Saturday, November 21

समाचार

अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएकोबारे छानविन गर्न समिति गठन
समाचार

अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएकोबारे छानविन गर्न समिति गठन

सरकारले अन्तर्राष्ट्रिय उडानमा तोकिएको भन्दा बढी भाडा लिएकोबारे छानबिन गर्न छानविन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो । ट्राभल एजेन्सीले तोकिएको भन्दा चर्को भाडा असुल गरेको भन्ने गुनासो मन्त्रालयलाई प्राप्त भएको भन्दै उल्लेखित गुनासोको सन्दर्भमा विस्तृत छानविन गरी सम्बन्धित निकायमा आवश्यक कानूनी कारबाहीको सिफारिस गर्न समिति गठन गरिएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता तारानाथ अधिकारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रण तथा व्यवस्थापन गर्न नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७८ वैशाख १९ को निर्णय अनुसार सीमित अन्तरराष्ट्रिय उडान भइरहेको पनि मन्त्रालयले जनाएको छ ।...
काठमाडौं प्रशासनका स्थगित सेवा भोलिबाट सुचारु गरिने
समाचार

काठमाडौं प्रशासनका स्थगित सेवा भोलिबाट सुचारु गरिने

जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोनाका कारण स्थगित सबै सेवा मंगलबारबाट सुचारु हुने जानकारी दिएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गत वैशाख १३ गतेबाट स्थगत गरिएका सेवा सुचारु हुने प्रशासनले जनाएको हो । कोरोनाको जोखिम बढेपछि अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरिएका थिए । आज एक विज्ञप्ति जारी गर्दै काठमाडौं प्रशासनका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बुढाले भोलिदेखि सबै सेवा सुचारु गर्ने निर्णय भएको जानकारी दिए । ‘कोभिड(१९ को संक्रमण उच्च रहँदा मिति २०७८/०१/१३ गतेदेखि यस कार्यालयबाट अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरिएकोमा मिति २०७८/०३/०८ देखि लागू हुनेगरि सेवा सुचारु गर्ने निर्णय भएकोले जनस्वास्थ्यका मापदण्डको पूर्णरुपमा परिपालना गरी अत्यावश्यक रुपमा सेवा लिनुहुन पर्ने कारणसहित उपस्थित हुनुहुन सम्पूर्ण सेवाग्राही महानुभावलाई हार्दिक अनुरोध छ ।‘ जारी विज्ञप्तिमा ...
विश्वकप हेर्ने १० लाख दर्शकलाई निःशुल्क कोरोना खोप लगाउने कतारको घोषणा
अन्तर्राष्ट्रिय, समाचार

विश्वकप हेर्ने १० लाख दर्शकलाई निःशुल्क कोरोना खोप लगाउने कतारको घोषणा

कतारले विश्वकप २०२२ को खेल हेर्न आउने १० लाख दर्शकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइ दिने भएको छ । कतारका प्रधानमन्त्री र आन्तरिक मन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीले यहाँका विभिन्न पत्रिकाका सम्पादकहरुसंग कुराकानी गर्दै खोप उत्पादक कम्पनीहरु छलफल भैरहेको बताएका छन् । “हामी हाल विश्व कप कतार २०२२ मा आउने गैर-खोप लगाएका मानिसहरूलाई खोप दिन १० लाख डोज खोप उपलब्ध गराउन कम्पनीसँग वार्ता गरिरहेका छौँ,” प्रधानमन्त्री  अल थानीले भने, “२०२२ विश्व कप हेर्न कतार आउने केही मानिसहरूलाई खोप दिने हाम्रो प्राथमिक लक्ष्य भनेको नागरिक र बासिन्दाहरूको जनस्वास्थ्यको रक्षा गर्नुका साथै टूर्नामेन्टमा भाग लिने प्रशंसकहरूलाई जोगाउनु हो ।” खोप नलगाएका दर्शकलाई स्टेडियममा प्रवेश गर्न समेत पाउने छैनन् । “महामारीले सुरुमा केही सानो प्रभाव पारेको थियो, तर हामीले चाँडै तयारी ग...
बिरगंज रोट्रयाक्ट क्लब यस वर्षको ‘उत्कृष्ट परियोजना अवार्ड’ हात पार्न सफल
विविध, समाचार

बिरगंज रोट्रयाक्ट क्लब यस वर्षको ‘उत्कृष्ट परियोजना अवार्ड’ हात पार्न सफल

बिरगंज रोट्रयाक्ट क्लबले यस वर्षको उत्कृष्ट परियोजनाको अवार्ड हात पार्न सफल भएको छ ।रोट्रयाक्ट दक्षिण एशिया सम्मेलन रोटरी ईन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल र भुटानद्वारा संयुक्त रुपमा आयोजना गरिएको। सम्मेलनमा रोट्रयाक्ट क्लब बीरगंजले उत्कृष्ट परियोजनाको पुरस्कार तथा दक्षिण पूर्वी एशिया बहुउद्देश्य सूचना केन्द्रले समुदाय सेवा परियोजना पुरस्कार प्राप्त गरेको हो । क्लबले गर्ने एक परियोजना मार्फत बिरगंजमा आयोजना गरेको निशुल्क आंखा उपचार शिविर आयोजना गरेको थियो । सोही आयोजना सफलता पूर्वक सम्पन्न गरेको कारण क्लबले उक्त अवार्ड प्राप्त गरेको हो ।एक साता सम्म संचालनमा रहेको उक्त शिविर क्लबको एक प्रोजेक्टको रुपमा रहेको थियो । उक्त प्रोजेक्टका लागी क्लबले सात दिने निशुल्क आंखा उपचार शिविरको आयोजना गरेको थियो । बिरगंज आसपासका बिरामी समेत उपस्थिती रहेको उक्त शिविरमा करीब बाईस सय जना भन्दा बढिको ...
थप २२९७ कोरोना संक्रमण, ४६ को मृत्यु
समाचार, स्वास्थ्य

थप २२९७ कोरोना संक्रमण, ४६ को मृत्यु

गत २४ घण्टामा नेपालमा २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार १३० जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३ पीसीआर परीक्षण गर्दा १ हजार ५८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ३२१ परीक्षण गर्दा ७१३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ४६ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ५३ हजार ९४० जना आइसोलेसनमा रहेका छन् ।...
पहिरोले १५ स्थानमा सडक अवरूद्ध
राष्ट्र, समाचार

पहिरोले १५ स्थानमा सडक अवरूद्ध

बाढीपहिरोले विभिन्न जिल्लाका १५ ठाउँमा राजमार्ग पूर्णरूपमा बन्द भएको छ । सबैभन्दा धेरै मनाङ र लमजुङ जिल्लाका सडक बन्द छन् । डुम्रे बेसीसहर–चामे सडक खण्डमा पर्ने मनाङ र लमजुङको ७ ठाउँका सडक बन्द छ  । डुम्रे बेसीसहर–चामे सडक खण्डको मनाङमा पर्ने तिमाङ छहरा, तिमाङखोला, धारापानी र बगरछाप तथा लमजुङमा पर्ने रामबजार, अर्खले, च्याम्चे र घट्टेखोला सडक बन्द छन् । यस्तै बाजुराको साँफेबगर–मार्तडी–कोल्टी सडक खण्डको बार्जुगाड र हड्डे खोलामा सडक अवरूद्ध भएको छ । मुगुको घच्चीलेक, कालीकोटको भिग्म सडक, सुर्खेतको भेरी करिडोर सडकमा पनि पहिरोले पूर्णरूपमा बन्द भएको छ । अरनीको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको लिपिङ पुल र कोदारी, रसुवाको ठोरी-भण्डारा-मलेखु-गल्छी-त्रिशूली-वेत्रावती-मैलुङ-स्याफ्रुवेसी-रसुवागढी सडकखण्डको त्रिशूली खोला, सानु भार्खु खोला तथा गाँजाबारीमा पनि पहिरोले सडक पूर्णरूपमा बन्द भ...
बढ्यो सुनको मूल्य
अर्थ/व्यापार, समाचार

बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ४०० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । आज छापावाल सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  त्यस्तै आज तेजावी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मुल्य पनि आज ५ रुपैयाँले बढेको छ । साताको कोरोबारको दोस्रो दिन आज चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
मोटरसाइकल टिप्परसँग ठोक्किदा २ जनाको  मृत्यु
समाचार, समाज

मोटरसाइकल टिप्परसँग ठोक्किदा २ जनाको मृत्यु

पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४-४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नं ३–०१–००३ क ५१७३ नम्बरको टिपर र पोखराबाट पर्वत जाँदै गरेको ग२०प ६०३० नम्बरको मोटरसाइकल आइतबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ स्थित पोखरा–बाग्लुङ सडकखण्डको लक्ष्मीदेउराली पत्थरढुङ्गामा एकापसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार दुवैजनालाई उपचारका लागि पोखरा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। टिपर चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० बस्ने २५ वर्षीय सुरेश माझी र दुवै सवारी साधनलाई नियन्त्रणमा ...
भारतमा कोरोना संक्रमण दर घट्दै, एकैदिन ५३ हजार संक्रमित फेला
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमण दर घट्दै, एकैदिन ५३ हजार संक्रमित फेला

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।   भारतमा पछिल्लो २४ घण्टामा १ हजार ११३ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ८८ हजार १६४ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ५३ हजार ९ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ९९ लाख ३४ हजार ३६१ जना पुगेको छ । हालसम्म २ करोड ८८ लाख ३६हजार ५ सय २९ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । ...
युरोपेली च्याम्पियनसिप, इटालीको जित
खेलकुद, समाचार

युरोपेली च्याम्पियनसिप, इटालीको जित

युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा इटालीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा इटालीले वेल्सलाई १-० गोलले पराजित गरेको हो ।  उक्त खेलको ३९ औं मिनेटमा इटालीका म्याटियो पेस्सिनाले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि दुवै टिमले गोल गर्ने मौका पाउँदा पनि गर्न सकेनन् ।  जितसँगै इटाली समूहको अन्तिम चरणको खेल समाप्त भको छ भने ३ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा रहेको छ। वेल्स र स्विट्जरल्यान्डको समान ४-४ अंक भएपनि गोलअन्तरको आधारमा वेल्स दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । ...