काठमाडौंमा भोलिदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना खोप
काठमाडौंमा भोलिदेखि कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज पाउने भएका छन् ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने बताए ।
खोप अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने उनले बताए ।
यी हुन् खोप केन्द्रहरु :
सशस्त्र प्रहरी अस्पताल, बलम्बुवीरेन्द्र सैनिक अस्पताल, छाउनीराधास्वामी आइसोलेसन सेन्टर, सामाखुसीनेपाल प्रहरी अस्पताल, महाराजगञ्जवीर अस्पताल, रत्नपार्कनिजामति कर्मचारी अस्पताल, वानेश्वरपरोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथलीशिक्षण अस्पताल, महाराजगञ्जकाठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्रअन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र...










