Sunday, November 22

समाचार

नेकपा एमाले महाधिवेशन आयोजक कमिटिको बैठक बस्दै
राजनीति, समाचार

नेकपा एमाले महाधिवेशन आयोजक कमिटिको बैठक बस्दै

नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटिको बैठक आजलाई बोलाइएको छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रूपान्तरण गरि पूर्ववत् केन्द्रीय कमिटि बनाउने तयारी गरेको छ । पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको मंगलबारको स्थायी कमिटिले बुधबार हुने आयोजक कमिटिको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय गरेको हो सोही अनुसार आजको बैठकले महाधिवेशन आयोजक कमिटिलाई नै केन्द्रीय कमिटि बनाउने तयारी रहेको छ ।...
सानदार जित निकाल्दै युक्रेन क्वाटरफाइनलमा
खेलकुद, समाचार

सानदार जित निकाल्दै युक्रेन क्वाटरफाइनलमा

 गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा युक्रेनले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा युक्रेनले स्वीडेनलाई २-१ गोलले पराजित गरेको हो ।  उक्त खेलको २७ औं मिनेटमा युक्रेनका ओलेक्जान्दर जिन्चेन्कोले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ४२ औं मिनेटमा स्वीडेनका फोर्सबर्गले गोल गरे ।   ९९ औं मिनेटमा स्वीडेन १० खेलाडीमा समेटियो । खेलको इन्ज्युरी समयमा वैकल्पिक फरवार्ड आर्टेम दोभ्बिकले गोल गर्दै युक्रेनलाई जित दिलाए । जितसँगै युक्रेन क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।...
भारतमा एकैदिन ४५,६९९ मा कोरोना संक्रमण, ८१६ ले ज्यान गुमाए
अन्तर्राष्ट्रिय, समाचार

भारतमा एकैदिन ४५,६९९ मा कोरोना संक्रमण, ८१६ ले ज्यान गुमाए

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गई दैनिक ५० हजार भन्दा कम संक्रमित फेला परिरहेका छन् ।  भारतमा पछिल्लो २४ घण्टामा ८१६ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ९८ हजार ४८४ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ४५ हजार ६९९ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ३ लाख ६१ हजार ६९९ जना पुगेको छ । हालसम्म २ करोड ९४ लाख १९ हजार ४ सय ९७ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।...
आज ५ प्रदेशमा ठुलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह
मौसम, समाचार

आज ५ प्रदेशमा ठुलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

बुधबार देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, २ बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको देखिन्छ ।  आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको छ  । त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल...
जर्मनीलाई पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा
खेलकुद, समाचार

जर्मनीलाई पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा

युईएफए युरो २०२० फुटबलमा जर्मनीलाई पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ। लण्डनस्थित वेम्बली स्टेडियममा मंगलबार राति सम्पन्न नकआउट चरणको सातौं खेलमा  उपाधि दाबेदार जर्मनीलाई २ – ० गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो। इंग्ल्याण्डका लागि रहिम स्ट्रलिङ र ह्यारी केनले एक एक गोल गरे। स्ट्रलिङले दोस्रो हाफको ७५ औं मिनेटमा लुक शले उपलब्ध गराएको पासमा गोल गर्दै घरेलु टोलि इंग्ल्याण्डलाई १ – ० को अग्रता दिलाएका थिए। निर्धारित समयको अन्तिम अर्थात ८६ औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई २ – ० को जित दिलाए। केनले ज्याक ग्रेलिसको सुन्दर पासमा हेडर गोल गरेका हुन। खेलको पहिलो हाफ गोलरहित बरबरीमा सकिएको थियो। पहिलो हाफमा दुवै टिमले गोल गर्ने धेरै अवसर सिर्जना गर्न सकेनन। दुवै टिमले डिफेन्सिभ खेल खेलेका कारण पहिलो हाफ गोलरहित बरारीमा...
नेपालमा कोरोना संक्रमण घट्यो, जोखिम कायमै
समाचार

नेपालमा कोरोना संक्रमण घट्यो, जोखिम कायमै

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा कोरोनाको संक्रमणदर घट्दै गएको देखिन्छ। पछिल्लो २४ घण्टामा मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा १ दशमलव ५ प्रतिशत संक्रमणदर रहेको छ। नेपालमा निको हुनेको प्रतिशत पनि अन्य देशहरुभन्दा बढी रहेको पाइन्छ। मन्त्रालयका अनुसार नेपालमा निको हुनेको दर ९३ प्रतिशत रहेको छ। प्रदेश अनुसार होम आइसोलेसनमा बस्नेहरुको संख्यामा आएको कमीका कारण नेपालमा कोरोनाको संक्रमण कम भएको भन्न सकिने अवस्था छ। हाल जम्मा ३२ हजार ३ सय ४९ जना होमआइसोलेसमा रहेका छन्। संस्थागत आइसोलेसनमा २ हजार ९ सय ६१ जना, आइसीयूमा ६ सय ४९ जना र भेन्टिलेटरमा १ सय ८४ जना रहेका छन्। कोरोना संक्रमण घट्दो क्रममा रहे पनि जोखिम भने अझै कायम रहेका जनस्वास्थ्यविद्हरुको भनाइ छ। लामो समयसम्म गरिएको निषेधाज्ञा खुकुलो हुनु, असारमा खेतिपातिको काम पनिसँग भएकाले पनि जोख...
थप २६०० बढीमा कोरोना पुष्टि, ४३०० निको
विशेष, समाचार

थप २६०० बढीमा कोरोना पुष्टि, ४३०० निको

मंगलबार नेपालमा २ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार २५९ पीसीआर र ४ हजार ४८९ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ७२८ र ९०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७० हजार ८५७ पुगेको छ । जसमध्ये ५ लाख ९२ हजार ५३५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २० जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ७१ जनाको मृत्यु भएको छ । यस्तै देशभर ३३८ जना क्वारेन्टिनमा रहेका छन ।...
मलको अभाव झेल्दै छन् किसान ,सरकारको अकर्मण्यता
अर्थ/व्यापार, समाचार

मलको अभाव झेल्दै छन् किसान ,सरकारको अकर्मण्यता

-डा.डिआर उपाध्याय, नेपाल कृषिप्रधान देश हो । तर हामी अझै कृषिमा आत्मनिर्भर हुन सकेका छैनौं । किसानहरु बर्ष भरी काम गरेर उनीहरुलाई छ महिना खान पुग्दैन । किसानका समस्या धेरै छन । यो पेसा श्रमको पेसा हो । श्रम नगरी खान पुग्दैन । पछिल्लो समयमा आएर किसान व्यावसायिक बन्न खोज्दैछन्। कुनै ठाउँमा किसानले उत्पादन गरेको चिजले बजार पाउँदैन । बजार नपाए पछि किसान मर्कामा पर्छन । धेरै जसो पहाडी भेगमा यो समस्या छ । कहिले बीउ त कहिले मलको अभाव झेल्ने गरेका छन किसान । किसानका यी समस्या सरकारले बुझनु पर्छ । उत्पादन समयमा बिक्री गर्न नपाउँदा किसान चिन्तित बनेका हुन्छन । अहिले धान रोप्ने बेला हो किसानलाई मलको अभाव छ । किसानले खोजे जति मल पाउन सकेका छैनन् । यो समस्या अहिले देखिएको छ । पछिल्लो समय मल हाल्नु किसानका लागि रहरभन्दा बाध्यता भएको छ । उत्पादन धेरै गर्न मलको आबश्यक हुन्छ । मल बिना उत्पादन कम हुन्...
फेसियल हाउसको असार १५ को रोपाँई फोटो शुट
मनोरन्जन, समाचार

फेसियल हाउसको असार १५ को रोपाँई फोटो शुट

फेसियल हाउसले सौंन्दर्यलाई विशेष महत्व साथ हेर्ने र आफ्ना ग्राहकहरुलाई विभिन्न माध्याम वाट जानकारी दिदै आएको छ । यस्तै फेसन शो र फोटो शुटको माध्यम वाट पनि आफ्नो सौंन्दयलाई कसरी फिट राख्न सकीन्छ भन्ने हेर्न र बुझ्न सकिने फेसियल हाउसकी प्रवन्ध निर्देशक तथा बरिष्ठ सौंदर्यविद सुषमा महरा बताउछिन। यसै अन्तरगत फेसियल हाउसले असार १५ को अवसर पारेर माटो थिममा फोटो शुट गरेको छ । असारमा हुने रोपाँईलाई लोकेशन बनाएर गरीएको फोटो शुटमा मोडेलको रुपमा नायिका तथा मोडेल करुणा श्रेष्ठ रहेकी छन् । करुणा मिस कलेज २०११ को विजेता, एक्नेस नेपालका राजदूतको विजेता हुनुका साथै टिभी कार्यक्रम प्रस्तुतकर्ता समेत रहेकी छन् । केहि फिल्ममा अभिनय समेत गरीसकेकी करुणा निकट भविष्यमा आफै सम्मेलित भएर फिल्म निमार्णमा काम गर्न लागेको बताउँछन् । असार १५ को माटो थिमको फोटो ग्राफि चर्चित फोटो ग्राफर कुबेर डंगोलले गरेका छन् । ...
एलिना चौहान र शिवसागर खड्काको ‘निष्ठुरी भयौ रे’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

एलिना चौहान र शिवसागर खड्काको ‘निष्ठुरी भयौ रे’ सार्वजनिक (भिडियो)

गायक शिवसागर खड्काको  गीत ‘निष्ठुरी भयौ रे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आजै सार्वजनिक यस गीतको भिडियो निर्देशन विशाल नेपालीले गरेका हुन् । नयाँ पुस्ताका प्रेमी-प्रेमिकाबीचको प्रणय प्रसङ्ग समेटिएको गीतमा एलिना चौहान र शिवसागर खड्काको स्वर रहेको छ । https://youtu.be/_ifTmBsqVEo निर्देशक विशालको शब्द रहेको गीतमा गायक खड्काले नै सङ्गीत दिएका छन् । बिग नेपाली फिल्ममार्फत आजै सार्वजनिक म्युजिक भिडियाेको छायाङ्कन हेलो बर्गर र केएफसी चिकेनमा गरिएको गायक खड्काले बताएका छन् । यस गीतको भिडियो छायाङ्कन दिनेश पराजुलीले गरेका हुन् । यसअघि खड्काका ‘ट्राफिक जाम, यो नयाँ जोडी र भन सरकार धरहरा खोइ’ गीतका म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन् ।...