Saturday, November 21

समाचार

शनिवार र आइतवार पनि बैंक खुल्ने
अर्थ/व्यापार, समाचार

शनिवार र आइतवार पनि बैंक खुल्ने

 चैत महिनाको राजस्व संकलन प्रयोजनका लागि २९ गते शनिवार र ३० गते घोटजात्राको सार्वजनिक बिदामा पनि बैंकहरु खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली बिभागले उक्त दुई दिन नेपाल राष्ट्र बैंकको  ‘आरटिजिएस’ सेवा सञ्चालनमा रहने सूचना जारी गरेको छ । उक्त दुई दिन ‘आरटिजिएस’ ‘एनसिएजएल’  र राजस्व संकलनका काउन्टरहरु खुल्ला रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।...
राजेन्द्र मल्लको नेतृत्वमा चेम्बरको नयाँ कार्यसमिति, उपाध्यक्षमा उर्मिला श्रेष्ठ
अर्थ/व्यापार, समाचार

राजेन्द्र मल्लको नेतृत्वमा चेम्बरको नयाँ कार्यसमिति, उपाध्यक्षमा उर्मिला श्रेष्ठ

 नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन्। कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन् । नेपाल चेम्बर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ उपाध्यक्षमा वाणिज्यतर्फ दीपक कुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, वस्तुगत संघबाट सुरेन्द्र कुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् । कार्यसमितिका निर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको सपथग्रहण गरिसकेको चेम्बरले जनाएको छ ।...
बेलायती महारानीका पति राजकुमार फिलिपको निधन
अन्तर्राष्ट्रिय, समाचार

बेलायती महारानीका पति राजकुमार फिलिपको निधन

बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको निधन भएको छ। ९९ वर्षको उमेरमा राजकुमार फिलिपको निधन भएको बकिङ्घम प्यालेसले जनाएको छ। एलिजावेथ गद्दीमा बस्नुभन्दा पाँच वर्षअघि सन् १९४७ मा फिलिपले उनीसँग विवाह गरेका थिए। उनीहरुका चार सन्तान जन्मिएका थिए भने ८ नातिनातिना र १० पनाति–पनातिनी जन्मेका थिए। राजकुमार फिलिप १९२१ मा ग्रिसमा जन्मेका थिए। उनी १८ महिनाको छँदै उनको परिवार ग्रिसबाट विस्थापित भएको थियो। पछि उनी बेलायती नौसेनामा भर्ती भए। दोस्रो विश्वयुद्धकै क्रममा उनले राजकुमारी एलिजावेथलाई भेटेका थिए।...
विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
शिक्षा, समाचार

विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ । पछिल्लो समय फेला परेका कोरोना संक्रमितहरूमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयलाई आग्रह गरेको हो । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले लकडाउन गर्नुपर्ने अवस्थासम्म नपुग्नका लागि विद्यालय तथा कलेज बन्द गर्नुपर्ने बताउँदै आएका छन् ।...
टेक्सासमा एक नेपालीको हत्या, आक्रमणकारी पक्राउ
अपराध, समाचार

टेक्सासमा एक नेपालीको हत्या, आक्रमणकारी पक्राउ

टेक्सासमा एकजना नेपालीलाई गोली हानेर हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पोखराका रमेश थापालाई गोली हानेर हत्या गर्ने २२ बर्षका फ्रान्सिस ओनियललाई बुधबार बेलुका साउथ इस्ट अष्टिनबाट प्रहरीले पक्राउ गरेको हो । ती व्यक्तिलाई हत्या र खतरनाक हतियारबाट आक्रमण गरेको अभियोग लगाइएको छ । मंगलबार राति ३९ वर्षीय थापामाथि गोली प्रहार भएको थियो । अष्टिन प्रहरीले मारिएका व्यक्ति नेपाली रमेश थापा भएको बिहीबारमात्र सार्वजनिक गरेको थियो । पोखरा महानगरपालिदका १८ सराङकोट पंदेली स्थायी घर घएका थापा ११ बर्षदेखि टेक्सासको अस्टिनमा बस्दै आएका थिए । कामबाट घर फर्किदै गर्ने क्रममा आफ्नै अपार्टमेन्टको पार्किङ लटमा उनीमाथि गोली हानिएको थियो । थापाका श्रीमती र १३ बर्षका छोरा नेपालमा रहेका छन् । घटना लगत्तै आपतकालिन टोली पुगेर बचाउने प्रयास गरेपनि नसकिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट ती आक्रमणकारी गा...
सत्य, तथ्य र निष्पक्ष पत्रकारिता आजको आबश्यकता
राजनीति, समाचार

सत्य, तथ्य र निष्पक्ष पत्रकारिता आजको आबश्यकता

डा.डिआर उपाध्याय, नेपाल पत्रकार महासंघको निर्वाचन चैत्र २५ गते सम्पन्न भएको छ । यो संगै आज देश भरीको मत गणना पनि सार्वजनिक भइरहेको छ । सञ्चार क्षेत्र भनेको समाजको एैना हो । जसरी हामी एैना अगाडी उभिएर आफनो अनुहार देख्छौ , त्यसै गरि समाजले पनि सञ्चार माध्यम मार्फत सवै कुरा देख्छन । त्यसैले सञ्चार क्षेत्र भनेको समाजको एैना भनेको हो । आज सञ्चार क्षेत्र किन बिश्वश्नीय र निष्पक्ष हुन सकिरहेको छैन । पत्रकारहरु सत्य तथ्य र निष्पक्ष हुनु पर्छ । आज पत्रकारहरु धेरै आलोचित बनिरहेका छन । कारण के हो भने पत्रकारहरुले आफनो मर्यादा बिर्सदै गएका छन । पत्रकारितामा आचार संहिता हुन्छ , त्यो आचार संहितालाई धेरै जसो पत्रकारहरुले उलंघन गरिरहेका छन । हाम्रो देशमा पत्रकारको नाम बेचेर ब्यालेकमेलिङ गर्नेहरुको पनि कुनै कमी छैन । यस्ता ब्यालेकमेलिङ गर्ने पत्रकारहरुले धेरै पैसा पनि कमाएका छन । पैसै कमाउनका लागी पत...
भेरिएन्टसँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या बढ्यो
समाचार, स्वास्थ्य

भेरिएन्टसँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या बढ्यो

कोरोनाको बेलायती भेरिएन्ट (प्रजाति) सँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या मुलुकभर बढिरहेको छ । संकलित नमुनाको विश्लेषण गर्दा सुरुमा बेलायतमा देखिएको प्रजाति (बी १.१.७) सँग मिल्दोजुल्दो भाइरस बढी मात्रामा फैलिरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।‘ब्राजिल र अफ्रिकामा देखिएका कोरोना भाइरसको नयाँ भेरिएन्टबारे पनि थाहा पाउन १५ वटा नमुना हङकङ पठाएका छौँ । रिपोर्टको प्रतिक्षामा छौँ ।’ ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने । ...
भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन थपिए १ लाख ३१ हजार बढी संक्रमित
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन थपिए १ लाख ३१ हजार बढी संक्रमित

भारतमा थप ‍१ लाख ३१ हजार ८९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि विहीबार चैत्र २६ मा भारतमा दोस्रो धेरै १ लाख २६ हजार ३१५ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३० लाख ७५ हजार ९५४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १९ लाख १० हजार ७४१ जना संक्रमणमुक्त भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ७९ हजार ५१९ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६७ हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८०२ जनाको मृत्यु भएको छ ।...
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो

ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणका कारण तीन हजार ८२९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ४० हजार ७७६ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। सोही अवधीमा थप ९२ हजार ६२५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ३१ लाख ९३ हजार २०५ जना सङ्क्रमित भएका छन्। हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड–१९ को भयानक तनाव खेपिरेहको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण निकै तीव्र बन्दै गएको छ। अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन्। देशको जनसङ्ख्याको १० प्रतिशतले पहिलो डोजको खोप लगाएका छन्। तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि एकमात्र उपाय कम्तीमा २० दिनसम्...
व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन हुने
समाचार, समाज

व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन हुने

गृहमन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले वैशाख १ गतेदेखि व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गर्ने भएको छ । १६ गतेसम्म अभियान सञ्चालन हुने विभागले जनाएको छ । विभागले जन्म, मृत्यु, बसाइँसराइ, सम्बन्ध विच्छेद र विवाह दर्ताको घटना दर्ता अभियान देशभर सञ्चालन गर्न लागेको हो । व्यक्तिगत घटना दर्ताको महत्त्व प्रचारप्रसार गर्ने उदेश्यले वैशाख १ देखि ७ गतेसम्मलाई व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागिएको विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताउनुभएको छ । सरकारले २०८० साल अर्थात सन् २०२४ सम्ममा जन्मदर्ता शतप्रतिशत पुर्याउने र अरु व्यक्तिगत घटना दर्तामा उल्लेख्य वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सहयोग पुर्याउन पनि अभियान सञ्चालन गर्न लागिएको विभागले जनाएको छ । अभियान सञ्चालनका लागि ७५३ पालिकाहरुमा नै सर्कुलर जारी गरिएको विभागले जनाएको छ । विभागले आफ्नो वडा अथवा...