देशको बारेमा गम्भिर बनौं
-डा.डी.आर.उपाध्याय खनाल,
काठमाडौं । अझै पनि राजनीतिक दल र तिनका नेताहरु आ आफनो स्वार्थमा लिप्त छन । देश र जनताको भाग्य र भबिश्य निर्माण गर्ने कुरामा कसैको चासो र चिन्ता देखिदैन । देशको भबिश्यका बिषयमा चिन्ता गर्ने नेतृत्वको खाँचो छ अव । अव पनि देश यस्तै अबस्थामा रहन सक्दैन र राख्नु पनि हुदैन । अब युवाहरुले गम्भिर भएर सोचनु पर्ने बेला आएको छ । देशमा बिकासका कुरा धेरै भए तर हामीले प्रगति गर्न सकेनौं । देश आर्थिक संकटमा परेको अर्थ बिज्ञहरुले बताइरहेका छन । यस्तो अबस्थामा पनि नेतृत्वलाई चिन्ता नहुनु दुखद कुरा हो । राजनीतिक दलहरु अब मिलेर जानु पर्ने अबस्था आयो ।
दलहरु बीच बिवाद हुनु भनेको देशलाई संकट तर्फ धकेल्नु हो । सबै राजनीतिक दलहरु मिलेर अब देशलाई निकास दिनु पर्छ । जनताको अबस्था सबै कुरामा नाजुक हुदैछ । सर्ब साधरण जनता महंगीका कारण बिहान बेलुकाको छाक टार्न सकिरहेका छैनन् । राजनीति भन...




