Friday, November 20

स्वास्थ्य

परीक्षणको दायर बढाउँदै काठमाडाैं महानगरपालिका
समाचार, स्वास्थ्य

परीक्षणको दायर बढाउँदै काठमाडाैं महानगरपालिका

कोभिड–१९ सङ्क्रमण फैलिने क्रम बढिरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायर बढाएको छ। यही जेठ १४ देखि १८ सम्म पाँच दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी रहेको छ। परीक्षणका लागि हरेक दिन १० वटा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना सङ्कलन गरिने छ। यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्य रहने कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर जानकारी दिए। प्रमुख कुँवरका अनुसार समुदायमा यस विधिबाट तत्काल नतिजा आउने हुँदा पोजिटिभ देखिएका बिरामीलाई थप परीक्षण र आइसोलेशनका माध्यमबाट समुदायबाट छुट्याउँदै लान सजिलो हुनेछ। कामपाका प्रायः सबै वडामा मानिसको बाक्लो बस्ती रहेकाले पछिल्लो समय हरेक दिन कामपामा सङ्क्रमण बढिरहेका छन्। नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमणबाट मानिस थला पर्न थालेपछि महानगरले सम्पर्क चक्र टुटाउन यस किसिमको अभ्यास गर्न लागेको हो । ठूलो...
थप ७ हजार ४२५ जनामा कोरोना पुष्टि, मृतकको संख्या ६ हजार ५ सय नाघ्यो
समाचार, स्वास्थ्य

थप ७ हजार ४२५ जनामा कोरोना पुष्टि, मृतकको संख्या ६ हजार ५ सय नाघ्यो

सोमबार नेपालमा ७ हजार ४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १९ हजार ८४६ पीसीआर र ६०७ एन्टीजेन परिक्षणमा ७ हजार ४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १८५ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ६ हजार ५३१ जनाको मृत्यु भएको छ ।...
कोभिड–१९ अध्यादेश पालना नगरे १ वर्ष कैद, ५ लाख जरिवाना, मास्क नलगाए पनि जरिवाना
समाचार, स्वास्थ्य

कोभिड–१९ अध्यादेश पालना नगरे १ वर्ष कैद, ५ लाख जरिवाना, मास्क नलगाए पनि जरिवाना

 राष्ट्रपतिले ४ दिनअघि मात्रै जारी गरेको ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश’को पालना नगरे १ वर्ष कैद र ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंmे आज एक सूचना जारी गर्दै यो अध्यादेश बमोजिमको कुनै काम गर्न बाधा अवरोध गर्नेलाई सजाय हुन सक्ने जानकारी दिएको हो । सूचनामा अध्यादेशअनुसार जारी गरिएका मापदण्डको समेत पालना गर्नुपर्ने र निर्धारित मापदण्डको पालना नगर्नेलाई ६ महिनासम्म कैद र तीन लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने समेत उल्लेख छ । अध्यादेशबमोजिम जारी गरिएका आदेशहरु समेत पालना गर्नुपर्नेछ । आदेश पालना नगर्ने व्यक्ति भएमा एकलाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ । यदि संस्थाले आदेश पालना नगरेमा पाँचलाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुन सक्नेछ । मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ,...
प्रहरीद्वारा दश हजार अक्सिजन सिलिण्डर संकलन
समाचार, स्वास्थ्य

प्रहरीद्वारा दश हजार अक्सिजन सिलिण्डर संकलन

नेपाल प्रहरीका सक्रियतामा देशभरका विभिन्न स्थानबाट आजसम्म करीब १० हजार अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पताल र उद्योगमा वितरण गरिएको छ । नेपालमा कोभिड –१९ सङ्क्रमितका लागि अक्सिजन अभाव भएपछि प्रहरीले गत वैशाख २६ गतेदेखि अनावश्यक क्षेत्रमा प्रयोग भइरहेका सिलिण्डर खोजी अभियान थालेको थियो । सोही क्रममा आजसम्म १० हजार २६ सिलिण्डर सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै २३३ अक्सिजन सिलिण्डर सङ्कलन गरिएको जनाइएको छ । तीमध्ये २०४ भरिएका र २९ खाली सिलिण्डर छन् । आवश्यकताभन्दा बढी अक्सिजन राख्ने व्यक्ति, विभिन्न सङ्घसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा मौज्दाज गरिराखिएका अक्सिजन सिलिण्डर सङ्कलन गरिएको प्रहरीले जनाएको छ । यसैबीच विभिन्न जिल्लामा लागू गरिएको निष...
दश दिनसम्म पनि आएन पीसीआर रिपोर्ट
समाचार, स्वास्थ्य

दश दिनसम्म पनि आएन पीसीआर रिपोर्ट

यहाँबाट कोरोना आशङ्कामा परीक्षणका लागि पठाएका स्वाबको नतिजा लामो समयसम्म नआउँदा समस्या हुन थालेको छ । जिल्लाबाट पठाइएका करीब २५० को सङ्ख्याका स्वाबको नतिजा आउन बाँकी छ । गत वैशाख २८ गतेदेखि यताका स्वाबको नतिजा नआउँदा जाँच गराएका व्यक्ति अन्योलमा परेका छन् भने व्यवस्थापकीय जिम्मेवारीमा रहेका निकाय पनि अन्योलमा छन् । कुश्मा नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटाका अनुसार एक हप्तादेखि १० दिनसम्मका रिपोर्ट अझै आएका छैनन् । उनले कुनै उपाय नदेखेपछि फेसबुकमार्फत सरकारलाई ध्यानाकर्षण गराएका छन् । सङ्क्रमितको आशङ्कामा परीक्षण गरिएको रिपोर्टको नतिजा ढिलो आउँदा आफूहरु अन्योलमा रहेको सापकोटाले बताए । प्रयोगशालाले ढिलो रिपोर्ट दिँदा कन्ट्याक्ट ट्रेसिङको कुनै अर्थ नरहने सापकोटाको गुनासो छ । सङ्क्रमणको आशङ्का गरिएकाहरु समुदायमा घुलमिल भइसके । अलिअलि रुघाखोकी लागेका पनि निको भइसकेका छन् । ...
थप ७ हजार ९१४ जनामा कोरोना पुष्टि, १९३ जना मृतक थपिए
समाचार, स्वास्थ्य

थप ७ हजार ९१४ जनामा कोरोना पुष्टि, १९३ जना मृतक थपिए

आइतबार नेपालमा ७ हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १३ हजार ५५७ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १९३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ६ हजार ३४६ जनाको मृत्यु भएको छ ।
भारतमा अहिलेसम्मकै धेरै एकै दिनमा २१ लाख २३ हजारको कोरोना परीक्षण
अन्तर्राष्ट्रिय, स्वास्थ्य

भारतमा अहिलेसम्मकै धेरै एकै दिनमा २१ लाख २३ हजारको कोरोना परीक्षण

भारतमा एकैदिनमा २१ लाख २३ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । एकै दिनमा यति धेरै कोरोना परीक्षण गरिएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार एकै दिनमा २० लाखभन्दा बढीको कोरोना परीक्षण गरिएको यो पाँचौ दिन हो । पछिल्लो २४ घण्टामा भारतमा २१ लाख २३ हजार ७८२ हजार जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । भारतमा दैनिक २५ लाख जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको पनि मन्त्रालयका अधिकारीहरुले बताएका छन् । दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आउदै गएको देखिएको छ । पछिल्ला केही दिनदेखि दैनिक तीन लाखभन्दा कम सङ्क्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका छन् । त्यसैगरी सोही अवधिमा ...
घरघरमा कोरोनाका बिरामी देखिन थालेपछि स्थानीयवासीमा त्राश बढ्दै
समाचार, स्वास्थ्य

घरघरमा कोरोनाका बिरामी देखिन थालेपछि स्थानीयवासीमा त्राश बढ्दै

दोस्रो लहरको कोभिड–१९ का सङ्क्रमित बिरामी घरघरमा देखिन थालेपछि धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासीमा मनमा एक किसिमको डर बढ्दै गएको छ। कोरोना सङ्क्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गई कोरोनाका बिरामी गाउँमा छरछिमेक वरिपरि देखिन थालेपछि मन डर, त्रासले बेचैन हुन थालेको धनगढी–२ का स्थानीयवासी दुर्गा जोशीले बताइन्। “कोरोनाबाट ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या घटनुको साटो बढ्दै गइरहेको छ”, स्थानीयवासी जोेशीले भनिन्, “अघिल्लो वर्षमा कोभिडका बिरामी गाउँ–टोलतिर कोही पनि थिएनन् तर यसपालि भने कोभिडका बिरामी मात्र नभई यसबाट ज्यान गुमाउने व्यक्ति गाउँमा आफ्नै आँखा अगाडि देख्न सकिन्छ, जसले गर्दा मनमा एक किसिमको डर लागिरहन्छ।” मन्टेश्वरी स्कूलकी शिक्षिकासमेत रहेकी जोशीले पछिल्ला केही दिनयता त सामाजिक सञ्जाल खोल्नसमेत डर लाग्ने गरेको कुरा सुनाइन्। उनले भनिन्, “फेसबुक खोल्दा फेसबुक पेजभरि कोरोनाबाट ...
नेपालमा फैलिएको कोरोनाको भारतीय भेरियन्टमा एस्ट्राजेनेकाको एक डोज खोपले काम नगर्ने !
समाचार, स्वास्थ्य

नेपालमा फैलिएको कोरोनाको भारतीय भेरियन्टमा एस्ट्राजेनेकाको एक डोज खोपले काम नगर्ने !

हाल नेपालमा फैलिएको कोरोना भाइरसको भारतीय भेरियन्टमा अक्सफोर्ड एस्ट्राजेनेकाले उत्पादन गरेको खोपको एक डोज प्रभावकारी नहुने दावी गरिएको छ। बेलायतले जारी गरेको तथ्यांकले सो खोपको एक डोजले काम नगर्ने संकेत देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। हाल भारतीय भेरियन्टको कोरोना भाइरसले नेपाल र भारतमा ठूलो संख्यामा मानिसहरु संक्रमित भइरहेका छन् भने दैनिक मृत्यु पनि बढिरहेको छ। बेलायत सरकारको नयाँ अध्ययनअनुसार भारतीय भेरियन्टसँग लड्न दुदई डोज खोप लगाउनुपर्ने देखिएको हो। पब्लिक हेल्थ इंग्याल्याण्डका अनुसार एस्ट्राजेनेकाको दुई डोज खोप लगाएकाहरुमा भारतमा भेटिएको भेरियन्टमा ८१ प्रतिशत काम गरेको छ। उता बेलायतमा फेला परेको भरियन्टमा दुई डोज खोपले ८७ प्रतिशत काम गरेको छ। यस्तै एक डोज खोप लगाएकाहरुमा भारतीय भेरियन्टमा मात्र ३३ प्रतिशत प्रभावकारी देखिएको छ भने बेलायती भेरियन्टमा एक डोज खोप लग...
अमेरिकी सहयोगको पहिलो खेप स्वास्थ्य सामाग्री  काठमाडौं आयो
समाचार, स्वास्थ्य

अमेरिकी सहयोगको पहिलो खेप स्वास्थ्य सामाग्री काठमाडौं आयो

कोरोना भाइरस महामारीको गम्भीर चपेटामा परेको नेपाललाई अमेरिकाले आपतकालीन स्वास्थ्य सहयोग गरेको छ। अमेरिकी सहयोग नियोग यूएसएडले गरेको स्वास्थ्य सामाग्री सहयोगको पहिलो खेप शनिबार काठमाडौं आइपुगेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले सहयोगको पहिलो खेल शनिबार आएको र अरु सहयोग आउनेक्रममा रहेको जानकारी दिएको छ। अमेरिकी कार्गे विमानमार्फत शनिबार अमेरिकी सहयोग काठमाडौं आइपुगेको हो। अमेरिकी दूतावास र यूएसएडका प्रतिनिधिले सो सहयोग समाग्री शनिबारै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेका छन्। शनिबार सर्जीकल मास्क, ग्लोभ्स, शिल्डलगायतका स्वास्थ्य सामाग्री आइपुगेका हुन्। यसअघि पनि अमेरिकाले भेन्टिलेटर, परीक्षण किटलगातका सामाग्री सहयोग गरेको थियो। कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि नेपाल सरकारले औपचारिक रुपमै सहयोग गर्न अन्तर्राष्ट्रिय मित्रहरुलाई आव्हान गरेको थियो। प्रमुख प्रतिपक...