Saturday, November 21

समाचार

मनोरन्जन, समाचार

‘फेयर ईन्टरनेशल एजुकेशन अवार्ड’को घोषणा

फेयर एक्सप्रेस मिडिया प्रालीले ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड-२०२५’ काे घोषणा गरेकाे छ। माघ १५ गते मंगलबार काठमाडौँ मोेडेल कलेज (केएमसी) बागबजारमा आयोजना गरिएको आठौँ वार्षिकोत्सवसमारोह कार्यक्रमकाबीच अवार्डकाे घोषणा गरिएको हाे। शैक्षिक क्षेत्रमा विगत आठ वर्षदेखि क्रियाशिल मिडिया फेयर एक्सप्रेसले शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तीहरूलाई सम्मान गर्ने उद्देश्यले अवार्डको आयोजना गर्न लागेको हो। समारोहमा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष तथा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ,वरिष्ठ शिक्षाविद प्रा.डा.विश्वनाथ कोईराला,वरिष्ठ शिक्षाविद एवं मपविविका पूर्वउपकुलपति नन्द बहादुर सिंह ,फेयर एक्सप्रेसका प्रकाशक एवं प्रधान सम्पादक विपिन पोखरेल तथा फेयर एक्सप्रेसका प्रबन्ध निर्देशक राजेन्द्र लुईटेलले अवार्ड प्रदर्शन गर्दै फेयर ईन्टरनेशल एजुकेशन अवार्डको घोषणा गरेका थिए । फेयर मिडि...
मनोरन्जन, समाचार

एनसिआईएफएफको छैटौं संस्करण काठमाडौँमा शुरु

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट काठमाडौँमा सुरु हुँदैछ । चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा माघ १९ गतेसम्म तीन दिन सञ्चालन हुने चलचित्र महोत्सवमा ४७ देशका ९८ चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु प्रदर्शन हुँदैछन् । सबै चलचित्रहरु निःशुल्क हेर्न पाईने आयोजक टीमले जनाएको छ । चलचित्र महोत्सवको ओपनिङ दरबारमार्गस्थित राईजिङ मलको क्युएस सिनेमामा हुनेछ । ओपनिङमा मोहन अभिलाषीले निर्देशन गरेको लघुचलचित्र पाउलो प्रदर्शन गरिनेछ । राईजिङ मलको दुवै हलमा २ दिनसम्म नियमित चलचित्रहरु प्रदर्शन गरिने र चलचित्र विकास बोर्डमा ३ दिनसम्म चलचित्रहरु प्रदर्शन गरिने महोत्सवका निर्देशक सन्तोष सुवेदी बताउँछन् । महोत्सवमा सहभागी राष्ट्रिय चलचित्रतर्फ लक्ष्मण सुनारको बुलाकी, दिनेश राउतको पुजार सार्की, सत्यराज चौलागाईको विच्छेद, सनोल द...
मनोरन्जन, समाचार

‘झुपडी महल भयो’ लिएर आए सुमन र युनिता (भिडियो)

काठमाडौँ । गायिका सुमन गुरुङ र गायक रिकेश गुरुङको नयाँ गीत झुपडी महल भयो सार्वजनिक भएको छ ।  कुन्सांग बोम्जन र युनिता खत्रीको अभिनय रहेको भिडियो रिकेश गुरुङको युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । माया प्रेमलाई निखार्दै बनाइएको गीतमा मोडलद्वयको अभिनयले जीवन्तता प्रदान गरेको छ । पछिल्लो समयमा म्युजिक भिडियोमा व्यस्त मोडल युनिताको अभिनयमा ३ महिनामै यो दोस्रो भिडियो रिलिज भएको हो ।  रिकेश गुरुङ किजकै शब्द सङ्गीत रहेको गीतलाई छोटो समयमै दर्शकले रुचाएका छन् । https://www.youtube.com/watch?v=kPCRZj5MM4I...
तृप्ति र करणको स्वरमा ‘तिम्रो झझल्को’ ( भिडियो )
मनोरन्जन, समाचार

तृप्ति र करणको स्वरमा ‘तिम्रो झझल्को’ ( भिडियो )

काठमाडौं ।  गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङ र करण परियारको स्वर तथा तृप्ति खड्काको संगीत एवं कवि तथा गीतकार हरि उप्रेतीका मार्मिक र कारुणिक शब्दलहर सहितको गीत ‘तिम्रो झझल्को’ हरि उप्रेतीको अफिसियल  युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ । गीतको एरेन्ज राजेन्द्र श्रेष्ठले गरेका छन् भने मिक्सिङ र मास्टरिङ नरेश पाण्डेको रहेको छ । सारेगम स्टुडियो, सामाखुसीमा रेकर्ड गरिएको उक्त गीतको भिडियोमा विजय गुरुङ र नेहा गौतमको जीवन्त अभिनय रहेको छ । भिडियोको निर्देशन विजय गुरुङले गरेका छन् भने राजाराम सिंखडले कोरियोग्राफी गरेका छन् । सिनेमा अटोग्राफ र ड्रोनमा प्रकाश खड्काको भूमिका रहेको छ । भिडियोको कलरिङ र सम्पादन मिलन विश्वकर्माको रहेको छ भने कलाकारलाई कविता तोलाङ्गीले आफ्‌नो श्रृङ्गार कलाले सिंगारेकी छिन् । करिब सात दर्जन भन्दा बढि गीतमा आफ्‌नो सुमधुर आवाज भरिसकेकी तृप्ति हर किसिमक...
लिटल आइडल नेपालको पांचौ सस्करण भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

लिटल आइडल नेपालको पांचौ सस्करण भव्य रुपमा सम्पन्न

लामो समयदेखि विभिन्न प्रतियोगीता तथा सफल ईभेन्टहरु आयोजना गर्दै आएको ट्रेबल फेसन कन्सर्नले पाचौँ लिटिल आइडल नेपाल भव्य रुपमा सम्पन्न भएको छ । वौद्धस्थित बौद्ध हेरिटेजमा एक समारोहका बिच सम्पन्न भएको सो प्रतियोगितामा जुनियर गल्स, सिनियर गल्स, र ब्वाइजका गरि तीन समूहका प्रतिस्पर्धीहरूबीच प्रतिस्पर्धा भएको थियो। बिभिन्न चरणमा सम्पन्न प्रतियोगितामा जुनियर तर्फबाट इभेन्जल मगरले उपाधी जित्न सफल भईन । अल्विशा श्रेष्ठ फष्ट रनरअप भईन भने छिरिङ शेर्पाले सेकेन्ड रनरअपको उपाधी जित्न सफल रहिन । सिनियर तर्फ अभिश्री जोशी श्रेष्ठ विजेता घोषित हुदा एन्जल पोखरेल फष्ट रनरअप र आर्याना लामाले सेकेन्ड रनरअपको उपाधी जितिन। ब्वाइज समूहमा मनन जंग कार्कीले उपाधि जिते भने विश्वास सुवेदी फष्ट रनरअप र हितेशराज यादव सेकेन्ड रनरअप भएका थिए । प्रतियोगितामा जुनियर गल्र्स समूहमा इभेन्जल मगर, सिनियर गल्र्सतर्फ अभ...
एचआइभी शिक्षासदनमा समाजसेवी मेघ सुवेदीको जन्मोत्सव
समाचार, समाज

एचआइभी शिक्षासदनमा समाजसेवी मेघ सुवेदीको जन्मोत्सव

काठमाडौं ।  सिजल एन्ड सिस्टर एलएलसी अमेरिकाका संस्थापक तथा वरिष्ठ समाजसेवी अमेरिका निवासी मेघ सुवेदीको जन्मदिन एक कार्यक्रम वीच भव्य रुपमा मनाइएको छ । नेपालमा सामाजिक सेवा कार्यका लागि परिचित सुवेदी संस्थापक रहेको सिजल एण्ड सिस्टर फाउण्डेसनको आयोजनामा संस्थाका नेपाल अध्यक्ष एवं नायक मोडल संजित भण्डारीको विशेष पहलमा समाजसेवी सुवेदीको जन्मदिन किर्तिपुरमा रहेको सफलता एच आइ भी शिक्षासदनमा मनाइएको हो । सुवेदीकै जन्मदिनको अवसर पारेर एचआईभी संक्रमित २७ जना वालवालिकाहरु सहित उक्त शिक्षा सदनलाई करिव १ लाख वरावरको चामल,दाल,चिनी,चिउरा लगायत खाद्यान्न सामाग्रीहरु राहत स्वरुप प्रदान गरिएको थियो । सहयोग वितरण कार्यक्रममा अध्ययनरत वालवालिकाहरुले केक काटेर सुवेदीलाई जन्मदिनको शुभकामना दिएका थिए । सो कार्यक्रमलाई औपचारिक रुपमा निर्देशक,कार्यक्रम आयोजक तथा समाजसेवी समीर लामाले संचालन गरेका थिए भने वरिष्...
क्लिक ईन्टरनेशनलद्वारा ३ सय २० विद्यार्थीलाई न्यानो कपडा वितरण
शिक्षा, समाचार

क्लिक ईन्टरनेशनलद्वारा ३ सय २० विद्यार्थीलाई न्यानो कपडा वितरण

क्लिक इन्टरनेसनल एजुकेसन, काठमाडौंले अर्घाखाँचीमा विद्यार्थी र शिक्षकहरूलाई न्यानो कपडा वितरण गरेको छ । मालारानी गाउँपालिका वडा नं. ४ का ३ वटा विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षकहरूलाई न्यानो कपडा विरतण गरिएको हो । तीन वटा विद्यालयमा अध्ययनरत ३ सय २० जना विद्यार्थीलाई गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईमार्फत ट्याक्सुट सेट वितरण गरिएको हो । किरण माध्यमिक विद्यालय निन्युखर्कका २ सय ५० जना विद्यार्थी, १७ जना शिक्षक, जाँलकाँडा आधारभूत विद्यालय थामका ५० जना विद्यार्थी, ७ जना शिक्षक र सार्वजनिक आधारभूत विद्यालय ब्याडपाटाका २० जना विद्यार्थी गरी ३ सय ४४ जना विद्यार्थी र शिक्षकलाई न्यानो कपडा प्रदान गरिएको हो । किरण मा.वि. निन्युखर्क खनमा कपडा वितरण कार्यक्रममा बोल्दै मालारानी गाउँपालिकाका अध्यक्ष भट्टराईले चिसो बढिरहेको समयमा यसरी विभिन्न स्कुलका विद्यार्थी र शिक्षकहरूलाई न्य...
तनहुँमा पूर्वविद्यार्थीले गरे चन्द्रावती विद्यालयलाई शैक्षिक सामग्री र आर्थिक सहयोग
शिक्षा, समाचार

तनहुँमा पूर्वविद्यार्थीले गरे चन्द्रावती विद्यालयलाई शैक्षिक सामग्री र आर्थिक सहयोग

तनहुँस्थित चन्द्रावती माध्यामिक विद्यालय भानु ७ चुँदीका पूर्वविद्यार्थीले ३६ बर्षपछि पूर्नमिलन भएर विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । विद्यालयको ६१ औं बार्षिकोत्सवको अवसरमा नेपाल जुनियर रेडक्रस स्वास्थ्य कोषमा २ लाख रुपैया समेत सहयोग गरेका छन् । सोहि विद्यालयबाट अध्ययन गरी बि.सं २०४५ मा कक्षा १० सकेर छुट्टिएका विद्यार्थीहरु पूनः संगठित भएका हुन् । गत शनिबार विद्यालयको बार्षिकोत्सवका अवसरमा एक लाख बराबरको एक सेट प्रोजेक्टर समेत प्रदान गरिएको सोहि विद्यालयका पूर्वविद्यार्थी एवं काठमाण्डौं महानगर प्रहरी बलका निरिक्षक प्रकाश पण्डितले बताए । ‘हामीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देखि शिक्षकहरुसहित १५ जनालाई सम्मान पनि गर्यौं’ पण्डितले भने । कार्यक्रममा प्रतिनिधिसभा सांसद शिशिर खनाल प्रमुख अतिथिको रुपमा सहभागि थिए । पछिल्ला बर्षहरुमा सुचना प्रविधिको विकासले बिछोडिएका ...
‘फेसियल हाउस’ले मनायो १७औं वार्षिकोत्सव
अर्थ/व्यापार, समाचार

‘फेसियल हाउस’ले मनायो १७औं वार्षिकोत्सव

काठमाडौं । सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको नेपालकै नम्बर वान ब्युटी सलुन ‘फेसियल हाउस’ले आफ्नो १७औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बुधबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा काठमाडौंको त्रिपुरेश्वरस्थित बगनभिल्लामा भव्यतापूर्वक वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, वुमन कम्युनिटी (यूएलआईकी ) की अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महासचिव शशी शाह र फेसियल हाउसका संरक्षक तथा कर्पोरेट खबरका प्रधानसम्पादक उज्ज्वलजंग शाहको उपस्थिति रहेको थियो । समारोहमा फेसियल हाउसका संरक्षक तथा कर्पोरेट खबरका प्रधानसम्पादक शाहले स्...
डि एस् ए स्टारको पन्ध्रौं संस्करण भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

डि एस् ए स्टारको पन्ध्रौं संस्करण भव्य रुपमा सम्पन्न

परिवर्तन ईभेन्ट हाउस प्रालि को आयोजनामा राष्ट्रिय नाच घर जमल मा पुष ६ गते डि एस् ए स्टार २०२४ सिजन- १५ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । नेपाल वायु सेवा निगम का कार्यकरी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्णायकमा अन्तरराष्ट्रिय स्वर्ण पदक बिजेता नन्दा बस्याल, शहरी बिकास मन्त्रालयका सचिब बासु देव खनाल र चर्चित गायिका सुमित्रा कोइराला रहेका थिए Horlicks नेपाल को मुख्य प्रायोजन रहेको कार्यक्रमलाई नेपाल वायु सेवा निगम र तारा एअर को सहयोग रहेको थियो । फाईनल अघि ३० दिन सम्म १०० जना बाल बालिका हरुलाई कोरोना स्कुल ढुंगेधारा मा तालिम दिइएको थियो कार्यक्रममा स्वागत मन्तब्य राख्दै यस् किसिमको कार्यक्रम बाट बाल बालिकामा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको बिकास हुने कुरा ...