Saturday, November 21

समाचार

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी सूचना राजपत्रमा प्रकाशित
अर्थ/व्यापार, समाचार

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी सूचना राजपत्रमा प्रकाशित

निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर मासिक रु १५ हजार पु-याइने घोषणा गरेका थिए। प्रधानमन्त्रीको उक्त घोषणालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज राजपत्रमा प्रकाशन गरेको हो। वृद्धि भएको न्यूनतम पारिश्रमिक आगामी साउन १ गतेदेखि लागू हुनेछ। सोअनुसार रु नौ हजार ३८५ आधारभूत पारिश्रमिक र रु पाँच हजार ५१६ महँगी भत्ता गरी मासिक रु १५ हजार हुने छ। यसअघि श्रमिकको आधारभूत पारिश्रमिक रु १३ हजार ४५० थियो। मन्त्रालयले दैनिक आधारभूत पारिश्रमिक रु ३६१ र दैनिक महँगी भत्ता रु २१६ गरी दैनिक रु ५७७ तथा प्रतिघण्टा आधारभूत पारिश्रमिक ४८ र महँगी भत्ता २९ गरी प्रतिघण्टा रु ७७ तोकेको छ। यो चिया...
भुटान ‘सेफजोन’मा
अन्तर्राष्ट्रिय, समाचार

भुटान ‘सेफजोन’मा

कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ । भारतले दिएको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको छ । भुटानमा सोमबारसम्म ९४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । महामारीको दोस्रो लहरले भारतलाई छोपिरहँदा भुटान भने शान्त छ । अहिलेसम्म भुटानमा ९३ प्रतिशत वयस्क जनसंख्यालाई भ्याक्सिनेट गर्ने काम सम्पन्न भइसकेको छ । भारतको सिरम इन्स्टिच्युटमा बनेको अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन गत महिना हेलिकोप्टोरमार्फत भुटान पु(याइएको थियो । भुटानको यो अवस्था देखेर अहिले विश्वका धेरै देश चकित छन् । भारतले दिएको कोरोना भ्याक्सिनबाट उसले यो सफलताको कथा लेखेको हो । भुटानमा सोमबारसम्मको रेकर्डअनुसार १ हजार १ सय १९ संक्रमित र ९ सय ९९ जना निको भएर घर फर्किसकेका छन् । क...
अस्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो
राजनीति, समाचार

अस्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो

सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाएको छ। सोमबार बसेको मन्त्रिपरिाषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा तत्कालिन नेकपा सरकारले २०७६ असोजमा उनलाई अस्ट्रेलियाको राजदूत बनाएको थियो। अहिले नेकपा खारेज भएर एमाले र माओवादी पुनःजीवित भएर सक्रिय छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन माओवादी केन्द्र निकट भएर नियुक्ती पाएकाहरुलाई धमाधम फिर्ता गरिरहेका छन्। यहीबीचमा अस्ट्रेलियाका लागि नेपाली राजदूत फिर्ता भएका हुन्। सोमबारको मन्त्रिपरिषदले जापानका लागि नेपाली राजदूत प्रतिभा राणा र ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीलाई भने अर्को निर्णय नहुनेबेलासम्मका लागि यथावत राख्ने निर्णय गरेको छ। राणा काँग्रेस सभापति शेरबहादुर देउवाकी सासु हुन् र उनी राप्रपाको कोटामा राजदूत नियुक्त भएकी थिइ...
‘अमेरिकन आइडल’को उत्कृष्ट ७ मा दिवेश पोखरेल
मनोरन्जन, समाचार

‘अमेरिकन आइडल’को उत्कृष्ट ७ मा दिवेश पोखरेल

अघिल्लो संस्करणको ‘अमेरिकन आइडल’मा फस्ट रनरअप बनेका नेपाली गायक दिवेश पोखरेल उर्फ आर्थर गन हाल भइरहेको नयाँ संस्करणमा उत्कृष्ट ७ मा पुगेका छन् । दुई साता अघि शोमा ‘आइरिस’ गीत गाएपछि उनको गीतलाई निर्णायकहरु लियोनल रिची, केटी पेरी र ब्रायनले तारिफ गरेका थिए । दिवेश भोटिङबाट अघिल्लो वर्ष प्रतिस्पर्धा गरेका १० जनालाई उछिन्दै उत्कृष्ट १० मा परेका थिए । यो वर्ष आयोजक टिमले अघिल्लो वर्ष प्रतिस्पर्धा गरेका १० जनामध्ये सर्वाधिक भोट ल्याउने एकजना प्रतिस्पर्धीलाई टिममा पार्ने निर्णय लिएको थियो । आइतबारको प्रतिष्पर्धामा १० जनाले सहभागिता जनाए पनि त्यसबाट तीन जना बाहिरिएपछि दिवेश उत्कृष्ट ७ मा परेका हुन् । दिवेशले आफूलाई थप भोट दिन आव्हानसमेत गरेका छन् ।...
नेपालमा एकैदिन ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ को मृत्यु
समाचार, स्वास्थ्य

नेपालमा एकैदिन ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ३८८ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । १६ हजार ५५८ जनाको पीसीआर र ५१८ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ । योसहित ज्यान गुमाउनेको संख्या ३३ सय ६२ पुगेको छ । काठमाडौँ उपत्यकामा मात्रै थपिए ३६ सय ६६ संक्रमित पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३६ सय ६६ जनामा कोरोना भाइरसको सं...
सबै उडान बन्द हुँदा पनि भारतमा हप्ताको दुई उडान हुने
अर्थ/व्यापार, समाचार

सबै उडान बन्द हुँदा पनि भारतमा हप्ताको दुई उडान हुने

सरकारले आन्तरिकसँगै अन्तर्राष्ट्रिय उडान बिहीबार रातिदेखि बन्द हुने जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख २३ राति १२ बजेदेखि वैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको हाे। स्वास्थ्य मापदण्डको पूर्ण पालनागरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेका होटलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल र भारतबीच कायम एयर बबल सुविधाअन्तर्गतका दुईतर्फी उडानहरु हप्ताको दुईवटामा सीमित गर्ने निर्णय भएको छ। भारतबाट नेपालमा आएका क्वारेन्टिनमा बसे नबसेको दैनिक अनुगमन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले गर्नेछ।अनुगमनको प्रतिवेदन कोभिड १९ संकट व्यवस्थापन केन्द्रमा पेश गर्नुपर्ने निर्णय गरेको छ। मन्त्रालयले भारतमा हप्ताको दुई उडान ‘ओपन विन्डो’को रुपमा हुने जनाएको ...
आजदेखि २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा
अर्थ/व्यापार, समाचार

आजदेखि २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा

बैङ्क तथा वित्तीय संस्थाले सोमबारदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा प्रदान गर्नुपर्ने भएको छ। पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेपछि नियामक निकाय नेपाल राष्ट्र बैङ्कले आइतबार निर्देशन जारी गर्दै केन्द्रीय कार्यालयको हकमा २० र शाखा कार्यालयमा २५ प्रतिशत कर्मचारीमार्फत सेवा प्रदान गर्न निर्देशन दिएको हो। सरकारले कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै मुलुकमा विषम परिस्थिति सिर्जना हुन थालेपछि बिहीबारदेखि काठमाडौँ उपत्यकालगायतका केही जिल्लामा १५ दिनसम्म निषेधाज्ञा जारी गरिसकेको छ। राष्ट्र बैङ्कले विभिन्न निकायबाट जारी भएका/हुने निषेधात्मक आदेशको पालनाका लागि स्थानीय निकायसँगको समन्वयमा शाखा सञ्चालन गरी बैङ्किङ सेवा प्रदान गर्न पनि निर्देशन दिएको छ। निषेधाज्ञाको समयमा पनि बैङ्किङ सेवा अत्यावश्यकीय भएको र सेवा प्रवाहल...
आज रातिदेखि आन्तरिक तर्फका सबै उडान बन्द
अर्थ/व्यापार, समाचार

आज रातिदेखि आन्तरिक तर्फका सबै उडान बन्द

सरकारले आज रातिदेखि लागू हुने गरी आन्तरिकतर्फका सबै उडान बन्द गर्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सोमवार रातिदेखि आन्तरिक उडान र २२ गते अर्थात् भोलि मंगलवारदेखि भारतसहित तीन देशबाट हुने सबै उडान स्थगित गर्ने निर्णय भएको बैठकमा सहभागी कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन् । उनका अनुसार मंगलवारदेखि भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि स्थगन गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को सिफारिशमा बैठकले यस्तो निर्णय गरेको छ । पछिल्लो समयमा अत्यधिक मात्रामा कोरोना संक्रमित देखा परेसँगै सरकारले आन्तरिक र बाह्य उडानहरू स्थगन गरेको हो । आइतवार नै नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघका अधिकारीहरूबीच भएको छलफलले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोमवारदेखि १ घण्टामा जम्मा तीनओटा मात्रै उडान गर...
बन्द हुँदै कोरोना बीमा
अर्थ/व्यापार, समाचार

बन्द हुँदै कोरोना बीमा

कोरोना भाइरसको नयाँ भेरिएन्टसहितको संक्रमण फैलिएको अवस्थामा बीमा समितिले कोभिड–१९ बीमालेखको कारोबार अगाडि नबढाउने भएको छ । समितिले आर्थिक वर्ष २०७८/७९ अर्थात् असार मसान्तपछि कोभिड–१९ (कोरोना) बीमालेखको कारोबार बन्द गर्ने भएको हो । बीमा समितिले गतवर्षको वैशाखमा कोभिड–१९ बीमालेख जारी गरेर बीमा कम्पनीहरूलाई यसको कारोबार गर्न निर्देशन दिएको थियो । त्यसपछि २० निर्जीवन बीमा कम्पनीहरूले लघु बीमा पुलमार्फत संयुक्त रूपमा उक्त बीमाको कारोबार गर्दै आएका थिए । तर, साउन १ गतेदेखि त्यस्तो बीमाको कारोबार बन्द गरिने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले बताए । ‘चालू आवसम्म मात्र सञ्चालन गर्नेगरी कोरोना बीमाको कारोबार शुरू गरेका हौं । सोहीअनुसार असार मसान्तपछि कोरोना बीमाको कारोबार बन्द गर्नेछौं,’ उनले भने, ‘असार मसान्तपछि पनि यसलाई निरन्तरता दिन सकिन्थ्यो । तर, यस विषयमा कुनै निर्णय गरिएको ...
आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित बनाउने कोसिस सवै नागरिकले गरौं
राजनीति, समाचार

आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित बनाउने कोसिस सवै नागरिकले गरौं

डा.डिआर उपाध्याय, नेपालमा दोस्रो लहरको कोरोना भाईरस अझै नियन्त्रणमा आउन सकेको छैन । सरकार र सम्वन्धित पक्षहरु कोरोना भाइरस नियन्त्रमा ल्याउन आफनो क्षमताले भ्याय सम्म लागीपरि रहेका छन । सवै भन्दा पहिला आफू सुरक्षित हुने र अरुलाई सुरक्षित गर्ने बानी हामी सवै नेपालीहरुले गर्ने गरौं । हामी आफै सुरक्षित हुँदा अरु पनि स्वत सुरक्षित हुन्छन । यो कुरा सवैले बुझन जरुरी छ । अहिले कोरोना भाइरस माहामारीका रुपमा देखिएको छ । यस्तो बेलामा आफनो घर बाहेक अरु कुनै ठाउँमा जाने काम कसैले नगरौ । घर भित्र पनि सामाजिक दुरी कायम गरेर बसौं । किन कि घर भित्र पनि सुरक्षित नहुन सक्छ । एक आपसमा सुरक्षित रहेर बसौं । कोरोना भाइरस कहिले नियन्त्रमा आउँछ त्यो कुनै ठेगान छैन । तर आशा गरौं , यो दोस्रो लहरको कोरोना भाइरस चाडै नियन्त्रमा आउँछ भनेर । यसलाई चाडो नियन्त्रमा ल्याउने भनेको तपाई हाम्रो अनुशासनमा भर पर्दछ । स...