Saturday, November 21

समाचार

थप ३७०० जनामा कोरोना पुष्टि, ५००० बढी निको
समाचार

थप ३७०० जनामा कोरोना पुष्टि, ५००० बढी निको

 बिहिबार नेपालमा ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ९०१ पीसीआर र ५ हजार ३३७ एन्टीजेन परिक्षणमा क्रमशः २ हजार ८७४ र एक हजार जना गरी ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । जसमध्ये ५ लाख १५ हजार ५९१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ७७ हजार ८५८ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ५९ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ८ हजार २३८ जनाको मृत्यु भएको छ । यस्तै देशभर ६१६ जना क्वारेन्टिनमा रहेका छन ।...
घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
अर्थ/व्यापार, समाचार

घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा १ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले घटेको छ ।   बुधबार तोलाको ९४ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर ९३ हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ३ सय ५५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ...
८ जना नयाँ मन्त्री थपिए, यी हुन् थपिएका मन्त्रीहरु
राजनीति, समाचार

८ जना नयाँ मन्त्री थपिए, यी हुन् थपिएका मन्त्रीहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले ७ जना मन्त्री र एक जना राज्यमन्त्री थप गरेर मनित्रपरिषदलाई पूर्णता दिएका हुन् । थपिएका मन्त्रीहरूको सपथग्रहण आज अपरान्ह ४ बजे गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्रीले नारदमुनी रानालाई वनमन्त्री, मोहन वानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खगराज अधिकारी गृहमन्त्री, नैनकला थापा संचारमन्त्री, ज्वालाकुमारी साह कृषिमन्त्री, राजकिशोर यादव उद्योगमन्त्री, गणेश पहाडी सामान्य प्रशासनमन्त्री र आशा विक वन राज्यमन्त्री बनाएका छन् ।...
मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री ओली, गृहमा खगराज अधिकारी
राजनीति, समाचार

मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री ओली, गृहमा खगराज अधिकारी

 प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका हुन्। उनले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारी छ। प्रधानमन्त्री ओलीले आफू निकट मानिने खगराज अधिकारीलाई गृहमन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्।...
गण्डकी प्रदेश सभाको बैठकमा आज मुख्यमन्त्री गुरुङले विश्वासको मत लिदै
राजनीति, समाचार

गण्डकी प्रदेश सभाको बैठकमा आज मुख्यमन्त्री गुरुङले विश्वासको मत लिदै

गण्डकी प्रदेश सभा बैठक आज बस्दैछ । मध्याह्न १२ बजेको लागि बोलाइएको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए । संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए । कुल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेका २७ सांसद छन् भने काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्यि जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांस...
देशभर ७४ हजार काेराेनाका संक्रमित हाेम आइसाेलेसनमा
समाचार

देशभर ७४ हजार काेराेनाका संक्रमित हाेम आइसाेलेसनमा

देशभरमा ७४ हजार ४ सय ३८ जना काेराेनाका बिरामीहरू होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ९ हजार ८ सय ६२ जना होम आइसोलेसनमा रहेका छन्। यस्तै प्रदेश २ मा ६ हजार ७ सय ५६, बाग्मतीमा २९ हजार ७०, गण्डकीमा ७ हजार ५ सय ८५, लुम्बिनीमा ११ हजार २ सय ८३, कर्णालीमा ३ हजार ७ सय ९७ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८५ जना होम आइसोलेसमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दो क्रममा रहेको छ। दोश्रो लहर आएपछि उच्च विन्दुमा पुगेको सक्रिय संक्रमितको संख्या पछिल्ला केहीदिन घटीरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार गत पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८ हजार सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ११ हजार ८५, भक्तपुरमा ३ हजार २ सय...
गायक राजन श्रेष्ठको “त्यो मन” गीतको भिडियो छायांकन सम्पन्न
मनोरन्जन, समाचार

गायक राजन श्रेष्ठको “त्यो मन” गीतको भिडियो छायांकन सम्पन्न

“त्यो मन” बोलको आधुनिक गीतको म्यूजिक भिडियोको छायांकन सम्पन्न भएको छ । गायक तथा संगीतकार राजन श्रेष्ठको स्वरमा रहेको गीतको भिडियो, पर्यटक नगरी पोखराका रमरणीय स्थलहरुमा छायांकन गरिएको छ । गायक श्रेष्ठकै शव्द तथा संगीत रहेको गीतको भिडियो निर्देशन समेत गायक श्रेष्ठले नै गरेका हुन । रोशन बालुवाको एरेन्ज रहेको गीतको भिडियोको छायांकन नेत्र गुरुङ्गले गरेका हुन भने मेकअप जय गुरुङ्ग र ड्रोन अपरेटिङ्ग दिपेश केसीको रहेको छ । भिडियोमा मोडलद्वय रोशनी कार्की र भानु पाण्डेको अभिनय रहेको छ । सांगीतिक क्षेत्रमा एक समय गीत तथा भिडियो निर्माण संग संगै गायनमा समेत चर्चा कमाएका गायक राजन श्रेष्ठ ६ वर्ष पछि यसै गीत मार्फत पुनः सांगीतिक क्षेत्रमा फर्किएका छन् । ढुंगाको मूर्ति, भूल्नै सकिन, तिम्रो मायामा लगायत एक सय भन्दा बढी लोकप्रिय गीतको निर्माण निर्देशन गरेका श्रेष्ठले अहिलेका थुप्रै चर्चित मोडलहरुला...
एक व्यक्तिको स्वार्थमा फसेको नूनको राजनीति
अर्थ/व्यापार, समाचार

एक व्यक्तिको स्वार्थमा फसेको नूनको राजनीति

: डा.डिआर उपाध्याय, सरकारले आयोडिनयुक्त नुनको कारोबारमा निजी क्षेत्रलाई सहभागी गराउने घोषणा गरेको छ । यो घोषणा संगै सबैको ध्यान यति बेला यतातिर केन्द्रित बनेको अवस्था पनि छ । सरकारले आफ्नै लगानी रहेको कम्पनी साल्ट ट्रेडिङको एकाधिकार खोस्ने काम गरेको छ । यसमा निजी क्षेत्रलाई सहभागी गराउन खोज्नु त्यस भित्र सीमित ब्यक्तिको स्वार्थ लुकेको प्रस्ट देखिन्छ । यो नुनको राजनीति भयो । यसले मुलुकको हित गर्दैन । सीमित ब्यक्तिको घेरा तोडेर प्रधानमन्त्री केपी शर्मा ओली बाहिर आउन सकेको भए यति सारै बिवादमा पर्नु पर्ने अवस्था आउने थिएन की ? प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडको स्वार्थमा यो घोषणा गरिएको देखिन्छ । दुगड बाहेकका व्यापारीले नुनको कारोबारका लागि अहिलेसम्म कुनै चासो दिएको देखिएको छैन । किनभने विभागमा अनुमतिका लागि निवेदन पर्नु पर्छ त्यस्तो निवेदन दिएको अहिले सम्म जानकारी पाइएको छैन ।...
कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन आग्रह
समाचार

कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन आग्रह

निजी क्षेत्रका छाता संस्थाहरूले निषेधाज्ञा अवधिमा मासिकरूपमा बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत विवरण र कर रकम बुझाउन सक्ने परिस्थिति नभएकाले सो अवधिमा कर राजस्व बुझाउन नसकेका व्यवसायीलाई जरिवाना नलगाउन सरकारसँग अनुरोध गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले आज संयुक्त विज्ञप्तिमार्फत कोभिड–१९ महामारीको असर देखिन थालेको डेढ वर्षको अवधिमा सरकार र निजी क्षेत्रबीचको सहकार्यले पुनरूत्थानमा केही सहयोग पुग्न गएको तथा आगामी दिनमा पनि अवसर र जोखिम बाँडेरै यो महामारी र आर्थिक मन्दीबाट माथि उठ्न सकिने जनाएका छन् । अहिलेको विषम परिस्थितिका कारण भने एकातिर उद्योग व्यवसाय सञ्चालन हुन नसकेका र जेनतेन चलेका उद्योग व्यवसायका उत्पादन पनि निर्वाध बजारसम्म पु¥याई बिक्री वितरण गरी रकम सङ्कलन गर्न नसकिएको विज्ञप्तिमा जनाइएको छ । राजस्व बुझ...
निषेधाज्ञा उल्लंघन गर्ने ४४ सय सवारी साधन प्रहरी नियन्त्रणमा
समाचार, समाज

निषेधाज्ञा उल्लंघन गर्ने ४४ सय सवारी साधन प्रहरी नियन्त्रणमा

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको शिलशिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ४ हजार ४ सय २४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकामध्ये १ हजार ३ सय ३९ वटा गाडी र ३ हजार ८५ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३ सय ५३ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५४ हजार ३ सय ३४ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ८ सय ४८ जनालाई कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ ब...