Monday, November 23

समाचार

थप २४८२ मा कोरोना संक्रमण, ४४ को मृत्यु
विशेष, समाचार

थप २४८२ मा कोरोना संक्रमण, ४४ को मृत्यु

गत २४ घण्टामा नेपालमा १५ हजार २९० जनाको परीक्षण गर्दा २ हजार ४८२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ७८१ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ७११ पीसीआर परीक्षण गर्दा १ हजार ८६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ५७९ परीक्षण गर्दा ६२० जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ४४ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ५७७ पुगेको छ ।...
घट्यो सुनको मूल्य, कतिमा भइरहेको कारोबार ?
अर्थ/व्यापार, समाचार

घट्यो सुनको मूल्य, कतिमा भइरहेको कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार  भएकोमा आज ३०० रूपैयाँ घटेर ९१ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी मूल्य आज बढेको छ । चाँदी प्रतितोला १० रूपैयाँले बढेर १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप
समाचार

केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप

मुलुकको सबैभन्दा पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलका सबै कैदीबन्दीलाई कोरोना खोप लगाइएको छ । विसं १९७१ मा स्थापना भएको उक्त कारागारमा रहेका सबै कैदीबन्दीलाई दुवै खोप लगाइसकिएको कारागारका जेलर वेदनिधि अधिकारीले जानकारी दिए । नयाँ आउने कैदीबन्दीलाई भने अलग राखेर खोप लगाइने गरेको उनको भनाइ छ । तीन हजार २१५ कैदीबन्दी रहेको केन्द्रीय कारागारभित्र तीन जेल रहेका छन् । हाल सो जेलमा एक हजार ८२२, भद्र जेलमा एक हजार ३८ र महिला जेलमा ३५५ कैदीबन्दी छन् । उक्त जेलमा १६ नाबालकसमेत छन् । कोरोनाको पहिलो चरणमा केन्द्रीय कारागारमा कोरोना सङ्क्रमणका कारण आठ जनाको निधन भए पनि दोस्रो चरणको कोरोनाबाट कसैले पनि ज्यान नगुमाएको जेलर अधिकारीले बताए । काठमाडौँको डिल्लीबजारमा समेत अर्को जेल रहेका कारण महिला कैदीबन्दीलाई भने केन्द्रीय कारागारमा मात्र राखिँदै आएको छ । केन्द्रीय कारागार परि...
फेरी बढ्यो ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य
अर्थ/व्यापार, समाचार

फेरी बढ्यो ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य

नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ। भारतबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो। आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ। निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। अब ग्यासको मूल्य प्रतिसिलिण्डर १४५० रुपैयाँ पर्नेछ। अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १६ ले बढाइएको छ। अब यस्तो इन्धनको मूल्य प्रतिकिलोलिटर ७७० अमेरिकी डलर पर्नेछ।...
भारतमा कोरोना संक्रमणबाट एकैदिन ७ सय ३७ जनाको मृत्यु, ५५ हजार निको
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमणबाट एकैदिन ७ सय ३७ जनाको मृत्यु, ५५ हजार निको

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ ।  भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ सय ३७ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ३५ हजार ७ सय ८८ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ५१ हजार १६ सय जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड २५ लाख ११ हजार ३ सय ७० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा ५५ हजार ९ सय ४८ कोरोना संक्रमित निको भएका छन् । हालसम्म ३ करोड १७ लाख ४६ हजार ६ सय २६ कोरोना संक्रमित निको भइसकेका छन् । ...
आज काठमाडौँ उपत्यका लगायत देशभर वर्षा
मौसम, समाचार

आज काठमाडौँ उपत्यका लगायत देशभर वर्षा

बुधबार देशभर सामान्य देखि पूर्ण बदली रही  प्रदेश १,२, बागमती  र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको देखिन्छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भागको केही नजिक रहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, २, बागमाती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।  त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको ...
थप २५२५ मा कोरोना संक्रमण, ३५ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप २५२५ मा कोरोना संक्रमण, ३५ को मृत्यु

 गत २४ घण्टामा नेपालमा १४ हजार ८१० जनाको परीक्षण गर्दा २ हजार ५२५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ८६ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ९०९ पीसीआर परीक्षण गर्दा २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ९०१ परीक्षण गर्दा ५०५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ३५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ । हाल सक्रिय संक्रमित ३८ हजार २५० जना रहेका छन् ।...
काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थपियो
विशेष, समाचार

काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थपियो

 काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप भएको छ । भदौ ८ सम्म जारी निषेधाज्ञा आगामी भदौ १६ गतेसम्मलाई कायम गरिएको छ । पुरानै नियमलाई यथावत् राख्दै भदौ १६ गतेसम्म काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप गरिएको हो । मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले पुरानै नियमलाई कायम राख्दै निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो। संक्रमण दर उस्तै रहेको र थप कडाइ गर्दा सहरी जनजीवन प्रभावित हुने भएकोले सामान्य कडाइ गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। उनका अनुसार अन्य भिडभाड कम गरी कोरोना रोकथामसँग सम्बन्धित जनचेतना प्रवाह गर्ने विषयलाई जोड दिइएको छ। यस अवधिमा एक साताअघि जारी गरिएका सबै नियम यथावत् रहनेछन्। मास्कविना ओहोरदोहोर गर्न पाइने छैन भने राति ८ बजेपछि अत्यावश्यकबाहेकका काममा ओहोरदोहोर गर्न दिइनेछैन। यस्तै, होटेल...
सवा करोड लागतमा सकियो चलचित्र ‘आँधी तुफान २’ को  छायांकन
मनोरन्जन, समाचार

सवा करोड लागतमा सकियो चलचित्र ‘आँधी तुफान २’ को छायांकन

चलचित्र ‘आँधी तुफान २’ को सम्पन्न भएको छ । क्यामेरा ‘अन’ भएको ३१ दिनमा बुधवार चलचित्रको छायांकन सकिएको निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए । स्टार लेखक मौनता श्रेष्ठको आंधि तुफान- २को कूल लागत बढेर करिव सवा करोड पुगेको छ । भव्य तथा वृहत लोकेशन, फरक द्धन्द, विग क्यानभास आदि कारण चलचित्रको लगानी वढ्न गएको हो । चलचित्रका निर्देशक मदन घिमिरे र निर्माता चक्र घर्ति मगरले दिएको जानकारी अनुसार अझै एउटा गीतको छायांकन बाकी भएको र चलचित्रको द्धन्दको छायांकनको क्रममा केहि कलाकारहरु घाईते समेत भएका थिए । काठमाडौं र धुलिखेलमा खिचिएको चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । चक्र घर्ती मगर निर्माता रहेको चलचित्रमा चकलेटी नायक सन्जित भण्डारी, कनिजका कोइराल, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, पुस्कर राउत, संजय खतिवडा, सिवन लामा, रवि गिरी,ऋचा थापा, विन्दिया शाही, सुदीप आचार्य, राजाराम गौत...
सर्‍यो एमाले स्थायी कमिटी बैठक
राजनीति, समाचार

सर्‍यो एमाले स्थायी कमिटी बैठक

नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो ३ बजेलाई सरेको छ । बैठकको आन्तरिक तयारी नपुगेकाले बैठक दिउँसो ३ बजेलाई सारिएको नेता सुवास नेम्वाङले जानकारी दिए । यसअघि हिजोमात्रै अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा माधव नेपालको साथ छाडेका नेताहरुबीच छलफल भएको थियो । छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको थियो । आजको बैठकमा उपाधक्ष्य भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे,रघुजी पन्तले पनि सहभागी हुने प्रतिबद्धता जनाएका छन्। बैठकमा असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयनको योजना पेस हुनेछ । १० बुँदे कार्यान्वयनको मोडालिटी तयार गर्न उपाध्यक्ष भीम रावल, महासिचव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई जिम्मा दिइएको छ । असार २७ मा कार्यदलले तयार पारेको १० बुँद...