तीजको रौनकमा ‘मिस एन्ड मिसेस तीज क्वीन–२०२६’, महिला प्रतिभा र संस्कृतिको भव्य उत्सव हुँदै
काठमाडौं। नेपाली महिलाहरूको महान् सांस्कृतिक पर्व हरितालिका तीज–२०८३ लाई अझ विशेष र भव्य बनाउने उद्देश्यसहित ‘मिस एन्ड मिसेस तीज क्वीन डान्स रियालिटी शो–२०२६’ आयोजना हुने भएको छ। नेपाली कला, संस्कृति, मनोरञ्जन र महिलाको प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना हुन लागेको यस विशेष कार्यक्रममा नृत्य, संगीत, फेसन, मौलिक संस्कृति र मनोरञ्जनका विविध कार्यक्रमहरू समेटिने भएका छन्।
निरि जुम्बा एन्ड डान्सको प्रस्तुति तथा प्याजेन्ट नेपाल, शोभा बुटिक होटल र निरि डान्स एकेडेमीको संयुक्त आयोजनामा हुन लागेको यस कार्यक्रममा नेपाली कला तथा मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरूको विशेष सहभागिता रहनेछ।
कार्यक्रममा वरिष्ठ हास्य कलाकार किरण केसी, लोकप्रिय कलाकार राजाराम पौडेल, गायिका सारिका घिमिरे, गायिका तृप्ति खड्का, गायिका मञ्जु थापा, गायक तथा कलाकार रमेश पाठक, चेतन राई, रामकृष्ण श्रेष्...










