Monday, November 23

समाचार

जापानले दिएको कोरोनाविरुद्धको खोप आज आइपुग्दै
समाचार

जापानले दिएको कोरोनाविरुद्धको खोप आज आइपुग्दै

जापान सरकारले नेपाललाई दिएको कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौँ आइपुग्दैछ । जापानले कोभ्याक्स सुविधाअन्तर्गत दिएको अस्ट्राजेनेकाको बाँकी खोप आज र पर्सि सम्ममा काठमाडौँ आइपुग्ने छ । १६ लाख डोजमध्ये आठ लाखभन्दा बढी यसअघि नै आइसकेको र बाँकी आज र पर्सिसम्म आइपुग्ने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिए । गत बुधबार र बिहीबार गरी चीनबाट १६ लाख डोज भेरोसेल खोप आइपुगेको छ । नेपालले साइनोफार्म कम्पनीसँग खरिद गरेको ६० लाख डोजमध्ये पछिल्ला दुई दिनमा १६ लाख मात्रा खोप आइपुगेको हो । अहिलेसम्म २४ लाख ४८ हजार कोभिशिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० अस्ट्राजेनेका गरि १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ । काठमाण्डौमा हिजोदेखि १८ वर्षमाथिका कक्षा ११ र १२ मा पढ्ने तथा विश्वविद्यालयका विद्यार्थीलाई परीक्षाको प्रवेश...
एक सातामा तोलामा १ हजार ५ सयले बढ्यो सुन
अर्थ/व्यापार, समाचार

एक सातामा तोलामा १ हजार ५ सयले बढ्यो सुन

सुन एकसातामा प्रतितोला १ हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो साताको शुक्रबारदेखि यो साताको शुक्रबारसम्म सुनको मूल्य १ हजार ५ सय रुपैयाँले बढेको हो । अघिल्लो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ७०० रुपैयाँ र तेजाबी सुनको प्रतितोला मूल्य ८९ हजार २५० रुपैयाँ कायम थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा १५ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम छ । साताको आइतबार प्रतितोला एक हजार रुपैयाँ बढेर सुनको कारोबार सुरु भएको थियो । त्यसपछि साताका सोमबार र बिहीबार केही ओरालो लाग्नु बाहेक अन्य सबै कारोबार दिनमा सुनको मूल्य बढेको महासङ्घले जनाएको छ । यस्तै, यो साता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार १...
अफगानिस्तानबाट ४६१ नेपालीको उद्धार, आज दुई उडानबाट स्वदेश फर्किदै
राष्ट्र, समाचार

अफगानिस्तानबाट ४६१ नेपालीको उद्धार, आज दुई उडानबाट स्वदेश फर्किदै

अफगानिस्तानबाट शुक्रबारसम्म ४६१ नेपालीको उद्धार भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार रोजगारीका लागि अफगानिस्तान पुगेका ९ भारतीयसहित ४७० जना शुक्रबारसम्म काठमाडौँ आइपुगेका छन् । नेपाली फर्कने क्रम आज पनि जारी रहनेछ । आज बेलुकासम्म दुईवटा उडानबाट नेपाली फर्कने मन्त्रालयले जनाएको छ । काबुल छाडिसकेका करिब एक हजार नेपालीमध्ये ५३० जना विभिन्न मुलुकमा ट्रान्जिट र क्वारेन्टिनमा रहेकाले उनीहरु आज स्वदेश फर्कने परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेले जानकारी दिए । शुक्रबार साँझसम्म ३१० जना नेपालीले अफगानिस्तानबाट उद्धारका लाग कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो विवरण दर्ता गरेका  छन् ।...
विश्वभर १८ करोड ९२ लाखले जिते कोरोना भाइरसको संक्रमण
अन्तर्राष्ट्रिय, समाचार

विश्वभर १८ करोड ९२ लाखले जिते कोरोना भाइरसको संक्रमण

विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ करोड ९२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ३ हजार ८६२ जना संक्रमण मुक्त भएका छन् ।  योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १८ करोड ९२ लाख ४८ हजार ९५१ छ । यही अवधिमा ६ लाख ७५ हजार ८५४ जना संक्रमित भएका छन् । योसँगै  विश्वभर संक्रमितको संख्या २१ करोड १४ लाख ८६ हजार ७४५ पुगेको छ । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७८ लाख ११ हजार ३०७ छ । यसमध्ये १ लाख ९ हजार ८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार ९६० जनाको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४४ लाख २६ हजार ४९२ पुगेको छ । खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी न...
रहेनन् हाँस्यकलाकार शम्भु थापा ‘बखते’
मनोरन्जन, समाचार

रहेनन् हाँस्यकलाकार शम्भु थापा ‘बखते’

चर्चित हाँस्यकलाकार शम्भु थापा 'बखते'को निधन भएको छ । उनको शनिवार बिहान पाटन अस्पतालमा उपचारको क्रममा निभन भएको हो । कोरोनासक्रमित भएपछि उनको दुई साताअघिदेखि अस्पतालमा उपचार हुँदै आएको थियो ।  उनको अचानक शनिवार शनिबार विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गोलमाल, मेरी बास्सै, हल्का रमाइलो, भद्रगोल लगायतका दर्जनौं टेलीचलचित्रमा अभिनय गरेका उनी बखते नामले चिनिएका थिए ।  टेलीचलचित्र हल्का रमाइलोमा उनको बखतेको भूमिका निकै रुचाइएको थियो । उनी चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन् । उनले ‘मदन बहादुर हरिबहादुर मा पनि अभिनय गरेका थिए ।...
सानदार जित निकाल्दै लाइप्जिग तेस्रो स्थानमा
खेलकुद, समाचार

सानदार जित निकाल्दै लाइप्जिग तेस्रो स्थानमा

गए राति जर्मन बुन्डेसलिगा अन्तर्गत भएको खेलमा लाइप्जिगले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा लाइप्जिगले भिएफबी स्टुटगार्टलाई ४–० गोलले पराजित गरेको हो ।  उक्त खेलमा लाइप्जिगलाई जित दिलाउन डोमिनिक सोबोस्लाईले दुई गा्ेल गरे भने इमिल फोर्सवर्ग र आन्द्रे सिल्भाले एक एक गोल गरे । उक्त खेलको ३८औं मिनेटमा लाइप्जिगका डोमिनिक सोबोस्लाईले गोल गरी टिमलाइए अग्रता दिलाए । त्यसपछि दोस्रो हाफको शुरुमै इमिल फोर्सवर्गले गोल गरी लाइप्जिगलाई अग्रता दोब्बर बनाए ।  त्यसपछि खेलको ५२औं मिनेटमा डोमिनिक सोबोस्लाईले र ६५औं मिनेटमा पोर्चुगिज फरवार्ड आन्द्रे सिल्भाले गोल गरी टिमलाई जित दिलाए । जितसँगै लाइप्जिग दुई खेलबाट ३ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।  ...
भारतमा एकैदिन ३४ हजार बढी कोरोना संक्रमित फेला
अन्तर्राष्ट्रिय, समाचार

भारतमा एकैदिन ३४ हजार बढी कोरोना संक्रमित फेला

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घटबढ भइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटबढ भएको छ ।  भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ सय ७६ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ३३ हजार ९ सय ९८ पुगेको छ ।   यस्तै पछिल्लो २४ घण्टामा ३४ हजार २९६ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड २३ लाख ९२ हजार ५ सय ६ पुगेको छ ।  यस्तै भारतमा हालसम्म ३ करोड १५ लाख ९० हजार ३ सय ८६ कोरोना संक्रमित निको भइसकेका छन् ।...
अञ्जु पन्त र बिन्ती कुमार गुरुङको चोखो माया सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

अञ्जु पन्त र बिन्ती कुमार गुरुङको चोखो माया सार्वजनिक(भिडियो)

काठमाण्डौ, भाद्र ४ | चर्चित गायिका अञ्जु पन्त र गायक बिन्ती गुरुङको स्वरले सुसज्जित चोखो माया बोलको गीत सार्वजनिक भएको छ । गायक बिन्ती कुमार गुरुङको जन्मदिनको अवसर पारी एक कार्यक्रमका बीच सो भिडियो सार्वजनिक गरिएको हो । स्वयम गायक गुरुङकै शब्द, संगीतमा तयार पारीएको गीतमा लाहान सुब्बाको संगीत संयोजन, सन्दिप बान्तवाको मिक्सिङ मास्टरिङ तथा रेद्दी गुरुङ(एमएमपी)ले रेकर्डिङ गरेका हुन । रोमान्टिक शैलीको गीतको भिडियोमा नायिका नम्रता सापकोटा तथा मोडेल कमल को अभिनय तथा भरपुर रोमान्स देख्न सकिन्छ । https://www.youtube.com/watch?v=WKYp0_IXAQw ज्यास्मिन कृयशनको प्रस्तुति रहेको भिडियोलाई लामो समयदेखि भिडियो निर्देशन गरिरहेका निर्देशक र्‍यान कार्कीले निर्देशन गरेका छन भने कोरियोग्राफी सुरेन्द्र बसेलको रहेको छ । भिडियोमा बुद्ध थापाको छांयाकन, बिष्णु खडकाको सम्पादन तथा कलरिङ्ग, पोष्टर डिज...
थारु भाषाको गीत ‘पागल दिवाना सजना’ सार्वजनिक
मनोरन्जन, समाचार

थारु भाषाको गीत ‘पागल दिवाना सजना’ सार्वजनिक

थारु भाषाको गीत ‘पागल दिवाना सजना’ सार्वजनिक भएको छ। सेबिल ईन्टरटेन्मेटले सार्वजनिक गरेको म्युजिक भिडियोमा बिबेक चौधरी र निकिता थारुको स्वर र श्रवन कुमार चौधरीको शब्द संगीत सुन्न सकिन्छ। गीतलाई एरेन्ज भने सन्दिप सरदारले गरेका हुन्। रोमान्टिक शैलीको म्युजिक भिडियोमा रजनीश चौधरी र प्रीटी चौधरी देखिएका छन्। रजनीश चौधरीकै कोरियोग्राफी र निर्दशन गीतमा कथा लोकेन्द्र चौधरीले तयार पारेका हुन्। गीतको म्युजिक भिडियोमा श्रवन कुमार चौधरीको छायांकन र सम्पादन देख्न सकिन्छ। थारु भाषाका गीतहरु बजारमा ल्याइरहेको सेबिल ईन्टरटेन्मेटले पहिलो पटक नेपाली भाषाको मनको मायालाई बोलको गीत केहि साता पछि रिलिज गर्दैछ। https://www.youtube.com/watch?v=rzcrBQveF58...
थप ३०४२ मा कोरोना संक्रमण, २२४४ निको
विशेष, समाचार

थप ३०४२ मा कोरोना संक्रमण, २२४४ निको

गत २४ घण्टामा नेपालमा १७ हजार ६५४ जनाको परीक्षण गर्दा ३ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार २४४ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ७ हजार १२४ परीक्षण गर्दा ९६३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २६ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शुक्रबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ । हाल सक्रिय संक्रमित ४० हजार ३०९ जना रहेका छन् ।...