विकासमा अब्बल नेता सोमप्रसाद पाण्डे
विकासप्रेमी नेताका रुपमा चिनिनुहुन्छ सोमप्रसाद पाण्डे । मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि उहाँ पाल्पा क्षेत्र नं २ बाट एकीकृत समाजवादीका तर्फबाट काँग्रेस वाम गठबन्धनका साझा उमेद्वार बन्नुभएको छ । प्रजातान्त्रीक आन्दोलनसँगै राष्ट्रिय राजनीतिमा होमीनुभएका पाण्डे २०५१, २०५६, २०७० र २०७४ मा साँसदका रुपमा निर्वाचित व्यक्तित्व हुनुहुन्छ ।
विकास प्रेमी नेताका रुपमा छवी बनाइसक्नुभएका उहाँ पाल्पा २ मा निर्विकल्प व्यक्तित्व हुनुहुन्छ । जसको उपस्थिति विना सिंगो पाल्पाले एक्लो महशुष गर्ने गरेको छ । बिशेषगरी पाल्पाको विकासमा सोमप्रसाद पाण्डेको भूमिका महत्वपूर्ण मानिन्छ । सडक निर्माण, पुर्वाधारको विकास, विभिन्न गाउँमा खानेपानीको व्यबस्थापन, सौचालयको व्यबस्थापन, शिक्षाका लागि पूर्वाधारको निर्माण जस्ता कार्यले सोमप्रसाद पाण्डेलाई पाल्पाले विकासप्रमि नेताका रुपमा स्थापीत गरेको छ । अधि...









