Friday, November 20

विविध

शुरू भयो रेडियो क्यान्डिडको नियमित प्रसारण
विविध, समाचार

शुरू भयो रेडियो क्यान्डिडको नियमित प्रसारण

रेडियो क्यान्डिड ९२.७ मेगाहर्जको नियमित प्रशारण आज, भदौ १ गते, शुरू भएको छ । पेभिलियन मिडिया ग्रुप अन्तर्गतको रेडियो क्यान्डिड काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा चौबीसै घण्टा प्रसारण हुनेछ । रेडियो आज बिहान ६ बजे समाचार प्रसारणबाट शुरू भएको हो । रेडियो क्यान्डिड स्थानीय रेडियोहरूसँगको सहकार्यमा र आफ्नो प्राविधिक पक्षमा विस्तार गर्दै निकट भविष्यमा देशभर प्रसारण गर्ने लक्ष्य रहेको छ । रेडियो क्यान्डिडको प्रसारण सेवा यसको आधिकारिक फेसबुक पेज, ट्वीटर, सबैभन्दा बढी डाउलोड हुने एप ‘हाम्रो पात्रो’, खबरहब एप र रेडियो क्यान्डिडको आधिकारिक वेबसाइट डब्ल्युडब्ल्युडब्ल्यु.रेडियोक्यान्डिड.कम मा पनि उपलब्ध छ । रेडियो क्यान्डिडको नियमित प्रसारण शुरू भएको अवसरमा पेभिलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले श्रोता, विज्ञापनदाता, शुभेच्छुक तथा परामर्शदाताहरू सबैमा आभार प्रकट गरेका छन् ।...
काठमाडौँ उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात खोल्ने तयारी
विविध, समाचार

काठमाडौँ उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात खोल्ने तयारी

कोरोना महामारीको दोस्रो लहर आएसँगै काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै सार्वजनिक यातायात पनि सञ्चालन गर्ने तयारी थालिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले सार्वजनिक यातायात सञ्चालनका सन्दर्भमा जिल्लास्थित स्वास्थ्य कार्यालयहरुको राय लिएर निर्णय गर्न सिफारिस गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले डीसीसीएमसीको बैठकले सार्वजनिक यातायात सञ्चालनको विषयमा स्वास्थ्य कार्यालयको राय लिएर निर्णय गर्न सिफारिस गरेको जानकारी दिइन् । डीसीसीएमसीको बैठक सकिएपछि आइतबार अपराह्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको छ । बैठक जारी रहेपनि निषेधाज्ञाका विषयमा सोमबार बिहान मात्रै निर्णय हुने सहायक प्रजिअ घिमिरेले बताइन् । यो साता खुकुलो भएको निषेधाज्ञ...
सङ्क्रमणरहित उडानको तयारीमा आन्तरिक उडानका एयरलाइन्स
विविध, समाचार

सङ्क्रमणरहित उडानको तयारीमा आन्तरिक उडानका एयरलाइन्स

मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् । आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायत एयरलाइन्सले सङ्क्रमणरहित उडानका लागि आवश्यक तयारी गरेका हुन् । उपर्युक्त एयरलाइन्सले यसअघिको कोभिड–१९ महामारीको पहिलो लहरपछिको उडानमा अपनाइएको स्वास्थ्य प्रोटोकललाई पूर्ण रुपमा पालना गर्दै उडान सञ्चालन गरिने जनाएका छन् । एयरलाइन्सले यात्रुको सुरक्षा र जनस्वास्थ्यको मापदण्डलाई प्रभावकारी रुपमा पालना गरी उडान सञ्चालन गर्नेगरी टिकट बुकिङ पनि शुरु गरिसकेका छन् । बुद्ध एयरले आइतबारदेखि औपचारिक रुपमा कार्यालय सञ्चालन गर्ने जनाएको छ । निषेधाज्ञाका कारण अनौपचारिक रुपमा सीमित सङ्ख्याका कर्मचारीमार्फत सेवा सञ्चालन गरिरहेका एयरलाइन...
बिरगंज रोट्रयाक्ट क्लब यस वर्षको ‘उत्कृष्ट परियोजना अवार्ड’ हात पार्न सफल
विविध, समाचार

बिरगंज रोट्रयाक्ट क्लब यस वर्षको ‘उत्कृष्ट परियोजना अवार्ड’ हात पार्न सफल

बिरगंज रोट्रयाक्ट क्लबले यस वर्षको उत्कृष्ट परियोजनाको अवार्ड हात पार्न सफल भएको छ ।रोट्रयाक्ट दक्षिण एशिया सम्मेलन रोटरी ईन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल र भुटानद्वारा संयुक्त रुपमा आयोजना गरिएको। सम्मेलनमा रोट्रयाक्ट क्लब बीरगंजले उत्कृष्ट परियोजनाको पुरस्कार तथा दक्षिण पूर्वी एशिया बहुउद्देश्य सूचना केन्द्रले समुदाय सेवा परियोजना पुरस्कार प्राप्त गरेको हो । क्लबले गर्ने एक परियोजना मार्फत बिरगंजमा आयोजना गरेको निशुल्क आंखा उपचार शिविर आयोजना गरेको थियो । सोही आयोजना सफलता पूर्वक सम्पन्न गरेको कारण क्लबले उक्त अवार्ड प्राप्त गरेको हो ।एक साता सम्म संचालनमा रहेको उक्त शिविर क्लबको एक प्रोजेक्टको रुपमा रहेको थियो । उक्त प्रोजेक्टका लागी क्लबले सात दिने निशुल्क आंखा उपचार शिविरको आयोजना गरेको थियो । बिरगंज आसपासका बिरामी समेत उपस्थिती रहेको उक्त शिविरमा करीब बाईस सय जना भन्दा बढिको ...
स्वास्थ्य सामाग्री सहित खाना वितरण गर्दै कलाकार तथा समाजसेवी
राष्ट्र, विविध, समाचार

स्वास्थ्य सामाग्री सहित खाना वितरण गर्दै कलाकार तथा समाजसेवी

‘कोहि पनि भोका नबसुन’ भन्ने नारा बोकेर स्थापना भएको सामाजिक संस्था ईन्ट्रा नेशनल वेलफेयर सर्पोट फाउण्डेशन अफ अमेरिकाका महानिर्देशक रुद्र बानिया तथा नेपालका लोकप्रिय नायक एवं फाउण्डेसनका नेपाल संयोजक दिलिप रायमाझीको अगुवाईमा राजधानी लगायत देशका विभिन्न स्थानमा राहत वितरण कार्य भैरहेको छ ।हाल नेपालमै रहेका समाजसेवी बानिया तथा नायक रायमाझीले कोरोना रोकथाम र न्यूनिकरणका लागी नेपाल सरकारले लागू गरेको लकडाउनको शुरुवाती चरणदेखि नै विपन्न परिवार र निषेधाज्ञाका कारण रोजीरोटी गुमाएका परिवारलाई राहत तथा स्वास्थ्य सामाग्री वितरण गर्दै आईरहेका छन । अहिलेको विषम परिस्थितीमा कोही नागरिक भोका रहन हुन्न भनेर उक्त फाउण्डेसनका नेपाल सहकर्मीहरु नायक संजित भण्डारी, समाजसेवी बिमला श्रेष्ठ,मोडल निक शर्मा ,नव नायक ओजस थापा,वब श्रेष्ठ तथा भ्वाईस अफ नेपालका बलिया प्रतिस्पर्धी किरण गजमेरको टिमले प्रत्येक दिन राजधानी...
उपत्यकामा अब केही दिन बिराएर मात्रै धारामा पानी आउने
विविध, समाचार

उपत्यकामा अब केही दिन बिराएर मात्रै धारामा पानी आउने

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मङ्गलबारदेखि काठमाडौं उपत्यकामा केही दिन बिराएर मात्रै पानी वितरण गर्ने भएको छ । मेलम्चीको पानी दुई महिना नआउने भएकाले त्यस अवधिमा दैनिक रुपमा धारामा पानी नआउने लिमिटेडले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिले असारदेखि दुई महिनासम्म सुरुङ परीक्षणका लागि लाग्ने जनाएको छ । त्यो अवधिमा उपत्यका भित्रका स्रोतको मात्रै पानी वितरण गर्नुपर्ने भएकाले दैनिक बितरण गर्न नसकिएको हो । सैँबु पोखरीबाट १२ दिन, बालाजु पोखरीबाट बितरण हुने स्थानमा नौ दिन, मीनभवन, अनामनगर, महाँकालचौर र ठिमी बोडे आसपासका क्षेत्रमा सात दिन बिराएर पानी बितरण हुनेछ । त्यस्तै, बाँसबारी, पानीपोखरी, भक्तपुर चार दिन र कीर्तिपुर पानीपोखरीबाट वितरण हुने स्थानमा दुई दिन बिराएर बितरण गरिनेछ । दुई महिना पहिलेदेखि उपत्यकामा मेलम्चीको पानी ल्याइएको थियो । दैनिक १७ करोड लिटर पानी आउँदा च...
पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
विविध, समाचार

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।  ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान अस्पताल भर्ना गरिएको खनालकाे सचिवालयले जनाएकाे छ। यसअघि कोरोना संक्रमण पुष्टि भएका खनालको नर्भिक अस्पतालमा नै उपचार भएको थियो। कोरोनामुक्त भएपछि अस्पतालबाट फर्केका उनी घरमै आराम गरिरहेका थिए।...
निषेधाज्ञा असार ७ सम्म लम्बिने, यी क्षेत्रमा खुकुलो
विविध, समाचार

निषेधाज्ञा असार ७ सम्म लम्बिने, यी क्षेत्रमा खुकुलो

काठमाडौं उपत्यकामा निषेधाज्ञा असार ७ गतेसम्म लम्बिने भएको छ । आज बसेको उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो । के के खुल्नेछन् ? यसअघि जारी निषेधाज्ञा अझ थप केही खुकुलो गरिएको छ । असार १ गतेबाट लागू हुने निषेधाज्ञामा खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्ने पसलहरू बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ। यसअघि विहान ९ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको थियो । त्यस्तै अनलाइन मार्फत सेवा सुविधा बिहान सात देखि बेलुका सात बजेसम्म दिन पाइने भएको बताइएको छ। त्यसै गरी निर्माण सामाग्रीको पसल समेत अपरान्ह ४ बजेपछि  खोल्न दिने निर्णय गरिएको छ । होटल बन्द गर्ने तर होम डेलिभरी गर्न दिने निर्णय भएको काठमाडौँका ...
व्यस्त नयाँ बानेश्वरमा आकाशे पुल
विविध, समाचार

व्यस्त नयाँ बानेश्वरमा आकाशे पुल

कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै डेढ महिनादेखि राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानका निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञाका कारण सवारी साधनका साथै मानिसहरुको चलल पहलमा कमी आएको छ। यही मौकाको उपयोेग गर्दै कतिपय स्थानमा विकास निर्माणका काम धमाधम भइरहेको छ। काठमाडौको सबैभन्दा व्यस्त मानिने नयाँ बानेश्वरमा निषेधाज्ञाको समयमा आकाशे पुलको निर्माण कार्य धमाधम भइरहेको छ। सडक विभागले आज त्यहाँ फलामबाट निर्माण भएको ब्रिज बनाउन लागेको हो। पैदाययात्रीलाई नयाँ बानेश्वरमा बाटो काट्न धेरै समस्या हुने गरेको थियो। यो पुल निर्माणसँगै बाटो काट्ने समस्याको समाधान हुनेछ।...
काठमाडौँ उपत्यकामा दुई महिना मेलम्चीको पानी नआउने
विविध, समाचार

काठमाडौँ उपत्यकामा दुई महिना मेलम्चीको पानी नआउने

काठमाडौँ उपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो । समितिले आज सूचना जारी गर्दै मेलम्ची नदी, सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रमा र बाग्मती नदीमा समेत पानीको बहाब बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सचेत रहन अनुरोध गरेको छ । ती नदी किनारमा नजाने र जानै परेमा विशेष साबधानी अपनाएर जान भनिएको छ । सुरुङ खाली गर्न झण्डै १६ दिनसमेत गरी सुरुङ निरीक्षणको अवधि झण्डै दुई महिना लाग्नेछ । सुरुङ निरीक्षणसँगै परीक्षण, सुधार र पुनः पानी भर्नका लागि समय लाग्नेछ । वर्षा पहिले नै सुरुङ खाली गरेर निरीक्षण र आवश्यक सुधार गर्नुपर्ने छ । आयोजनाले गत फागुन १० गते मेलम्ची नदीको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरेको थियो । परीक्षण शुरु भएको १२ ...