एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–५३ को ७ औं वार्षिक साधारणसभा सम्पन्न
एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–५३ को ७ औं वार्षिक साधारणसभा कल्पना दंगालको संयोजकमा सम्पन्न भएको छ ।
एम्नेष्टी ईन्टरनेसनल नेपाल, समूह––५३ को ७ औं वार्षिक साधारणसभाका प्रमुख अतिथि एम्नेष्टी ईन्टरनेसनल नेपालमा अध्यक्ष बिक्रम धुकुछुले उद्घाटन गरेका थिए । एम्नेस्टी इन्टरनेसनल नेपाल मिडिया ग्रुप ५३ काठमाडौंले आफ्नो सातौ वार्षिक साधारण सभा काठमाडौं बालुवाटार स्थित नेपाल हाउस रेस्टुरेन्टमा भएको थियो ।
“नेपालको संविधानले मौलिक हकसम्बन्धी थुप्रै व्यवस्था गरेको सन्दर्भमा आम नागरिकहरूले यी हकहरूलाई पूर्ण रूपमा प्राप्ति गर्ने सवालमा सरकारले चुस्त ढङ्गमा काम गर्नपर्ने औचित्यता र हालसम्म भएका सकरात्मक पहलकदमीलाई निरन्तरता दिनुपर्ने सम्बन्धमा साधारणसभामा जोड दिएको पुर्व संयोजक तथा ग्रुप ५३ सचिवालय प्रमुख मुकुन्द ढुंगानाले बताउनुभयो। साधारणसभाले हरेक सदस्यको कामलाई मध्यनजर गर्दै कार्यविभाजन ...










