Monday, November 23

समाचार

थप १८ सय जनामा कोरोना पुष्टि, १६ सय निको
विशेष, समाचार, स्वास्थ्य

थप १८ सय जनामा कोरोना पुष्टि, १६ सय निको

आइतबार नेपालमा १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ६ हजार ६२८ पीसीआर र ३ हजार एन्टीजेन परिक्षणमा क्रमशः १ हजार २२३ र ५७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १६ हजार ४९ पुगेको छ । जसमध्ये ६ लाख ३२ हजार ७४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ६६७ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार ४८५ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ५५० जनाको मृत्यु भएको छ ।...
समाज डेण्टलको नयाँ शाखा अब भक्तपुरको राधेराधेमा
समाचार, स्वास्थ्य

समाज डेण्टलको नयाँ शाखा अब भक्तपुरको राधेराधेमा

समाज डेण्टल हस्पिटलको चौथो शाखा भक्तपुरको राधेराधेमा खुलेको छ । समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २१ औं वार्षिक उत्सवको अवसरमा भक्तपुरमा पनि सेवा बिस्तार गरेको हो । समाज डेण्टल हस्पिटलका प्रमुख शंकु घिमिरिले सांस्कृतिक शहर भक्तपुर क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउदाँ खुसी लागेको बताए । भक्तपुरको राधेराधेमा सेवा सुरु भएको पहिलो महिना साउनभर सवै दन्त सेवामा २० प्रतिशत छुट दिने जानकारी पनि घिमिलेले दिएका छन । समाज डेण्टल हस्पिटलले २० वर्ष देखि दात तथा मुख सम्वन्धी रोगको उपचार गर्दै आएको छ । काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको समाज डेण्टलको यसअघि नै बानेश्वर, जाउलाखेल, गोंगबुमा शाखा थिए ।...
समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण
अर्थ/व्यापार, समाचार

समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण

समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)बाट सहयोगार्थ संयुक्त ट्रेड युनियन समन्यव केन्द्र (जेटीयुसीसी)बाट उपलब्ध स्वास्थ्य सामग्री शनिबार भक्तपुरको ठिमीमा एक कार्यक्रमबीच ७० श्रमिकलाई वितरण गरिएको हो । प्रजातान्त्रिक उद्यौगीक कारखाना श्रीमक संगठनको केन्द्रीय अध्यक्ष रामबहादुर गोलेलगायत प्रजातान्त्रिक औद्योगीक श्रमिक संगठनको केन्द्रीय कमिटिको संयोजकत्वमा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । समाजवादी ट्रेडयुनियन महासंघ नेपाल स्वतन्त्रको केन्द्रीय अध्यक्ष नवराज दाहालसहित अन्य पदधिकारीहरूको उपस्थिति स्वास्थ्य सामग्री वितरण गरिएको थियो । सो अवसरमा श्रमिकहरूको पनि हक र हित र श्रमिकको निमित सदैव खटेर डटेर सेवा गरिरहने अध्यक्ष गोलेले बताउनुभयो ।उहाँले देशैभरिका श्रमिकहरूको निमित राम्रो भूमिका खेल्नेक...
देशको बिकास हुन नसकेको कारण के हो ?
राजनीति, समाचार

देशको बिकास हुन नसकेको कारण के हो ?

-डा.डिआर उपाध्याय, अव राजनीतिक दल र तिनका नेताहरु इमान्दार बन्नु पर्ने आबश्यकता देखिएको छ । नेताहरु इमान्दार भएनन् भने देश बन्न सक्दैन । सवै भन्दा ठूलो कुरा के हो भने इमान्दारीता हो । हाम्रो देशमा नेताहरु इमानदार र पारदर्शी बन्न सकेका छैनन् । जसले जे सुकै भनोस् अहिले पहिला जस्तो निष्ठाको राजनीति छैन । अव नेताहरुको आचरण र व्यवहारमा परिवर्तन आउन जरुरी छ । जनताले सधै दुःख पाइराख्ने, नेताहरु रातारात धनी बन्दै जाने यो स्थिती छ । यसरी देशको भबिश्य निर्माण गर्न सकिदैन । अव गम्भिर भएर सवैले सोच्ने बेला आएको छ । जनताको बिश्वास माथि कसैले पनि खेलवाड गर्ने काम गर्नु हुदैन । जनताको विश्वास जित्न इमानदारीता, पारदर्शीता र निष्ठाको राजनीति चाहिन्छ । निष्ठाको राजनीतिले नै देशको भाग्य र भबिश्य निर्माण गर्न सक्छ । देशलाई बिकास र समृद्धिको बाटोमा अघि बढाउन इमान चाहिन्छ । कुराले मात्र देश बनाउन सकिदै...
आज जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण गरिने
समाचार

आज जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण गरिने

बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ। रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए। उनका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ। उनले भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्र्याक स्पिड’ परीक्षण गरिने जानकारी दिए। उनले भन्नुभयो, “ट्र्याक स्पिड परीक्षण रेल सेवा सञ्चालन गर्नुपूर्वको महत्वपूर्ण प्रक्रिया हो। स्पिड परीक्षण गर्दा रेलको स्पिड १२० किमी प्रतिघण्टा हुने भएकाले रेल्वे ट्र्याकमा सुरक्षा महत्वपूर्ण हुन्छ।” महाप्रबन्धक भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आज रेल्वे ट्र्याक वरपरका आम नागरिकलाई ट्र्याकमा मान्छे, गाई, भैँसी चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछाड्न र ट्र्याकबाट दूरी कायम ग...
‘मेरी बास्सै’ की चम्सुरीको दुवै मिर्गौला फेल, अस्पताल भर्ना
मनोरन्जन, समाचार

‘मेरी बास्सै’ की चम्सुरीको दुवै मिर्गौला फेल, अस्पताल भर्ना

मृगौलामा देखिएको स्वास्थ्य समस्याका कारण अभिनेत्री पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ मा ‘चम्सुरी’का रुपमा अभिनय गरेर लोकप्रियता कमाएकी पल्पसा केही दिनअघिमात्र महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् । कलाकार तथा निर्देशक दीपाश्री निरौलाका अनुसार केही समय अघि मृगौलामा समस्या देखिएपछि उपचार गरेर घर फर्किएकी पल्पसाको स्वास्थ्यमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । ‘केही समयदेखि उहाँले डायोलोसिस गरे पनि अहिले भने डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने भनेका छन्’, दीपाश्रीले भनिन् । विगत १३ वर्षदेखि ‘मेरी बास्सै’ अभिनय गर्दै आएकी पल्पसाले अन्य टेलिफिल्म, फिल्म तथा म्यूजिक भिडियोसमेत अभिनय गरिसकेकी छन् । उनी टेलिफिल्म ‘दृष्टि’की निर्देशकसमेत हुन् ।...
प्रतिनिधिसभा बैठकअघि एमाले स्थायी कमिटी बैठक
राजनीति, समाचार

प्रतिनिधिसभा बैठकअघि एमाले स्थायी कमिटी बैठक

सर्वोच्च अदालतको फैसलाले दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभा बैठक बस्नअघि आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने तथा विधान अधिवेशनको तयारीबारे छलफल गर्नेछ । एमालेले केन्द्रीय कमिटी बैठक सोमबार डाकेको छ । पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै  आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाँकिएको छ । तर कार्यदलको सहमतिअनुसार वरिष्ठ नेता माधव कुमार नेपालसँग सल्लाह गरेर मात्रै बैठक डाक्न सो समूहका दोस्रो तहका नेताहरुले आग्रह गरेका छन् । तर अध्यक्ष ओलीले कार्यदलको सहमतिलाई अनुमोदन गरेर अघि बढेकाले अब बैठकमा सहभागी भएर पार्टी काममा लाग्ने बाटो खुलेको जवाफ दिएका छन् । सहमतिका लागि भन्दै पार...
देशका यी स्थानमा आज मेघगर्जन र चट्याङ्गसहित ठुलो पानी पर्ने
मौसम, समाचार

देशका यी स्थानमा आज मेघगर्जन र चट्याङ्गसहित ठुलो पानी पर्ने

आइतबार देशभर सामान्य देखि पुर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेश का केही स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको देखिन्छ ।  आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।   त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी  र सुदुरपश्चचिम प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ । ...
प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
राजनीति, समाचार

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

 प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि आज पहिलोपटक प्रतिनिधि सभाको बैठक बस्न लागेको हो ।  बैठक आज दिउँसो ४ बजे बस्दैछ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै आज बस्ने बैठकको कार्यसूची बारे जानकारी गराएका छन् ।  आजको कार्यसूचीमा सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन आह्वानबारे राष्ट्रपति कार्यालयको पत्र, सरकार गठन र मन्त्रिपरिषद् विस्तारबारेको पत्र पढेर सुनाउने र केही शोक प्रस्ताव पारित गर्ने रहेको छ ।  यस्तै सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम ९१० बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची पनि रहेको छ ।  गत मंगलबार प्रधानमन्त्री मा नियुक्त भएका शेरबहादुर देउवाले  साउन २९ भित्र संसदको चालु अधिवेशनमै विश्वासको मतसमेत लिनुपर्ने हुन्छ ...
भारतमा थप ४१ हजार संक्रमित, ५१७ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थप ४१ हजार संक्रमित, ५१७ संक्रमितको मृत्यु

भारतमा थप ४१ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४१ हजार २८३ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ११ लाख ५ हजार २७० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख २९ हजार ३९७ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ५१७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १३ हजार ६४० पुगेको छ ।...