Saturday, November 21

समाचार

प्रधान नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा विजयी
अर्थ/व्यापार, समाचार

प्रधान नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा विजयी

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा पुनः लिलेन्द्रप्रसाद प्रधान विजयी हुनु भएको छ । काठमाडौंमा सम्पन्न एशोसिएसनको ४२औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधान पुनः अध्यक्षमा निर्वाचित हुनु भएको हो । नयाँ नेतृत्वका लागि प्रधान र नवीन श्रेष्ठ प्यानलसहित चुनावमा उत्रिनु भएको थियो। प्रधान ३०२ मतसहित विजयी हुँदा श्रेष्ठले ४३ मत मात्रै पाउनुभयो । एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा सुनिल कुमार गुरुङ, प्रथम उपाध्यक्षमा ई. विनोद कुमार चौरसिया र द्वितीय उपाध्यक्षमा सुनिल कुमार बिड्ला निर्वाचित हुनु भएको छ । यसैगरी महासचिवमा विश्वप्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, सचिवमा हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी विजयी हुनु भएको छ ।...
हरेक पार्टीमा गुटबन्दी
राजनीति, समाचार

हरेक पार्टीमा गुटबन्दी

डा.डिआर उपाध्याय, नेपालका हरेक राजनीतिक पार्टीहरु वैचारिक, सैद्धान्तिक तथा नीतिगतरुपमा अघि बढनु पर्छ । त्यसो भयो भने समस्या आउँदैन । पछिल्लो समयमा राजनीतिक दलका नेताहरु व्यक्तिगत स्वार्थमा लिप्त भए । जसले गर्दा मुलुकको बिकास र समृद्धिमा अवरोध खडा भएको छ । नेकपा एमालेका नेताहरु आफ्नो निहित स्वार्थ पूरा गर्न गुट तथा उपगुटको राजनीति गतिविधि गरिरहेका छन । यस्ता गतिविधिले पार्टीलाई घाटा पुयाइरहेको छ । त्यसले पार्टीको एकतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खलल पु¥याउने काम गरेको छ । खै नेताहरुले कुरा बुझेको ? गुट, उपगुटको राजनीतिले नत पार्टीको हित गर्छ नत देशको । हरेक राजनीतिक पार्टीहरुले गुटगत परिपाटीको अन्त्य गर्नु जरुरी छ । हरेक पार्टीहरु पार्टीको कार्यदिशा, नीति र सिद्धान्तका आधारमा चल्नु पर्छ । अहिले चलेका गुट तथा उपगुटहरू देश, जनता र पार्टीको हितभन्दा बिपरित छन । हामीले यो कुरा बुझन ...
अमर वन्तुको ‘मोटर सरर’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

अमर वन्तुको ‘मोटर सरर’ सार्वजनिक(भिडियो)

गीतकार अमर वन्तुको नयाँ गीत ‘मोटर सरर’ सार्वजनिक भएको छ । सहिमा श्रेष्ठ र बिक्रम रानाको स्वर र राजनराज सिवाकोटीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/juCQcGrlrbQ सुव्रतराज आचार्यले निर्देशन गरेको गीतको भिडियोमा दुर्गेश थापा, विजय पुन, गीता ढुंगाना र सजिना श्रेष्ठको अभिनय छ । सजीनाले यसै भिडियोमार्फत अभिनयमा डेब्यू गरेकी हुन् । यात्राको क्रममा भेटिएका युवा-युवतीबीच शुरु भएको प्रेम व्यक्त गर्ने गीतको भिडियोमा प्रमोद के. भण्डारीको कोरियोग्राफी, उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन छ ।...
हिजोका नेता र आजका नेता
राजनीति, समाचार

हिजोका नेता र आजका नेता

डा.डिआर उपाध्याय, देशका धेरै जसो मानिसले राजनीति गरेपछि उत्पादनको काम कसले गर्ने ? नेकपा एमाले भित्रको विवाद र त्यसले निम्ताएको राजनीतिक संकट नै अहिले सबैको चिन्ता, चासो र जिज्ञाशाको विषय बनेको छ । नेकपा एमाले मिलेर जानु पर्छ भन्ने कुरा देशको हितमा छ । दल र तिनका नेताहरु फुटेर कसैलाई फाइदा छैन । राजनीति भनेको जनताको सेवा गर्ने चिज हो । पद,पैसा र शक्तिको दुरुपयोग गरेर राजनीति गनु हुदैन । यसले मुलुकलाई पछाडी लैजान्छ । अहिले जुन किसिमको राजनीति दृश्य देखिएको छ । त्यो जनतालाई मन परेको छैन । हामीले बुझेको राजनीति भनेको त समाजसेवा हो । राजनीतिक दलका नेताहरु बेइमानी भए । जनताको भबिश्य भन्दा पनि आफनो भबिश्य बनाउने तिर नेताहरु लागे । सवै भन्दा ठूलो समस्या यो हो । हाम्रो देशमा राजनीतिको नाममा अरबौँपति बनेका नेता प्रशस्त छन् । हिजोका दिन सम्म राम्रो सँग चप्पल लगाउन नसक्ने अधिकांश ती नेताहरुको अ...
किरणको स्वर शंकरको संगीत र विश्वको शब्दमा ऐशेलुको कांडा सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

किरणको स्वर शंकरको संगीत र विश्वको शब्दमा ऐशेलुको कांडा सार्वजनिक(भिडियो)

प्रवासमा बसेर नेपाली गीत संगीतलाई माया गर्ने तथा थुप्रै गीतहरुको रचना मार्फत राम्रो चर्चा कमाइसकेका गीतकार विश्व गौडेलको रचनामा ऐशेलुको कांडा सार्वजनिक भएको छ । गीतमा नेपाल आईडल सिजन-३ मा तेश्रो स्थान हासिल गरेर थुप्रै गीतहरु मार्फत चर्चामा आईसकेका गायक किरण भुजेलको सुमधुर आवजले सजिएको गीतमा संगीतकार शंकर स्माईलीको संगीत रहेको छ भने संगीत संयोजन उदय राज पौडेलको रहेको छ । https://youtu.be/ljsKIKKW24k चर्चित मोडेल सुधीर श्रेष्ठ र टिकटक क्वीन स्टार ट्विन्स सिस्टर प्रिन्सा खतिवडा, प्रिज्मा खतिवडा, कोरियोग्राफर सुरेन्द्र बस्याल, डेमोन क्षेत्री, उषाको दमदार नृत्य र अभिनय रहेको छ । भिडियोमा सबै कलाकारहरुले पहिलो चोटि सहकार्य गरेको र काम गर्दा निकै नै रमाइलो र पारिवारिक वातावरण भएको बताए । बलापनको साथीलाई बर्षौ पछि भेटदाको अनुभव र मायालाई व्यक्त गर्न खोजिएको भिडियोलाई र्‍या...
लक्ष्यराइज सहकारीको आयोजनामा रक्तदान
अर्थ/व्यापार, समाचार

लक्ष्यराइज सहकारीको आयोजनामा रक्तदान

६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंकाे गोंगबुमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीसँगै किवानिज क्लब अफ काठमाडौं भ्याली र लायन्स क्लब अफ काठमाडौं मनास्लुकाे संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा १३७ जनाले रक्तदान गरे । किवानिज इन्टरनेसनलका नेपाल डिस्ट्रिक्ट गभर्नर मोहन लम्साल लगायत डिस्ट्रिक्ट पदाधिकारीहरूको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको सहकारीका अध्यक्ष सहदेव तिमल्सिनाले बताए । आयोजकहरूको समूहले तीन तीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएको छ । तीन महिनाअघि चावहिल गणेशस्थानमा रक्तदान गरिएको थियो । तिमल्सिनाका अनुसार, तीन महिनापछिको रक्तदान कलंकीमा गर्ने तय भएको छ ।...
आधितुफान-२ मा नायक सन्जित भण्डारी अनुबन्धित
मनोरन्जन, समाचार

आधितुफान-२ मा नायक सन्जित भण्डारी अनुबन्धित

चर्चित लेखक तथा फिल्म निर्माता मौनता श्रेष्ठले निर्माण गर्ने तथा ओमसाइभक्त भुमीको ब्यानरमा निर्माण हुने चलचित्र आधितुफान २ मा नायक संजित भण्डारी पनि प्रबेस गरेका छन् । मदन घिमिरेको निर्देशनमा बन्ने थ्रिलर र संस्पेन्स बिषय रहने यस चलचित्रको कास्ट एंड क्रू पुरा भएको छ र वर्कसपको समापनका पश्चात छांयाकनमा जानेछ ।यस चलचित्रमा नायक सन्जित भण्डारीले स्टालिस लवर वायको भुमिकामा देखिनेछन् भने उनि भारतको विश्व प्रसिद्ध फिल्म एड टेलिभिजन सस्थान पुने बाट फिल्म सम्बन्धी अध्ययन गरि फर्केका कलाकार हुन ।चलचित्रमा उनिलाइ सुहाउने भएकाले धेरै चरणको छनौट पश्चात उनलाई लिएको निर्माण पक्षले बताउछ । कथा अनुसार आफुलाई सुहाउदो उपयुक्त पात्र देखिएकोले आफु सो चलचित्रका लागी काम गर्न लागेको नायक भण्डारीले बताए ।केहि हप्ता अगाडि पत्रकार सम्मेलन गरेर अन्य कलाकारको जानकारि दिएको निर्माण टिमले यस चलचित्रमा भारतीय जगतका चर्...
देशमा देखिएको बेरोजगारी समस्या
अर्थ/व्यापार, समाचार

देशमा देखिएको बेरोजगारी समस्या

डा.डिआर उपाध्याय, अव सवैले देशका बारेमा सोच्ने बेला आयो । देश बनाउन सवै एकजुट हुनु पर्छ । हामी नेपाली जनता एक जुट नभए सम्म देशको बिकासले गति लिन सक्दैन । देशमा बेरोजगारी समस्या दिन प्रतिदिन बढदै गएको छ । यसको समाधान नै अहिलेको प्रमुख आबश्यकता हो । बेरोजगारी समस्याले सवैलाई पिरोलेको छ । बेरोजगारी समस्या गम्भिर चुनौतिको रुपमा खडा भएको छ । यो चुनौतिलाई पार गर्न जरुरी छ । अहिले देशमा जुन किसिमले बेरोजगारी समस्या देखिएको छ , यसको छिटो हल गरिनु पर्छ । बेरोजगारी समस्या समाधान गर्नु पर्ने दायित्व सरकारको हो । सरकारलाई सवै नेपाली जनताले सहयोग गर्नु पर्छ । सरकारको एकल प्रयासले मात्र केही हुदैन । सरकारलाई गाली गरेर मात्र हुदैन । आज मुलुक भित्र लाखौँ लाख शिक्षित युवायुवतीहरु बेरोजगार छन । यो समस्या गम्भिर हो । कैयौँ युवायुवतीहरु स्वदेशमा आफनो भविष्य नदेखेर विदेश पलायन छन । युवा जनशक्तिहरुलाई बिद...
नायक तेज गिरी चलचित्र ‘प्रेमगन्ज’मा अनुबन्धित
मनोरन्जन, समाचार

नायक तेज गिरी चलचित्र ‘प्रेमगन्ज’मा अनुबन्धित

चलचित्र ‘प्रेमगन्ज’मा तेज गिरी र बेनिशा हमाल अनुबन्धित भएका छन् । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ का लागि तेज र बेनिशा मुख्यकलाकारका रुपमा छनौट भएका हुन् । यस अघि अडिसन मार्फत् केही कलाकारहरु छनौट भएका थिए । चलचित्रमा नायक तेज गिरी र नायिकामा बेनिशा हामाल छनौट भएको बताईएको छ । मुक्तिनाथ विकास बैंकका तेजले यही फिल्मबाट मुख्य अभिनेतामा डेब्यु गर्न लागेका हुन् । यस चलचित्र त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकार दिए । सेन विगत १५ बर्ष देखि नेपाली चलचित्र जगतमा सक्रिय रुपमा कार्य गर्दै आएका निर्देशक हुन् । उनको निर्देशनमा बनेका यस अघिका चलचित्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्वाडहरु हासिल गर्न सफल भएका छन् । यसअघि नै चलचित्रकालागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छान...
‘कोभिड कप’ फुटबल हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
खेलकुद, समाचार

‘कोभिड कप’ फुटबल हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

यही चैत्र २८ गते कोभिड कप फुटबल प्रतियोगिता हुने भएको छ । काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसको मुख्य आयोजनामा दशरथ रंगशालामा हुने उक्त प्रतियोगिताको उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । आयोजक संस्थाद्धय काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएका हुन् । विश्वलाई सन्देश दिने उद्देश्यले आफूहरुले उक्त प्रतियोगिताको आयोजना गरेको पनि आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न दश टिमले सहभागी जनाउनेछन् । कलाकारहरुको तर्फबाट भाग लिने टिमको नेतृत्व (कप्तान) नायक धिरेन शाक्य, लोकदोहोरीबाट भाग लिने टिमको नेतृत्व गायक बद्री पंगेनी, हाँस्यकलाकारबाट ईन्द्र दोङ खम्बे, काठमाडौं जिल्ला सहकारी संघबाट अध्यक्ष ज्ञानबहादुर तामाङले गर्ने जनाईएको छ । ‘कोभिडबाट थलिएका हामी फेरि उठ्नुछ’ भन्ने नाराका साथ आयो...