Monday, November 23

समाचार

एमाले विवादः कार्यदलको अन्तिम बैठक जारी
राजनीति, समाचार

एमाले विवादः कार्यदलको अन्तिम बैठक जारी

नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलको ‘फाइनल’ बैठक सिंहदरबारमा शुरु भएको छ। आजको बैठकबाट सहमति जुटाउने नेताहरुले बताएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर रिटमाथिको फैसला आउनु अगावै सहमति जुटाउने प्रयास भइरहेको छ। शुक्रबार भएको कार्यदल बैठकपछि अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदलका संयोजक सुवास नेम्वाङले आइतबार सुख्द समाचार सुनाउने बताएका थिए। उनले सबै विषय मिलिसकेकोसमेत दावी गरेका थिए। यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल निकट कार्यदलका सदस्य गोकर्ण विष्टले पनि आइतबार सहमति जुट्ने बताएका थिए। उनले केही विषयमा कुरा मिलाउन बाँकी रहेको बताएका थिए। तर, के के कुरा मिल्यो के के बाँकी भन्ने विषयमा भने दुबै नेताहरुले खुलाउन चाहेका थिएनन्। सर्वोच्च अदालतले सोमबार फैसला गर्न सम्भावन...
आज देशका ५ प्रदेशमा ठुलो पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह
मौसम, समाचार

आज देशका ५ प्रदेशमा ठुलो पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

आईतबार देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको देखिन्छ ।  आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।   त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानहरुमा पानी पर्ने सम्भावना रहेको छ । देशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले पहाडी भू-भागमा पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे ख...
ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि
खेलकुद, समाचार

ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा  ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले गरेको एक गोल नै निर्णायक बन्यो । खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरेका थिए । यससँगै कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भएका छन् । यस अघि अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको थियो । ब्राजिलले भने पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।...
के पी ओली सरकार बिरुद्ध मसाल जुलुस प्रदर्शन
समाचार

के पी ओली सरकार बिरुद्ध मसाल जुलुस प्रदर्शन

नेपाल विद्यार्थी संघ कैलाशकुट बहुमुखी क्याम्पस इकाई द्वारा पेट्रोलियम पदार्थमा भएको चरम मुल्यबृद्धि खारेज को माग गर्दै के पी ओली सरकार बिरुद्ध मा मसाल जुलुस प्रदर्शन भएको छ। नेपाली जनता लाई कोभिड को भ्याक्सिन को व्यवस्था गरि जनता लाइ चाडो भन्दा चाडो सुरक्षित बनाउनु पर्ने संघ को माग छ। शिक्षा को अब को बिकल्प, भन्दै बिरोध तथा मसाल जुलुस प्रदर्शन भएको छ।संसद बिघटन को पूनर्स्थापना लगायतका माग राखी के पि सरकारको बिरुद्धमा इकाई का सभापति सुबर्ण गौतम को नेतृत्वमा मसाल जुलुस निकालेको कैलाशकुट बहुमुखी क्याम्पस का नेता उज्वल पौडेल ले जानकारी दिएका छन |...
गायक रमेश पाठकको ‘झल्को मात्रै आँखामा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक रमेश पाठकको ‘झल्को मात्रै आँखामा’ सार्वजनिक(भिडियो)

काठ क्षेत्रमा घाँसे गीतको नामले पनि चिनिने मौलिक लयमा आधारित ‘झल्को मात्रै आँखामा’ बोलको असारे गीत जिनियस म्युजिक मार्फत सार्वजनिक भएको छ। यस गीतमा पुरु लम्सालको शब्द,सुशील सिंह ठकुरीको कम्पोज, नारायण दंगालको एरेन्ज अनी बहु प्रतिभशाली गायक रमेश पाठकको आवाज रहेको छ। https://www.youtube.com/watch?v=j5YJSQ9aDl4 गीतले परदेशीको मन धेरैनै छुनेछ । यस गीतमा नव मोडल शिला गजुरेल र कम्पोजर सुशील सिंह ठकुरीको उत्कृष्ट अभिनय देख्न सक्नु हुनेछ। यस गीतमा परदेशमा रहेर आफ्नो ठाउँ अनी आफ्नो परिवार सँग टाढा हुँदाको पिडा देखाइएको छ। यस भिडियोमा राज पोखरेल र नबिन बाबु गुरुङको छायान्कन अनी रोशन धितालको सम्पादन रहेको छ। भिडियोको निर्देशन पनि पुरु लम्सालले नै गरेका हुन्। यस गीतको एकदमै राम्रो प्रतिकृयाआइरहेको गायक रमेश पाठकले जानाकरी गराउनु भयो । यो गीतको सबैको मनमा बस्न सकोस् अझै सफलताको शुभकामना ब्यक...
एमाले विवादः कार्यदलमा आज पनि सहमति जुटेन
राजनीति, समाचार

एमाले विवादः कार्यदलमा आज पनि सहमति जुटेन

एमालेको विवाद समाधान गर्न गठन गरिएको कार्यदलले शनिबार सहमति जुटाउने भनिए पनि शनिबार भने सहमति हुन सकेन। शनिबार ढिलागरी बसेको कार्यदल बैठकमा सहमति जुट्न नसकेको कार्यदल सदस्य वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता सचिव गोकर्ण विष्टले जानकारी दिए। यसअघि शुक्रबारको बैठकपछि कार्यदलका सदस्यहरुले शनिबारको बैठकबाट सहमति जुट्ने सहमतिको मस्यौदा सार्वजनिक गर्ने बताएका थिए। तर, शनिबार सहमति हुन नसकेको र केही कुरा मिलाउन बाँकी रहेको सचिव विष्टले जानकारी दिए। उनले अब छिटै गूड न्यूज सुनाउनेसमेत बताए। उनले आइतबार नै सुखद् समाचार सुन्न पाइने बताए। तर, के के कुरा मिल्यो र के के बाँकी हो भन्ने विषयमा केही खुलाइएको छैन। शनिबारको बैठक करिब १ घण्टामात्र बसेको थियो।...
थप २१६९ मा कोरोना संक्रमण, २२ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप २१६९ मा कोरोना संक्रमण, २२ को मृत्यु

गत २४ घण्टामा नेपालमा २ हजार १६९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ४३२ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५३० पीसीआर परीक्षण गर्दा १ हजार ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ८८७ परीक्षण गर्दा ८१६ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २२ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ३६३ पुगेको छ ।...
अमेरिकाले नेपाल लाइ १५ लाख डोज जोनसन एण्ड जोनसन खोप उपलब्ध गराउने
समाचार

अमेरिकाले नेपाल लाइ १५ लाख डोज जोनसन एण्ड जोनसन खोप उपलब्ध गराउने

अमेरिकाले १५ लाखभन्दा बढी डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ। नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सामाजिक सञ्जालमा संक्षिप्त जानकारी दिँदै अमेरिकाले केही दिनमा कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन लागेको जानकारी दिएका हुन्। सामाजिक संजाल मार्फत को जानकारी मा अमेरिकी राजदूत बेरी अनुसार;‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभीड१९ खोप निशुल्क उपलब्ध गराउंदैछ। नेपाल-अमेरिका साझेदारीको ७३ बर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुशीको क्षण हो। अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरीरहनेछ।” – राजदूत बेरी...
कोपा अमेरिका : तेस्रो स्थानका लागि भएको कोलम्बियासँग खेलमा पेरु पराजित
खेलकुद, समाचार

कोपा अमेरिका : तेस्रो स्थानका लागि भएको कोलम्बियासँग खेलमा पेरु पराजित

कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो बनेको छ । आज बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले इन्जुरी समयमा निर्णायक गोल गरेपछि कोलम्बियाले जित हासिल गरेको हो । सेमिफाइनलमा पराजित भएका दुई टोलीले तेस्रो स्थानका लागि प्रितस्पर्धा गरेका हुन । सेमिफायनलमा पेरु ब्राजिलसँग र कोलम्बिया अर्जेन्टिनासँग पराजित भएको थियो । खेलमा यसीमार योतुनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको शुरुमै कोलम्बियाले बराबरी गोल फर्कायो । जुवान क्वाड्राडोले ४९औं मिनेटमा बराबरी गोल गरे । लुइस डियाजले ६६औं मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए । तर ८२औं मिनेटमा पेरुका जियानलुका लापाडुलाले गोल गर्दै खेल बराबरी गरे । ९० मिनेटसम्म बराबरी भएपनि इन्ज...
अब हुने नियमित अन्तरास्ट्रिय उडानको नयाँ तालिका हेर्नुहोस
विशेष, समाचार

अब हुने नियमित अन्तरास्ट्रिय उडानको नयाँ तालिका हेर्नुहोस

नयाँ तालिकाअनुसार अन्तरास्ट्रिय उडान भारतको राजधानी नयाँ दिल्लीमा सातामा दुई उडान सम्बन्धित मुलुकका राष्ट्रिय ध्वजाबाहकले गर्नेछन् । नेपाल एयरलाइन्सले बुधबार र एयर इण्डियाले सोमबार गर्नेछन् । यस्तै नेपाल एयरलाइन्सले यूएईको दुबईमा मङ्गलबार र बिहीबार तथा नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले आइतबार, मङ्गलबार र बिहीबार उडान भर्नेछन् । फ्लाइ दुबइले आइतबार, बुधबार र शुक्रबार एक÷एक उडान गर्नेछ । क्यानको उडान तालिका अनुसार कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन उडान गर्नेछन् भने हिमालय एयरलाइन्सलाई साताको सोमबार, बुधबार र शनिबार उडान अनुमति दिइएको छ । उक्त एयरलाइन्सले साउदी अरेबियाको दमाममा साताको चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालाम्पुरमा बुधबार र शनिबार सातामा दुई उडान पाएको छ ...