तृप्ति र विजयको स्वरमा ‘बैस जोवन’, प्रेमिल भावमा आकर्षक म्युजिक भिडियो सार्वजनिक
काठमाडौं। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङ र गायक तथा संगीतकार विजय गुरुङको स्वरमा रहेको नयाँ गीत ‘बैस जोवन’ सार्वजनिक भएको छ। प्रेम, आकर्षण र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर तयार पारिएको गीतको दृश्य सामग्रीसमेत आकर्षक शैलीमा निर्माण गरिएको छ।
आनन्द पौड्यालको शब्द रचना तथा विजय गुरुङको संगीत रहेको गीतमा तृप्ति खड्का गुरुङ र विजय गुरुङले स्वर दिनुभएको छ। गीतको संगीत संयोजन, ध्वनि मिश्रण तथा अन्तिम ध्वनि परिष्कार नरेश पाण्डेले गर्नुभएको हो भने गीतको ध्वनि मुद्रण सारेगामा स्टुडियोमा गरिएको छ। गीतमा रुपी राना मगर र ज्ञानु परियारको समूह स्वरसमेत समावेश गरिएको छ।
गीतको दृश्य निर्देशन स्वयं विजय गुरुङले गर्नुभएको छ। दृश्यमा विजय गुरुङ र रेखा स्त्रीलाई प्रमुख कलाकारका रूपमा प्रस्तुत गरिएको छ। प्रकाश खड्का तथा उहाँको समूहले छायां...










