करिब एक करोड अफगानी बालबालिकालाई मानवीय सहायता आवश्यक: यूनीसेफ
अफगानिस्तानमा करिब एक करोड बालबालिका मानवीय सहायताको अत्यधिक खाँचो भएको यूनीसेफले जनाएको छ।
यूनीसेफका अफगानिस्तान प्रतिनिधि हर्वे लुडोभिक डे लाइसले यी बच्चाहरू स्वस्थ र सुरक्षित बाल्यकालको अधिकारबाट वञ्चित रहेको बताएका छन्।
संयुक्त राष्ट्र बाल कोषका वरिष्ठ अधिकारीले यस संकटको लागि बालबालिकाहरूले ठूलो मूल्य चुकाइरहेको बताएका छन्। काबुलमा गत बिहीबारदेखि भएको श्रृंखलाबद्ध अत्याचारमा पनि थुप्रै बालबालिकाहरू मारिएका छन्।
पछिल्लो एक वर्षको अवधिमा मात्र देशभर ५५० बालबालिका मारिएका छन् भने एक हजार चार सयभन्दा बढी घाइते भएका छन्। उनले द्वन्द्व र असुरक्षाका कारण बसिरहेका बालबालिकाहरूलाई पानीको पनि अभाव भएको छ।
‘अधिकांश बालबालिकाले पोलियोको खोप पनि पाउन सकेका छैनन्। पोलियो एउटा यस्तो रोग जसले बच्चालाई जीवनभरका लागि पक्षाघात गर्न सक्छ। धेरै कुपोषित छन् उनीहरू अस्पतालको ओछ्यानमा सुतिरह...










