गत २४ घण्टामा काेराेना संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर
गत २४ घण्टामा कोरोनाबाट संक्रमित हुनेको भन्दा निको हुनेको संख्या दोब्बर रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ८ हजार ६ सय ६३ जना निको भएर घर फर्केका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा पीसीआर परीक्षण गर्दा ४ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। यस्तै २ हजार २९ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। १४ हजार १ सय ८२ पीसीआर पद्धतिबाट परीक्षण गरिएको छ भने ६ हजार ६ सय ३१ एन्टिजेन पद्धतिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोनाको दोश्रो लहर आएपछि नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या पछिल्ला केही दिन घट्दो क्रममा छ। तर, मृत्यु हुनेको संख्या भने १ सय माथि नै छ। गएको २४ घण्टामा पनि १ सय १ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...










