‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’आयोजना हुँदै
काठमाडौं। लामो समयदेखि सांस्कृतिक, सामाजिक तथा मनोरञ्जनात्मक क्षेत्रमा अग्रणी संस्थाका रूपमा काम गर्दै आएको सिजन मिडियाले विगतका वर्षहरूझैं यस वर्ष पनि विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व र संस्थाहरूको कामको मूल्याङ्कन र उनीहरूको कामलाई अझै हौसला प्रदान गर्ने उद्धेश्यले २०८० साल माघ अन्तिम साता काठमाडौँमा ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’ नामक राष्ट्रिय अवार्ड तथा समाजसेवीहरूको कामको सम्मानस्वरूप चौंथोे संस्करणको कार्यक्रम आयोजना गर्न लागेको हो ।
उक्त कार्यक्रममा नेपाल तथा विदेशमा रहेर विभिन्न क्षेत्रहरूमा रहेर नेपाल र नेपालीको दुःख सुखमा साथ तथा हौसला प्रदान गर्ने विभिन्न संघसंस्था तथा सामाजिक व्यक्तित्वलाई सम्मान गरिनेछ । विभिन्न मानवीय, महामारी, वाढी पहिरो भूकम्प तथा प्राकृतिक प्रकोपको विषम अवस्थामा दिनरात नभनी विभिन्न क्षेत्रमा अग्रपंक्तिमा खटेका व्यक्ति तथा संस्था साथै नि...










