देउवा सरकारले गर्नु पर्ने काम
-डा.डिआर उपाध्याय,
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको भाग्य र भबिश्य निर्माण गर्ने कुरामा बिशेष ध्यान दिएर काम गर्नु पर्ने आबश्यकता देखिएको छ । अब गफ गरेर समय कटाउने बेला छैन । अव जनताले देखिने गरी काम गर्नु पर्छ । जनताका धेरै आकाँक्षा र माग छन । ति पुरा पर्ने बाटोमा सरकार अग्रसर हुनु पर्छ । जनताको विश्वासलाई अपमान गर्ने र जनता प्रति बिश्वासघात गर्ने काम कसैले पनि गर्नु हुदैन । सर्वभौमसत्ता सम्पन्न प्रतिनिधि सभाबाट जनादेश प्राप्त सरकार हो यो ।
सरकारसँग नेपाली जनताले ठूलो अपेक्षा राखेका छन । अब प्रधानमन्त्री देउवाले नेतृत्व गरेको यो सरकारले जनअपेक्षा पूरा गर्न कुनै कसर बाँकी छोड्नु हुँदैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ओली समूहले यो सरकार जनताको जनादेशको होइन, सर्वोच्चको परमादेशबाट बनेको कुरा गरिरहेको छ । वास्तवमा संविधानको भावना विपरीत दुई पटक प्रतिनिधि सभा विघटन गरियो ।
...










