Saturday, November 21

मनोरन्जन

सौगातजंग थापाको “बाँचेकै छ भनिदिनु”(भिडियो)
मनोरन्जन, समाचार

सौगातजंग थापाको “बाँचेकै छ भनिदिनु”(भिडियो)

कृष्ण कार्कीको शब्द,सौगात जंग थापाको संगीतमा “बाँचेकै छ भनिदिनु” सार्वजनिक भएको छ। कृष्ण कार्कीको शब्द,सौगात जंग थापाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक सौगात जंग थापाको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्। युबराज खत्रीको निर्देशन रहेको उक्त भिडियोमा सौगात जंग थापा,रोशन श्रेष्ठ र अर्जुन थामीको अभिनय रहेको छ। सुजन श्रेष्ठले छायाँङ्कन गरेको भिडियोलाई युबराज खत्रीले सम्पादन,कलर गरेका हुन्। सौगात जंग थापाको प्रस्तुती रहेको “बाँचेकै छ भनिदिनु” म्यूजिक भिडियो Saugat Jung Thapa युट्युब च्यानल मार्फत् बजारमा आएको छ।...
चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न
मनोरन्जन, समाचार

चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी ल्यान्ड नेपाल को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई सयानम अधिकारी ले लेखन तथा निर्देशन गरेका छन् । ३५ दिन को अवधिमा सम्पन्न गरिएको यसको छायाङ्कन काठमाडौं, ललितपुर, भक्तपुर, र पर्साको ठोरी क्षेत्रमा गरिएको हो । यसको कथा काठमाडौंको अँध्यारो पक्ष, मानव तस्करी, हत्या, अपहरण र अपराधका कथालाई उजागर गर्ने खालको रहेको निर्देशक अधिकारीले बताए । “एक दाजुले आफ्नी १९ बर्सिया बहिनीको खोजीमा अपराधीहरूसँगको सङ्घर्ष गर्ने कथावस्तुमा आधारित ‘कालमाण्डू’ एक्सन, थ्रिलर र सस्पेन्स विधामा निर्माण गरिएको छ,” निर्देशकले भने । यस चलचित्रमा गजित बिस्ट, अञ्जन थापा, अनिलराज पौडेल, राजन अधिकारी, अलिशा बास्तोला, रोशनी कार्की, ललना चिमारिया, सुगत करणजित, विशाल पहारी, राकेश कलागाईं, र शिव अधिकारीको मुख्य अभिनय रहनेछ । यसको छायाङ्कन प...
बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण
मनोरन्जन, समाचार

बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण

नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलासम्बन्धी ग्रन्थ लोकार्पण गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी ‘बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’ लोकार्पण गरेको हो । ग्रन्थको लोकार्पण काइँलासहित डा. गोविन्दराज भट्टराई, डा. अभि सुवेदी, राससका महाप्रवन्धक सिद्धराज राई, समाजसेवी मकरध्वज वनेमलगायतले लोकार्पण गर्नुभएको थियो । प्रतिष्ठानद्वारा दुई वर्षअघि धरानमा काइँलालाई नागरिक अभिनन्दन गरेको थियो । समारोहमा नेपाली भाषा-साहित्य र कलामा उल्लेखनीय योगदान पुर्‍याउने दुई सर्जकलाई सम्मान र पुरस्कार अर्पण गरिएको थियो । ताप्लेजुङ निवासी राजेश्वर थापालाई प्रतिभा सम्मान र सिक्किम निवासी सन्ध्या सिङजाङगो सुब्बालाई प्रतिभा पुरस्कार अर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बैरागी काइँलाले थापालाई माला, टोपी, सम्मान...
‘लभ पर्‍या छ’मा नायक तेज गिरी(भिडियो)
मनोरन्जन, समाचार

‘लभ पर्‍या छ’मा नायक तेज गिरी(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत एचविएन किस्मतको संगीत संयोजक पारेका छन् । बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको भिडियोमा अभिनेता तेज गिरी र मोडल दिपा शाही फिचर्ड रहेका छन् । अभिनेता गिरीले यसअघि करिब आधा दर्जन सिनेमामा काम गरिसकेका छन् । सार्वजनिक भिडियोले युगल जोडीको प्रेम दर्शाउँछ । प्रेममा रहेको जोडीले आफूहरूको सम्बन्ध घर र समाजसँग लुकाउन गरेको आपसी समझदारी गीतमा सुन्न सकिन्छ । आफ्नो जीवन एकअर्कालाई सुम्पिने निर्णय गरिसकेका युवायुवती परिवारसँग भने डराएर सम्बन्ध गोप्य राख्ने गरेको नेपाली समाजको यथार्थलाई गीतले उठान गरेको छ । एकअर्कासँग नजिक भइसके पनि शारीरिक रुपमा नजिकिन हुन भने डराइरहेका युवायुवतीको कथा गीतमा सुन्न सकिन्छ...
गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियोसहित)
मनोरन्जन, समाचार

गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियोसहित)

काठमाडौं । सारिका घिमिरेको शब्द, संगीत र स्वरमा रहेको गीत ‘झुम्के फुली’ सार्वजनिक भएको । मनोज परियारको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक डान्सिङ्ग नम्बरमा सारिका र अलिशा शर्मा फिचर्ड हुनुहुन्छ । केशवराज भट्टले निर्देशन गरेको भिडियोमा प्रकाश खड्काको छायांकन, मिलन बिस्वकर्माको सम्पादन छ । ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भिडियो र अडियोले दर्शकको मन छुनेमा निर्माण टिम विश्वस्त छ । नायिका तथा गायिका सारिकाका यसअघि सार्वजनिक केही गीत करोडौ क्लवमा छन् ।...
‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’का लागि आवेदन खुल्यो
मनोरन्जन, समाचार

‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’का लागि आवेदन खुल्यो

काठमाडौं । ९ बर्षदेखि लगातार आयोजना हुँदै आएको अबिबाहित र बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’ यस वर्ष पनि हुने भएको छ। दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा राजधानीमा हुने मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२४ को छनौट प्रक्रियाका लागि आगामी फागुन १९ गते नयाँ वानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको उमंग हलमा अडिसन हुने आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले यसबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। पाण्डेका अनुसार अडिसनमा सहभागीहरुबाट नेपालका ख्यातीप्राप्त व्यक्तित्वहरुमो निर्णायक मण्डलले प्रतियोगिको छनौट गर्नेछ। प्रतियोगिताका बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतियोगितामा भाग लिन पाउने तथा चलचित्र, म्युजिक भिडियो र विज्ञापनमा काम गर्ने अवसर प्राप्त गर्ने उनले बताए। आयोजक तथा बरिष्ठ मे...
मनोरन्जन, समाचार

‘फेयर ईन्टरनेशल एजुकेशन अवार्ड’को घोषणा

फेयर एक्सप्रेस मिडिया प्रालीले ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड-२०२५’ काे घोषणा गरेकाे छ। माघ १५ गते मंगलबार काठमाडौँ मोेडेल कलेज (केएमसी) बागबजारमा आयोजना गरिएको आठौँ वार्षिकोत्सवसमारोह कार्यक्रमकाबीच अवार्डकाे घोषणा गरिएको हाे। शैक्षिक क्षेत्रमा विगत आठ वर्षदेखि क्रियाशिल मिडिया फेयर एक्सप्रेसले शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तीहरूलाई सम्मान गर्ने उद्देश्यले अवार्डको आयोजना गर्न लागेको हो। समारोहमा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष तथा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ,वरिष्ठ शिक्षाविद प्रा.डा.विश्वनाथ कोईराला,वरिष्ठ शिक्षाविद एवं मपविविका पूर्वउपकुलपति नन्द बहादुर सिंह ,फेयर एक्सप्रेसका प्रकाशक एवं प्रधान सम्पादक विपिन पोखरेल तथा फेयर एक्सप्रेसका प्रबन्ध निर्देशक राजेन्द्र लुईटेलले अवार्ड प्रदर्शन गर्दै फेयर ईन्टरनेशल एजुकेशन अवार्डको घोषणा गरेका थिए । फेयर मिडि...
मनोरन्जन, समाचार

एनसिआईएफएफको छैटौं संस्करण काठमाडौँमा शुरु

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट काठमाडौँमा सुरु हुँदैछ । चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा माघ १९ गतेसम्म तीन दिन सञ्चालन हुने चलचित्र महोत्सवमा ४७ देशका ९८ चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु प्रदर्शन हुँदैछन् । सबै चलचित्रहरु निःशुल्क हेर्न पाईने आयोजक टीमले जनाएको छ । चलचित्र महोत्सवको ओपनिङ दरबारमार्गस्थित राईजिङ मलको क्युएस सिनेमामा हुनेछ । ओपनिङमा मोहन अभिलाषीले निर्देशन गरेको लघुचलचित्र पाउलो प्रदर्शन गरिनेछ । राईजिङ मलको दुवै हलमा २ दिनसम्म नियमित चलचित्रहरु प्रदर्शन गरिने र चलचित्र विकास बोर्डमा ३ दिनसम्म चलचित्रहरु प्रदर्शन गरिने महोत्सवका निर्देशक सन्तोष सुवेदी बताउँछन् । महोत्सवमा सहभागी राष्ट्रिय चलचित्रतर्फ लक्ष्मण सुनारको बुलाकी, दिनेश राउतको पुजार सार्की, सत्यराज चौलागाईको विच्छेद, सनोल द...
मनोरन्जन, समाचार

‘झुपडी महल भयो’ लिएर आए सुमन र युनिता (भिडियो)

काठमाडौँ । गायिका सुमन गुरुङ र गायक रिकेश गुरुङको नयाँ गीत झुपडी महल भयो सार्वजनिक भएको छ ।  कुन्सांग बोम्जन र युनिता खत्रीको अभिनय रहेको भिडियो रिकेश गुरुङको युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । माया प्रेमलाई निखार्दै बनाइएको गीतमा मोडलद्वयको अभिनयले जीवन्तता प्रदान गरेको छ । पछिल्लो समयमा म्युजिक भिडियोमा व्यस्त मोडल युनिताको अभिनयमा ३ महिनामै यो दोस्रो भिडियो रिलिज भएको हो ।  रिकेश गुरुङ किजकै शब्द सङ्गीत रहेको गीतलाई छोटो समयमै दर्शकले रुचाएका छन् । https://www.youtube.com/watch?v=kPCRZj5MM4I...
तृप्ति र करणको स्वरमा ‘तिम्रो झझल्को’ ( भिडियो )
मनोरन्जन, समाचार

तृप्ति र करणको स्वरमा ‘तिम्रो झझल्को’ ( भिडियो )

काठमाडौं ।  गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङ र करण परियारको स्वर तथा तृप्ति खड्काको संगीत एवं कवि तथा गीतकार हरि उप्रेतीका मार्मिक र कारुणिक शब्दलहर सहितको गीत ‘तिम्रो झझल्को’ हरि उप्रेतीको अफिसियल  युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ । गीतको एरेन्ज राजेन्द्र श्रेष्ठले गरेका छन् भने मिक्सिङ र मास्टरिङ नरेश पाण्डेको रहेको छ । सारेगम स्टुडियो, सामाखुसीमा रेकर्ड गरिएको उक्त गीतको भिडियोमा विजय गुरुङ र नेहा गौतमको जीवन्त अभिनय रहेको छ । भिडियोको निर्देशन विजय गुरुङले गरेका छन् भने राजाराम सिंखडले कोरियोग्राफी गरेका छन् । सिनेमा अटोग्राफ र ड्रोनमा प्रकाश खड्काको भूमिका रहेको छ । भिडियोको कलरिङ र सम्पादन मिलन विश्वकर्माको रहेको छ भने कलाकारलाई कविता तोलाङ्गीले आफ्‌नो श्रृङ्गार कलाले सिंगारेकी छिन् । करिब सात दर्जन भन्दा बढि गीतमा आफ्‌नो सुमधुर आवाज भरिसकेकी तृप्ति हर किसिमक...