Friday, November 20

स्वास्थ्य

नेपालमा एकैदिन ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ को मृत्यु
समाचार, स्वास्थ्य

नेपालमा एकैदिन ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ३८८ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । १६ हजार ५५८ जनाको पीसीआर र ५१८ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ । योसहित ज्यान गुमाउनेको संख्या ३३ सय ६२ पुगेको छ । काठमाडौँ उपत्यकामा मात्रै थपिए ३६ सय ६६ संक्रमित पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३६ सय ६६ जनामा कोरोना भाइरसको सं...
२४ घण्टामा ५ हजार ७२७ जनामा कोरोना संक्रमण, थप ३३ जनाको मृत्यु
समाचार, स्वास्थ्य

२४ घण्टामा ५ हजार ७२७ जनामा कोरोना संक्रमण, थप ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ३३ जनाको मृत्यु भएको छ । बिहिबार थप ५ हजार ७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १५ हजार ३९१ जनाको पीसीआर परिक्षण गर्दा ५ हजार ६५७ जनामा र ५२५ जनाको एन्टीजेन परिक्षण गर्दा ७० जनामा गरी ५ हजार ७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ रहेको छ । पछिल्लो २४ घण्टामा ९२८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार २७९ जनाको मृत्यु भएको छ । यस्तै, हालसम्म ५५ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २४ लाख ७३ हजार ९५६ जनाको पीसीआर परीक्षण गरिएको छ ।...
नेपालमा मृत्युदर १.०२६ प्रतिशत
समाचार, स्वास्थ्य

नेपालमा मृत्युदर १.०२६ प्रतिशत

देशभर कोरोना संक्रमित संख्या ३ लाख १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको हो । सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको छ । केही दिनयता संक्रमणदर बढ्दो क्रममै छ । कुल संक्रमितमध्ये २ लाख ७९ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणबाट ३ हजार २ सय ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै १७ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये १।०२६ प्रतिशतको मृत्यु भएको छ । हालसम्म २४ लाख ४५ हजार ९ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल, देशभर ५४ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा ४ हजार ८ सय ९७ संक्रमित थपिएका छन् । जसअन्तर्गत प्रदेश १ को इलाममा ३, उदयपुरमा २, खोटाङमा २, ओखलढुंगामा १, झापामा ४०, ताप्लेजुङमा १३, धनकुटामा १, मोरङमा १ सय २८, सुनसरीमा ४९ ज...
सबै अस्पताललाई ओपीडी सेवा बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
समाचार, स्वास्थ्य

सबै अस्पताललाई ओपीडी सेवा बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ती सेवा बन्द गरे पनि आकस्मिक सेवा भने सुचारु राख्न भनिएको जानकारी दिए । आज एकै दिन चार हजार ५२४ जना कोरोना सङ्क्रमित भएको र १८ जनाको निधन भएको छ । मन्त्रालयले आजै कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो समय बिदा नदिन र यसअघि लामो बिदामा बसेका कर्मचारीलाई तुरुन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्नसमेत निर्देशन दिएको थियो...
संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, बिहीबार थपिए २ लाख १६ हजार
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, बिहीबार थपिए २ लाख १६ हजार

भारतमा कोरोनाभाइरसको संक्रमण दिन दुई गुना रात चौगुनाका दरले बढिरहेको छ। बिहीबार एकैदिन भारतमा २ लाख १६ हजार ९ सय २ जना कोरोनाका संक्रमित थपिएका छन्। कोरोनाभाइरसको महामारी सुरू भएपछि पहिलो पटक भारतमा एकैदिन यति धेरै कोरोना संक्रमित थपिएका हुन्। ११ दिनअघि पहिलो पटक दैनिक संक्रमण १ लाख पार गरेको भारतमा त्यसपछि संक्रमितको संख्या कुनै दिन ओह्रालो लागेन। अहिले भारतमा सक्रिय संक्रमितको संख्या  १५ लाख छ। अप्रिल १ मा  संक्रमितको संख्या ६ लाख १५ हजारमात्र थियो। एकैदिन दुई लाखभन्दा बढी संक्रमित थपिने भारत संसारकै दोस्रो मुलुक हो। भारतभन्दा पहिला संयुक्त राज्य अमेरिकामा एकै दिन ३ लाखभन्दा बढी संक्रमित थपिएका थिए। बिहीबार भारतक १४ राज्य  र केन्द्र प्रशासित क्षेत्रमा कोरोनाको संक्रमण बढेको छ। संक्रमण बढेसँगै मृत्यु हुनेको दैनिक संख्या पनि बढ्न थालेको छ। बिहीबार भारतभर १ हज...
भारतमा एकैदिन थपिए १ लाख ६० हजार कोरोना संक्रमित
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा एकैदिन थपिए १ लाख ६० हजार कोरोना संक्रमित

भारतमा थप १ लाख ६० हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ‍१ लाख ६० हजार ६९४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । यो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३६ लाख ८६ हजार ७३ पुगेको छ । भारतमा हालसम्म १ करोड २२ लाख ५० हजार ४४० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १२ लाख ६४ हजार ५४४ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७१ हजार ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८८० जनाको मृत्यु भएको छ ।...
कोरोनाले एकै दिन १३ जनाको मृत्यु
समाचार, स्वास्थ्य

कोरोनाले एकै दिन १३ जनाको मृत्यु

 पछिल्लो समय नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । सोमबार एकै दिन १३ जनाको मृत्यु भएको छ । केही समययता एकै दिन कोरोनाबाट यति धेरै मृत्यु भएको यो पहिलो पटक हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको जानकारी दिए । यसअघि दैनिक तीन–चार जना सङ्क्रमितको मात्र मृत्यु हुने गथ्र्यो भने कहिलेकाहीँ मृत्यु शून्य हुने गरेको थियो । यसअघि कात्तिकमा २० जना सङ्क्रमितको एकै दिन मृत्यु भएको थियो । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ५३ जना पुगेको छ । आइतबार एक कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । गत जेठबाट कोरोना सङ्क्रमितको मृत्यु हुन थालेको हो । सिन्धुपाल्चोककी सुत्केरी महिलाको धुलिखेल अस्पतालमा पहिलो पटक मृत्यु भएको थियो ।...
नेपालमा थप १३ संक्रमितको मृत्यु, ४९६ थपिए
समाचार, स्वास्थ्य

नेपालमा थप १३ संक्रमितको मृत्यु, ४९६ थपिए

नेपालमा थप १३ कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो भने विभिन्न समयमा कोरोनाले ज्यान गुमाएका ५ जनाको विवरण सोही अवधिमा प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । योसँगै हालससम्म नेपालमा ३ हजार ५३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ४९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३८ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म २ लाख ७४ हजार १६५ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो एक साताको विवरण हेर्दा कोरोना संक्रमितको दर बढ्दो देखिएको छ । गत सोमबार चैत २३ गते नेपालमा...
२४ घण्टामा थप ३०३ कोरोना संक्रमित थपिए, एकको मृत्यु
समाचार, स्वास्थ्य

२४ घण्टामा थप ३०३ कोरोना संक्रमित थपिए, एकको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ८० हजार २८ पुगेको छ । त्यस्तै कोरोनाका कारण सोही अवधिमा थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालससम्म नेपालमा ३ हजार ४० कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४१ जना कोरोनामुक्त भएका छन्  । योसँगै हालसम्म २ लाख ७४ हजार २७ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल २ हजार ९६१ जना आइशोलेशन र ८३ जना क्वारेन्टिनमा रहेका छन् । त्यस्तै नेपालमा हालसम्म २३ लाख १२ हजार ९०१ जनाको पीसीआर परीक्षण भएको छ।...
भेरिएन्टसँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या बढ्यो
समाचार, स्वास्थ्य

भेरिएन्टसँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या बढ्यो

कोरोनाको बेलायती भेरिएन्ट (प्रजाति) सँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या मुलुकभर बढिरहेको छ । संकलित नमुनाको विश्लेषण गर्दा सुरुमा बेलायतमा देखिएको प्रजाति (बी १.१.७) सँग मिल्दोजुल्दो भाइरस बढी मात्रामा फैलिरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।‘ब्राजिल र अफ्रिकामा देखिएका कोरोना भाइरसको नयाँ भेरिएन्टबारे पनि थाहा पाउन १५ वटा नमुना हङकङ पठाएका छौँ । रिपोर्टको प्रतिक्षामा छौँ ।’ ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने । ...