कलाकर्मी आशिष पुरुषको पहलमा नेपालमा कोभिड बिरामीका लागी सहयोग अभियान, ८ लाख ३४ हजार, १ सय ४० रुपैया संकलन
कोरोना भाईरसको संक्रमणका कारण विश्व नै आक्रान्त छ । त्यसबाट नेपाल पनि अछुतो रहन सकेन । कोरोनाको नयां भेरियन्टले पछिल्लो पटक नेपालमा समेत ठूलो असर गरिरहेको छ । दैनिक संक्रमण वृद्धि हुनुको साथै मृत्यृदरको अवस्था पनि भयावह वन्दै गईरहेको अवस्थमा देशभरका अस्पतालमा भरिभराउ हुदै गयो र अस्पताल कोभिड बिरामीको चाप बढेसंगै अक्सिजनको अभाव बढेर गयो भने अक्सिजनको अभावमा थुप्रै बिरामीको मृत्यु समेत हुन थाल्यो । नेपाल सरकारले समेत अक्सिजनको सहयोगका लागी विश्वभर आव्हान गर्यो । तर पनि अवस्था सामान्य हुन सकेन ।देशमा अक्सिजन अभावलाई नजिकबाट हेरिरहेका प्रवासीहरुको लागि यो पिडाकै विषय अवश्य बन्ने नै भयो । अझ, लामो समयदेखि युएईमा बसेर कलाकारिता र समाजसेवामा सक्रिय आशिष पुरुषका लागी त असह्य हुने नै भयो । प्रवासमा वसेर नेपालीहरुका लागी समाजसेवामा निरन्तर लागि पर्दै आएका मनका धनी आशिष आफु एक्लैले मात्र चाहेर पनि ने...



