सरकार गठन अहिलेको आवश्यकता होइन
डा.डिआर उपाध्याय,
माधव भन्दा ओली चर्तुर र शक्तिशाली छन । ओलीलाई सजिलै प्रधानमन्त्रीबाट हटाउने आधार अझै बनेको छैन । प्रतिनिधिसभा पुनस्र्थापनापछि पनि ओली उर्जावान नै छन । उनमा कुनै निराशको संकेत छैन । राजनीति भनेको नै उतार चढाव हो । यसलाई थेग्न सक्नु पर्छ । ओलीले सवै कुरा थेग्न सक्छन । प्रचण्ड माधवमा त्यो क्षमता छैन । ओली आफना कार्यकर्तालाई संरक्षण गर्न सिपालु छन । तर प्रचण्ड माधव त्यसमा असफल छन । नेता भनेको ओली जस्तो हुनु पर्छ । किन भने जस्तो परिस्थितीमा पनि लडन सक्ने क्षमता ओलीमा छ अरु नेतामा छैन । अरु सवै कातर हुन । मैले बेला बेलामा लेखेर भए पनि सुझाव दिने गर्छु तर सुनुवाई हुदैन । समस्या यो हो । ओलीले भरपर्दो आधार तय नभए सम्म प्रधानमन्त्री पदवाट राजीनामा दिनु हुदैन ।
किन भने मुलुक संकटमा जान्छ । सरकार गठन अहिलेको आवश्यकता होइन । नयाँ सरकारको सम्भावना देख्नु भनेको संसद खरिद बिक्रिको ...
