Friday, November 20

शिक्षा

भाइब एजुकेशन र एप्क्यानबीचकाे एजेन्ट मिट कार्यक्रम सम्पन्न
शिक्षा, समाचार

भाइब एजुकेशन र एप्क्यानबीचकाे एजेन्ट मिट कार्यक्रम सम्पन्न

काठमाडौँ- शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान) र भाइब एजुकेशनबीचको ‘एजेन्ट मिट’ कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँको रोयल सिंगे होटलमा एप्क्यान सदस्यहरू माझ भाइव एजुकेशनका प्रतिनिधीद्वारा ‘इन्फरमेशन शेसन’ सञ्चालन गरिएको हो। कार्यक्रममा बोल्दै एप्क्यान अध्यक्ष प्रज्वल बस्नेतले भाइव एजुकेशनसँगको सहकार्यले दुवइको शिक्षालाई नेपाली विद्यार्थीमाझ परिचित गराउन सहयोग पुग्ने बताए। उनले संस्थाले आगामी दिनमा यस्ता कामलाई थप शसक्त रुपमा अघि बढाउने विषयमा जोड दिए। कार्यक्रममा एप्क्यान महासचिव अनिल शर्मा पौड्यालले विभिन्न नयाँ शैक्षिक गन्तव्यकोबारेमा आफ्ना सदस्यहरूलाई जानकारी दिने उद्देश्यले दुवइको भाइव कलेजसँग सम्झौता गरिएको बताए।  कार्यक्रममा भाइब एजुकेशनका प्रतिनिधी प्रतिक पौडेलले दुवइको शैक्षिक वातावरण, अध्ययन पश्चातका अवसर, कलेजको भौतिक शेक्षिक पूर्वाधारको विषयमा प्रस्तुति दिएका थिए। उन...
निर्भाणा एकडेमी आर्ट क्लबको आयोजनामा तिन दिने चित्रकला प्रदर्शनी हुदै
शिक्षा, समाचार

निर्भाणा एकडेमी आर्ट क्लबको आयोजनामा तिन दिने चित्रकला प्रदर्शनी हुदै

काठमाडौं । काठमाडौंस्थित निर्भाणा एकडेमी आर्ट क्लबको आयोजनामा यही माघ २६,२७ र २८ गते ववरमहलस्थित नेपाल आर्ट काउन्सिलमा तीन दिवसीय चित्रकला प्रदर्शनीको आयोजना हुने भएको छ । उक्त प्रदर्शनीमा यस विद्यालयमा विभिन्न तहमा अध्ययनरत ३८ जना विद्यार्थीहरुको चित्रकला समावेश गरिने छ । विद्यालयको ईतिहासमा पहिलो पटक यस प्रकारको चित्रकला प्रदर्शनी आयोजना हुन लागेको विद्यालयका प्रिन्सिपल निराजन अधिकारीले जानकारी दिनुभयो । प्रदर्शनीमा निर्भाणा एकेडेमीका ३०० विद्यार्थीहरु, आमन्त्रित २० विद्यालयका करिव ३०० विद्यार्थीहरु, ६०० भन्दा वढि अभिभावकहरु तथा १०० भन्दा वढि पर्यवेक्षक सहित करिव १४०० भन्दा वढिले चित्रकला प्रदर्र्शनी अवलोकन गर्ने कार्यक्रम संयोजक लक्ष्मी मास्के(पुनम)ले जानकारी दिनुभयो । वरिष्ठ शिक्षाविद्, गुणविज्ञ तथा हाईगा आर्टिष्ट प्रा.दिनेश प्रसाद चापागाईको प्रमुख आतिथ्यतामा प्रदर्शनीको उदघाटन माघ २...
केआईईसीले ‘मल्टीडेस्टीनेसन एजुकेशन फेयर–२०२४’ आयोजना गर्ने
शिक्षा, समाचार

केआईईसीले ‘मल्टीडेस्टीनेसन एजुकेशन फेयर–२०२४’ आयोजना गर्ने

काठमाडौँ– शैक्षिक परामर्श दातृ संस्था केआईईसी प्रालीले शनिवार एक दिने मल्टीडेस्टीनेसन एजुकेशन फेयर–२०२४ आयोजना गर्ने भएको छ। केआईईसीले पुतलिसडक स्थित आफ्नो नवनिर्मित भवनमै विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्र्ने उद्देश्यले मेला आयोजना गर्न लागेको हो। मेलामा विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिबाटै विद्यार्थीले त्यहाँको भौतिक शैक्षिक पूर्वाधार, बसोबास, शिक्षा नीति, लागत खर्च, छात्रवृत्ति लगायतका विषयमा जानकारी लिन सक्ने प्राली प्रवन्ध निर्देशक राजेन्द्र रिजालले जानकारी दिए। केआईईसीले मेलामा सहभागि हुने विद्यार्थीलाई विदेशका प्रमुख शैक्षिक गन्तव्यबारे जानकारी दिनुका साथै उनीहरूलाई विभिन्न छुट र अफरहरूको घोषणा समेत गरेको छ। अष्ट्रेलिया, क्यानडा, अमेरिका, न्यूजील्याण्ड, युके लगायतका मुलुकमा विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई यस मेलामा सम्पूर्ण जानकारी...
रोयल एजुकेसनले शुक्रबार ‘अमेरिका क्यानाडा एड्मीसन डे – २०२४’ आयोजना गर्ने
शिक्षा, समाचार

रोयल एजुकेसनले शुक्रबार ‘अमेरिका क्यानाडा एड्मीसन डे – २०२४’ आयोजना गर्ने

शुक्रवार नयाँ बानेश्वरस्थित मुख्य कार्यालयमा रोयल एजुकेसन फाउन्डेसनले उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीहरूका लागि ‘अमेरिका-क्यानाडा एड्मिसन डे-२०२४’ आयाेजना गर्ने जनाएको हो। रोयल एजुकेसन फाउन्डेसनका प्रवन्ध निर्देशक विष्णुहरी पाण्डेले अमेरिका र क्यानाडामा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूका लागि उक्त ‘एड्मिसन डे’ कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। उनले भने,‘एड्मिसन डे मार्फत अभिभावक र विद्यार्थीहरूले एकै ठाउँ, एकै समयमा धरै भन्दा धेरै कलेजहरूको बारेमा बुझ्न सक्नुहुनेछ। विश्वविद्यालय प्रोग्राम, ट्युसन फी, रिक्वायरमेन्ट आदिका कुराहरू सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरूबाट बुझ्न पाउनुहुनेछ’। एड्मिसन डेमा विद्यार्थी तथा अभिभावकहरूले अमेरिका र क्यानाडाका विभिन्न विश्वविद्यालयहरूको बारेमा उपलब्ध कोर्षहरू, ट्युसन फी, लाग्ने लागत, भिजा प्रोसेस लगायतका बारेमा जानकारी लिन सक्न...
पिपल्स क्याम्पसको ४२ औँ वार्षिकोत्सव सम्पन्न
शिक्षा, समाचार

पिपल्स क्याम्पसको ४२ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ- काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले विश्वविद्यालय शिक्षा दक्षजनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन्। काठमाडौँको पकनाजोलस्थित पिल्पस क्याम्पसले ४२ औँ वार्षिकोत्सव समाराेहमा बाेल्दै उपकुलपति थापाले नेपालकाे विश्वविद्यालय शिक्षालाई समयानुकुल परिमार्जन गर्दै राेजगारमुखी बनाउनुपर्ने बताए। वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि तथा उपकुलपति थापाले विद्यार्थी पलायनको भाष्यले दुःखी बनाएपनि स्थिति साह्रै निराशाजनकन भएको बताए। ‘नेपालमा साक्षरताको दरको तुलनागर्दा उच्च शिक्षा दिने संस्थाको आवश्यकता अझै देखिन्छ,’ डा. थापाले भने, ‘राजनीतिक संक्रमण पाँच दशकदेखि लम्बिएकाले शिक्षा क्षेत्रमा असर देखिएको हो।’ अहिले काठमाडौँ विश्वविद्यालयले भारतमा योगको कक्षा चलाइरहेको र निकट भविष्यमा अस्ट्रेलियाको सिड्नी तथा हङकङमा पनि कक्षा चलाउने तयारी गरिरहेको जनाउँदै डा. थापाले अबक...
नेपालको प्रतिनिधित्व गरेको मिनिल्याण्ड स्कुलको थाइल्याण्डमा उत्कृष्ट प्रदर्शन
शिक्षा, समाचार

नेपालको प्रतिनिधित्व गरेको मिनिल्याण्ड स्कुलको थाइल्याण्डमा उत्कृष्ट प्रदर्शन

थाईलैण्ड । २०२३ नोभेम्बर २४ देखि नोभेम्बर २९ सम्म थाइल्याण्डमा आयोजित थाइल्याण्ड अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपालको प्रतिनिधिको रूपमा कागेश्वरी मनोहरा नगरपालिका, वडा नं ५, थली स्थित मिनिल्याण्ड माद्यमिक विद्यालयका १७ जना विद्यार्थी र ३ जना शिक्षकको सहभागिता रह्यो। नेपाल सहित भारत, इन्डोनेसिया, पोल्याण्ड, बुल्गेरिया, जापान, दक्षिण कोरिया, फिलिपिन्स, थाईल्याण्ड, किर्गिस्तान, हंगेरी, लाओस, जस्ता १८ वटा देशहरूको सहभागिता भएको उक्त कार्यक्रममा नेपालले थाइल्याण्डको विभिन्न शहरहरूमा आफ्नो सांस्कृतिक नृत्य प्रस्तुत गरेको थियो। बैंकक नजिकको शहर नोंथाबुरीको रेउनलाडामा आयोजित पहिलो शोमा मिनिल्याण्डले तामांङ्ग सेलो प्रस्तुत गरेको थियो। उक्त कार्यक्रम पश्चात सहभागी देशहरूका कलाकारहरूलाई बैंककको प्रख्यात कन्सर्ट थियटर शो डीसी मा आयोजित प्रख्यात थाई गायिका डा युई शिखाकुराको एकल सांगीतिक शो...
नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघको आयोजनामा रक्तदान कार्यक्रम
शिक्षा, समाचार

नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघको आयोजनामा रक्तदान कार्यक्रम

नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघले रक्तदान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार काठमाडौंको बागबजारस्थित टुकुचा पार्कमा रक्तदान कार्यक्रम संचालन गरिएको हो । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सो रक्तदान कार्यक्रम गरिएको थियो । नेपालको पश्चिम क्षेत्र विशेषत रुकुम , जाजरकोट लगायत जिल्लामा गएको भूकम्पमा परि घाइतेहरुको उपचारमा रगत अभाव नहोस् भन्ने उद्देश्यले उक्त रक्तदानको आयोजना गरिएको संघका अध्यक्ष दिपक गुरुङले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले संविधानमा लेखेर मात्र गाँस ,बास, कपास र स्वास्थ्यशिक्षाको आधारभूत नहुने भएकाले जनतालाई प्रत्याभूति दिलाउन सरकार तत्पर रहेको बताए । हरेक अस्पतालले प्रत्यक अस्पतालले १० प्रतिशत बेड निशुल्क गर्नुपर्ने समेत मन्त्री बस्नेतले जानकारी दिए । त्यस्तै रत्तदाताले दान गरेको रगतमा ब्याग लगायत लागत खर्च लाग्ने गरेको...
अखिल क्रान्तिकारीले राहत तथा पुनर्निर्माणमा १० लाख सहयोग गर्ने
शिक्षा, समाचार

अखिल क्रान्तिकारीले राहत तथा पुनर्निर्माणमा १० लाख सहयोग गर्ने

जाजरकोट केन्द्र विन्दु बनाएर जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावित क्षेत्रमा अखिल (क्रान्तिकारी) ले राहत तथा पुनर्निर्माणमा १० लाख सहयोग गर्ने निर्णय गरेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव उपदेश यादवले जानकरी दिए । गत १९ गते पञ्चा सिंहको अध्यक्षतामा संगठनको केन्द्रीय कार्यालयको आकस्मिक बैठक बसी संगठनको केन्द्रीय उपाध्यक्ष पवन कर्कीलाई राहत संकलन समितिको संयोजकको जिम्मेवारी दिएका थिए । उक्त समिति आज नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिस डाँडामा बैठक बसी दश लाख सहयोग गर्ने निर्णय गरेको हो । राहत संकलनको लागि अखिल (क्रान्तिकारी) बिपद् कोष निर्माण गर्ने र उक्त कोषमा निम्न बमोजिम रकम सकलन गर्ने निर्णय गरेका छन् । क) संगठनको केन्द्रीय कार्यालय सदस्यहरुको तर्फबाट जनही रु. ५ हजार ख) केन्द्रीय पदाधिकारीहरुको तर्फबाट जनही रु. ३ हजार ग) केन्द्रीय सदस्य, प्रदेश पदा...
छात्रवृत्तिमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै भारतको पण्डित दिनदयाल विश्वविद्यालय
शिक्षा, समाचार

छात्रवृत्तिमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै भारतको पण्डित दिनदयाल विश्वविद्यालय

भारतको गुजरातमा रहेको पण्डित दिनदयाल इनर्जी युनिभर्सिटिले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने जनाएको छ। विश्वविद्यालयले नेपालबाट स्नातक तहमा इन्जिनियरिङ, आईटी र व्यवस्थापन तर्फका विषय अध्ययन गर्न आउने विद्यार्थीलाई शिक्षणशुल्कमा ७० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने जनाएको हो। एक सय एकर क्षेत्रफलमा फैलिएको विश्वविद्यालयले इन्जिनियरिङ र व्यवस्थापन तर्फ स्नातक तहमा चार वर्षीय कोर्स सञ्चालन गर्दै आएको छ भने स्नातकोत्तर र पीएचडीसम्मको अध्यापन हुँन्छ। यो भारतको नेशनल इन्सटिच्युसनल र्याङ्कीङ फ्रेमवर्क (NIRF) Rank मा परेको विश्वविद्यालय हो। यसले NAAC A++ एक्रिडेसन प्राप्त गरेको छ। सन् २००७ अप्रिलमा एक निजी विश्वविद्यालयको रूपमा स्थापना भएको यस विश्वविद्यालयले विज्ञान, प्रविधि, व्यवस्थापन र मानविकी क्षेत्रहरूमा प्रशिक्षित मानव संसाधनको आवश्यकतालाई ...
फुर्लिमा फाउन्डेसनद्वारा सिन्धुपाल्चोकको विद्यालयमा खेलकुद सामाग्री बितरण
शिक्षा, समाचार

फुर्लिमा फाउन्डेसनद्वारा सिन्धुपाल्चोकको विद्यालयमा खेलकुद सामाग्री बितरण

काठमाडौं । फुर्लिमा फाउन्डेसनले आफनो बार्षिक उत्सव मनाउने क्रम मा सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका ६, याङ्गलाकोट स्थित श्री जलदेवी माध्यमिक विद्यालयलाइ खेलकुद सामाग्री बितरण गरेको छ । आफ्नो दिबंगत आमा प्रति श्रध्दाञ्जलि स्वरूप स्थापित यो संस्था ले बाल बालिकाहरु को सर्वाङ्गीण विकास, नेतृत्व क्षमता विकास एवमं समाज योग्य चरित्रवान तथा नैतिकवान युवा तय गर्ने कुरा फुर्लिमा फाउन्डेसनका अध्यक्ष मिङ्मा शेर्पा बताउनु हुन्छ । यो कार्यक्रम स्थानिय लाई प्रोत्साहन गर्न तथा उनिहरु को क्षमता विकास मा सहयोग पुराउने लक्षयका साथ सम्पन भएको स्थानिय व्यक्तिहरु बताउँछन् । खेलकद सामग्रि बितरण कार्यक्रम मा श्री जलदेवी मा बिका प्रधानाध्यापक तथा कार्यक्रम का सभापति श्री धन राज तामाङ ले खेलकु सामग्रि बिद्यार्थी मा नया उर्जा थपिने तथ बाल बालिकाहरुको खेल प्रति दक्ष्यता बृद्धि हुने कुरा राख्नु भयो। कार्यक्र...