Saturday, November 21

समाचार

समाजवाद उन्मुख अर्थतन्त्र संकटमा
राजनीति, समाचार

समाजवाद उन्मुख अर्थतन्त्र संकटमा

-डा.डिआर उपाध्याय, यति बेला जनताको आवाज उठाउने ठाँउ छैन । देशमा प्रतिनिधिसभा विघटन छ । देशमा उत्पन्न राजनीतिक संकट गहिरिदो छ । अहिले दलहरु आआफ्ना शक्ति प्रदर्शनमा लागीरहेका छन । यो विघटनलाई राजनीतिक दुर्घटना मानिन्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा टुट्ने फुट्ने फेरि जुट्ने कुरा कुनै नौलो कुरा होइन । लेन देनको कुरा नमिले पछि यस्तो हुन्छ । भएको त्यहि हो । नेकपा एमाले लेन देनको कुरा मिले पछि फेरि मिल्न सक्छ । यसलाई कुनै ठूलो कुरा बनाउनु जरुरी छैन । पछिल्लो समय नेकपा एमालेका के पी ओली र माधव नेपाल समूह दुइ खेमा बीच एक अर्का माथि गालीगलौज चलेको छ । यस्तो संस्कार र शैलीले राम्रो पाठ सिकाउँदैन । भावि पुस्ताले यिनीहरुबाट के सिक्ने ? जनताको कुनै चिन्ता छैन । आफनो स्वार्थका लागी नेताहरु एक आपसमा लडेका छन । देश र जनताको भलाईका लागी यिनीहरु लडेका होइनन। यो भ्रममा कोही नपरौं । आफनो स्वार्थका ला...
२ घण्टापछि सञ्चालनमा आयो नेपाल टेलिकमको मोबाइल नेटवर्क
समाचार

२ घण्टापछि सञ्चालनमा आयो नेपाल टेलिकमको मोबाइल नेटवर्क

झण्डै २ घण्टापछि नेपाल टेलिकमको मोबाइल नेटवर्क सञ्चालनमा आएको छ । आज बिहान २ घण्टासम्म नेपाल टेलिकमको पोस्टपेड र प्रीपेड दुवै सीममा फोन लागेको थिएन । नेपाल टेलिकमले प्राविधिक समस्याले नेटवर्कमा समस्या देखिएको जनाउँदै अहिले समस्या समाधान भएको जानकारी दिएको छ । एचएलआर नेटवर्कमा समस्या आएको र प्राविधिक टिमले सो समस्या समाधान गरिसकेको नेपाल टेलिकमका प्रबनध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । बिहानैदेखि फोन नलाग्नुका साथै एसएमएस पनि डेलिभर भएको थिएन् । मोबाइलमा फोन गर्दा ‘कल इण्ड’ भएको देखाउँथ्यो । पोस्टपेड र प्रिपेड नम्बरमा फोन नलागे पनि एनटीसीको सीमबाट एनसेलमा भने फोन लागेको थियो ।...
भारतमा संक्रमित संख्या ३ करोड नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार

भारतमा संक्रमित संख्या ३ करोड नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ५४ हजार ३९३ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार १६औँ दिन हो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २७ हजार ८५० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ६ लाख ४९ हजार ८४८ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन १ हजार १२९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९० हजार ६९१ पुगेको छ ।...
क्रोएसिया युरोकपको नकआउटमा
खेलकुद, समाचार

क्रोएसिया युरोकपको नकआउटमा

क्रोएसिया युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा बुधबार बिहान स्कटल्याण्डलाई ३-१ गोलले हराउँदै क्रोएसिया समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे । स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए । जितसँगै समूह ‘डी’ को क्रोएसियाले ३ खेलमा ४ अंक जोड्यो । स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ ।...
नेपाल टेलिकमको संचार सेवामा अवरूद्ध
समाचार

नेपाल टेलिकमको संचार सेवामा अवरूद्ध

उपत्यकामा नेपाल टेलिकमको संचार सेवामा समस्या देखिएको छ। विहानैदेखि समस्या देखिएपछि सामाजिक संजालमा अनेकन टिकाटिप्पणी भइरहेका छन्। तर, नेपाल टेलिकमले भने कुनै प्रतिक्रिया जनाएको छैन। टेलिफोन गर्न लागेपछि अचानक नेटवर्क रजिष्ट्रर गरिएको छैन भन्ने सूचना देखिने प्रयोगकर्ताहरुको गुनासो छ। सर्वोच्च अदालतले सरकारको मन्त्रिपरिषद पुनर्गठनको निर्णय उल्टाएको भोलीपल्ट विहानैदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा पनि अनेकन् टिप्पणीहरु गरिन थालिएको हो। तत्कालीन राजा ज्ञानेन्द्रले संकटकालको घोषणा गर्नेबेलामा पनि सबैभन्दा पहिला संचारका साधनहरु नियन्त्रण गरेकाले पनि अहिले कुनै त्यस्तै खालको प्रयास हुन लागेको त छैन भन्ने प्रश्न उठिरहेको नेपाल टेलिकमका प्रयोगकर्ताले सामाजिक सञ्जालमा बहस सुरु गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषद् सर्वोच्च अदालतले मंगलबार खारेज गरेको छ। अदालतक...
त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षा साउनदेखि
शिक्षा, समाचार

त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षा साउनदेखि

त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले पास गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । विश्वविद्यालयको यो निर्णयसँगै मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान अध्ययन संस्थानमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत झन्डै दुई लाख ५० हजारभन्दा बढी विद्यार्थीको परीक्षा सञ्चालन हुनेछ । कोरोना महामारीका कारण परीक्षा स्थगित भएपछि त्रिविमा अहिले स्नातक तह प्रथम वर्षमा दुईवटा समूह छन् । स्नातक तहका यी विद्यार्थी एउटै तहमा अध्ययन गरेको २० महिना भइसकेको छ । वार्षिक प्रणालीमा अध्ययन गरेका यी विद्यार्थीलाई पुरानै प्रणालीबाट परीक्षा लिने निर्णय त्रिविले गरेको छ । धेरै विद्यार्...
आजदेखि प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइ
राजनीति, समाचार

आजदेखि प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइ

प्रतिनिधिसभा विघटन बदर गर्न र प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न माग सम्बन्धी विचाराधीन रिटहरूमा सर्वोच्च अदालतमा आज फेरि सुनुवाइ शुरू हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते विपक्षीहरू राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सभामुखसँग लिखित कारण माग गर्दै असार ९ गतेदेखि लगातार सुनुवाइ हुने जनाएको थियो । सबै विपक्षीहरूबाट जवाफ पेश भइसकेको छ । रिट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा, मिरा खड्का र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा विचाराधीन छ । प्रतिनिधिसभाका १४६ जना सांसदले संविधानको धारा ७६(५) अनुसार प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा पदमा नियुक्त गर्न माग गर्दै रिट दायर गरेका छन् । प्रतिनिधिसभा विघटन बदर गर्न माग गरे...
आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सरकारको निर्णय
समाचार

आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सरकारको निर्णय

सरकारले कोरोना महामारीका कारण स्थगित गरिएको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको निर्णय राजपत्रमा प्रकाशितसमेत भएको छ। सरकारले संक्रामक रोग ऐन २०२० अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सेवामा प्रतिबन्ध लगाएको थियो। अब सो प्रतिबन्ध हटाउने निर्णय भएको हो। हवाई उडानमा स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्ने छ। गत वैशाखा तेस्रो हप्तापछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरिएको थियो। सरकारले केही मुलुकका लागि अन्तर्राष्ट्रिय उडानहरु यसअघि नै शुरु गर्न अनुमति दिइसकेको थियो।...
मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै
राजनीति, समाचार

मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरेसँगै अब ५ सदस्यीय मन्त्रिपरिषद् भएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएसँगै प्रधानमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषदमात्र भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते एक उपप्रधानमन्त्री, १० जना र तीन राज्यमन्त्री हटाएर दुई उपप्रधानसहित १० मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका थिए भने अर्थमन्त्रीलाई उपप्रधानमा बढुवा गरेका थिए । यस्तै २७ जेठमा उनले सातमन्त्री र एक राज्यमन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । अब मन्त्रिपरिषदमा प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल, कानुन मन्त्री लिलानाथ श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रे...
काठमाडौँ उपत्यकामा थपिए ४७६ कोरोना संक्रमित
समाचार

काठमाडौँ उपत्यकामा थपिए ४७६ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३१० जना, भक्तपुरमा ६७ जना र ललितपुरमा ९९ जना कोरोना संक्रमित थपिएका हुन् ।