Monday, November 23

समाचार

अफगानिस्तानका राष्ट्रपति घानीद्वारा देशमा अस्थिरता रोक्ने अठोट
अन्तर्राष्ट्रिय, समाचार

अफगानिस्तानका राष्ट्रपति घानीद्वारा देशमा अस्थिरता रोक्ने अठोट

अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले देशमा अहिले तालिवान समूहले गतिविधि तीब्र पारेको भएपनि यसलाई छिट्टै रोकिने बताएका छन्।  अफगानिस्तानको आधाभन्दा बढी प्रान्तका राजधानी तालिवान समूहले नियन्त्रणमा लिएको भनी समाचार आइरहेका समय उनले द्वन्द्वग्रस्त आफ्नो मुलुकमा राजनीतिक अस्थिरता रोक्ने प्रतिवद्धता व्यक्त गरे।  “अफगानिस्तानको सुरक्षा फौजले देशको रक्षा गरेको र सेनाबीच सद्भाव सुनिश्चित गर्नु मेरो प्राथमिकता हुनेछ,” घानीले राष्ट्रका नाममा गरेको आफ्नो छोटो टेलिभिजन सम्बोधनमा भन।  उक्त सम्बोधनमा उनले अफगानिस्तानमा थप अस्थिरता हुन नदिने बताएका हुन्। उनले भने, “अफगानिस्तानीहरूले युद्धका कारण दुःख पाइरहेका छन् र अफगानिस्तानका जनताको थप कष्ट रोक्न म तपाईंहरुलाई विश्वास दिलाउँछु र यो मेरो ऐतिहासिक जिम्मेवारी हो।” राष्ट्रपति घानीले ‘अफगानिस्तानका जनता, राजनीतिक दल तथा त...
थप २ हजार ६ सयबढीमा कोरोना पुष्टि, १३ सय निको
विशेष, समाचार

थप २ हजार ६ सयबढीमा कोरोना पुष्टि, १३ सय निको

शनिबार नेपालमा २ हजार ६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८ हजार ६६७ पीसीआर र ४ हजार ९०६ एन्टीजेन परीक्षणमा क्रमशः १ हजार ९४७ र ६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५ हजार १९० पुगेको छ । जसमध्ये ६ लाख ८० हजार ८१५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ३२० जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २० जना थपिएका छन् । हालसम्म कोरोनाको कारण १० हजार २५९ जनाको मृत्यु भएको छ ।...
एनआईसी एशिया बैंकले कमायाे ३ अर्ब २५ करोड
अर्थ/व्यापार, समाचार

एनआईसी एशिया बैंकले कमायाे ३ अर्ब २५ करोड

एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब २५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ५ प्रतिशतले बढी मूनाफा आर्जन गरेको हो । यस बैंकले कर्जातर्फ करिब रू. ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम रू. २६५ अर्ब पु¥याउन सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै हो । मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब रू. ७१९ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको सर्वाधिक उच्च (१२.६६ प्रतिशत) बजार हिस्सा रहेको छ । आर्थिक वर्ष ०७७÷७८ मा वाणिज्य बैंकहरुमा भएको कुल कर्जा वृद्धिको औसत प्रति बैंक कर्जा वृद्धि रकम करिब रू. २४.१५ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ३.७६ गुणा रहेको छ । यसै गरी बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब रू. ९० अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन रू. २९८ अर्ब पु¥याउन बैंक सफल भएको छ । जुन...
सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट आज
अर्थ/व्यापार, समाचार

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट आज

साउन २० गतेदेखि २४ गतेसम्म निष्काशन खुला भएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर(आईपीओ) आज बाँडफाँट भएको छ । सानिमा लाइफको कार्यालय दरबारमार्गमाआज बिहान आईपीओ बाँडफाँट भएको हो । उक्त कम्पनीको आईपीओ ५ लाख ४० हजार जनाले १०–१० कित्ताका दरले पाएका छन् । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सानिमा लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएका थियो । उक्त आईपीओमा २४ लाख १९ हजार १ सय २७ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको ३ ...
भरतपुर विमानस्थलमा भएको आगलागी नियन्त्रणमा
समाचार

भरतपुर विमानस्थलमा भएको आगलागी नियन्त्रणमा

भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६:४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको लागलागी ७ बजे नियन्त्रणमा आएको हो । त्यही रहेका अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिए । आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको उनले बताए । क्षतिको विवरण भने केन्द्रीय कार्यालयबाट प्राविधिक समूह आएर हेरेपछि मात्र भन्न सकिने उनले बताए ।...
उद्घाटन खेलमै आर्सनललाई पराजित गर्‍यो ब्रेन्टफर्डले
खेलकुद, समाचार

उद्घाटन खेलमै आर्सनललाई पराजित गर्‍यो ब्रेन्टफर्डले

गएराति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको उद्घाटन खेलमा ब्रेन्टफर्डले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा ब्रेन्टफर्डले आर्सनललाई २-० गोलले पराजित गरेको हो ।  खेलको २२ औं मिनेटमा ब्रेन्टफर्डका सर्जी कानोसले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा खेलको ७३ औं मिनेटमा क्रिस्टियन नोर्गार्डले गोल गर्दै ब्रेन्टफर्डलाई जित दिलाए ।  खेलमा आर्सनलले गोल गर्ने धेरै मौका पाएको थियो । तर गर्न सकेन । जितसँगै प्रिमियर लिगको ५० औं क्लब बनेको ब्रेन्टफर्डले डेब्यु खेलमा ३ अंक जोडेको छ ।...
देशभर सामान्य देखी पूर्ण बदली, आज कहाँ कहाँ पानी पर्छ ?
मौसम, समाचार

देशभर सामान्य देखी पूर्ण बदली, आज कहाँ कहाँ पानी पर्छ ?

शनिबार देशभर सामान्य देखी पूर्ण बदली रहि  केहि स्थानहरूमा  हल्का देखि मध्यम पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको देखिन्छ ।  आज दिउँसो देशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ ।  त्यस्तै आज राति देशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश  थोरै स्थानहरुमा र गण्डकी प्रदेश,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका  एक-दुई स्थानमा...
अफगानिस्तान युद्ध : एक करोड ८४ लाख मानिस जोखिममा रहेको राष्ट्रसंघको ठहर
अन्तर्राष्ट्रिय, समाचार

अफगानिस्तान युद्ध : एक करोड ८४ लाख मानिस जोखिममा रहेको राष्ट्रसंघको ठहर

अफगानिस्तानका राहत कर्मीहरुले झण्डै चार करोड जनसङ्ख्यामध्ये एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने संयुक्त राष्ट्रसंघले बताएको छ । देशभरि लडाइँ फैलिँदै जाँदा एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यकता पर्नसक्ने मूल्याङ्कन गरिएको राष्ट्रसंघका मानवीय सहयोगमामिला अधिकारीले बताएका हुन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओसिएचए) ले भनेको छ, “द्वन्द्व र अन्य खतराहरूबाट सुरक्षाको खोजीमा धेरै मानिसहरू काबुल र अन्य ठूला शहरहरूमा आइपुगेका छन् ।” ओसिएचएले भनेको छ, “विस्थापित, द्वन्द्व, बाढी, लिङ्गसम्बन्धी मुद्दा र सुरक्षा निगरानीमा ध्यान केन्द्रित गर्दै मानवीय आवश्यकता र तत्काल आवश्यक प्रतिक्रियाबारे कार्यक्रम निर्धारण गर्न राष्ट्रसंघ र राष्ट्रिय तथा  अन्तर्राष्ट्रिय गैर–सरकारी संगठनहरूबीच आन्तिरिक मूल्याङ्कन भइरहेको पनि छ ।” संयुक्त राष...
भारतमा थप ३८ हजार संक्रमित, ४७४ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थप ३८ हजार संक्रमित, ४७४ संक्रमितको मृत्यु

 भारतमा थप ३८ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३८ हजार ७१३ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २१ लाख ५५ हजार ७६५ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९४ हजार ५६३ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ४७४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३० हजार ७५९ पुगेको छ ।...
आज साउन ३० गते शनिबारको राशिफल
रोचक, समाचार

आज साउन ३० गते शनिबारको राशिफल

आज २०७८ साउन ३० गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष(Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ । बृष(Taurus)  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । मिथुन (Gemini) (का, कि, कु, घ, ङ, छ, के, को, हा) जोखिमपूर्ण चुनौतीको सामना गर्दा ...