Saturday, November 21

मनोरन्जन

शंकर लामिछानेको ‘चिलिममा गाँजा भरेको’ गीत सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

शंकर लामिछानेको ‘चिलिममा गाँजा भरेको’ गीत सार्वजनिक (भिडियो)

काठमाडौं । शंकर लामिछानेको शब्द र संगीतमा राजेशपायल राईले गाएको ‘चिलिममा गाँजा भरेको’ गीत सार्वजनिक भएको छ । मंगलवार ओएसआर डिजिटलबाट गीत सार्वजनिक गरिएको हो । लामिछानकै शब्द र संगीतमा रहेको गीतको एरेन्ज बाबुल गिरीले गरेका हुन् । यस म्यूजिक भिडियोलाई विकास प्रसाईले निर्देशन गरेका छन् । गीतको भिडियोमा मिस पविको रुपमा चर्चा कमाइरहेकी पवित्रा साकी , शंकर लामिछाने , लगायतका कलाकारको अभिनय रहेको छ । गीतको अन्त्यतिर भिडियोमा समावेश गरिएको संवाद सहितको दृश्यले धेरैको ध्यान तान्ने देखिएको छ । देशप्रेम र इमान्दारितालाई लामिछानेले बलियो रुपमा प्रस्तुत गरेका छन् । सो संवादमा चर्चित कानुन व्यवसायी स्वागत नेपाललाई समेत अतिथी कलाकारका रुपमा देख्न सकिन्छ । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका लामिछानेको यसअघि दर्जनौं गीत बजारमा आएका छन् । छमछम , झुक्कायो ऐनाले जस्ता गीत लोकप्रिय भएका छन् । मेल...
‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’अभियानमा ‘एभरेष्ट टुरिज्म अवार्ड’
मनोरन्जन, समाचार

‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’अभियानमा ‘एभरेष्ट टुरिज्म अवार्ड’

काठमाडौं । ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ भन्ने नाराका साथ नेपालमा पहिलो पटक आयोजना हुन लागेको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ को तयारी तिव्र पारिएको छ । अवार्ड समारोहलाई व्यबस्थित रुपमा समापन गर्न राजधानीमा एक छलफल कार्यक्रमको आयोजना गरिएको थियो । नेपालका विशिष्ठ पर्यटन व्यबसायी, पर्यटनविज्ञ तथा पर्यटनकर्मीहरुको उपस्थिती रहेको उक्त छलफल कार्यक्रम पूर्व उपराष्ट्रपति एवं अवार्ड समारोहका विशिष्ठ एवं प्रमुख सल्लाहकार नन्द बहादुर पुनको विशेष आतिथ्यतामा सम्पन्न गरिएको थियो । छलफलका क्रममा अवार्डको तयारी तथा अवार्डका विषयमा वृहत छलफल कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै संस्थाकी अध्यक्ष सत्यकला तामाङ्ग लामाले भनिन् ,’ जसरी निकै चुनौतीका वीच सम्पन्न गरिएको पत्रकार सम्मेलनलाई सवैबाट सहयोग र साथ रह्यो त्यसैगरि अवार्ड समारोहलाई वृहत र भव्य बनाउन पनि सवैबाट साथ सहयोग प्राप्त हुने विश्वास आफुले लिएक...
छैटौं सगरमाथा म्युजिक अवार्ड सम्पन्न
मनोरन्जन, समाचार

छैटौं सगरमाथा म्युजिक अवार्ड सम्पन्न

छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ मा प्रसिद्ध गीतकार कालीप्रसाद रिजाललाई सगरमाथा लाइफ टाइम अचिभमेन्ट अवार्ड अर्पण गरिएको छ । अर्थ नेपाल प्रालिको आयोजनामा थाइल्याण्डको बैंककमा सम्पन्न छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ को बाँकी विधाका अवार्ड सम्मान समारोहमा प्रसिद्ध गीतकार रिजाललाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो । “नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान” भन्ने नाराको साथ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार सम्पन्न समारोहमा गीतकार तथा पूर्वमन्त्री एसपी कोइराला, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, लायन उद्धव सिलवाल, कुशप्रसाद मल्ली, कार्यक्रम संयोजक मनोज थापालगायतले नगद १७ हजार ६९६ रुपैयाँसहित गीतकार रिजाललाई सम्मान प्रदान गरिएको छ । अवार्ड कार्यक्रममा सगरमाथा कला पत्रकारिता रजत सम्मानबाट पत्रकार रमण घिमिरेलाई आठ हजार, ८४८ रु...
वर्ल्ड वाइड मिडिया शुभकामना साँझ : रामकृष्ण र सन्तोषीको गीत सार्वजनिक
मनोरन्जन, समाचार

वर्ल्ड वाइड मिडिया शुभकामना साँझ : रामकृष्ण र सन्तोषीको गीत सार्वजनिक

वर्ल्ड वाइड मिडियाले ज्येष्ठ नागरिक सम्मान तथा शुभकामना साँझ कार्यक्रम सम्पन्न गरेको छ । शंखरापुर नगरपालिकामा एक विशेष कार्यक्रमबीच ज्येष्ठ नागरिक, सानुनानी दंगाल र आशालाल श्रेष्ठ, पत्रकार कृष्ण भुसाल, कलाकार राजकुमार शाह र गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठलाई विशेष सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा नगरप्रमुख रमेश नापित प्रमुख अतिथि हुनुहुन्थ्यो, भने उपनगर प्रमुख समिता श्रेष्ठ, पूर्वनगर प्रमुख सुवर्ण श्रेष्ठ, र विभिन्न समाजसेवीलगायत अन्य अतिथि उपस्थिति थियो । सो अवसरमा कलाकारहरू बिन्दु परियार, चेतन राई, कृष्णराज भण्डारी, रञ्जित लामा, रमेश पाठक, तुलासा बिक, कविता मगर, सोना थापामगर एवं स्थानीय कलाकारहरू आ-आफ्नो प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा गायक रामकृष्ण श्रेष्ठ, सिम्रन परियार र सन्तोषी कार्कीको नयाँ गीत ‘सिठ्ठी बजाउँदै’ पनि सार्वजनिक गरियो थियो । उक्त गीतका शब्द विष्णु ...
गायीका तृप्ती खड्काको ‘मन को मान्छे’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायीका तृप्ती खड्काको ‘मन को मान्छे’ सार्वजनिक(भिडियो)

गायीका तृप्ती खड्का  ‘मन को मान्छे’  बोलको गित सार्वजनिक भएको छ । गायीका तृप्ती खड्का गुरुङको आवाजमा मनको मान्छे आजभोली बोल्न छोडेको छ मलाई किन अन्तै पाइला मोडेको छ भन्ने बोलको गित तृप्ती खड्का गुरुङ युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।   एकदमै मार्मिक रहेको गितको शव्द गण्डकी पुत्राले गर्नु भएको छ भने म्युजिक पनि तृप्ती खड्का गुरुङकै रहेको छ । एरेञ्ज र मिक्सिङमा नरेश पाण्डेले साथ दिनुभएको छ भने सारेगम स्टुडियोमा गितको रेकडिङ गरिएको गायीका तृप्तीले बताउनुभयो ।...
बालपुस्तक ‘साङ्केनको खुलदुली’लाई बालसाहित्य समाजव्दारा सर्वाेत्कृष्ट घोषित
मनोरन्जन, समाचार

बालपुस्तक ‘साङ्केनको खुलदुली’लाई बालसाहित्य समाजव्दारा सर्वाेत्कृष्ट घोषित

काठमाडौं २३ कात्तिक । बालसाहित्यले सामाजिक सद्भाव, सांस्कृतिक अन्तर्घुलन, प्रकृतिसित तादात्म्य, श्रमप्रति सम्मान भाव, आत्मविश्वास जस्ता अनेकौं पाटामा सकारात्मक परिवर्तन ल्याउन सक्छ । उनीहरूको जीवनपद्धति सभ्य शिष्ट भई सोच्ने क्षमता बढाउँछ । प्राणीहरूप्रति सहिष्णु रहेर देशप्रेमी भावना जागृत गराउँछ । सिर्जना र साहित्य कहिल्यै पनि बासी हुन्न, त्यसमाथि बालसाहित्य सदाबहार हुने गर्दछ । यही सदाबहार साहित्यको रूपमा रहेको बालसाहित्य प्रति पछिल्लो पुस्ताकी लेखिका सृर्जना राईको कृति ‘साङ्केनको खुलदुली’ पुरस्कृत घोषणा भएको छ । कोपिला किताबबाट प्रकाशित पुस्तक साङ्केनको खुलदुली ‘चित्रकथार सृजना राई’ कृति २०७९ सालको नेपाल बालसाहित्य समाज सर्वाेत्कृष्ट बालपुस्तक लेखन पुरस्कार घोषणा गरेको हो । गीति लेखनमा समेत आफुलाई अब्बल सावित गरिसकेकी खोटाङकी स्रष्टा सृर्जना राईका शब्द संगीत र स्वरमा लोकप्रिय गायक राज...
‘त्यो पारी डाँडैमा हिउँ पर्‍यो’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

‘त्यो पारी डाँडैमा हिउँ पर्‍यो’ सार्वजनिक (भिडियो)

वाङ्ग्याल लामा (योन्जन)को स्वरमा रहेको गीत ‘त्यो पारी डाँडैमा हिउँ पर्‍यो’ सार्वजनिक भएको छ । कर्म लामा स्याङ्तानको शब्द रचना, विक्रम थापाको कम्पोज र बिशन मान्नधरको मिक्सिङ/माष्टरिङ एवं एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा सोम लामा र रेनुका लामालाई फिचरिङ गरिएको छ । दिपेश एसकेको कोरियोग्राफी रहेको भिडियोमा रशेम दलार्मीको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।...
एएमएसले सर्वाधिक उचाईमा प्रेस मिट गर्दै घोषणा गर्यो ‘एभरेष्ट टुरिज्म अवार्ड’
मनोरन्जन, समाचार

एएमएसले सर्वाधिक उचाईमा प्रेस मिट गर्दै घोषणा गर्यो ‘एभरेष्ट टुरिज्म अवार्ड’

लुक्ला – ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ । आज सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको कालापत्थर (५,६५३ मिटर उचाइ)मा आयोजित पत्रकार सम्मेलनमा आयोजक एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष सत्यकला तामाङ लामाले अवार्ड कार्यक्रम आगामी डिसेम्बरमा काठमाडौँमा हुने जानकारी दिनुभयो । मुलुकको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्द्धनमा उल्लेख्य योगदान पु¥याउनुहुने राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थालाई मूल्याङ्कनका आधारमा सम्मान तथा अवार्ड वितरण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार कूल ४० देखि ५० वटा विधामा अवार्ड प्रदान गरिनेछ । अवार्ड कार्यक्रममा राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसमेत रहने अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अवार्ड ...
ममता र टेकको स्वरमा ‘डिम्पल सुहाउने’ (भिडियो)
भिडीयाे, मनोरन्जन, समाचार

ममता र टेकको स्वरमा ‘डिम्पल सुहाउने’ (भिडियो)

काठमाडौं । ममता नेपालीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक भएको छ । ममतालाई टेक विसीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो । भीम विसीको शब्द र संगीत, केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको मिक्सिङ÷माष्टरिङ रहेको छ गीतमा । विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफ रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र सुन्दर घलानलाई फिचरिङ गरिएको छ । पवन सुशलिङ र टिमको छायांकन रहेको गीतको भिडियोमा मनोज कार्कीको सम्पादन र कलर रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो सिर्जना दर्शक÷श्रोतामाझ ल्याएका छौँ, सबैले मन पराइदिनुहुन्छ भन्नेमा आशावादी छौँ’, संगीतकार भीमले भन्नुभयो । ममता नेपालीको औपचारिक रूपमा सार्वजनिक यो पहिलो सार्वजनिक गीत हो । यस गीतलाई लिएर आफू निक्कै आशावादी भएको उहाँले बताउनुभयो । गीतको भिडियो सा...
टेक विसीको  ‘मुटुमै गाँसेको साइनो’ (भिडियो)
मनोरन्जन, समाचार

टेक विसीको ‘मुटुमै गाँसेको साइनो’ (भिडियो)

काठमाडौं । टेक विसीको स्वरमा रहेको ‘मुटुमै गासेको साइनो’ साइनो गीतको भिडियो सार्वजनिक भएको छ । भीम विसीको संगीत, हरिभक्त बुढाथोकीको शब्द रचना र विश्व अधिकारीको एरेञ्ज रहेको सार्वजनिक गीतमा टेकलाई अस्मिता अधिकारीले स्वरमा साथ दिनुभएको छ । विक्रम चौहानको कथा निर्देशन रहेको गीतको भिडियोमा सुन्दर घलान, विनिता घलान र विकाश बुढाथोकीलाई फिचरिङ गरिएको छ । प्रेमिल भावको गीतमा आफूले मन पराएको मान्छे आफूदेखि कहिल्यै टाढा नहोस्, मायामा कमी नहोस् भन्ने भाव व्यक्त गरिएको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । प्रकाश खडकाको छायांकन रहेको गीतको भिडियोमा मीन रावलको सम्पादन छ । गीतको भिडियो गीतकार हरिभक्तको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...