Saturday, November 21

मनोरन्जन

‘कस्तो हो यो माया’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘कस्तो हो यो माया’ सार्वजनिक(भिडियो)

काठमाडौं । आफ्नो कला, संस्कृति र माटोको मायाँ हुनेले देशको अवस्थाका कारण रोजिरोटीको लागि सन्सारको जुनसुकै कुनामा रहेपनि व्यस्त जीवनबाट उप्रेको समयको सदुपयोग स्वरुप आफ्नो बिधागत क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावनाका चलचित्र निर्माता तथा अभिनेता ईश्वर थापाले क्यानडामा रहेर पनि ‘कस्तो हो यो मायाँ’ बोलको नेपाली गीतको भिडियो निर्माण गरि आफ्नै युटूव च्यानबाट सार्वजनिक गरेका छन् । क्यानडाको बिभिन्न स्थानको रमणीय दृश्य कैद गरिएको भिडियोमा ईश्वर थापा र फरिता खड्कालाई प्रेमिल जोडीको रुपमा रोमान्टिक ढंगले प्रस्तुत गरेका छन् निर्देशक हेरुका लामाले । ईश्वर थापाको शब्द, लेखु सहयात्रीको संगीत सिर्जना रहेको गीतमा निशान भट्टराईले स्वर दिएका छन् भने एरेञ्जर पुरुषोत्तम सुवेदीले गरेका हुन् ।...
शोभा क्षेत्रीको “बारुले कम्मर” सार्वजनिक (भिडियो)
मनोरन्जन

शोभा क्षेत्रीको “बारुले कम्मर” सार्वजनिक (भिडियो)

शोभा छेत्रीको तीज गीत “बारुले कम्मर” सार्वजनिक भएको छ । शोभा छेत्रीको शब्द,रमा थापाको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका शोभा छेत्रीको सुमधुर स्वर रहेको छ। Music City स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजिव शाहले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्। छबी थापाको निर्देशन रहेको उक्त भिडियोमा शोभा छेत्रीको अभिनय रहेको छ। सुनिल भण्डारीले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । शोभा छेत्रीको प्रस्तुती रहेको “बारुले कम्मर” म्यूजिक भिडियो  Shova Chhetri युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।...
श्रीदेव भट्टराईको अभिनयमा ‘जहिले देखि नजर जुध्यो’(भिडियो )
मनोरन्जन, समाचार

श्रीदेव भट्टराईको अभिनयमा ‘जहिले देखि नजर जुध्यो’(भिडियो )

काठमाडौं : चर्चित गायक राजेश पायल राइको स्वर , समिर राई द्वारा लेखिएको त्यसै गरि बलराम राजबन्शिले सङ्गित गर्नु भएको जहिले देखि नजर जुदयो बोलको गीतमा नायक श्रीदेव भट्टराई र मोडल स्नेहा जोशिको रोमान्स देख्न पाइने भएको छ । बिजय भुर्तेलको निर्देशन रहेको गीतमा युदिन योन्जनको छायांकन, अर्चना र अमृताको मेकप रहेको छ। मायापिरति सम्बन्धि गीत जैले देखि नजर जुदयो काभ्रे र सिन्धुलिको रमणीय स्थानमा छायांकन गरिएको छ।...
युएईमा ‘नेपाल आईडल विथ स्टेण्डअप कमेडी’ हुँदै
मनोरन्जन, समाचार

युएईमा ‘नेपाल आईडल विथ स्टेण्डअप कमेडी’ हुँदै

नेपाल आईडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा युएईमा नेपाल आईडल विथ स्टेन्डअप कमेडी हुने भएको छ । आगामी अगष्ट ३ र ४ तारिख युएईको राजधानी अबुधाबी र दुबईमा आयोजना हुने कार्यक्रममा नेपाल आईडल सिजन ५ का विजेता करण परियार , फष्ट रनरअप सलोनी गुरुङ , सेकेन्ड रनरअप सचिन विश्वकर्मा सहित कमेडियनद्वय सुमन कोईराला (दले दाइ) र सजन श्रेष्ठले प्रस्तुति दिनेछन । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) र द अरनिको ईन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको यो कार्यक्रम नेपाल आईडल सिजन ५ का विजेता र उपविजेताहरुको पहिलो अन्तराष्ट्रिय कार्यक्रम हो । गन्तव्य ट्राभल एण्ड टुरिजमले मुख्य प्रायोजन गरेको कार्यक्रममा कमेडियन सजन श्रेष्ठले पहिलोपटक युएईमा प्रस्तुति दिन लागेका हुन । दले दाई उपनामबाट प्रख्यात कमेडियन सुमन कोईरालाको भने युएईमा यो दोस्रो शो हो । उनले यसअघि ईनासकै आयोजनामा दुबईमा शो गरिसकेका छन् । ...
आराध्य र दीक्षा भए नेशन्स् गट ट्यालेन्ट
मनोरन्जन, समाचार

आराध्य र दीक्षा भए नेशन्स् गट ट्यालेन्ट

गायन र नृत्यको टेलिभिजन रियालिटी शो नेसन्स् गट ट्यालेन्ट केही अघि सम्पन्न भएको छ। देशभरका ८ देखि १३ वर्षका सहभागी नेशन्स गट ट्यालेन्टमा नृत्यतर्फ आराध्य महर्जन विजयी हुँदा दीपशिखा कार्की फस्ट, साम्रगी पन्थी सेकेन्ड, आयु खत्री थर्ड र मोनालिषा धामी फोर्थ रनर्सअप भए। त्यसैगरी गायनतर्फ दीक्षा उप्रेती विजयी भइन् भने अप्सानी डंगोल फस्ट, अर्पण विश्वकर्मा सेकेन्ड, रितिन झा थर्ड र युमी राई फोर्थ रनर्सअप भए। रियालिटी शोका दर्शकको भोटका आधारमा विजयी घोषणा गरिएको थियो । रियालिटी शोमा देशका प्रमुख स्थानबाट गायन तथा नृत्य विधाका सयौँले अडिसन दिएका थिए। त्यसमध्ये निर्णायक मण्डलको निर्णयको आधारमा उत्कृष्ट २६ छनोट गरी दुवै विधाबाट १६–१६ जना अर्को चरणमा प्रवेश गरेका थिए। निर्णायकको निर्णयको आधारमा १२ प्रतिस्पर्धीको प्रिमियर राउन्ड घोषणा गरिएको थियो। रियालिटी शोको गायन विधामा गायक आनन्द कार्की र गायिका...
सन्ध्या सानु रामेछाप सांस्कृतिक कलाकार समाजको वरिष्ठ उपाध्यक्षमा चयन
मनोरन्जन, समाचार

सन्ध्या सानु रामेछाप सांस्कृतिक कलाकार समाजको वरिष्ठ उपाध्यक्षमा चयन

काठमाडौं । मोडल सन्ध्या सानु रामेछाप सांस्कृतिक कलाकार समाजको वरिष्ठ उपाध्यक्षमा चयन भएकी छिन ।   उत्तम पौडेल नेतृत्वको  नयाँ कार्यसमिति उनलाई सो पदमा चयन गरिएको हो । समाजको शुक्रवार १५ औँ साधारण सभा तथा पाँचौँ अधिवेशन काठमाडौँको कोटेश्वर स्थित् सुनुवार सेवा समाजको भवनमा भएको थियो | रामेछाप जिल्लाका कलाकारहरु जसले कलाकरिताको बिभिन्न क्षेत्रमा रहेर काम गरि समाज, जिल्ला, देश र राष्ट्रलाइ नै चिनाउने बाटोमा हिडेका छन् ती सबै कलाकारलाई थप सहयोग गर्न, एक जुट भएर कार्य गर्न, परेको बखत कलाकारको संगठनले समाजसेवाका समेत कार्य गर्ने भनि रामेछाप कलाकार समाजको परिकल्पना गरि निरन्तर संचालनमा हाल वरिष्ठ उपाध्यक्ष भएकी सानुले बताईन । लामो समयदेखि कलाकारितामा सक्रिय सानु राजधानीमा रहि नृत्य प्रशिक्षण गराउनुका साथै सौन्दर्यकलाको तालिम समेत प्रदान गर्दै आएकी छिन । राजनीति तथा समाजसेवामा निरन्तर लाग...
गायिका सुमी पराजुलीको ‘लुकामारी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका सुमी पराजुलीको ‘लुकामारी’ सार्वजनिक(भिडियो)

चर्चित गायिका सुमी पराजुलीको नयाँ नेपाली गीत ‘लुकामारी’ सार्वजनिक भएको छ । सुमी पराजुलीको आधिकारिक युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो । मिन सागरको शब्द रहेको गीतमा रेखा पौडेलको संगीत रहेको छ । दिपेश एस. केको कोरियोग्राफी रहेको भिडियोमा टेकेन्द्र शाहको निर्देशन तथा संम्पादन रहेको छ । भिडियोमा चर्चित गायिका सुमी पराजुली आफैले अभिनय गरेकी छन् । गीतलाई सन्तोष प्रगाडले एरेन्ज गरेका हुन् । गायीका पराजुलीका यस अघिको गित चुम्मा चपक्कैले २०८०/८१ मा ३ वटा वर्षको सर्वोत्कृष्ट लोक पप गायन महिला अवार्ड पाउन सफल भैसकेका छन् ।...
किरण माइकल घिमिरेको लेखन तथा निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने
मनोरन्जन, समाचार

किरण माइकल घिमिरेको लेखन तथा निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने

किरण माइकल घिमिरेको लेखन निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने भएको छ । सम्पूर्ण छायांकन अष्ट्रेलियामा रहेन यो सिरिजको हाल प्रि प्रोडक्सनको काम भइरहेको निर्देशक घिमिरेले बताए । करियरको दुई दशक लामो समय सांगितिक र फिल्मी क्षेत्रमा खर्चिएका घिमिरे हाल अष्ट्रेलियामा छन् । यो बीचमा उनले दर्जन बढि नेपाली फिल्मको कथा लेखनको काम गरिसकेका छन् । सोहि अनुभवलाई लिएर ‘वेभ सिरिज’ निर्माण निर्देशनमा जुटेको घिमिरेले बताए । ‘मोड’ नाम दिईएको यो सिरिजले वैदेशिक ग्रिनकार्ड, प्रेम र विवाहसम्मको कथावस्तु पेश गर्नेछ । १८ महिना लगाएर लेखिएको भनिएको यो सिरिज आध्या प्रोडक्सन अष्ट्रेलियाको ब्यानरमा तयार हुनेछ । ९ एपिसियोडमा तयार हुने सिरिजमा १२ वटा ओएसटी समावेश हुने घिमिरेले बताएका छन् । सेप्टेम्बर दोस्रो साताबाट छायांकनमा जाने सिरिजमा हालसम्म आकाश पल, अभी सुनार, पवित्रा केसी र रमेश सेन्चुरी प्रमुख कलाकारमा फाइ...
गायिका सुजाता केसीको ‘आलु तामाले’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

गायिका सुजाता केसीको ‘आलु तामाले’ सार्वजनिक (भिडियो)

गायिका सुजाता केसीको नयाँ लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायिका केसीलाई गायक अमृत खातीले स्वरमा साथ दिएका छन् । गायक अमृत खातीकै शब्द, दीप शंकर चौलागाइको संगीत रहेको गीतको एरेन्ज विनोद बाजुरेलीले गरेका हुन् । गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ । जसमा गायिका केसी र काजिस श्रेष्ठको नृत्य देख्न सकिन्छ ।  डान्सिङ शैलीमा तयार गीतको भिडियोमा केही कोरस समेत प्रयोग भएको छ । सुशिल शर्माको निर्माण रहेको  भिडियोमा दुर्गा पौडेलको छायाङ्कन, विकाश ज्ञवालीको सम्पादन छ । भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका हुन् । गायिका केसीको आफ्नै अफिसियल युट्युब च्यानल सुजाता केसीबाट सार्वजनिक भएको छ । गीत श्रोता तथा दर्शकले रुचाउने विश्वास गायिका केसीले लिएकी छन् ।...
विश्व कीर्तिमानी सर्जक डी. आर. उपाध्याय सम्मानित
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी सर्जक डी. आर. उपाध्याय सम्मानित

२०८० चैत २८, काठमाडौं । युगेन्द्र – लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी,  सिलगढी, भारतले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा सर्जक एवं विश्व कीर्तिमानी डा. डी. आर. उपाध्यायलाई विशेष सम्मान गर्‍यो । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले प्रदान गर्नु भएको थियो । सर्जक उपाध्यायलाई सम्मानपत्र, मेडल, मायाको चिनो, दोसल्ला, टोपी र रुद्राक्ष र फूलको माला र टिका तथा फूल वर्षासहित सम्मान गरिएको थियो । गुठीका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रम पत्रकार कृष्ण भूषालले स्रष्टा परिचय राख्नु भएको थियो ।  कार्यक्रममा प्रमुख अतिथि मदनदास श्रेष्ठ, अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथिहरु वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी., गीतकार संघका निवर्तमान अध्यक्ष गीतकार चूडामणि देवकोटा, साहित्यिक पत्रकार संघका पूर्व...