Monday, November 23

समाचार

यस्तो छ राष्ट्रपतिले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश (पूर्णपाठ)
राजनीति, समाचार

यस्तो छ राष्ट्रपतिले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश (पूर्णपाठ)

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको उक्त अध्यादेशले राजनीतिक दललाई फुटाउन सहज हुने व्यवस्था गरिएको छ । दल विभाजनलाई सजिलो बनाउने गरी सरकारले ल्याएको अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ । ‘छुट्टै दल गठन भएमा त्यस्तो दल गन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको एक्काइस दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन,’ दल दर्ता अध्यादेशको दफा ३३ को उपदफा २ मा थपिएको छ । यस्तो छ अध्यादेश...
धर्मराज गिरीकाे ‘शिरफुल मेराे’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

धर्मराज गिरीकाे ‘शिरफुल मेराे’ सार्वजनिक(भिडियो)

‘हाे मेराे साडी मैदानै लर्काउने, काकरीकाे अचार, माईतिकाे सम्झना, यु.के काे सहरमा किनेकाे सारी जस्ता सुपहिट गित काे अपार सफलता संगै यस बर्ष पनि धर्मराज गिरिकै लय शब्द संगै चर्चित गाईका टीका पुनकाे स्वरमा शिरफुल मेराे रिलिज गरिएकाे छ । https://youtu.be/ys83CYGGmZQ यस गितमा अभिनय दीक्षा गिरीकाे रहेकाे छ, छायांकन अर्जुन सापकाेटाले गरेका छन् , सम्पादन तथा रंग संयाेजन निर्मल प्याकुरेलले गरेका छन् भने नृत्य निर्देशन बरिष्ठ नृत्य निर्देशक चन्द्र मन्दिरकाे रहेकाे । गितकाे पाेस्ट प्राेडक्सन श्रीनाथ फिल्मस् ले गरेकाे हाे भने ईकुमेन्ट बराहाता मुभी हाउसले ब्यबस्थापन गरेकाे हाे । भिडियाे श्रीनाथ अनलाईन टि.भी काे युटुब च्यानलबाट रिलिज गरिएकाे छ ।...
थप ३४ सय मा कोरोना पुष्टि, ४२ को मृत्यु
विशेष, समाचार

थप ३४ सय मा कोरोना पुष्टि, ४२ को मृत्यु

बुधबार नेपालमा ३ हजार ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ८३९ पीसीआर र ४ हजार ९९९ एन्टीजेन परीक्षणमा क्रमशः २ हजार ६१३ र ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १७ हजार ५३० पुगेको छ । जसमध्ये ६ लाख ८९ हजार १७३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार १०४ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ४२ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण १० हजार ३९६ जनाको मृत्यु भएको छ ।...
अफगानिस्तानको घटनाले खिच्यो विश्वकै ध्यान
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

अफगानिस्तानको घटनाले खिच्यो विश्वकै ध्यान

-डा.डिआर उपाध्याय, यतिखेर अफगानिस्तानको घटनाले विश्वकै ध्यान खिचेको छ । आज सबैले गम्भिर भएर यो बिषयमा सोच्नु पर्ने बेला भएको छ । दुई दशक लामो गृहयुद्धका क्रममा हजारौंहजार वृद्धवृद्धा, बालबालिका र युवाले अकालमा मृत्युवरण गरेको तीतो यथार्थ विश्वसामु छर्लंग छ । अफगानिस्तानका सबै भूभाग यतिखेर तालिबानी कब्जामा पुगेको छ । अहिले सबै अफगानिस्तानको घटनाले झस्किएका छन । नेपाली समाज पनि गरिबी र अभाबले जेलिएको समाज हो, बेरोजगारी समस्या पनि यथावत नै छ । अफगानिस्तानको त्यो घटनाले नेपाली जनतालाई पनि छोएको छ । अफगानिस्तानको त्यो घटनाले हामीलाई पनि राष्ट्रको बारेमा सोच्ने बनाएको छ । देशमा अशान्ति भयो भने के हुन्छ ? हामी कुनै अर्थमा अफगानिस्तानभन्दा भिन्न छैनौं । अब नेपाल पश्चिमी देशको राजनीतिको केन्द्र हुने खतरा छ । अफगानिस्तानमा अहिले तालिबानले अधिकांश भाग कब्जा गरेको दाबी गरेको छ भने राष्ट्रपति ...
कुलमान घिसिङको नियुक्तविरूद्धको मुद्दा न्यायाधीश रेग्मीको बेञ्चमा
राजनीति, समाचार

कुलमान घिसिङको नियुक्तविरूद्धको मुद्दा न्यायाधीश रेग्मीको बेञ्चमा

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । घिसिङको नियुक्ती बदरको माग गर्दै सर्वोच्च पुगेका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको हो । प्राधिकरणको कार्यकारी निर्देशक रहेकै बेला ऊर्जा आयोगको विशेष सदस्य बनाइएका शाक्यले आफूले सो पद स्वीकार नगरेको भन्दै कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै सोमबार रिट दायर गरेका थिए। शाक्यले आफ्नो सहमतिबिना प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उनले आफू सोही पदमा बहाल रहेको जिकिर गरेका छन् । आफूले राजीनामा दिएको वा प्रक्रिया पूरा गरी बीचमा हटाएको अवस्था बाहेक आफ्नो पदावधि २०८१ साल माघ २८ गतेसम्म रहने उनको जिकिर छ । ११ महिनाअघि कार्यकाल पूरा भएर बाहिरिएका घिसिङलाई मन्त्रिपरिषदको साउ...
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
अर्थ/व्यापार, समाचार

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ । आज छापावाल सुन प्रति तोलामा दुई सय रुपैयाँले बढेर ९१ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य आज घटेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएकोमा मंगलबार ५ रूपैयाँले घटेर १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
अफगानिस्तानबाट उद्धार गरिएका थप ९० नेपाली काठमाडौँ आइपुग्दै
समाचार

अफगानिस्तानबाट उद्धार गरिएका थप ९० नेपाली काठमाडौँ आइपुग्दै

अफगानिस्तानबाट उद्धार गरेर कतारमा राखिएका थप ९० जना नेपाली आज काठमाडौँ आइपुग्दै छन् । कतार एयरवेजको विमानबाट थप ९० जना नेपाली आउने नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। अफगानिस्तानबाट कुवेत पुगेका केही नेपाली आउने भनिए पनि उनीहरुको पिसिआर परीक्षण हुन नसकेकाले कुवेतमै रोकिएको उनले बताए। गएराति थप ८७ जना नेपाली नागरिक स्वदेश फर्किएका छन्। मंगलबार बिहान जजिरा एयरलाइन्सको विमानले १ सय १८ जना नेपाली नागरिक र ९ जना भारतीयलाई ल्याएको थियो। छिमेकी राष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा नेपाली नागरिक काठमाडौँ आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल आइपुगेकालाई आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा सामाखुशिस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस...
पहिरोले नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध
समाचार

पहिरोले नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध

त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिए । लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उनले बताए । सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।...
मेलम्चीमा फेरि बाढी, थप तीन घर बगायो
समाचार

मेलम्चीमा फेरि बाढी, थप तीन घर बगायो

अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए ।  उनले स्थानीयवासी  कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको जानकारी दिए । थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ । यी घर यसअघिको बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । गत साउन १६ पछिको बाढीले अहिलेसम्म १११ घरटहरा बगाइसकेको छ । गत असार १, साउन १६ पछिका निरन्तर बाढीले पाँच जनाको अकालमा मृत्यु भएको छ भने छ घाइते र २० बेपत्ता छन् । मेलम्ची नदी तटीय क्षेत्रका सयौँ घर, खेत, पुल तथा सडक जोखिममा छन् ।...
जर्मन सुपर कपको उपाधि बायर्नलाई
खेलकुद, समाचार

जर्मन सुपर कपको उपाधि बायर्नलाई

जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ । मंगलबार राति भएको फाइनलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि हात पारेको हो । बायर्नलाई उपाधि दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । थोमस मुलरको नाममा एक गोल रह्यो । डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए । खेलको ४१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४९ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता २-० को बनाए । ६४ औं मिनेटमा डर्टमण्डका रिउसले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ७४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-१ को जित दिलाए । बायर्नले आठौं पटक सुपर कपको उपाधि जितेको हो । जर्मन सुपर कपको उपाधिका लागि बुन्डेसलिगा च्याम्पियन र जर्मन कप विजेताले प्रतिस्पर्धा गर्ने नियम छ । बायर्नले बुन्डेसलिगा ज...