Monday, November 23

समाचार

थप ३ हजार २१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप ३ हजार २१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

गत २४ घण्टामा नेपालमा १३ हजार ५७३ जनाको परीक्षण गर्दा ३ हजार २१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ७२२ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ८६६ पीसीआर परीक्षण गर्दा २ हजार २३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ७०७ परीक्षण गर्दा ९८७ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा १९ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ । हाल सक्रिय संक्रमित ३५ हजार ४३२ जना रहेका छन् ।...
मुलुकमा चाहिनेभन्दा धेरै नेता
राजनीति, समाचार

मुलुकमा चाहिनेभन्दा धेरै नेता

-डा.डिआर उपाध्याय, देश बनाउने कुरामा खासै कसैको ध्यान गएको देखिदैन । राजनीतिक दल र तिनका नेताहरुको ब्यबहार र कार्यशैली देख्दा जनता वाक्क दिक्क छन । दल र तिनका नेताहरुले जनतामा खासै आशा जगाउने काम गर्न सकेनन् । नेताहरु धनी बन्दै जाने देश र जनताको अवस्था सधै खोक्रो बन्ने यो पाराले देश बनाउन सकिदैन । जनताको अवस्था दयनीय बन्दै गएको छ । जुन देशमा नेता धनी हुन्छन देश र जनताको अवस्था गरिब हुन्छ त्यो देश कहिले माथि उठदैन । बिश्वको इतिहासवाट यो कुरा पुष्टि हुदै आएको छ । के साच्चै यो देश बनाउने हो भने नेताहरु इमान्दार बन्नै पर्छ । खोक्रो र आर्दशको कुराले मुलुक अघि बढन सक्दैन । सत्ता र कुर्सिका लागी मरिहत्ते गर्ने नेता बाट मुलुक बन्ला भन्ने कुरा नसोचे पनि हुन्छ । हामीले नेताहरुको ब्यबहार र कार्यशैली भोग्दै र देखदै आएका छौं । कुर्सिका लागी एकले अर्कोलाई सिध्याउने खेल बाहेक अरु केहि देखिएन । म...
जिवनमा एकजना व्यक्तिलाई पाँच ओटा रुखको आवश्यकता पर्दछ:राधेश्याम मिश्र,अध्यक्ष, वातावरण मैत्री समाज
अन्तरवार्ता, समाचार

जिवनमा एकजना व्यक्तिलाई पाँच ओटा रुखको आवश्यकता पर्दछ:राधेश्याम मिश्र,अध्यक्ष, वातावरण मैत्री समाज

वातावरण भन्ने वित्तिकै आफु वरपरको हरियाली सेरोफेरो भन्ने बुझिन्छ र वातावरणले मानव जीवन जोगाउनको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । जव प्रकृतिनै रहेन भने हामीले प्रत्येक सेकेण्डमा फेर्ने श्वास प्रस्वास प्रकृयामा असर गर्दछ । तसर्थ आफु वरपर मात्रै नभई समग्र पृथ्वीमा रहने मानव जातिहरुका लागि स्वच्छ सफा र आरामदयी वातावरण आवश्यक छ । खाली ठाउँमा विरुवा रोपेर हराभरा बनाउने र प्रदुषण नियन्त्रण गर्ने कार्यमा वातावरण मैत्री समाज निरन्तर लागि रहेकोछ साथमा समाजसेवाका अन्य विविध कुराहरुमा पनि वातावरण मैत्री समाज लागी परेको छ वि सं २०७५ सालमा स्थापना भएको यस संस्थाले स्थापना काल देखिनै वातावरण प्रदुषण तथा सरसफाइमा र समाजसेवाका अन्य विभिन्न विधामा आफुलाई अग्रपंक्तीमा प्रस्तुत गर्दै आईरहेको छ । यसै विषयमा आधारित रहेर वातावरण मैत्री समाजका अध्यक्ष राधेश्याम मिश्रसंग  गरेको कुराकानी :- वातावरण मै...
विश्व किर्तीमानी गीतकार डा.उपाध्यायको फरक शैलीका ७ गीतिकविता सार्वजनिक
मनोरन्जन, समाचार

विश्व किर्तीमानी गीतकार डा.उपाध्यायको फरक शैलीका ७ गीतिकविता सार्वजनिक

विश्व किर्तीमानी गीतकार तथा कवि साहित्यकार डा. डि.आर. उपाध्यायले मँगलबार एक समारोहबीच आफ्ना फरक शैलीका ७ वटा गीति कविता सार्वजनिक गरेका छन् । गिनीज अफ वल्र्ड रेकर्ड सहित विश्वका चर्चित ५२ वटा विधामा यस अघि विश्व रेकर्ड कायम गरेका गीतकार तथा साहित्यकार उपाध्यायले मँगलबार सार्वजनिक गरेका ७ वटा गीति कवितालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दैछन् ।यसपटक उनले सार्वजनिक गरेको गीति कवितामा विश्वका ११० म्युजिक ब्यान्डको नाम समेटिएको गीति कविता, हामी शब्द ६० पटक समेटिएको गीति कविता, १७० मोवाईल फोनको नाम समावेश गरिएको गीति कविता, ५३ विभिन्न प्रजातिको कुकुरहरुको नामबाट तयार गीति कविता, संसारका प्रचलित ४१ वटा ह्याट–क्वापको नाम समेटिएको गीति कविता, शब्दको अन्त्यमा ४३ यो अक्षर समावेश गरि बनाईएको गीति कविता, विभिन्न गाडीका ६० वटा मोडलहरुको नामबाट तयार गरिएको गीति कविता सार्वजनिक गरेका हुन् । यी गीति...
माधव समूहका नेताहरू पनि सत्तामा सहभागी भएर सरकार टिकाउनुपर्छ
राजनीति, समाचार

माधव समूहका नेताहरू पनि सत्तामा सहभागी भएर सरकार टिकाउनुपर्छ

-डा.डिआर उपाध्याय, मिल्न नसकेको एमाले नेपाल कम्युनिष्ट पार्टी एमाले अझै मिल्न सकेको छैन । पाटी भित्र देखिएको बिवाद झन झन उत्कर्षमा पुगेको छ । ओली पक्ष र नेपाल पक्ष बीच फोर्स गठन गर्ने कुरामा प्रतिस्प्रर्धा नै चलेको छ । दुवै खेमा एकले अर्कोलाई सिध्याउने खेलमा लागी रहेका छन । माधब नेपाल फकाउन ओलीको दूत बनेर कहिले सुवास नेवाङ कोटेश्वर पुगेको समाचार आउँछन कहिले बिष्णु पौडेल । तर पनि माधब नेपाल फकिन सकेका छैनन् । माधब नेपाललाई के कुरामा चित्त दुखेको छ त्यो अझैे बाहिर आउन सकेको छैन । पछिल्लो राजनीतिक बाताबरण निर्माण गर्ने कुरामा नेपालको प्रमुख भूमिका छ । ओली सरकार ढाल्ने काम देखि देउवालाई प्रधानमन्त्री बनाउने सम्म नेपालको ठूलो भूमिका र योगदान छ । पाटी भित्रको बिवाद तत्काल समाधान हुने संकेत अझै केहि देखिएको छैन । एमाले पाटी भित्रको अवस्था जटिल छ । अध्यक्ष ओलीको निरङ्कुश शैलीप्रति नेपालले...
जोसेफ शाही ठकुरी र धर्मेन्द्र सुनारको युगल गायनमा ‘जिन्दगीले घुमायो’को भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

जोसेफ शाही ठकुरी र धर्मेन्द्र सुनारको युगल गायनमा ‘जिन्दगीले घुमायो’को भिडियो सार्वजनिक(भिडियो)

रत्न डंगोलको अभिनय रहेको गीत ‘जिन्दगीले घुमायो’ सार्वजनिक भएको छ । युवा गायक जोसेफ शाही ठकुरी र भ्वोइस अफ नेपालका प्रतिस्पर्धी धर्मेन्द्र सुनारको युगल गायनमा रहेको गीत ‘जिन्दगीले घुमायो’को भिडियो सार्वजनिक भएको हो । जोसेफ शाही अफिसियल युट्युव च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । सर्वश्व गुमाएर पनि जिउने आत्मबल नगुमाएको एक्लो पात्रको कहाँनी समेटिएको गीतकोको भिडियोमा डंगोलसँगै राजिन आचार्य, रामबाबु रेग्मी र रचना गौतमको अभिनय रहेको छ । सिम भन्ज्यांग विभिन्न स्थानमा छायाँकन गरिएको भिडियोमा गौरव गिरीको निर्देशन छ । https://youtu.be/nwlmpEUcEPQ जोसेफको नै शब्द, करणराज कार्कीको संगीत र देबेश राइको संगीत संयोजन रहेको गीत ए वन म्युजिसियन स्टडीयोमा रेकर्ड गरिएको हो भने ध्वनी सम्पादन किशोर थापाको छ । बसन्त कुँवरको छायाँकन, बलभद्र कुँवरको सम्पादन रहेको गीतको भिडियोमा श्याम कुँवरको...
नयाँ नेतृत्व चयनसंगै नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन सम्पन्न
मनोरन्जन, समाचार

नयाँ नेतृत्व चयनसंगै नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन सम्पन्न

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन राजधानी काठमाण्डौमा सम्पन्न भएको छ । कोरोनाको कहरका विचमा पनि भौतिक दुरी कायम गर्दै आयोजना गरिएको कार्यक्रममा संगठनको लागि नयाँ पदाधिकारी चयन गरिएको छ । निर्वाचन अधिकृत तथा संचारकर्मी डब्बु क्षेत्रीको रोहवरमा निर्वाचन सम्पन्न गरिएको छ । पाँचौ महाधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गरेको छ । जसमा अध्यक्ष खगेन्द्र प्याकुरेल, बरिष्ठ उपाध्यक्ष ऋषिराज आचार्य, महिला उपाध्यक्ष सरिता भारती, संगठन उपाध्यक्ष दयाराम घिमिरे, कार्यक्रम उपाध्यक्ष सुवास बुढाथोकी, महासचिव राजन थापा, सचिव प्रदिप वास्तोला, सह–सचिव, सुरेश कुमार राउत, कोषाध्यक्ष कमला कुमारी जोशी, सह–कोषध्यक्ष प्रवण भुषाल र केन्द्रिय सदस्य तथा प्रवक्ता कल्याण अधिकारी केन्द्रिय सदस्य डेविल सिंह राजपुत, तुलसा कटुवाल, साक्षी लम्साल, सुष्मा देवकोटा, गोपाल ढकाल, प्रेम पाण्डे, केन्द्रिय सदस्...
राष्ट्रहित विपरीत कुनै पनि काम गर्न सरकारलाई छुट छैन
राजनीति, समाचार

राष्ट्रहित विपरीत कुनै पनि काम गर्न सरकारलाई छुट छैन

-डा.डिआर उपाध्याय, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँच दलीय गठबन्धनको सानो आकारको सरकार गठन भएको छ । सरकारले पूर्ण आकार अझै पाउन सकेको छैन । अब एक दुई दिनमा सरकारले पूर्णता पाउने आशा गर्न सकिन्छ । वर्तमान सरकारले देश र जनताका पक्षमा ब्यापक लोकप्रिय काम गरेर देखाउनु पर्ने छ । जनता प्रतिको बिश्वास र जनताको मनोभावनालाई बुझेर अघि बढनु पर्ने आबश्यकता पनि देखिएको छ ।विगतमा चारपटक सरकारको नेतृत्व गरिसकेका शेरबहादुर देउवाको आशा र भरोसा जनतामा छ । अघिका कार्याकाल भन्दा यो कार्यकालमा जनताको मन छुने किसिमले काम गरेर देखाउनु पर्ने जिम्मेवारी देउवाको काँध माथि थपिएको छ । सरकारले पूर्णता नपाउँदै किन यो सरकारबारे प्रश्न उठ्न थालेको छ ? खासगरी मन्त्रिमण्डलमा समावेश गरिएका स्वास्थ्य राज्यमन्त्रीको नियुक्ति विषयलाई लिएर जनस्तरबाट प्रश्न उठेको छ ।स्वास्थ्य क्षेत्रमा संलग्न व्यावसा...
थप खोप खरीदका लागि गर्न चिनियाँ राजदूतलाई अर्थमन्त्रीको आग्रह
अन्तरवार्ता, समाचार

थप खोप खरीदका लागि गर्न चिनियाँ राजदूतलाई अर्थमन्त्रीको आग्रह

सरकारले चीनबाट कोरोना भाइरस विरुद्धको थप खोप खरीद गर्न चाहेको बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले नेेपालका लागि चिनियाँ राजदूत होउ याङछीसँगको भेटमा यस्तो जानकारी गराएका हुन् । नेपाल सरकारले चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएकोले भन्दै मन्त्री शर्माले यसमा राजदुतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । अर्थमन्त्री जनार्दन शर्मा र राजदूत याङ्छीबीच शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुननिर्माणमा प्राप्त भएको चिनिया सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनियाँ सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त गरेका छन् । मन्त्री शर्माले कोभिडविरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरेका छन् । सरकारले चीनब...
‘फेरी हांस्ने छौं’ भन्दै आए गायक गायिकाहरु (भिडियो सहित)
मनोरन्जन, समाचार

‘फेरी हांस्ने छौं’ भन्दै आए गायक गायिकाहरु (भिडियो सहित)

किरण माईकलको ‘फेरी हांस्ने छौं’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । थुप्रै चर्चित गायक गायिकाको स्वरमा सजिएको उक्त गीतको ‘भिडियो दाईको’ रेकर्डस युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । गायक गायिकाहरु मेलिना राई ,प्रताप दास, निल पुन, किरण माईकल घिमिरे, कमल रसाईली, अस्मिता अधिकारी, बुलेट फ्लो ,गोबिन्द चेम्जोङ्ग लिम्बु, सशन कंडेल,सुस्मिता बरालको स्वर रहेको गीतको शव्द संगित किरण माईकल घिमिरेको रहेको छ । प्रमोद परियारको एरेन्ज रहेको गीत मिक्सिङ्ग तथा मास्टर दाईको रेकर्डस युकेमा गरिएको हो । https://youtu.be/PR0-V3Lb7n0 देशमा भैरहको प्राकृतिक विपतीबाट पिडितहरुका लागि गीतको माध्यमबाट मल्हम लगाउने प्रयास स्वरुप उक्त गीत तयार भएको लोकप्रिय गीतकार तथा गायक किरण माईकलले बताए ।शिव शम्भु युनीटी ग्रुप युके नेपालको प्रस्तुती रहेको भिडियोलाई रन्जित कटवालले निर्देशन गरेका हुन भने छायांकन तथा सम्पाद...