Monday, November 23

समाचार

अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा
समाचार

अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो ।  भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । सो स्थानमा वर्षा शुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । ...
थप १८०० मा कोरोना पुष्टि, १२०० निको
विशेष, समाचार

थप १८०० मा कोरोना पुष्टि, १२०० निको

बिहिबार नेपालमा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ३७४ पीसीआर र ५ हजार १३० एन्टीजेन परिक्षणमा क्रमशः १ हजार २१८ र ६५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९२ हजार ८४९ पुगेको छ । जसमध्ये ६ लाख १५ हजार६१३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार २८६जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ४४७ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २९ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ३२० जनाको मृत्यु भएको छ ।...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोल गर्ने विद्यार्थी संगठनको चेतावानी
समाचार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोल गर्ने विद्यार्थी संगठनको चेतावानी

विपक्षी गठबन्धननिकट पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन् । उनीहरूले नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लोमा हाल्ने प्रवृत्ति तत्काल बन्द गर्न माग गरेका हुन् । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल (छैटौं) ले आज नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै लकडाउनले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको पीडादायी अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेका हुन् । ‘ठूलो नाफा आर्जन गरेको आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य थोरै बढ्नेबित्तिकै त्यसैको बहानामा मूल्यवृद्धि गर्नु पूर्णत गलत हो,’ ज्ञापनपत्रमा भनिएको छ, ‘नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लोमा हालने प्रवृत्ति तत्काल बन्द गरियोस् ।’ पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्...
युनियन लाइफ इन्स्योरेन्सको आइपिओ खुला
अर्थ/व्यापार, समाचार

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ खुला

युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजबाट बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार २८ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । रु ६४ करोड ५० लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमारलाल कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीको जारी पुँजीको ३० प्रतिशत शेयर जारी गरिएको हो । हाल कम्पनीको जारी पुँजी रु दुई अर्ब १५ करोड बराबर रहेको छ । कम्पनीले प्रतिकित्ता र एक सय अङ्कित दरका ६५ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री खुला भएको छ । जसमध्ये तीन लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि र तीन लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ५८ लाख पाँच हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको हो ।  उक्त शेयर इच्छुक लगानीकर्ताले न्यूनतम दश कित्तादेख...
प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीच  भएको वार्तामा सहमति जुटेन
राजनीति, समाचार

प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपालबीच भएको वार्तामा सहमति जुटेन

एमालेको आन्तरिक विवाद समाधानका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच काठमाडौंस्थित होटल मेरियटमा भएको वार्तामा बुधबार सहमति जुटेन। तर वार्ता सकरात्मक रहेको वार्तामा सहभागी नेताहरुले प्रतिक्रिया दिएका छन्। वार्तापछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता नेपाल निकट नेता उपाध्यक्ष भीम रावलले फेरि वार्ता हुने जानकारी दिए। उनले सकरात्मक छलफल भएको भन्दै फेरि पनि वार्ता हुने जानकारी दिए। उनले जसरी पार्टीलाई एकतावद्ध बनाउन छलफल भइरहेको भन्दै गम्भीररुपमा छलफल भएको जानकारी दिए। दुई शीर्ष नेताहरुबीच मेरियटमा वार्ता शुरु हुनुअघि कार्यदलमा रहेका नेताहरु उपाध्यक्ष भीम रावल, महासचिब ईश्वर पोखरेल, उपमहासचिब विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेबीच छलफल भएको थियो। त्यसपछि ओली र नेपालबीच एक्लाएक्लै वार्ता भएको नेता पाण्डेले जानकारी दिए। उनले वार्ता ...
पाल्पामा पहिरोले पुरिएर एकको मृत्यु, ५ घर पुरियो
समाचार

पाल्पामा पहिरोले पुरिएर एकको मृत्यु, ५ घर पुरियो

पाल्पामा बिहिबार बिहान अविरल बर्षाका कारण आएको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । तिनाउँ गाउँपालिका(५ केराबारीमा पहिरो जाँदा ५ घर पुरिएको प्रहरीले जनाएको छ ।  गिट्टी खानी हिउँदे खोला क्षेत्रमा पहिरो जाँदा वीरबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको हो । यस्तै सोही स्थानका रमेश परियारका ८ वर्षीय छोरा आरब परियार बेपत्ता भएका छन् । पहिरोले हरि दर्लामी, सुजा परियार, नरबहादुर राना, वीरबहादुर गुरुङ  र बलबहादुर पुनको घर पुरिएको हो ।  पहिरोमा परी घाइते भएकाहरुको कल्याणी आधारभूत विद्यालयमा राखी उपचार भएको जनाइएको छ । अविरल बर्षाका कारण पहिरो जाँदा सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्डमा पनि बन्द भएको छ।...
युरोपेली च्याम्पियनसिप : डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा
खेलकुद, समाचार

युरोपेली च्याम्पियनसिप : डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा

गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा इंग्ल्यान्डले सानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।  निकै रोमान्चक बनेको उक्त खेलमा इंग्ल्यान्डले डेनमार्कलाई २-१ गोलले पराजित गरेको हो । उक्त खेलको ३० औं मिनेटमा डेनमार्कका डाम्सगार्डले फ्रिकिकबाट गोल गरी अग्रता दिलाए । त्यसपछि खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोनले आफ्नै पोष्टमा गोल गरे । निर्धारित ९० मिनेटसम्म दुवै टिम बराबरी नै खेले ।  त्यसपछि १ सय ४ औं मिनेटमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले  गोल गरी टिमलाई जित दिलाए । जितसँगै इंग्ल्यान्ड फाइनलमा प्रबेश गरेको छ । अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग खेल्नेछ । ...
कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप ल्याउन आजदेखि तीन उडान हुने
समाचार

कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप ल्याउन आजदेखि तीन उडान हुने

कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउनका लागि आजदेखि तीन उडान हुने भएको छ। नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि यहि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चीनबाट भेरोसेल खोप ल्याउनका लागि जहाज त्यसतर्फ जाने बताए। सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन लागेको हो। उनका अनुसार आज साँझ निगमको विमान खोप लिनका लागि चीन जादै छ। जहाजले असार २५ गते खोप ल्याउने छ। यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ। “भोलिदेखि तीन पटक जहाज खोप लिनका लागि चीन जाने छ”, उनले भने, “परिणाम ठूलो आउँछ तर कति आउँछ भन्ने एकिन छैन्।” उनले पहिलो पटक खोप ल्याइसकेपछि मात्र कति मात्रा खोप नेपाल आएको एकिन थाहा हुने बताए। ...
रुपा सुनारको रिटमा सर्वोच्चले माग्यो मन्त्री श्रेष्ठसँग लिखित जवाफ
समाचार

रुपा सुनारको रिटमा सर्वोच्चले माग्यो मन्त्री श्रेष्ठसँग लिखित जवाफ

सर्वोच्च अदालतले जातीय विभेदसँग सम्बन्धित घटनामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ माग गरेको छ । उनलाई जवाफका लागि १५ दिनकाे समय दिएको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको अन्तरिम आदेशका विषयमा भने छलफलका लागि दुबै पक्षलाई असार २९ गते बोलाएको छ । मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानूनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको आरोप लगाउँदै रुपाले रिट दायर गरेकी थिइन् । कोठा भाडामा दिने विषयमा उनीमाथि जातीय विभेद गरेको भन्ने उजुरीमा पक्राउ परेकी सरस्वती प्रधानलाई तेस्रो दिनमा मन्त्री श्रेष्ठ आफैँ प्रहरी कार्यालयमा उपस्थित भएर छुटाएका थिए । मन्त्री श्रेष्ठले आफ्नै गाडीमा राखेर प्रधानलाई उनको घरसम्म पुर्‍याएक...
गत २४ घण्टामा २९७९ जना संक्रमित थपिए
विशेष, समाचार

गत २४ घण्टामा २९७९ जना संक्रमित थपिए

गत २४ घण्टामा नेपालमा २ हजार ९७९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ३३३ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ८३५ पीसीआर परीक्षण गर्दा २ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ६३ परीक्षण गर्दा ९०२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २८ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार २९१ पुगेको छ ।...