Saturday, November 21

मनोरन्जन

नमूना कलेजको फेसन शोमा निर्मिति नव्यता
मनोरन्जन, समाचार

नमूना कलेजको फेसन शोमा निर्मिति नव्यता

काठमाडौं । राजधानी शहरको बौद्धस्थित हायात रिजेन्सी होटलको रिगल बल रुममा चैत्र २५ गते आइतबारको साँझले फेसन, स्टाइल र ग्ल्यामरको समिश्रणमा अनुपम र मनमोहक सृजनाका विविध आयामहरुलाई साक्षात्कार गर्ने अवसर प्राप्त भयो । नमूना कलेज अफ फेसन टेक्नोलजीको १८औं ब्याचका ७१ जना ग्राजुएटिङ फेसन डिजाइनहरुले तयार पारेका ८ वटा क्रिएटिभ वेयर गरी ७९ वटा सृजनाहरु ¥याम्पमाथि प्रस्तुत गरिएको अवलोकन गर्न पाइयो । नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको रनवे उपस्थिति संगैं शुभारम्भ भएको उक्त ग्राजुएसन फेसन शो निर्मिति नव्यता शीर्षकमा सम्पन्न भएको थियो । शान्ति र समृद्धिको सुन्दर संयोजनमा डिजाइन गरिएको सकरात्मकता, स्वाबलम्बन, सीप र शिक्षाको भाव झल्किने डिजाइनर साडीमा उपस्थिति दर्शाएकी ज्ञानी शोभा तुलाधरको रनवे उपस्थितिलाई शान्ति र समृद्धिलाई झल्काउने विविध तत्वबाट प्रेरित पहिरनमा सजिएका मोडलहरुले सा...
अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा गीतकार अधिकारी
मनोरन्जन, समाचार

अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा गीतकार अधिकारी

संयुक्त राज्य अमेरिकाको एटलान्टामा हुने आइएसएसए अन्तर्राष्ट्रिय अवार्डको छैटौं संस्करणमा नेपालबाट गीतकार लोकराज अधिकारी मनोनयनमा परेका छन्। ‘इन्टरनेशनल सिंगर सङ राइटर्स एसोसिएसन’ले आयोजना यो कार्यक्रम २०८१ भदौ ८ गते हुनेछ। प्रतिष्पर्धामा रहेका विभिन्न ४६ विधाअन्तर्गत गीतकार अधिकारी ‘यस्तो भाछ मलाई त…’ बोलको गीतबाट अन्तर्राष्ट्रिय पुरुष गीतकार विधामा मनोनयनमा परेका हुन्। ‘अन्तर्राष्ट्रिय मञ्चमा सिङ्गो नेपाल र नेपालीभाषी गीतकारको प्रतिनिधित्वका रूपमा मैले यो मनोनयनलाई लिएको छु। मलाई स्वदेशबाट मत प्राप्त हुनेमा विश्वस्त छु’, अधिकारीले भने, ‘एउटा मोबाइल डिभाइसबाट प्रतिदिन एउटा मात्रै मत दिन पाइने भएकाले सबैलाई मतदानका लागि आग्रह गर्दछु।’ गीतकार अधिकारीसँगै उक्त विधामा विभिन्न देशका ६८ जना सर्जक मनोनयनमा छन्। विसं २०८१ वैशाख १८ सम्म विद्युतीय माध्यमबाट मत दिन  सकिने जनाइएको छ। उक्त मतक...
सातौं निम अवार्ड भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

सातौं निम अवार्ड भव्य रुपमा सम्पन्न

विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै बिहिबार ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको छ । समारोहमा यो वर्षको रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)द्धारा आयोजित सो समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले अग्रज संगीतकार डँगोललाई सो सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा संगीतकार डँगोलको सम्मानमा गायिका निशा देशारले जुगलकै संगीतको गजल साउनको भेल जस्तो… प्रस्तुत गरिन भने बाँसुरीबादक नगेन्द्र राईले जुगलकै संगीतमा बाँसुरी धुन सुनाए । सोही समारोहमा संस्कृतिकर्मी चन्द्र कुमार राई, साहित्यकार हरिसिंह थापालगायत पनि सम्मानित भए । कार्यक्रममा ५ हजार ५५५ राशीको यो वर्षको संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार हरि दुलाललाई प्रदान गरियो । संगीतमय...
सम्पदा अभिनित थानेश्वर र सविताको’डांडा पारी जुन’ को भिडियो सार्वजनिक हुदै
मनोरन्जन, समाचार

सम्पदा अभिनित थानेश्वर र सविताको’डांडा पारी जुन’ को भिडियो सार्वजनिक हुदै

काठमाडौं । गजल गायक थानेश्वर गौतमको स्वरमा रहेको गीत ‘डांडा पारी जुन’ सार्बजनिक हुनु अघि नै चर्चामा रहेको छ । गायक गौतम तथा सबिता बस्नेतको युगल स्वरमा रहेको गीतको सार्वजनिक हुन लागेको भिडियोमा मोडल सम्पदा अमगाईको अभिनय रहेको छ । गीतको शब्द नेपालमा सर्वाधिक रुचाइएका गीत लेखिने छ एउटा् कथा,छटनलाइ पो रैछ क्यारे, फुर्के धागो, सारा सन्सार एकातर्फी, लगायत थुप्रै बहुचर्चित र मनछुने गीत लेखेकी प्रभा बर्तौलाको रहेको छ । उनका धेरै जसो शब्दमा स्वर उनै गजल गायक गौतमको रहेको छ । गीत सार्बजनिक हुनु अगावै चर्चामा तानिनुको विशेषता त अझ बेग्लै छ किनभने थानेश्वर गौतमको फरक शैलीलाई अत्यन्त प्रतीक्षाको रूपमा श्रोताहरुले लिने गरेको पाइन्छ र उक्त गीतमा निर्देशक विशाल घिमिरेको कथा र निर्देशनमा मोडल प्रभात पाल ठकुरि र मोडल सम्पदा अम्गाइको अभिनय रहेको छ, भने युबराज भट्टराई तथा बालकलाकार सरगम गौतम र अल्भिना पाण...
अमर बान्तुको नयाँ गीत ‘जिन्दगीको दौडमा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

अमर बान्तुको नयाँ गीत ‘जिन्दगीको दौडमा’ सार्वजनिक(भिडियो)

गीतकार अमर बान्तुको नयाँ गीत ‘जिन्दगीको दौडमा’ सार्वजनिक भएको छ । बरिष्ठ सङ्गीतकार राजु सिंहको सङ्गीत, एड्रीन प्रधानको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । नवीन श्रेष्ठको निर्देशन रहको गीतको भिडियोमा लबिन अन्सारी र प्रतिमा राजघतानीलाई फिचरिङ गरिएको छ । निरनजुल कायस्थको छायांकन रहेको भिडियोमा हिम्मत चैसिरको सम्पादन र टेकेन्द्र शाहको कलर छ । गीतको भिडियो बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो । भोजपुरमा जन्मिएर काठमाडौंलाई कमर्थलो बनाइ थुप्रै सिर्जना पाठक तथा दर्शकमाझ पस्किनुभएका सर्जक बान्तुका धेरै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । कवि एवम् गीतकार अमर बान्तुले ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) सङ्ग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’एल्बम पाठक/श्रोता र दर्शकमाझ ल्याउनुभएको छ । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहि...
‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ तेस्रो संस्करणको घोषणा
मनोरन्जन, समाचार

‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ तेस्रो संस्करणको घोषणा

निकिला मिडिया नेटवर्कले ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ तेस्रो संस्करणको औपचारिक घोषणा गरेको छ । कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलको अध्यक्षता तथा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, नेपाल एयरलाईन्सका प्रमुख कार्यकारी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायर होटलमा पत्रकार सम्मेलन गरि उक्त समारोह घोषणा गरिएको हो । केही वर्ष यता सौन्दर्य प्रतियोगिता, फेशन शो राष्ट्रिय अन्तराष्ट्रिय शो एवं कार्यक्रमहरु आयोजना गरेर एक सफल ईभेन्ट आयोजकको रूपमा ख्याती कमाउदै आएको निकिला मिडिया नेटवर्कले लामो समयदेखि आ आफ्नो क्षेत्रमा तल्लिन भई समाज र देशका लागि अतुलनीय योगदान दिने अग्रज स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद, पत्रकार, समाजसेवी, व्यवसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई उनिहरुले पुर् ...
कुवेरको ‘किन माया गर्यौं’ मा संजित र मेग अभिनय (भिडियो)
मनोरन्जन, समाचार

कुवेरको ‘किन माया गर्यौं’ मा संजित र मेग अभिनय (भिडियो)

काठमाडौं । फोटोग्राफरमा ख्याती कमाएका कुवेर तामाङ म्यूजिक भिडियो निर्देशक हुदै गायक समेत भएका छन । करिव डेढ दशकभन्दा लामो समयदेखि ग्ल्यामर फोटोग्राफरको रुपमा चर्चा कमाएका तामाङले आफ्नो स्वर तथा शव्दमा तयार भएको गीत ‘किन माया गर्यौं’ भिडियो सहित सार्वजनिक गरेका छन । ‘सिजल एण्ड सिस्टर न्यूज एण्ड ईन्टरटेनमेन्ट’ युट्युब च्यानलबाट सार्वजिनक गरिएको उक्त गीतलाई पुस्कर सुनुवारले संगीत दिएका छन भने विप्लव अधिकारीले रेकर्डिङ तथा मिक्सिङ गरेका हुन । सपना श्रेष्ठ तथा सपना कटवालले निर्माण गरेका गीतको भिडियोमा मोडल संजित भण्डारी,समाजसेवी मेग सुवेदी तथा रिचा थापा र प्रनिमा दाहालले अभिनय गरेका छन । बुद्ध थापा टिमको छायांकन रहेको भिडियोलाई सम्पादन विवेक सुनार र कलर श्याम कुवरले गरेका हुन । स्किृप्ट राईटर उत्सव पौडेल, र सहायक निर्देशन मोहन सुनार (नविन)को रहेको भिडियोलाई निर्देशन स्वयं कुवेर तामाङ...
निता आचार्यको स्वरमा ‘चुप चाप’ (भिडियो)
मनोरन्जन, समाचार

निता आचार्यको स्वरमा ‘चुप चाप’ (भिडियो)

गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायांकन रहेको भिडियोमा बुद्धि तामाङको शृंगार रहेको छ । गीतको भिडियो निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो श्रोता/दर्शकमाझ पस्किएका छौं, आशा छ सबैले मन पराइदिनुहुनेछ’, गायिका आचार्यले भन्नुभयो । आचार्यका ‘जिन्दगी, सँगै जिउने हो भए साथमा नभए यादमा, झिमझिम परेली, गरिदेउ बिदा, मनको धोको’ जस्ता गीत श्रोता/दर्शक...
चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न
मनोरन्जन, समाचार

चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न

काठमाण्डौ – चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न भएको छ । नियमित रुपमा हरेक वर्ष आयोजना गरिदै आएको राष्ट्रिय साधना म्युजिक रिवार्ड नेपालको पहिलो रिवार्ड हो । पहिलो र दोश्रो अवार्डकै रुपमा रहेपनि तेश्रोबाट रिवार्ड भएको साधना म्युजिक  रिवार्ड, यसपटक विभिन्न २३ विधामा अवार्ड प्रदान गर्दै सकिएको छ । सामना म्युजिक क्रियशनको आयोजनामा गरिदै आएको रिवार्ड कार्यक्रममा सभापतित्व क्रियशनकी अध्यक्ष सामना साहले गरेकि थिईन् भने कार्यक्रमको प्रमुख अतिथि चलचित्र विकाश बोर्डका अध्यक्ष तथा सदावहार नायक भुवन के.सी थिए । रिवार्ड कार्यक्रम २३ विधामा रिवार्ड प्रदान गरिएको छ । कार्यक्रममा लोकदोहोरी विधा तर्फ सर्वोत्कृष्ट लोकगीत शम्भु कुंवरको माईली, शब्दमा सन्तोष केसीको घर कहाँ हो बैनीको, सर्वोत्कृष्ट लय प्रितम पोख्रेलको मुसी, सर्वोत्कृष्ट गायक डाँडैको टुनीबाट अर्जुन सापकोटा, सर्वोत्कृष्ट गायिका  प...
सिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन, कविता वाचन, गजल लेखन,गायन र छायांकन
मनोरन्जन, समाचार

सिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन, कविता वाचन, गजल लेखन,गायन र छायांकन

तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद्ध गुफामा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मझधार’ लोकार्पण गरिएको छ । सोमबार एक कार्यक्रमबीच कीर्तिमानी लेखक तथा उपन्यसाकार डा. उपाध्याय, कीर्तिमानी गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’, गायिका काव्य आचार्य उपन्यासका सम्पादक कृष्ण भुसाल, निर्देशक सुभाष प्रधान, युथ क्रियशनका अध्यक्ष रमेश थापा, यमबहादुर थापालगायतको आतिथ्यतामा उक्त कृति लोकार्पण गर्नुभएको थियो । नेपालकै ठूलो भनिएको यो गुफा ४३७ मिटर लामो र ५० मिटर उचाइमा छ । यो एसियाको दोस्रो ठूलो गुफासमेत हो । कार्यक्रममा अतिथिले डा. उपाध्यायलाई नयाँ उपन्यासका लागि बधाई तथा शुभकामना दिनुभएको थियो । उपन्यास शिखा बुक्सले बजारमा ल्याएको हो । सो अवसरमा कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायले गुफाभित्रै ‘जीवन जगत’, ‘तिलिचो ताल प्रणयनीरले लबालब’, ‘पवित्रा सिर्जना’ र ‘स्वच्छ हराभरा ...