Monday, November 23

समाचार

चीनमा बाढी पहिरोबाट थप २१ को मृत्यु, चार बेपत्ता
अन्तर्राष्ट्रिय, समाचार

चीनमा बाढी पहिरोबाट थप २१ को मृत्यु, चार बेपत्ता

चीनको मध्य भागमा अत्यधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । वर्षाका कारण भएका प्रकृतिक विपत्तिका घटनाहरुमा परी अरू चारजना अहिले पनि हराइरहेका अधिकारीहरुले जनाएका छन् । चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा बुधबारदेखि बिहीबारसम्म ठूलो वर्षा भएको र त्यसले मानवीय क्षति गरेको अधिकारहरुले शुक्रबार जानकारी दिएका छन् । वर्षाका कारण आठ हजारभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन् । घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधिकारीहरुले बताएका छन् ।...
राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज सार्वजनिक गर्दै
अर्थ/व्यापार, समाचार

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । राष्ट्र बै‌कले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज ४ बजे सार्वजनिक गर्ने भएको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सञ्चालक समितिको बैठकपछि मौद्रिक नीति सार्वजनिक तयारी भएको जानकारी दिए । बैंकले यसअघि नै मौद्रिक नीति ल्याउने तयारी गरेपनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि रोकिएको थियो । गत वर्ष साउन २ गते मौद्रिक नीति ल्याइएको थियो । तर, यसपटक भने मौद्रिक नीति ल्याउन ढिलाई भएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीति ल्याउने तयारी साउनको पहिलो साता गरेपनि अर्थमन्त्री जनार्दन शर्माले रोक्न निर्देशन दिएपछि ढिलाई भएको बताइन्छ । यसपटकको मौद्रिक नीतिमा बिग मर्जरमा जाने बैंकहरुलाई राष्ट्र बैंकले स्प्रेड दरमा समेत सहुलियत दिने भएको छ । त्य...
आज पनि बढ्यो सुनको मूल्य
अर्थ/व्यापार, समाचार

आज पनि बढ्यो सुनको मूल्य

केही दिनअघि लगातारजसो घटेको सुनको मूल्य आज फेरि बढेको छ । आज तोलामा ३ सय रुपैयाँले बढेर सुनको मूल्य ८९ हजार ७ सय रुपैयाँमा पुगेको छ । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । शाक्यका अनुसार मूल्य बढ्नुमा अस्थिर बजार नै मुख्य कारण हो । बजार अस्थिर भइरहेकाले अब मूल्य घट्ने या बढ्ने यसै भन्न नसकिने उनको भनाइ छ । आज चाँदीको मूल्य भने थोरैले घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
आज पनि प्रतिनिधिसभा बैठक, यस्ता छन् कार्यसूची
राजनीति, समाचार

आज पनि प्रतिनिधिसभा बैठक, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “विनियोजन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी अर्थमन्त्री शर्माले “आर्थिक अध्यादेश, २०७८ लाई स्वीकृत गर्ने प्रस्ताव र “राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई स्वीकृत गर्ने प्रस्ताव पनि पेश कार्यसूची छ । यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै सांसद प्रेम सुवालले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत...
पेस्तोलसहित वीरगञ्जबाट ३ जना पक्राउ
अपराध, समाचार

पेस्तोलसहित वीरगञ्जबाट ३ जना पक्राउ

पेस्तोलसहित प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित ब्रह्मचोकबाट ३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भएका अनिल शाह, धरान घर भएका रवि पौडेल र पर्साको मकाहमैनपुर गाउँपालिका घर भएका विजय कुमार पटेल छन् । आरोपीहरुको साथबाट एउटा पेस्तोल बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालाका अनुसार ब्रह्मचोकस्थित एक होटलमा प्रदेश–२ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । अहिले उनीहरुमाथि हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।...
महाधिवेशनबारे छलफल गर्न आज कांग्रेस केन्द्रीय समिति बस्दै
राजनीति, समाचार

महाधिवेशनबारे छलफल गर्न आज कांग्रेस केन्द्रीय समिति बस्दै

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बोलाइएको छ । बैठक बिहान ११ बजेलाई बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्ने बैठक १४औं महाधिवेशनका विषयमा केन्द्रित रहनेछ। बैठकले क्रियाशील सदस्य विवाद हल गर्दै अघि बढ्ने बारे निर्णय लिने शर्माले बताए । यसअघि बिहीबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन, महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका र रमेश लेखकले क्रियाशील सदस्यता छानविन प्रतिवेदन छलफलका लागि पेश गरेका थिए। बैठकमा समितिका सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीले आफ्नो धारणा राखेका थिए। समितिले यही साउन १२ गते पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केही विवाद बाँकीसहितको क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन बुझाएको थियो । प्रत...
आज मूलढोकामा नागको तस्वीर टाँसेर नागपञ्चमी मनाइँदै
समाचार, समाज

आज मूलढोकामा नागको तस्वीर टाँसेर नागपञ्चमी मनाइँदै

श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदैछ । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । आज काठमाडौको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा नागको पूजाआजा गरिन्छ । तर यसबर्ष पनि कोरोना संक्रमणको जोखिम भएकाले सकेसम्म सवै धार्मिक अनुष्ठान र पुजा पाठ घरमै गर्न सरकारले अनुरोध गरेको छ ।...
आज साउन २९ गते शुक्रबारको राशिफल
रोचक, समाचार

आज साउन २९ गते शुक्रबारको राशिफल

आज २०७८ साउन २९ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष(Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)व्यावसायिक योजना बन्नेछ । आत्मविश्वास बढ्ने छ । बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ । झुटो आरोप । वृष(Taurus)  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)विदेश यात्राको योग । आजको दिन तपाई मौन रहनु लाभदायक । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । रोजगारको अवसर मिल्न सक्छ । मिथुन (Gemini) (का, कि, कु, घ, ङ, छ, के, को, हा)अनुसन्धानमूलक काममा चासो बढ्ला । मनमा खिन्नता रहला ।...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले लिए शपथ
राजनीति, समाचार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले लिए शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहिबार मुख्यमन्त्रीमा नियुक्त भएका केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथग्रहण गराएका हुन् ।  बिहिबार नै नेकपा माओवादी केन्द्रका नेता केसीलाई प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।   उनी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४१ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। नेता केसी २०७४ सालको चुनावमा रोल्पाको निर्वाचन क्षेत्र १ को (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । ...
थप ३२६० कोरोना संक्रमित, ३२ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप ३२६० कोरोना संक्रमित, ३२ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ८०६ जनाको पीसीआर परीक्षणमा २ हजार ४७३ र ४ हजार ६५६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७८७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २९४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९३.३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।...