Saturday, November 21

समाचार

सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल
राजनीति, समाचार

सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन्। छलफलका क्रममा प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई निर्वाचनको तयारी गर्न र कोरोना संक्रमण नियन्त्रणका लागि कडाइकासाथ परिचालन हुन निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुसँगको भेटघाटमा सो निर्दैशन दिएका हुन्। प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि सुरक्षा निकायका प्रमुखहरुलाई वालुवाटार बोलाएर सो निर्दैशन दिएको सुरक्षा स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण बढेको र त्यसको नियन्त्रणमा पनि नेतृत्वले ध्यान दिनुपर्ने भन्दै सुरक्षाकर्मीहरुले भ्याक्सिन लगाउन बाँकी भए त्यसको पनि व्यवस्था गर्ने आश्वासन दिएका थिए।...
प्रेम गुरुङको गुरुङ भाषाको गीत ‘शैलुर्बे ङोल्स्यो’ सार्वजनिक (भिडियोसहित)
मनोरन्जन, समाचार

प्रेम गुरुङको गुरुङ भाषाको गीत ‘शैलुर्बे ङोल्स्यो’ सार्वजनिक (भिडियोसहित)

गुरुङ भाषाको गीत ‘शैलुर्बे ङोल्स्यो’ अर्थात शैलुङ्को सोल्टिनी स्रोता/दर्शकमाझ आज सार्वजनिक भएको छ । बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक भएको गीत ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । यस गीतमा शव्द अमेरिका निवासी कलाकार प्रेम गुरुङको रहेको छ भने मनोज गुरुङको स्वर सुन्न सकिन्छ । गीतको भिडियो गुरुङ गीतकै इतिहासमा पहिलो पटक अमेरिकाका बिभिन्न शहरहरुमा र नेपालको सुन्दर गाउँ शैलुङ्ग लम्जुङ्मा छायांकन गरिएको छ। यस गीतमा तेजेन्द्र गुरुङको सङ्गीत र एरेन्ज रहेको छ । भिडियोमा चक्र पुलामी मगर र मणि कुमार राईको कोरियोग्राफी रहेको छ । ग्लोबल नेपाल इन्टरटेन्टमेन्टले नै निर्माण गरेको भिडियोमा प्रेम गुरुङ र उर्मिला गुरुङले मनमोहक अभिनय गरेका छन् । https://youtu.be/-8jocezeda8 नेपालबाट अमेरिकामा गर्नुपर्ने दृश्यहरु अनलाइन भरचुल्ली निर्देशन गरेका निर्देशक भुपेन्द्र ग...
खाद्यन्न अभाव भएमा यी नम्बरमा फोन गर्नुहोस्: जिल्ला प्रशासन
समाचार

खाद्यन्न अभाव भएमा यी नम्बरमा फोन गर्नुहोस्: जिल्ला प्रशासन

शुक्रबारदेखि काठमाडौमा निषेधाज्ञामा कडाइ हुँदैछ। शुक्रबारदेखि खुद्रा खाद्यन्न र डिपार्टमेन्टल स्टोरसमेत खोल्न पाइने छैन। किराना पसलसमेत खोल्न नपाइने भएपछि सरकारले नै खाद्यान्न घर घरमा ल्याइदिने भएको छ। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत काठमाडौं उपत्यका भित्रका घर–घरमा सामान बिक्री वितरण गर्ने प्रबन्ध प्रशासनले मिलाएको छ । काठमाडौं जिल्ला प्रशासनले विज्ञप्ति जारी गरेर सम्पर्कका लागि नम्बर समेत दिएको छ।...
कोभिड-१९ को रोकथाम, उपचार र राहतमा केन्द्रित हुन काँग्रेसको माग
राजनीति, समाचार

कोभिड-१९ को रोकथाम, उपचार र राहतमा केन्द्रित हुन काँग्रेसको माग

नेपाली कााग्रेसले कोरोना रोकथाम, उपचार र राहतमा केन्द्रित हुन सरकारसँग माग गरेको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले विहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्। देउवाले भनेका छन्, ‘अहिले कोभिड–१९ को संक्रमणले सिर्जना गरेको स्वास्थ्य चुनौती मात्र नभएर निषेधाज्ञाले उद्योग व्यवसाय बन्द भएर खडा गरेको वेरोजगारीका कारण रोजिरोटीको संकट पनि जटिल बन्दै गएको छ।’ उनले काँग्रेसले सरकारलाई गम्भीर हुन पटक पटक भने पनि सरकारले नसुनेको आरोप लगाएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काँग्रेसले कोभिड–१९ को रोकथाम र उपचारमा गम्भीर हुन सरकारलाई पटक–पटक खबरदारी गर्दै आएको छ। यही जेठ ६ गते पनि मेरो नेतृत्वमा नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले कोभिड–१९ को महामारीबाट जनतालाई बचाउन १५ बुँदे ज्ञापन–पत्र प्रधानमन्त्रीलाई बुझाउँदै सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो।’ देउवाको विज्ञप्ति नेपाली क...
कोरोना अपडेटः ७२२६ जनाले जिते कोरोना
समाचार, स्वास्थ्य

कोरोना अपडेटः ७२२६ जनाले जिते कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा ७,२२६ जनाले कोरोना जिथतेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार तथ्यांक अपडेट गर्दै संक्रमित हुने भन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै भएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६,९३९ जना नयाँ संक्रमित भेटिएका छन् भने ७,२२६ जना संक्रमणमुक्त भएका छन् । २० हजार ४१४ पीसीआर परीक्षणमा ६,७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिएका हुन्। पछिल्ला दिनहरुमा संक्रमण दर पनि घट्दै गएको छ।...
संक्रमित् बढ्दै गएपछी नेपाल भारत सीमा क्षेत्रमा कडाइ
राष्ट्र, समाचार

संक्रमित् बढ्दै गएपछी नेपाल भारत सीमा क्षेत्रमा कडाइ

दोस्रो चरणको कोभिड-१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ। भारतीयलाई सीमा क्षेत्रबाट नेपाल भित्रिन नदिन प्रदेश २ का आठ वटै जिल्लाको दक्षिणी भागमा रहेको सीमानाकामा उच्च सतर्कता अपनाई आवतजावतमा कडाइ गरिएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले जानकारी दिए। प्रदेश २ को पूर्वी नाका सप्तरीदेखि पश्चिम पर्साको नाकासम्म ४६४ किलोमिटर सीमा क्षेत्र छ। सो सीमानाकामा ७२ बिओपी र ३९ एफओपिका पोष्ट छन्। ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने र भारततर्फ जानेलाई कडाइका साथ रोक लगाउन निर्देशन दिइएको डिआजी गौतमले बताए। यस सम्बन्धमा सहयोग गर्न भारतीय समकक्षीसँंग नियमित समन्वय गर्ने गरिएको, जथाभावी नेपाल प्रवेश गर्नेलाई फिर्ता पठाउन लगाइएको जनाइएको छ। त्यस्...
भोली देखी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यापार कम्पनीबाट अत्यावश्यक खाद्य वस्तु मगाउन सकिने
अर्थ/व्यापार, समाचार

भोली देखी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यापार कम्पनीबाट अत्यावश्यक खाद्य वस्तु मगाउन सकिने

भोली देखी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट र खाद्य व्यापार कम्पनीबाट अत्यावश्यक खाद्य वस्तु मगाउन सकिने भएको छ । आज जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तीमा उक्त कुरा उल्लेख गरेको छ ।किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयबाट आलोचित प्रशासनले कसैलाई खाद्य सामग्री अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ । नागरिकमा खाद्य सामग्री नै पाइँदैन भन्ने भ्रम गएको भन्दै उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको हो । नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको  छ ।  कोही नागरिक आपतमा परे स्थानीय तहमार्फत वितरणका लागि अनुरोध गर्ने पनि निर्णय भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा चाम...
नागरिकताको विषयलाई देशको हितमा हेरिनु पर्छ
राजनीति, समाचार

नागरिकताको विषयलाई देशको हितमा हेरिनु पर्छ

-डा.डिआर उपाध्याय, राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकतासम्बन्धी अध्यादेश जारी भएको छ। आज यो अध्यादेशलाई लिएर पक्ष र बिपक्षमा मत बाँझिएको छ । नेकपा एमाले माधव समूहका नेता भिम रावल, राष्टिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी , नेकपाका महासचिव नेत्र बिक्रम चन्द बिप्लव लगायतका नेताहरुले नागरिकतासम्बन्धी अध्यादेशको चर्को बिरोध गरेका छन । उनीहरुले मुलुक सिक्किमी करण हुने खतरा भएको औलाएका छन । आ आफनो प्रेस बिज्ञप्ती जारी गरेर उनीहरुले अध्यादेश फिर्ता ल्याउन सरकारलाई आग्रह समेत गरेका छन । संविधानको धारा ११४(१) बमोजिम उक्त अध्यादेश जारी भएपछि यसको स्वागत गर्नेहरु पनि छन र विरोध गर्नेहरुको जमात पनि बढेको छ । बाहिरबाट जति सुकै बिरोध आए पनि सरकारले अध्यादेश फिर्ता ल्याउने कुनै छाँटकाट गरेको छैन । जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको सक्रियतामा यो अध्यादेश आएको हो । संसद नभएको ...
पाँचथरमा कोरोनाको सङ्क्रमण दर ३७ र मृत्यु दर ०.६ प्रतिशत
समाचार, स्वास्थ्य

पाँचथरमा कोरोनाको सङ्क्रमण दर ३७ र मृत्यु दर ०.६ प्रतिशत

यहाँका दूरदराजका ग्रामीण बस्तीहरुमा फैलिइरहेको कोरोना भाइरसको सङ्क्रमण दर करिब ३७ प्रतिशत रहेको पाइएको छ। जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर तुम्वापोका अनुसार पाँचथरमा कोरोना भाइरसको यकिन सङ्क्रमण दर ३६.९१ प्रतिशत छ। यस्तै मृत्यु दर ०.६० प्रतिशत रहेको छ। स्वास्थ्य कार्यालय पाँचथरमा प्राप्त तथ्याङ्कअनुसार गत वैशाख १९ गतेदेखि हालसम्म जिल्लामा ४९८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ। उक्त अवधिमा यहाँ पिसिआर विधिबाट ३१९ र एन्टिजेन विधिबाट एक हजार ३० जना गरी कूल एक हजार ३४९ को परीक्षण गरिएको छ। तुम्वापोका अनुसार उक्त सङ्ख्याको परीक्षणमा ४९८ जनामा सङ्क्रमण देखिएको हो। यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये तीन जनाको मृत्यु भएको उनले जानकारी दिए। यहाँ सङ्क्रमण पुष्टि भएकामध्ये एक जनाको जिल्लाबाहिर तथा दुई जनाको जिल्लामै उपचारका क्रममा मृत्यु भएको हो। परीक्षण ...
३६ करोड बराबरको अमेरिकी सहयोग लिएर आएको विमान आज काठमाडौं अवतरण गर्दै
समाचार

३६ करोड बराबरको अमेरिकी सहयोग लिएर आएको विमान आज काठमाडौं अवतरण गर्दै

अमेरिकास्थित अन्तर्राष्ट्रिय सहयोग संस्था डाइरेक्ट रिलिफले नेपालको लागि पठाएको सहयोग सामग्री आज काठमाडौं आउँदैछ । डाइरेक्ट रिलिफले अहिले ३.०९ मिलियन डलर (३६ करोड रुपैयाँ) बराबरको सहयोग सामग्री पठाएको आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ । सहयोग सामग्री लिएर अमेरिकी डेलीभरी कम्पनी फेडेक्सले चार्टर्ड जहाजमार्फत लिएर आउँदैछ । जहाज अमेरिकाबाट मे २५ मंगलबारका दिन उडिसकेको छ र आज काठमाडौंमा अवतरण गर्ने कार्यक्रम छ । अमेरिकाको शिकागोबाट उडेको जहाजमा ८६० अक्सिजन कन्सन्ट्रेटर छन् । साथमा १ भेन्टिलेटर, कोभिड १९ को उपचारका प्रयोग गरिने अत्यावश्यक औषधिहरु तथा पीपीइ किट, मास्क लगायतका अन्यस्वास्थ्य सम्बन्धी उपकरणहरु छन् । यसबाहेक डाइरेक्ट रिलिफले नेपालमा मेडिकल अक्सिजनको आपूर्ति सहज बनाउन हेटौंडाको सिद्धस्थली सामुदायिक अस्पताललाई अक्सिजन प्याल्ट स्थापना गर्न आर्थिक सहयोग गर्दैछ । डाइरेक्...