश बनाउने हो भने गलत प्रवृत्तिमा सुधार ल्याउनु पर्छ

-डा.डिआर उपाध्याय, अब देश बनाउने भनेको युवाहरुले हो । आज युवा पुस्ता राजनीतिमा अघि बढदै छन । पुरानो पुस्ताबाट नेतृत्व आफनो हातमा लिन युवाहरु लागेकै छन । युवा भनेका देशका कर्णधार हुन्, । पछिल्लो समयमा देशको जिम्मा युवालाई दिनु पर्छ भन्र्ने मान्यता रहदै आएको छ । युवाहरु बिना मुलुकको विकास र समृद्धि हुन सक्दैन । पुरानो पुस्ताले अब देशको बिकास गर्न सक्दैन । राजनीति भनेको समाज सेवा हो । राजनीतिको नाममा ब्यापार भइरहेको छ । यसमा सुधारको खाँचो छ । देशको विकास र जनताको हितका निम्ति नेताहरु इमान्दारका साथ लाग्नु पर्छ । विकास र समृद्धि नारामा मात्र होइन, ब्यवहारमा लागु गर्नु पर्छ । ऊर्जाशील युवा सत्तामा पुगे मुलुक गतिशील हुन सक्छ ।पछिल्लो समयमा राजनीतिप्रति युवाहरूको बढ्दो संलग्नता देखिएको छ । यो राम्रो सकेत हो । युवाहरू नयाँ सोच र नयाँ योजना लिएर अघि बढनु पर्छ । राष्ट्रियस्तरका सबै राजनीतिक दल...
नेतृत्व नै युवाको हातमा जानु पर्ने हो
राजनीति, समाचार

नेतृत्व नै युवाको हातमा जानु पर्ने हो

-डा.डिआर उपाध्याय, नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रोपटक निर्वाचित भए संगै काँग्रेस अब कसरी अघि बढछ बहसको बिषय बनेको छ । देउवा सभापतिमा .निर्वाचित भए सगै उनी सामु अबसर र चुनौति दुबै आएका छन । आउँदा दिनमा उनले पाटीै कसरी हाँक्छन त्यो नै महत्वपूर्ण सवाल बनेको छ । यसपटकको महाधिवेशनबाट नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका कुरा उठेका थिए । तर सोचे जस्तो त्यस्तो परिणाम आएन । महामन्त्रीपदमा गगन थापा र बिश्वप्रकाश शर्माले बाजी मारे संगै काँग्रेसमा युवा जमातको मनोवल भने राम्रै किसिमले बढेको हुनु पर्छ । नेतृत्व नै युवाको हातमा जानु पर्ने हो तर त्यसतो हुन सकेन । अहिलेको यो चुनाबी अभ्यासले प्रभावशाली नेता डा मिनेन्द्र रिजाल र डा प्रकाश शरण महत महामन्त्री पदमा नराम्रो संग पराजित भए । रिजालले त नैतिकताको आधारमा मन्त्री पदबाट समेत राजीनामा दिए । यद्यपि देउवाले पुनः दोस्रो...
देउवाले सभापतिमा जित्नुमा प्रकाश मान सिंहको ठूलो भूमिका
राजनीति, समाचार

देउवाले सभापतिमा जित्नुमा प्रकाश मान सिंहको ठूलो भूमिका

-डा.डिआर उपाध्याय, नेपाली काँग्रेसमा फेरि शेर बहादुर देउवा सभापतिमा निर्बाचित भएका छन । देउवा सभापतिमा निर्वाचित भए संगै चुनौति र अबसर दुबै उनी सामु खडा भएर आएका छन । पार्टी भित्रको आन्तरिक मदभेद मिलाउनु उनको प्रमुख दायित्व रहने छ । पार्टीका बरिष्ठ नेता राम चन्द्र पौडेललाई चित्त बुझाएर संगै लैजानु पर्ने जिम्मा पनि देउवाको काँध माथि नै छ । सभापति पदमा पराजित डा शेखर कोइरालालाई पनि मिलाएर लैजानु पर्ने जिम्मेवारी देउवा माथि छ । अब देउवाले काँग्रेसलाई कसरी अगाडी बढाउँछन त्यो हेर्न आम कार्यकर्ता चासोका साथ बसेका छन । नेपाली काँग्रेसको चौधौं महाधिबेशनबाट देउवा फेरी दोहोरिनु नेपाली काँगे्रसका लागी फाइदा हो वा घाटा त्यो उनैले जानुन् । शेखर कोइराला पनि काँग्रेस पार्टी भित्र लोकप्रिय नेता नै हुन । देउवाले सभापतिमा जित्नुमा प्रकाश मान सिंहको ठूलो भूमिका छ । उनी पहिलो चरणमा आफै सभापति पदमा भिडेक...
मुस्लिम कोटाबाट हसन अन्सारीको केन्दिय सदस्यमा उम्मेदवारी
राजनीति, समाचार, समाज

मुस्लिम कोटाबाट हसन अन्सारीको केन्दिय सदस्यमा उम्मेदवारी

काठमाण्डौ, मंसिर १९  ग्यालेक्सी दैनिक नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा मोरंगका हसन अन्सारीले केन्द्रीय सदस्य (मुस्लिम कोटा ) मा उम्मेदवारी घोषणा गरेका छन्। नेपाली कांग्रेसको वर्तमान आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका अन्सारीले मुस्लिम आरक्षण कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्। पार्टीका हरेक तहमा आदिवासी जनजाती ,महिला,मधेसी, थारु, मुस्लिम आर्य खाश इत्यादि सम्पूर्ण समुदायको सम्मानजनक सहभागिता र समुदायको प्रतिनिधित्व सुनिश्चित गराउनका लागि आफूले केन्द्रमा गएर महत्वपूर्ण भूमिका निर्बाह गर्ने केन्द्रीय सदस्यका उम्मेदवारि दिएको अन्सारीले सिनेकला डटकमलाई बताए। उनले भने निष्ठाको राजनीतिलाई संस्थागत गर्न, आर्थिक रुपमा आफू पारदर्शी हुने र पार्टीलाई पनि पारदर्शी ढंगबाट अघि बढाउनका लागि आफूले प्रयास गर्ने उनले बताए।...
ओलिले घरमै गएर भेटे घलेलाई
राजनीति, समाचार, समाज

ओलिले घरमै गएर भेटे घलेलाई

काठमाण्डौ, मंसिर १८ सिनेकला संवाददाता केही दिन अघि सामाजिक सञ्जालमा एक वृद्ध भाइरल भनिन् । उनी थिईन् भद्र कुमारी घले । उनले राजा महेन्द्रपछि देशमा दुरदर्शी नेता र विकासप्रेमी नेता खोज्ने हो भने केपी ओली मात्रै देखिने बताएकी थिईन् । उनले देशमा समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार पार्न सक्ने नेता केपी ओली मात्रै रहेको एक भिडियोमा बताएकी थिईन् । एमालेको १०औं महाधिवेशनबाट निर्वाचित भएर अध्यक्षमा केपी ओली आईसकेपछि उनी खुशी हुँदै बधाई दिएकी थिईन् । समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार पार्न फेरि पनि केपी ओली नेतृत्वको नेकपा एमालेलाई दुई तिहाई बहुमत दिन घलेले सबैमा आग्रह गरेकी थिईन् । उनको उक्त भिडियो सञ्देश सामाजिक सञ्जालमा भाइरल भएपछि उनको ठेगाना खोज्दै पूर्व प्रधानमन्त्री एंव एमाले अध्यक्ष ओली उनकै निवास पुगेर उनीसँग भेट गरेका हुन् । भेटमा घलेले जनताको नेता केपी ओली मात्रै...
ब्यवस्था बदलियो तर जनताको अवस्था उस्तै
राजनीति, विचार, समाचार

ब्यवस्था बदलियो तर जनताको अवस्था उस्तै

-डा.डिआर उपाध्याय, यतिबेला देशको राजनीति ठिक ढङ्गले अघि बढन नसकेको हो की जस्तो भान भइरहेको छ । राजनीति गर्ने नेता देश र जनता प्रति इमान्दार हुनुपर्ने हो, त्यो अझै देखिन सकेन । राजनीति गर्ने भनेको देश र जनताका लागि हो । यहाँ त राजनीति आफनै स्वार्थका लागि गरेको देखियो । यसरी देश र जनताको उन्नति र प्रगति हुन सक्दैन । नेपालको राजनीतिमा नेता धनी बन्दै जाने अबस्था देखियो । देश र जनताको अबस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ । जनताको जीवनमा कुनै परिवर्तन आउन सकेन । ब्यवस्था बदलियो तर जनताको अवस्था उस्तै छ । यसरी राजनीति चल्दैन । राजनीतिक दल र तिनका नेताहरूले जनताको पक्षमा काम गर्न सक्नुपर्छ । देशलाई अघि बढाउने काम राजनीति दल र तिनका नेताको हो । राजनीतिक दलले आ–आफ्नै प्रकारले आस्था र सिद्धान्तको तय गरेका हुन्छन् । तर, त्यस अनुसार काम गरेको देखिएन । सिद्धान्त एकातिर ब्यवहार अर्को तिर गर्ने भ...
देशको नेतृत्व गर्ने पार्टी संग दुरदर्शीता चाहिन्छ
राजनीति, समाचार

देशको नेतृत्व गर्ने पार्टी संग दुरदर्शीता चाहिन्छ

-डा.डिआर उपाध्याय, दसौं महाधिवेशनमा एमाले यति बेला नेकपा एमाले दसौं महाधिवेशनमा छ। चितवनमा हुन गइरहेको यो महाधिवेशनले बिशेष महत्व राखेको छ । राजनीतिक दलहरूले यतिबेलाको समयलाई महाधिवेशनको समय बनाएका छन्। देश नै राजनीतिक महाधिवेशनमय बनेको छ। एमालेको महाधिवेशनलाई धेरैले विशेष चासोका साथ नियालिरहेका छन्। आगामी एमाले कस्तो हुने बहस भइरहेको छ। त्यसैले उतारचढाव, टुटफुट र एकताको बीचबाट हुन लागेको यो महाधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ । पार्टीलाई नेपाली कम्युनिस्ट आन्दोलनको भरोसा योग्य पार्टी बनाउने गरी दसौं महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने भनाई हो। एमाले महाधिवेशन कसरी सम्पन्न हुन्छ भन्ने बिषयले यतिबेला निकै महत्त्व पाएको छ। किनकि टुटफुट र एकताको आधारमा यो महाधिवेशन सम्पन्न हुन गइरहेको छ । देशको नेतृत्व गर्ने पार्टी संग दुरदर्शीता चाहिन्छ । त्यो सबै नेतामा हुनु पर्छ । आजको दुनियामा दुर...
ओलि र बस्नेतको अरु बिकल्प छैन
राजनीति, समाचार

ओलि र बस्नेतको अरु बिकल्प छैन

काठमाण्डौ, मंसिर १२  ग्यालेक्सी दैनिक मिल्ने नाममा निल्ने निति देखिएपछि नेकपा एमाले र सुर्य चिन्ह जोगाउन सन्ध्या तिवारी भेट्वालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता गराउने अहम भुमिका केपि शर्मा ओलि र महेश बस्नेतको रहेको कुरालाई नकार्न सकिन्न । विभिन्न बाधा अबरोधका बाबजुद प्रत्यक्ष रूपमा एमाले जोगाउने भूमिकाको अगुवाई गर्ने नेतृत्व प्रति आम नेता तथा कार्यकर्ताको चाहना बमोजिम नै नेतृत्वलाई महाधिवेशनमा पुर्ण अधिकार दिइएको हो । हिजो नेकपा एमाले सिध्याउने अवस्था थियो । त्यस्तो संकटपुर्ण अवस्थामा केपी ओलि, महेश बस्नेत र सन्ध्या तिवारी भेटवालले पार्टी र चिन्ह बचाएर लाखौं एमालेका कार्यकर्ताहरु समक्ष आजको यो दिन ल्याउन र एमाले पार्टीलाई देश जनताको प्यारो बनाउन अहम् भुमिका निर्वाह गरेका छन । केपि ओलि अध्यक्ष र महेश बस्नेत सचिब हुनुको विकल्प छैन भन्ने महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्र...