Saturday, November 21

समाचार

कोरोना केन्द्रित बजेट, स्वास्थ्य बजेट १ खर्ब २२ लाख
अर्थ/व्यापार, समाचार

कोरोना केन्द्रित बजेट, स्वास्थ्य बजेट १ खर्ब २२ लाख

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढेको छ। कोरोना केन्द्रित बजेट भन्दै अर्थमन्त्री विष्णु पौडेल शनिबार बजेट सार्वजनिक गरेका थिए। बजेटको शुरुमै कोरोनाबारे विनियोजन गरिएको छ। आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटमा स्वास्थ्य मन्त्रालयका लागि १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए। गत वर्ष स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड रुपैयाँ थियो। बजेटमा कोरोनाविरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड कोरोनाको उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको छ। यस्तैऔषधि खरिदका लागि ५ अर्ब ६० करोड विनियोजन गरिएको छ भने काठमाडौंमा ३०० बेड र प्रदेशमा ५०–५० बेडको सरुवा रोग अस्पतालका लागि १ अर्ब ३० करोड विनियोजन गरिएको छ। स्थानीय तहमा आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड, स्वास्थ्य स्वयंमसेविकाको यातायात खर्चमा शतप्रतिशत बृद्धि गरेर वार्षिक १२ ...
आज ४३११ संक्रमित थपिए, ६०८० जना संक्रमणमुक्त
समाचार, स्वास्थ्य

आज ४३११ संक्रमित थपिए, ६०८० जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८० जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार तथ्यांक अपडेट गर्दै संक्रमित हुने भन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै भएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जना नयाँ संक्रमित भेटिएका छन् भने ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् । १४ हजार ६ पीसीआर परीक्षणमा ४ हजार ३११ र ७४६ एन्टिजेन परीक्षणमा १७६ जना गरी पछिल्लो २४ घण्टामा ४ हजार ४८७नयाँ संक्रमित भेटिएका हुन्। पछिल्ला दिनहरुमा संक्रमण दर पनि घट्दै गएको छ। पछिल्लो २४ घण्टामा ११६ जनाको मृत्यु भएको छ ।...
सूचना विभागको कार्ड नहुँदा समस्या
समाचार

सूचना विभागको कार्ड नहुँदा समस्या

निषेधाज्ञामा गरिएको कडाइपछि उपत्यकामा समाचार सङ्कलन गर्न निस्किएका धेरै पत्रकारलाई समस्या भएको छ । कोरोना सङ्क्रमण रोक्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञा बिहीबारदेखि थप कडाइ गरेपछि त्यसको मार कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीलाई परेको छ । सूचना विभागद्वारा जारी गरिएको परिचयपत्रलाई मात्र मान्यता दिएपछि कार्यक्षेत्रमा खटिने धेरै पत्रकारलाई समस्या भएको छ । विभागद्वारा जारी परिचयपत्र नहुँदा समाचार सङ्कलनका लागि कार्यक्षेत्रमा खटिएका दैनिक पत्रिका, टेलिभिजन, रेडियो तथा अनलाइनका धेरै सञ्चारकर्मी सडकमै आफ्नो सवारी साधन रोकेर अलपत्र पर्नुपरेको छ । कतिपय पत्रकारले कार्यक्षेत्रमा नगई फर्कनु परेको छ भने कतिपयले आफ्नो चिनेको प्रहरीसँग हारगुहार गर्दै जानुपर्ने अवस्था आएको कोटेश्वरबाट नागरिक दैनिकका एक सञ्चारकर्मीले बताए ।सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक र अन्य ...
प्रधानमन्त्री ओलीलाई प्रियंकाको सुझाव : भोट पाउनेलायक काम गरेर त देखाउनुहोस पहिले
समाचार

प्रधानमन्त्री ओलीलाई प्रियंकाको सुझाव : भोट पाउनेलायक काम गरेर त देखाउनुहोस पहिले

चर्चित नायिका प्रियंका कार्कीले चुनावको भोटको आशा गर्ने सरकारलाई पहिले भोट पाउनेलायक काम गरेर देखाउन सुझाव दिएकी छिन् । उनले अहिले कोरोनासँग जनता जुधिरहेको र जनताको अवस्था दयनीय रहेको बताउँदै अहिले चुनाव नचाहिने बताएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेकी हुन् । उनले सरकारमा बसेकाहरुलाई आँखा खोलेर एक पटक देशको स्थिति नियाँलेर हेर्न पनि सुझाव दिएक िछिन्। उनले आहिलेको समयमा देश र जनतालाईं चूनाव नचाहिने पनि बताएकी छिन् ।...
भारतमा कोरोना संक्रमण घट्दै : एकैदिन १ लाख ७१ हजार संक्रमित थपिए, ३५ सयले ज्यान गुमाए
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमण घट्दै : एकैदिन १ लाख ७१ हजार संक्रमित थपिए, ३५ सयले ज्यान गुमाए

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ । दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।   पछिल्लो २४ घण्टामा १ लाख ७१ हजार ७२६ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ७७ लाख १९ हजार ४३१ जना पुगेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५६३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख २२ हजार ३८४ पुगेको छ ।   भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।  ...
अमेरिका र चीनबाट ५० \५० लाख डोज खोप खरिद गर्ने सरकारको तयारी
अन्तर्राष्ट्रिय, समाचार

अमेरिका र चीनबाट ५० \५० लाख डोज खोप खरिद गर्ने सरकारको तयारी

सरकारले चीन र अमेरिकाबाट कोरोनाविरुद्धको खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन र अमेरिकाबाट ५० \५० लाख डोज खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । स्वास्थ्य पत्रकार मञ्चले खोपबारे आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा मन्त्री ज्ञवालीले यो वर्षको अन्त्यसम्म लक्षित समूहलाई खोप दिनका लागि खरिद प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । उनले चीनको सिनोफार्मसँग पहिलो चरणमा ५० लाख र अमेरिकी खोप उत्पादन कम्पनी जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खोप खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिए । यसैगरी कोभिशिल्डको उत्पादनकर्ता सेरमले यो वर्षको अन्त्यसम्म कुनै पनि देशलाई खोप निर्यात नगर्ने घोषणा गरेपनि आफुहरुले १७ लाख डोज कोभिशिल्ड उपलव्ध गराउन भारतसँग आग्रह गरेको उनले बताए। झण्डै १४ लाख व्यक्तिले कोभिशिल्डको दोस्रो मात्रा लगाउन बाँकी रहेका छन...
संघीय सरकारको बजेट आज आउँदै
अर्थ/व्यापार, समाचार

संघीय सरकारको बजेट आज आउँदै

संघीय सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट (शनिबार) आज आउँदै छ। जेठ १५ गते बजेट ल्याउने संवैधानिक मान्यता अनुसार आज बजेट आउन लागेको हो। संसद नभएकोले केपी शर्मा ओली नेतृत्वको  कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याउन लागेको छ। स्रोतका अनुसार अर्थमन्त्रालयले पूर्ण आकारको बजेट ल्याउने छ। उक्त बजेट चालु आर्थिक वर्षको भन्दा केही ठूलो हुने अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ। चालु आर्थिक वर्ष २०७७÷०७८ मा १४ खर्ब ७४ अर्ब रूपैयाँको बजेट विनियोजन भएको थियो। यस अनुसार करिब १५ खर्बको आसपासमा बजेट आउन सक्ने अनुमान गरिएको छ। जसमा अधिकांश कार्यक्रम कोभिडकेन्द्रित हुनेछन्। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को समस्यालाई केन्द्रमा राखी बजेट ल्याउन लागिएको अर्थमन्त्रालयले बताएको छ। आगामी आर्थिक वर्षमा सरकारलाई कोभिड १९ को महामारी, प्रतिनिधिसभा निर्...
राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले उत्प्रेरणा देओस् : राष्ट्रपति
राजनीति, समाचार

राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले उत्प्रेरणा देओस् : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन्। चौधौँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारलाई सुनिश्चित गरिसकेका सन्दर्भमा तिनको प्रभावकारी कार्यान्वयन गर्दै विश्वव्यापी महामारी कोभिड–१९ को सङ्क्रमण पुनः तीव्र बनेकाले यसलाई नियन्त्रण गर्न नेपाल सरकारले विभिन्न सहर एवं जिल्लामा जारी गरेको निषेधाज्ञाका नियमको पालना गर्दै जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गरेकी छन्। ‘‘नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हामी...
निषेधाज्ञा उल्लंघन गर्ने २२ सय ४४ वटा सवारी साधन प्रहरी नियन्त्रणमा
समाचार

निषेधाज्ञा उल्लंघन गर्ने २२ सय ४४ वटा सवारी साधन प्रहरी नियन्त्रणमा

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार २ सय ४४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ५ सय ४८ वटा गाडी र १ हजार ६ सय ९६ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ हजार २ सय जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ५ सय ९७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम ६१ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको छ । साथै ३ हजार ७ सय ८२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै दे...
बिजुलीको जडित क्षमता १५ सय मेगावाट
समाचार

बिजुलीको जडित क्षमता १५ सय मेगावाट

सरकारले ऊर्जा क्षेत्रको विकासका लागि दिएको प्राथमिकताको प्रतिफल देखिन थालेको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणानुसार गत फागुन मसान्तसम्म मुलुकभर बिजुलीको कूल जडित क्षमता एक हजार ४५८ मेगावाट पुगेको छ । यो गत वर्षका तुलनामा ४.१ प्रतिशतले बढी हो । यस्तै प्रतिव्यक्ति विद्युत् खपत २६० किलोवाट घण्टा तथा झण्डै ९३ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । त्यसैगरी २०७७ फागुनसम्म मुलुकभर रणनीतिक र स्थानीय सडक सञ्जाल गरी कालोपत्रे सडक १५ हजार ९७४ किलोमिटर, खण्डास्मित आठ हजार ५८२ किलोमिटर र कच्ची सडक नौ हजार ९७२ किलोमिटर सडक निर्माण भएको छ । यस्तै सबै सरकारी विद्युतीय सेवालाई एकीकृत प्रणालीमार्फत नागरिकलाई सहजरूपमा सेवा पु¥याउन नागरिक एप सञ्चालनमा ल्याइएको छ । आर्थिक सर्वेक्षणानुसार भूकम्पपछिको पुनर्निमाणमा उत्साहजनक प्रगति हासिल भएको छ । काठमाडौंको ऐतिहासिक धरोहरक...