हामी विदेशीलाई सस्तो कामदार उपलब्ध गराउने कारखाना बन्दैछौ
-डा.डिआर उपाध्याय,
आजको यो अवस्थामा राजनीतिक दलहरूबीच सहकार्य गरेर देश बिकासको खाका कोर्नु पर्ने आबश्यकता देखिएको छ । दलहरु मिल्नु बाहेक अर्को बिकल्प छैन । आन्तरिक खिचातानीमा मुलुकको भबिश्य बर्बाद गरिनु हुदैन । मुलुकको भबिश्यका लागी दल र तिनका नेताहरु गम्भिर बन्नु पर्छ । अब कुराले मात्र मुलुक बन्दैन । मुलुक बनाउन काम गर्नु पर्छ ।
अहिले दलहरु बीचमा जुन किसिमको रस्साकस्सी छ त्यो मुलुकका हितमा छैन । अहिले मुलुकमा नयाँ सरकार निर्माण भएको छ । यो सरकार मुलुकको हितमा अघि बढनु पर्छ । अहिलेको आवश्यकता भनेको देश बनाउने हो । देश नबने सम्म मुलुकले दुख्ख पाउछ । राजनीति बिषयमा सहि विश्लेषण गर्नु पर्ने आबश्यकता छ । हावादारी कुराले जनतामा अन्योलता हुन्छ ।
राजनीतिलाई गिजोल्नु हितकर र शोभनीय दुवै हुदैन। सरकार पनि त्यतातर्फ लाग्ने प्राथमिकतामा देखिँदैन । आमनागरिकको चाहना चाहिँ यो छ कि पछिल्लो अभ्यास...










