Saturday, November 21

मनोरन्जन

जुलाई २९ र ३० मा युएईका विभिन्न शहरमा ‘आउनै पर्छ नाईट २’ हुने
मनोरन्जन, समाचार

जुलाई २९ र ३० मा युएईका विभिन्न शहरमा ‘आउनै पर्छ नाईट २’ हुने

युएई । नेपालीहरुको वैदेशिक रोजगारीका लागि मात्र होईन व्यापार व्यवसायका लागि समेत उत्कृष्ट रोजाईमा पर्ने देश युएईमा लाखौं नेपालीहरु रहेका छन । प्रवासमा रहेर आफ्नो व्यस्त समय मनोरन्जनका लागि छुट्याउदै आएका नेपालीहरु बेला बेलामा भैरहने विविध कार्यक्रमहरुमा सहभागी भै मनोरन्जन लिने गर्दछन । यस्तो मनोन्जनको माध्यम बनेको छ नेपालीहरु आफैले संचालन गरेको ईभेन्ट कम्पनीहरु । यसैक्रममा दुवईमा रहेको जिरो टू वान इभेंट म्यानेजमेण्ट कम्पनीले आउदो २९ जुलाई २०२३  याक एण्ड यति एभरेष्ट क्लब ,बरदुबई र ३० जुलाई २०२३ मनिला बे ईमिरेट्स प्लाजा होटल अवुधाबीमा नेपालका ख्याति प्राप्त गायक नितेश जंग कुवर, समृद्धि राई लगायत नेपालकै बेस्ट लेडीज़ डिजे नानी र युएई को चर्चित क़ाब्या ब्यांड र होस्ट सरू को साथमा सांगीतिक धमाका हुन गई रहेको छ। लामो समयदेखि युएईका विभिन्न शहरहरुमा यस कम्पनीले बिगतमा पनी यस्ता सांगीतिक कार्यक्र...
एसके ईन्टरटेनमेन्टको आयोजनामा मिसेस तामाङ सम्पन्न
मनोरन्जन, समाचार

एसके ईन्टरटेनमेन्टको आयोजनामा मिसेस तामाङ सम्पन्न

‘मिसेस तामाङ २०२३’को ताज सरिता तामाङले जितेकी छिन् । शुक्रबार सम्पन्न अन्तिम प्रतिश्पर्धामा शरिताले अन्य १२ प्रतिश्पर्धीलाई पछि पार्दै ‘मिसेस तामाङ २०२३’को ताज पहिरिएकी हुन् । उनले भ्यूअर च्वाइस, पब्लिक च्वाइस, फोटोजेनिक र लिडरशीपसमेतको उपाधि जितिन् । बिगत आठ वर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको एसके इन्टरटेनमेन्ट प्रा.लि.ले अघिल्लो साता काठमाडौंको नक्सालस्थित क्राउन प्लाजामा ‘मिसेस तामाङ २०२३’को ट्यालेन्ट राउण्ड सम्पन्न गरेको थियो भने ग्राण्ड फाइनल कानून, न्याय तथा संघीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख अतिथ्यतामा गत शुक्रबार राष्ट्रिय नाचघरमा सफलतापूर्वक सम्पन्न भएको थियो । अन्तिम प्रतिश्पर्धाको बिजेता छनौटका लागि निर्णायकहरुमा बरिष्ठ गायक आनन्द कार्की, गायक विश्व दोंग, गायक रोशन तामाङ, ब्यबसायिक मेकअप आर्टिष्ट टेकराज पाण्डे, रमला पाख्रिन, गायिका समाजसेवी तथा फेशन डिजाइनर सोनि...
काव्य आचार्यको तीज गीत ‘सम्झ्यौ कि आमाले’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

काव्य आचार्यको तीज गीत ‘सम्झ्यौ कि आमाले’ सार्वजनिक(भिडियो)

काव्य आचार्यको स्वरमा रहेको तीज गीत ‘सम्झ्यौ कि आमाले…’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा माइतीको सम्झना गरिएको छ । आमा र भाउजूलाई सम्झिएको गीतमा माइतीलाई भेट्न नपाउँदाको पीडा पोखिएको छ । काव्यकै शब्द, संगीत रहेको गीतमा पवन रानाभाटको संगीत संयोजन रहेको छ । रामकुमार केसीको छायांकन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र कलर रहेको छ ।...
गायक छन्त्यालको नयां गीत ‘पैसा वाला हेर्छन ‘सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक छन्त्यालको नयां गीत ‘पैसा वाला हेर्छन ‘सार्वजनिक(भिडियो)

गायक युवराज छन्त्यालको नयां गीत ‘ पैसा वाला हेर्छन ‘ को भिडियो सार्वजनिक भएको छ । छन्त्यालकै शव्द तथा संगीतमा तयार भएको गीत उनको आफ्नै युट्युब च्यानल युवराज छन्त्याल ‘ Yubraj Chhantyal’ बाट सार्वजनिक गरिएको हो । कुमार थापाको एरेन्ज रहेको गीतको भिडियोलाई शिवन पोखरेलले निर्देशन गरेका छन । यादव देवकोटा,करिश्मा परियार तथा नविन पोखरेलको अभिनय रहेको भिडियोलाई आलोक वाग्लेले छायांकन गरेका हुन । सरोज केसीले सम्पादन गरेको भिडियोलाई क्यामेरामा विनय भारतिले सहयोग गरेका हुन । प्रवासमा रहेर पनि गीत संगीतमा सक्रिय छन्त्यालका थुप्रै गीतहरु सार्वजनिक भैसकेको छ । थुप्रै सफल गीतहरु संगीत तथा श्रृजना गरि सांगीतिक क्षेत्रमा फरक परिचय स्थापित गरिसकेका छन्त्याल राष्ट्रिय अन्तराष्ट्रिय अवार्डबाट समेत अवार्डेड भैसेका छन ।...
म्युजिकल सिनेमा “समलिङ्गी”सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

म्युजिकल सिनेमा “समलिङ्गी”सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली गित संगीत बजारमा एक नितान्त फरक र नयाँ प्रकारको “समलिङ्गी”नामक म्युजिकल सिनेमा सार्वजनिक छ । बिगतमा पनि म्युजिकल सिनेमाहरु नआएका होईनन तर हालसम्म निस्केको र बनेको भन्दा फरक कथा र विषय समेटेर बनाइएको दाबी निर्माण पक्षको रहेको छ। शिरिशा पौडेलको शब्द ,भिम बिसिको संगीत तथा समिक्षा अधिकारीको स्वर रहेको गितको भिडियोलाइ दिनेश पराजुलीले खिचेका हुन । दिपशिखा खड्का र सृष्टि खड्का फिचरिङ उत्त भिडियोको सिलन लम्सालले सम्पादन गरेका छन। सयौं म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक बसन्त सापकोटा यो म्युजिकल सिनेमामा भने आफू क्रीएटिभ डाइरेक्टरका रुपमा काम गरेका बताएका छ्न । भिडियोलाई दिपशिखा खड्काले निर्देशन गरेकी हुन । 0...
तिज गित ‘सम्झेर माईतीको आँगन’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

तिज गित ‘सम्झेर माईतीको आँगन’ सार्वजनिक(भिडियो)

काठमाडौं । तिज गित ‘सम्झेर माईतीको आँगन’ बजारमा आएको छ । कुमार कार्की को रचना तथा कविराज गिरी को संगित रहेको श्रीनाथ फिल्मस् को ब्यानर तथा कृपा एण्ड कृतिका प्रोडक्सन सहकार्यमा निर्मित तिज कोशेली माईतिको सम्झना एवान ईन्टरटेनमेन्ट युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । हुन्दु नारी हरुको महान पर्व तिज, बिशेष गरि गित मार्पmत माईतिलाई सम्झने पिर ब्यथा भुलाएर रमाईलो गरिने पर्व हो । बदलिदो समय संगै तिज को मर्म संकृती हराउदै गएकाले यस बर्ष मौलिक तिज गित बजारमा ल्याएको गितकार कुमार कार्कीले बताएका छन् । उक्त गितमा स्वर सुर्खेती चेली टिका पुनको रहेको छ भने अभिनय चर्चित मोडल आरुसी मगरको रहेको छ । गितको शब्द ले भने जसरी नै भिडियोको छायांकन गरिएको र भिडियोमा चड्किलो पन भन्दा पनी मौलिकता लाई बिशेष ध्यान पु¥याईएको निर्देशक निर्मल प्याकुरेलले बताएका छन् । यस गितमा नृत्य निर्देशन चन्द्र मन्दिरको र...
२१ लाख भन्दा बढिले हेरे धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’(भिडियो)
मनोरन्जन, समाचार

२१ लाख भन्दा बढिले हेरे धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’(भिडियो)

सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ युट्युबमा रुचाइएको छ । सार्वजनिक भएको छोटो समयमै यो फिल्मले युट्युबमा राम्रो भ्युज पाएको हो । सार्वजनिक गरिएको १२ दिनमा आइतवार दिउँसोसम्म फिल्मलाई युट्युवमा २१ लाखभन्दा बढी भ्युज मिलेको छ । दर्शक प्रतिक्रियाहरू सकारात्मक छन् ।फिल्ममा सीताराम र कुञ्जनालाई धुर्मुस र सुन्तलीकै भूमिकामा देख्न पाइनेछ । उनीहरूलाई लामो समयपछि अभिनयमा देख्न पाइयो भन्दै दर्शकले खुशी व्यक्त गरेका छन् । कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ‘ओहो मुभिज’मा राखिएको केही समयपछि मात्रै युट्युबमा सार्वजनिक गरिएको थियो ।फिल्ममा उनीहरूसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशील...
प्रतिष्ठानद्वारा स्रष्टाहरूलाई निवासमै पुगेर नगद सहित सम्मान प्रदान
मनोरन्जन, समाचार

प्रतिष्ठानद्वारा स्रष्टाहरूलाई निवासमै पुगेर नगद सहित सम्मान प्रदान

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले अनवरत रुपमा आ-आफ्नो क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउनुभएका स्रष्टालाई निवासमै पुगेर ‘विशिष्ठ साधक सम्मान २०८०’ प्रदान गरेको छ । विगत तीनदशक भन्दा बढी समयदेखी गीत, सङ्गीतको क्षेत्रमा योगदान पुर्‍याउनुभएका लोकगायक तथा नेपालको मौलिक बाजाबादक खड्ग प्रसादगर्वुजा, विशिष्ठ चित्रकार शशिबिक्रम शाह तथा नेपालको पहिलो रङ्गीन चलचित्र कुमारीकी नायिका विशिष्ठ चलचित्रकर्मी चैत्यदेवी सिंहलाई उहाँहरूकै बासस्थानमा पुगेर  र सम्मान पत्रसहित सम्मान गरेको हो । सो अवसरमा संस्थाका सल्लाहकार वरिष्ठ सङ्गीतकार राजु सिंह, वरिष्ठ सङ्गीतकार सुरेश अधिकारी, समाजसेवी, साहित्यकार नमस्ते लालश्रेष्ठ, चित्रकार ज्योतिप्रकाश साथै सुभम सैजुले यसरी स्रष्टा साधकहरूलाई उहाँहरूकै बास स्थानमा पुगेर सम्मान गर्नुभनेको कला क्षेत्रकै सम्मान हो भन्ने कुरा बताउनुभयो । संस्थाल...
फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
मनोरन्जन, समाचार

फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न

गोल्डेनहर्स फिल्मस् प्रा.लि.को आयोजनामा “फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२” राजधानीमा सम्पन्न भएको छ । “राष्ट्रको विकास र समृद्धिमा योगदान–भाषा, कला, गीत, संगीत र चलचित्रकर्मीहरूको सम्मान” भन्ने नाराका साथ नेपाली कला, सँस्कृति, साहित्य, गीतसंगीत र चलचित्र क्षेत्रको प्रवद्र्धन तथा यस क्षेत्रसँग सम्बन्धित कलाकर्मीहरूको प्रोत्साहनका लागि सो अवार्ड कार्यक्रमको आयोजना गरिएको हो । नेपाली चलचित्र क्षेत्रका मूर्धन्य तीन विशिष्ठ चलचित्रकर्मीहरू अर्थात त्रिदेवी भुवन चन्द, चैत्यदेवी सिंह तथा वसुन्धरा भुषालको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहको सभापतित्व गोल्डेनहर्स फिल्मस् प्रा.लि.का प्रबन्ध निर्देशक अच्युत बजगाँईंले गर्नु भएको थियो भने कार्यक्रम निर्देशक बरिष्ठ चलचित्र सम्पादक वनिश शाह तथा कार्यक्रम संयोजक गीतकार तथा चलचित्रकर्मी गणेश सुवेदी हुनुहुन्थ्यो । नेपाल पर्यटन बोर्डको सहकार्यमा सम्...
रीतु र चोनिफाईले जिते ‘मिस ग्रेस एसइइ’को ताज
मनोरन्जन, समाचार

रीतु र चोनिफाईले जिते ‘मिस ग्रेस एसइइ’को ताज

अन्तरनिहित प्रतिभा उजागर तथा उनीहरुको ब्यक्तित्व विकासमा सहयोग पुर्याउने उदेश्यका साथ साइपाल एकडेमीको प्रस्तुतीमा ग्रेस ईभेन्टले आयोजना गरेको मिस ग्रेस एसइइको शिर्ष ताज  रीतु कार्की तथा चोनिफाई तामाग्ङ ले चुमेका छन् भने फस्ट रनर अपमा मनिषा लामिक्षाने, सेकेण्ड रनर अपमा  स्वस्तिका सिग्देल , ब्राण्ड एम्बेसडरमा  प्रशुना भुजेल  र फेस अफ ग्रेसमा अनुपा हमाल ठकुरीले क्रमशः ताज जितेका छन् । काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघर मा शनिवार आयोजित प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले सो ताज पहिरिएका हुन । विधागत तर्फ भने मिस ग्रेस  नेपाल तर्फका बिजेता  रीतु कार्कीले मिस र्याम्प वाक र मिस वेष्ट फिगरको अवार्ड आफ्नो हातमा पार्दा मिस ग्रेस एसइइ तर्फकी बिजेता  चोनिफाई तामाग्ङ ले मिस बव्ली र मिस एथ्लेटको अवार्ड समेत हात पारिन । उक्त प्रतियोगिता को फस्ट रनर अप हुन सफल  मनिषा लामिक्षानेले मिस...