Sunday, November 22

समाचार

राजदिपको’चट्ट कपाल कोरेर’ सार्बजनिक
मनोरन्जन, समाचार

राजदिपको’चट्ट कपाल कोरेर’ सार्बजनिक

काठमाडौ, साउन २२ ग्यालेक्सी दैनिक गायक तथा मोडेल दिपक बिडारी राजदिपको स्वरमा सजिएको आधुनिक गित 'चट्ट कपाल कोरेर'को म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक राजदिपलाई उक्त गितमा निकिता थापाले गायनमा साथ दिएकी छिन । बृजेश श्रेष्ठको एरेन्ज र आशिष् प्रजापतिको शब्द रहेको गीतको भिडियो आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । उक्त गितको भिडियोलाइ कपिल कार्कीको निर्देसन र अर्जुन सिलवालको कोरियोग्राफी रहेको छ । करिब एक दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेका राजदिपसंगै आलिसा बास्तोलाले मोडलिङ गरेको यस् भिडियोलाइ बालकुमार मगरले खिचेका हुन । भक्तपुर जिल्लाको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त भिडियो उत्कृष्ट बनेको निर्देशक कपिल कार्किले बताए । साइराम पिक्चर्स युटुब च्यानलबाट सार्वजनिक भएको यो गितलाइ कागेश्वोरी मनोहरा महोत्सवमा विभिन्न चर्चित कलाकारहरुको हातबाट बिमो...
बिनय कार्कीकी छोरी आरोही चलचित्र ‘बालापन’मा अनुबन्धित
मनोरन्जन, समाचार

बिनय कार्कीकी छोरी आरोही चलचित्र ‘बालापन’मा अनुबन्धित

काठमाडौ, साउन २२ ग्यालेक्सी दैनिक बहुप्रतिभाशाली बाल कलाकार आरोही कार्की चलचित्र बालापनमा अनुबन्धित भएकी छिन । आरोहीले थुप्रै चर्चित टेलिचलचित्र गोठालो, सौतेनि आमा लगयातमा मुख्य भुमिकामा अभिनय गर्दै उनले आफ्नो अभिनय क्षमता प्रदर्शन गरिसकेकी छिन । उनको यो पहिलो डेब्यु चलचित्र हो । आरोही नेपाली साङ्गितिक जगतमा राम्रो नाम कमाउन सफल गायक, एरेन्जर, सङ्गीतकार बिनय कार्कीकी छोरी हुनु । चलचित्रका कलाकार अनुबन्धित गर्ने कार्यक्रमसंगै सम्पूर्ण टिमको उपस्थितिमा चलचित्रको शुभमुर्हत पनि गरियो । चलचित्रमा सुनिल थापा, धिरेन शाक्य, सबिन श्रेष्ठ, राजकुमार थापा, रेशम फिरिरी, सोनिया बि.सि., सुश्मा तामाङ्गको साथमा बाल कलाकार आरोही कार्की लगायतको मुख्य भिमिका रहेको छ । जिम्बा फिल्मको ब्यानरमा बन्ने उक्त चलचित्रमा कथा, निर्देशन शिव आर. जि.को रहेको छ भने छायांकन रामकृष्ण कडेँल, निर्माता हट ...
शाइन रेसुङ्गा र रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल -भुटान बीच सम्झौता
मनोरन्जन, समाचार

शाइन रेसुङ्गा र रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल -भुटान बीच सम्झौता

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल —भुटान बीच सहकार्य गर्ने सम्झौता भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडका डेपुटी सिइओ लोकराज पनेरु, रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल—भुटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजु र डिस्ट्रिक्ट रोट्रयाक्ट रिप्रिेजन्जेटिभ लक्ष्मण खरेलबीच सहकार्य गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा युवा नेतृत्व, पेशागत विकास र हरित विकास लगायतका विषयमा समेटिएका छन् । रोट्रयाक्ट डिस्ट्रिक्टको को उद्देश्य बमोजिम विभिन्न सामाजिक कल्याणका परियोजनाहरूलाई प्रेरणादायी, सशक्त र रुपान्तरण गर्ने सम्बन्धी कार्यहरूका लागि संयुक्त रुपमा सहकार्य गर्ने सहमति भएको हो । रोट्रयाक्ट डिस्ट्रिक्टले गर्ने वातावरण,हरियाली तथा सरसफाई सम्वन्धि कार्य ,फोहोर व्यवस्थापन र युवाहरुले गर्ने हरेक कार्यक्रममा बैंकले वित्तिय तथा अन्य सहयोग गर्नेछ । यह...
”कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार”बरिष्ठ गीतकार बल्लभलाई प्रदान गरिने
मनोरन्जन, समाचार

”कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार”बरिष्ठ गीतकार बल्लभलाई प्रदान गरिने

काठमाण्डौ– टिकागोपाल एम्. क्रियशन प्रा.लि.को आयोजनामा चर्चित सांगीतिक जोडी कन्हैया सिंह परियार र अन्जना गुरुङको नामबाट स्थापना भएको ”कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार” श्रावण १८ गते राजधानी काठमाण्डौ स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने भएको छ । शो कार्यक्रमको कार्यसमिति विस्तार समेत भएको छ । कार्यक्रमको प्रमुख सल्लाहकारमा विशिष्ट संगीतकार तथा सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बासकोटा, विशेष सल्लाहकार संविधानविद् डा. भीमार्जुन आचार्य (गायक अर्जुन मिलन), मानार्थ सल्लाहकार विशिष्ट लोकगायिका चन्द्रकला शाह (शाहलाई यसअघि कन्हैया-अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिएको थियो) , त्यस्तै पुरस्कार समितिको अध्यक्षमा टिकागोपाल एम्. क्रियशनकी गीता सिंह, कार्यक्रम निर्देशक चर्चित सङ्गीतकार सन्तोष श्रेष्ठ, सदस्यसचिव चलचित्र निर्देशक माधब राज खरेल र सदस्यहरुमा मोडल अपेक्ष...
‘प्रेमगन्ज’को गीत ‘मज्जा आउँदै छ’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘प्रेमगन्ज’को गीत ‘मज्जा आउँदै छ’ सार्वजनिक(भिडियो)

चलचित्र ‘प्रेमगन्ज’को गीत ‘मज्जा आउँदै छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतले निकै शशक्त प्रेम भाव प्रकट गरेको छ । गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द र किरण भुषालको स्वर र संगीत रहेको छ । परिच्छेद सेन निर्देशित चलचित्रको गीतमा सुप्रिया खनाल र राइडर प्रशन फिचर छन् । परिच्छेदकै लेखन रहेको चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानिया लगायतका कलाकारको पनि अभिनय रहेको छ । सञ्जय लामाको छायाँकन रहेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको चलचित्र चलचित्र चौतारीको ब्यानरमा बनेको हो । चलचित्र भदौ ३ गतेबाट प्रदर्शन हुनेछ । https://youtu.be/ez18SWwiPx0...
सगरमाथा म्युजिक अवार्डको चौथो संस्करणका लागि आवेदन खुल्ला
मनोरन्जन, समाचार

सगरमाथा म्युजिक अवार्डको चौथो संस्करणका लागि आवेदन खुल्ला

ज्योति विकास बैंकको प्रस्तुति रहेको सगरमाथा म्युजिक अवार्डको चौथो संस्करणको लागि आवेदन खुल्ला गरिएको छ । अर्थ नेपाल प्रा.लि.को आयोजनामा हुने अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले टाइटल स्पोन्सर गरेको छ भने ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ । अवार्डमा २०७८ वैशाखदेखी २०७८ चैत्रसम्म बजारमा आएका गीत सङगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी गराउनुभएको छ । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले बताउनुभएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन लागेको चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरूले सहभागी हुन सक्ने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिनुभएको छ ...
जिनियस म्यूजिक अवार्ड २०७९ हुँदै, डा.भोला रिजाललाई दिर्घ साधना सम्मान
मनोरन्जन, समाचार

जिनियस म्यूजिक अवार्ड २०७९ हुँदै, डा.भोला रिजाललाई दिर्घ साधना सम्मान

काठमाडौं, साउन १७ ग्यालेक्सी दैनिक यस वर्षको जिनियस म्यूजिक अवार्डमा वरिष्ठ गीतकार डा.भोला रिजाललाई दिर्घ साधना सम्मान प्रदान गरिने भएको छ । वरिष्ठ स्त्री रोग विशेषज्ञ समेत रहेका डा.रिजालका शव्दमा तयार भएका थुप्रै गीतहरु लोकप्रिय रहेका छन । लामो समयदेखि गीत संगित क्षेत्रमा सक्रिय गीतकार डा.रिजाललाई नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री जिवन राम श्रेष्ठ तथा वरिष्ठ संगितकार शम्भूजीत बासकाेटाको हातबाट नगद सहित दिर्घ साधना सम्मान प्रदान गरिन लागेको आयोजक संस्थाका प्रमुख रमेश पाठकले जानकारी दिएका छन । आउदो शनिवार राष्ट्रिय नाचघरको हलमा दिउसो २ बजेबाट अवार्ड कार्यक्रम शुरु हुनेछ । संस्थाको आफ्नो अफिसियल वेबसाईट मार्फत उत्कृष्ट टप ५ मा परेका कलाकर्मीहरुको नाम र प्रमाण पत्र सार्वजनिक तथा बितरण भैसकेको छ । मनोनयनमा परेका कलाकारहरुले संस्थाको वेबसाईट www.geniusmusic.com.np ब...
अब जनता उठनु पर्ने बेला भयो
विचार, समाचार

अब जनता उठनु पर्ने बेला भयो

-डा.डिआर उपाध्याय, काठमाडौं । मुलुकको विकास र समृद्धि भन्ने कुरा धेरै पहिले देखि उठेको कुरा हो । तर ब्यवहारमा कुनै कुरा लागु हुन सकेको छैन । देशको बिकासका लागी दीर्घकालिन र अल्पकालिन योजना बनाइनु पर्ने हुन्छ । योजना नबनेका पनि होइनन् तर कार्यान्वयनको पक्ष फितलो छ । राजनीतिक दल र तिनका नेताहरु संघीय निर्वाचनमा फेरि कसरी जितेर आउने र मुलुकमा लुटतन्त्र मच्याउने भन्नेमा केन्द्रित बनेको देखिन्छ । महँगीले आमजनता आजित र निराश छन् । राजनीतिक दल र तिनका नेताविरुद्धको आक्रोश चुलिँदो छ । तर, पनि शासकहरू कानमा तेल हालेर आरामले सुति राखेको जस्तो बहाना गरिरहेका छन । उनीहरु सत्तामा रहेर लुटतन्त्र मच्याउनमा नै व्यस्त छन् । सत्तापक्ष, प्रतिपक्ष सबै आआफनो दुनो सोझाउन ब्यस्त छन । जनताको चुलो राम्ररी बले नबलेको, जनताले उपचार राम्ररी पाए नपाएको यो बिषयमा सरकार बेखवर जस्तै छ । सरकारलाई कुनै मतलब नै छैन । ...
पाल्पाको रानी महलमा धिरेन शाक्य र मन्जु थापाको जोडी(भिडियो)
मनोरन्जन, समाचार

पाल्पाको रानी महलमा धिरेन शाक्य र मन्जु थापाको जोडी(भिडियो)

सदावहार नायक धीरेन शाक्य र हङकङ निवासी मोडेल तथा गायिका मञ्जु थापा अभिनित ‘माया लाउँदै जाऊ’ गीतको भिडियो सार्वजनिक भएको छ । केही समयअघि लाजिम्पाटस्थित नेपाली चुलो रेस्टुरेन्टमा एक कार्यक्रम मार्फत विशिष्ट व्यक्तित्व, कलाकार तथा सञ्चारकर्मीमाझ सो कार्यक्रम सम्पन्न गरिएको हो । गीत गायक आनन्द कार्की र गायिका साधना सरगमको सुमधुर स्वरले सजिएको छ भने संगीत सचिन सिंहको संगीत रहेको छ । ऐतिहासिक नगरि पाल्पाको रानीमहल लगायतको मनमोहक स्थानहरु समेटिएको यस् भिडियोमा मञ्जु थापाको निर्माण, कमल राईको निर्देशन तथा कोरियोग्राफी, उत्तम हुमागाईको छायांकन, प्रवीण श्रेष्ठको सम्पादन सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, राजेश महर्जनको निर्माण व्यवस्थापन, सुरज बास्तोलाको ध्वनि नियन्त्रण र आर्या गुरुङको शृङार रहेको छ। हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’द्वारा सञ्चालित कार्यक्रममा समाजसेवी अशोक महर्जन, लाजिम्प...
‘बर्खे झरी’सार्वजनिक
मनोरन्जन, समाचार

‘बर्खे झरी’सार्वजनिक

काठमाडौं, साउन १६ ग्यालेक्सी दैनिक 'बर्खे झरी' बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक निशान भट्टराई र गायीका रानु निरौलाको आवाज सुन्न सकिन्छ । किरण भण्डारीको शव्द, संगीत तथा संगीत संयोजन रहेको गीतको मिक्सिङ तथा मास्टरिङ अनिल नकर्मीले गरेका हुन् । गौरव गिरीले निर्दशन गरेको म्युजिक भिडीयोमा प्रियाना आचार्य, दिवस नाथ, निशा खतुन र राज टाईगरको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोमा बसन्त कुँवरको छायाँकन,बलभद्र कुवँरको सम्पादन र सरस्वती श्रेष्ठको मेकअप समाबेस रहेको छ । म्युजिक भिडीयोलाई सदिक्षा फिल्म्स अफिसियलबाट सार्वजनिक गरिएको हो । https://youtu.be/Xqd4UhFecxA...