Monday, November 23

समाचार

विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘मन बिगार्‍यो स्त्री जातैले’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘मन बिगार्‍यो स्त्री जातैले’सार्वजनिक(भिडियो)

विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘मन बिगार्‍यो स्त्री जातैले…’ सार्वजनिक भएको छ । ‘मन बिगार्‍यो स्त्री जातैले, तन बिगार्‍यो लोकलको मातैले’ गीतको भिडियो डीआर म्युजिक क्रियशनमार्फत सार्वजनिक भएको हो । बाबुल गिरीको सङ्गीत तथा सङ्गीत सङ्योजन, एचबीएन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतमा प्रतापदास र रचना रिमालको स्वर छ । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, प्रियना आचार्य र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । अनिता ग्वाचाको शृङ्गार रहेको गीतको भिडियोमा माइकल स्टेप अप आर्ट एण्ड एकेडमीको कोरियोग्राफी छ । रोमाटिक शैलीको भिडियोमा उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर रहेको छ । एउटा फरक स्वादको गीतको भिडियो दर्शकमाझ प्रस्तुत गरेको निर्देशक माइकल चन्दले बताउनुभयो । गी...
बानिका प्रधानको स्वरमा भजन ‘कहाँ छन् प्रभु’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

बानिका प्रधानको स्वरमा भजन ‘कहाँ छन् प्रभु’सार्वजनिक(भिडियो)

बानिका प्रधानको स्वरमा रहेको भजन ‘कहाँ छन् प्रभु…’ सार्वजनिक भएको छ । हरि उप्रेतिको शब्द, एमके गजमेरको सङ्गीत र अजनिश राईको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । राधिका उप्रेतिको प्रस्तुति रहेको भजनको भिडियोमा विजय गुरूङ, समप्रिया खडका र मुना खडकाको साथमा पुनम गुरूङ र बालकलाकार त्रिबि गुरूङको अभिनय रहेको छ । विक्रम चौहानले निर्देशन गरेको भजनको भिडियोमा प्रकाश खडकाको छायाँकन र लक्षमण चौहानको सम्पादन छ । भजनको भिडियो हरि उप्रेति अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।...
टोखा नगरलाई सुशासानसहितको समृद्ध र सुन्दर नगर बनाउछु – शेखर श्रेष्ठ
अन्तरवार्ता, राजनीति, समाचार

टोखा नगरलाई सुशासानसहितको समृद्ध र सुन्दर नगर बनाउछु – शेखर श्रेष्ठ

काठमाडौं – बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा काठमाडौंमा रहेको टोखा नगरपालिकाको नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार शेखर श्रेष्ठ यति बेला चर्चामा रहेका छन् । उनको उम्मेदवारी दर्तासगैं उनको चर्चा सुरु भएको हो । टोखा नगरमा निष्ठावान, विकासप्रेमी, कम बोल्ने, काम धेरै गर्ने स्वच्छ छवि भएका उनी यति बेला जनताको घरधैलोमा भोट माग्दै हिडिरहेका छन् । टोखाको समस्या नजिकबाट बुझेका र त्यसलाई समाधान गर्ने सक्ने क्षमता भएको कारण पनि उनी टोखा नगरबासीको आशाको केन्द्र बनेका हुन । उनी टोखाका नगरको विकास र समृद्धिका लागि इमान्दार र निष्ठाको साथ काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । उनी जनताको प्रतिक्रियाबाट उत्साहित भएका छन् । जनताको सेवामा आफु सधै लाग्ने स्पष्ट पारे । उनी आफुले बाँचा गरेका कुरा पुरा गर्ने बताए । बोलेर होइन काम गरेर देखाउँछु । एक मौका दिन मतदातालाई आग्रह गरेका छन् । मतदातालाई क...
जन्ती बोकेको जिप दुर्घटना, तीनको मृत्यु
समाचार

जन्ती बोकेको जिप दुर्घटना, तीनको मृत्यु

गोरखामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटनामा परी  साँझ तीनजनाको मृत्यु भएको छ । चितवनबाट जन्ती लिएर आएको जिप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरुबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिए। बा१४च ७८१ नं. को स्कार्पियो जिप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको उनको भनाइ छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान हुन नसकेको एसपी खनालले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय गोरखाबाट डिएसपी लीलाराज लामिछाने नेतृत्व प्रहरीको प्रहरी टोली घटनास्थल पुगिसकेको उहाँले बताए।...
माधवराज खरेल निर्देशित चलचित्र चिट्ठी’को छायांकन सम्पन्न
मनोरन्जन, समाचार

माधवराज खरेल निर्देशित चलचित्र चिट्ठी’को छायांकन सम्पन्न

काठमाण्डौ – नेपाली कथानक चलचित्र चिट्ठीको छायांकन सम्पन्न भएको छ । एरा प्रोडक्सन प्रा.लिको व्यानरमा निर्माण हुनलागेको चलचित्रको निर्देशन माधव राज खरेलको रहेको छ भने प्रमुख भुमिकामा नायक संञ्जित भण्डारी, कमेडि च्याम्पियनका सेकेण्ड रनअप खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसेका साथै शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराइर्, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पुर्ण राई, राजु कार्की, रज्जु गुरुङ,मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ । जिवन पराजुलीको छायाँकन रहेको चलचित्र चिट्ठीमा नरेश खरेलको मेकअप रहेको छ । काठमाण्डौ, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीय स्थलहरुमा सम्पन्न गरिएको चलचित्र चिट्ठी अहिलेको नेपाली बजारम...
मिलाप स्रष्टा सम्मान तथा शुभकामना आदान प्रदान
समाचार, समाज

मिलाप स्रष्टा सम्मान तथा शुभकामना आदान प्रदान

काठमाडौं- विगत बाह्र वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष २०७९ शुभकामना आदान-प्रदान’ कार्यक्रम गरेको छ । काठमाडौंको कान्तिपथमा एक विशेष सामारोहबीच मिलापले पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानको प्रमुख आतिथ्यतामा शुभकामना तथा मिलाप स्रष्टा सम्मान कार्यक्रम गरेको हो । पहिलो महिला छायांकार तथा नेपाल टेलिभिजन बोर्ड सदस्य सबनम मुखिया, गीतकार संघका निर्वतमान अध्यक्ष वरिष्ठ गीतकार चुडामणि देवकोटा, रेडियो प्रसार सेवा विभाग समितिका सदस्य तथा वरिष्ठ गायक सीताराम पोख्रेल, सञ्चारिका समूह नेपालकी अध्यक्ष विमला तुम्खेवालगायतको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको शुभारम्भ गायक तथा संगीतकार शिशिर योगीले ‘यो देशमा म एउटा मान्छे खोजिरहेको छु….’ बाट गर्नुभएको थियो । समारोहमा टीका-गोपाल गीतसंगीत विशेष सम्मान-२०७९ बाट संगीतकार सन्तोष श्रेष्ठलाई सम्मान गरि...
पत्रकार प्रकाश खालिङ गठबन्धनको तर्फबाट उम्मेदवार
राजनीति, समाचार

पत्रकार प्रकाश खालिङ गठबन्धनको तर्फबाट उम्मेदवार

-डा.डिआर उपाध्याय, सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकेर मनोनयन सकिसक्दा पत्रकारहरुको उम्मेदवारीले प्राथमिकता पाएको छ। सोलुखुम्बुको ८ स्थानीय तहहरु मध्ये पालिका र वडाहरुमा उम्मेदवारी पहिलाको तुलनामा ह्वात्तै बढेको छ। सोलुखुम्बुमा एक पालिका प्रमुख र दुई वडा अध्यक्षमा चर्चित पत्रकारहरूको उम्मेदवारी परेको छ। सोलुखुम्बु माप्य दुधकोशी गाउँ पालिका वडा न २ मा शिखर पोष्टका प्रधान सम्पादक तथा युवा प्रतिभाशाली युवा नेता प्रकाश खालिङको उम्मेदवारी परेको छ। खालिङ लामो समय देखि व्यवसायीक पत्रकारितामा ब्यस्त थिए। पत्रकारिता संगै राजनीतिमा सक्रिय खालिङ्लाई माओवादी पार्टिले गठबन्धनको तर्फबाट उम्मेदवार बनाएर निर्वाचनमा पठाएको छ। सरल स्वभाव, हसिलो, सहयोगी स्वभावका खालिङ वडाको उम्मेदवार बनेपछि कार्यकर्ताहरुमा खुसियाली छाएको छ। खालिङ बाहेक उम्मेदवार बनाउदा नजित्ने अवस्था देखिएपछि पार...
‘यहि हो मेरो देश’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘यहि हो मेरो देश’सार्वजनिक(भिडियो)

काठमाडौं । गीतकार धर्मेन्द्र खड्काको रचना रहेको ‘यहि हो मेरो देश’ बोलको राष्ट्रिय गीत सार्वजनिक भएको छ । चर्चित गायक शिब परियार र गायिका आनी छोइङ डोल्माको सुमधुर स्वरले सुसज्जीत गीतलाई शिब बराइलीको संगीत र संगीत संयोजन रहेको गीतको भिडियो यसै साता बजारमा आएको हो । होराइजन स्टुडियोमा रेकर्ड भएको गीतलाई प्रदिप जोशीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतका रेकर्डिस्ट रेशम गदाल हुन् । गीतको कोरस गायनमा संगीता रानापहेली, अप्सरा योगी, खुशी थुलुङ्ग राई, बिशालदेब श्रेष्ठ, युवराज घर्ती मगर र सगुन लिम्बुको स्वर सुन्न सकिन्छ । गीतमा नेपालका विभिन्न सम्पदा, संस्कृत र प्राकृतिक सुन्दताको वर्णन गरिएको छ । गीतको म्युजिक भिडियो बिकल रानापहेलीले गरेका हुन् । राना पहेलीले गीतको भिडियोमा देशभक्ति भावलाई निकै प्रभावशाली रुपमा समेटेका छन् । भिडियोलाई योगेश दाहालले छायाँकन र सम्पादन गरेका हुन् । ...
स्थानीय तहको निर्वाचनमा युवाको प्रतिनिधित्व
राजनीति, समाचार

स्थानीय तहको निर्वाचनमा युवाको प्रतिनिधित्व

डा.डिआर उपाध्याय, स्थानीय तहको निर्वाचनमा युवाको प्रतिनिधित्व बढी मात्रमा हुनु पर्छ । युवा भनेका देशका कर्णधार हुन । अहिलेका युवाहरु पढे, लेखेका छन । स्थानीय तहको निर्वाचनमा युवाको सहभागीता अति आबश्यक छ । गाउँको बिकासका लागी युवाहरुलाई रोज्नु पर्छ । सबै राजनीतिक दलहरुले युवाहरुलाई नै उम्मेदवारी बनाउँदा जनतामा आशा र भरोसा पलाउन सक्छ की भन्ने हो । आज जनता धेरै निराश बनेको अबस्था छ । जनतालाई निराश हुन दिनु हुदैन । जनताको सुख दुःखमा साथ दिने जोशिला र भिजन भएका युवाहरुको खाँचो छ अब । अब पुराना र भिजन नभएका नेताहरुबाट बिकास हुन सक्दैन । बिकासको लहर ल्याउने युवा जोशलाई जनप्रतिनिधि बनाउँन सकियो भने केही हुन्छ की भन्ने हो । आज युवाहरु देशमा रोजगार नपाएर बिदेश पलायन छन । युवाको अभावमा खेत बारी बाँझा छन । अब गाउँमै युवाहरुलाई सीप सिकाएर कृर्षि कर्ममा लगाउनु पर्ने आबश्यकता देखियो । त्यसो भएकोले ...
कीर्तिमानी डा. उपाध्यायको उपन्यास ‘भाइरस लभ’ तिलिचो हिमालमा लोकार्पण
मनोरन्जन, समाचार

कीर्तिमानी डा. उपाध्यायको उपन्यास ‘भाइरस लभ’ तिलिचो हिमालमा लोकार्पण

काठमाडौं । विश्वकीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको नयाँ उपन्यास ‘भाइरस लभ’ मनाङमा रहेको तिलिचो तालको उचाईमा लोकार्पण गरिएकोे छ । उपन्यास ‘भाइरस लभ’ नयाँ वर्षको दिन वैशाख १ मा तिलिचो तालसँगैको हिमालको पाँच हजार एकसय ६ मिटर उचाईमा लोकार्पण गरिएको हो । पुस्तकलाई पत्रकार कृष्ण भुसाल, निर्देशक माइकल चन्द, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, छायाँकार उत्सब दाहाल, सुबिन गोदार, मेकअप आर्टिष्ट अनिता ग्वाछा, ध्वनी सम्पादक कुमार केसी फ्रान्सेली नागरिक क्यामिला लगायतले पाँच हजार एकसय ६ मिटर उचाईमा लोकार्पण गर्नुभएको थियो । १९२ पेजको उपन्यास चालिस भाग विभाजन गरिएको छ । संक्षिप्त कार्यक्रममा उतिथिहरूले उपन्यासका बारेमा आ–आफ्ना भनाइ राखेका थिए भने स्रष्टा उपाध्यायलाई बधाई तथा शुभकामना दिएका थिए । यो उचाईमा उपन्यास लोकार्पण गरिएको विश्वमा पहिलो पल्ट भएको उपन्यासकार डा. उपाध्या...