Saturday, November 21

मनोरन्जन

चौथो संस्करणको ‘लिटिल स्टार नेपाल २०८०’सम्पन्न
मनोरन्जन, समाचार

चौथो संस्करणको ‘लिटिल स्टार नेपाल २०८०’सम्पन्न

चौथो संस्करणको ‘लिटिल स्टार नेपाल २०८०’ को अन्तिम स्पर्धा यहि बैशाख १९ मा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘नृत्य’ , र ‘गायन’ समूहका मुख्य बिजेता घोषित भए । ‘सिनियर डान्स’ तर्फ अभिषेक यादव विजयी हुँदा अस्मि नेपालि फर्स्ट रनरअप, रुबेन रसाइली सेकेन्ड रनर अप, पृन्सिका कार्कि थर्ड रनर अप / पब्लिक चोईस र अभिषेक यादव मस्ट पपुलर अवार्ड विजेता घोषित भए। त्यसैगरी ‘जुनियर डान्स’ तर्फ अङ्किता सुनुवारले शिर्ष ताज पहिरिँदा यान्ना श्रेष्ठ फर्स्ट रनरअप, ताकी राइ सेकेन्ड रनरअप, आलिया तामाङ थर्ड रनरअप, निश्मा बस्नेत पब्लिक चोईस र मानशी बस्नेतले मस्ट पपुलर अवार्ड हात पारे। प्रतियोगिताको ‘गायन’ तर्फ रोज तामाङले शिर्ष उपाधी आफ्नो हातमा पारिन। फर्स्ट रनरअप युमि राइ, सेकेन्ड रनरअप अन्शु कार्की, थर्ड रनरअप प्रनेक अधिकारि, पब्लिक चोईस अवार्ड...
गीतकार दाहाललाई दोस्रो पटक म्युजिक खबरको उत्कृष्ट पप गीतकारको अवार्ड
मनोरन्जन, समाचार

गीतकार दाहाललाई दोस्रो पटक म्युजिक खबरको उत्कृष्ट पप गीतकारको अवार्ड

काठमाडौं । काठमाण्डौमा सम्पन्न दशौ म्युजिक खबर म्युजिक अवार्डमा ‘कौवा करायो’ बोलको गीतका लागि गीतकार रमेश दहाललाई उत्कृष्ट पप गीतकारको अवार्ड प्रदान गरिएको छ । विगत तिन दशकदेखि नेपाली मुलधारको गीत लेखनमा सकृय दहाल आधुनिक, पप तथा राष्ट्रभाव विधाका गीत लेख्छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डको दशौं संस्करणमा प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरियो । प्रतिष्ठिन गायक प्रेमराजा महतलाई डायस्पोरा संगीत सम्मान अर्पण गरिदा गायक भोजराज काफ्ले र निशा देशारलाई दशकको संगीत सम्मान अर्पण गरियो । गायिका मनिषा पोखरेललाई युवा प्रतिभा सम्मान र बाल गायिका आयुषा गौतमलाई बालप्रतिभा प्रोत्साहन सम्मान अर्पण गरियो । कार्यक्रममा पप गीत लेखनमा अवार्ड प्राप्त गर्न सफल दहालका सयौ हिट गीत आएका छन् भने उनका एकपछि अर्...
प्रख्यात संगीतकार शम्भूजीतको सङ्गीत ‘माया हुन्छ भनन’ (भिडियो)
मनोरन्जन, समाचार

प्रख्यात संगीतकार शम्भूजीतको सङ्गीत ‘माया हुन्छ भनन’ (भिडियो)

प्रख्यात सङ्गीतकार शम्भूजीत बासकोटाको सङ्गीत र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको गीत  ‘माया हुन्छ भनन’ लाई सार्वजनिक गरिएको छ । गीतकार ज्ञानेन्द्र गदालको शब्दरचना र दीक्षित पौडेलको एरेन्ज रहेको गीतको भिडियोलाई बिहीबार  काठमाडौंमा म्युजिक नेपालद्वारा एक समारोहबीच सार्वजनिक गरिएको हो । कार्यक्रममा बरिस्ठ सङ्गीतकार शम्भूजीत बासकोटा, गायक राम कृष्ण ढकाल , म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा, निर्देशक निकेश खड्का लगायतको उपस्थिति थियो । गीतको म्युजिक भिडियोमा गायक ढकाल र नायिका केकी अधिकारी अभिनय छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको क्यामेरा र विकास धमलाको  सम्पादन छ । गीतको भिडियो म्युजिक नेपालको युट्युब च्यानल, म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स  र ६० भन्द बढी डिजिटल प्लेटफर्ममा एकसाथ सार्वजनिक गरिएको छ  । कार्यक्रममा गायक रामकृष्ण ढकालले केही लाइभ गीत ...
आशिष बोहराको‘सधैं तिमीलाई’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

आशिष बोहराको‘सधैं तिमीलाई’सार्वजनिक(भिडियो)

काठमाडौँ। गायक आशिष बोहराको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सधैं तिमीलाई’ बोलको गीतमा रबी मल्लको शब्द तथा संगीत रहेको छ। रोमान्टिक गीतको भिडियोमा गणेशमान घले र दिभ्यानी ओली फिचर्ड छन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ। अनिल के. मानन्धरको डिओपी रहेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन्। भिडियोको एसोसियट निर्देशक सर्जुन राई हुन्। रोमान्टिक गीतको भिडियो उत्कृस्ट बनेको छ । भिडियो आशिष बोहराको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। ...
कशिस दाहाल अभिनित चलचित्र‘रोशनी’को नयाँ गीत सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

कशिस दाहाल अभिनित चलचित्र‘रोशनी’को नयाँ गीत सार्वजनिक(भिडियो)

चलचित्र ‘रोशनी’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण टिमले फिल्म ‘रोशनी’को गीत ‘अधुरो छु म तिमी बिना’ युटुबमार्फत रिलिज गरेको हो। सार्वजनिक भएको फिल्मको गीतमा ओम सुनार र अन्जु पन्तको आवाजमा सजिएको छ भने शब्द संगीत ओमले नै गरेका छन्।गीतको भिडियोमा फिल्मका मुख्य कलाकार कशिस दाहाल र रमेश अब्जुले अभिनय गरेका छन्। गीत रिलिज भएपछि अभिनेत्री दाहाल निकै उत्साहित भएकी छन्। उनले फिल्म निकै राम्रो बनेको र यस फिल्मले आफुलाई उचाईमा पुर्याउन सहयोग गर्ने बताईन।माया प्रेम र द्धन्दमा आधारित फिल्ममा कशिस र रमेशका अलवा नितल पल,सुरज राना,मेनुका गिरी लगायतको मुख्य भुमिका रहेको छ। फिल्मलाई अभिनेता रमेशले नै लेखेका हुन् भने निर्देशन खुब बहादुर सुनार रहेका छन्। सम्पादन गौतमराज खड्का,एक्सन गोपाल परियार र बीर मास्टर र डिओपी अर्नुन कुमार सुनार रहेका छन्। यस फिल्ममा अर्जुन पोखेरको संगीत,डाक्टर कृष्ण हरि बर...
सरु र राजेन्द्रको ‘फर्केर हेरन’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

सरु र राजेन्द्रको ‘फर्केर हेरन’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका सरु गौतम र गायक राजेन्द्र बजगाईको ‘फर्केर हेरन’ सार्वजनिक भएको छ । संगीत सम्योजन तथा कम्पोज स्वयं संगीतकार बजगाईले गरेका गीतको भिडियो गायिका गौतमको आफ्नै युट्युब च्यानल सरु गौतमबाट सार्बजनिक गरिएको छ। प्रीज्म स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतमा शब्द भुवन न्यौपानेको छ भने ध्वनी सम्पादन ध्वनी सम्पादक श्याम श्वेत रसाइलीले गरेका छन। काभ्रे र काठमाडौको बिभिन्न स्थानमा छाँयाकन गरिएको गीतमा गायक गायिका आफैले फिचरिङ गरेका छन भने निर्देशन अभि वाग्लेको रहेको छ। गीतको छायांकन तथा ड्रोन प्रबेश अधिकारी र सम्पादन राजेश कुमारले गरेका हुन। मेकअप शुस्मिता राई र प्रोडक्सन म्यानेजरमा बिक्रान्त आचार्य(बिनोद) रहेका छन।...
रामेछाप सांस्कृतिक कलाकार समाजको नेतृत्वमा कल्याणकारी कोषको स्थापना
मनोरन्जन, समाचार

रामेछाप सांस्कृतिक कलाकार समाजको नेतृत्वमा कल्याणकारी कोषको स्थापना

रामेछाप सांस्कृतिक कलाकार समाजको नेतृत्वमा कल्याणकारी कोषको स्थापना भएको छ । राजधानीमा एक कार्यक्रम गरि कोषको स्थापना गर्नुका साथै बृहत सांस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कोषको स्थापना गरिएको हो । कोषको स्थापनाको उद्घाटन गर्दै मन्त्री किराँतीले मन्त्रालयबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय संस्कृतिमा आएको बिकृतिलाई खुलेर बिरोध गर्नभयो । त्यस्तै संघिय सांसद एवम नेपाली कांग्रेस रामेछापका सभापति कान्छाराम तामाङले कला संस्कृतिलाई संरक्षण गर्नु हामी सबैको दाहित्व भएको भन्दै कलाकार समाजको कल्याणकारी कोषमा ३३ हजार रकम सहयोग गर्नुभएको छ । त्यसैगरी, पुर्वराज्यमन्त्री श्यामकुमार श्रेष्ठ,प्रदेश सांसद तारानारायन श्रेष्ठ,युवराज चौलागाई,पुर्वसभासद लक्ष्मी गुरुङ,...
हिमालयन अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न,शाहलाई नगद सहित दीर्घ साधाना सम्मान
मनोरन्जन, समाचार

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न,शाहलाई नगद सहित दीर्घ साधाना सम्मान

विमेन्स एरा एण्ड मिडिया ग्रुप प्रा.लि. नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ । राजधानीको जमलस्थिति होटल एलो प्यागोडामा परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष समारोहबीच शनिबार अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाहलाई नगद राशीसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । समारोहमा रङ्ग पत्रकारिता सम्मानबाट सञ्चारकर्मी पत्रकार हेम सुवेदी, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुईंटेल, सूर्य चन्द, सुमन सापकोटा, शिबराम भण्डारी र फोटो पत्रकार महम्मद जलिमलाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख अतिथि मन्त्री साउदले सम्मान गर्नुभएको थियो । यस्तै, हिमालयन सामाजिक व्यक्तित्व सम्मान-२०७९बाट वसुन्धरा लामा, सावित्री लामा, सुरेन्द्रप्रसाद सञ्जेल, हिक्मत कार्कीलाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख ...
अग्रज श्रेष्ठ बने ‘मोडल अफ दी ईयर नेपाल’
मनोरन्जन, समाचार

अग्रज श्रेष्ठ बने ‘मोडल अफ दी ईयर नेपाल’

तेश्रो संस्करणको ‘मोडल अफ दी ईयर नेपाल’ को शीर्ष उपाधी अग्रज श्रेष्ठले जितेका छन्। ड्रीम मोडलिङ एजेन्सी एन्ड ईभेन्ट मेनेजमेन्टद्वारा ईटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न उक्त प्रतियोगिताको अन्तिम स्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै श्रेष्ठले शीर्ष ताज पहिरीएका हुन् । बिजेताले शिर्ष उपाधीसंगै नगद रु २०,००० सहित ५ लाख बराबरको विमा, ३ लाख बराबरको आकर्षक उपहारहरुसंगै विभिन्न म्युजिक भिडियो, विज्ञापन तथा शर्ट मुभीहरुमा अभिनय गर्ने अवसर प्राप्त गरेका छन। प्रतियोगितामा प्रसन राउतले फर्स्ट रनरअपको ताज हात पारे भने मनिश शंकरले सेकेन्ड रनरअपको ताज पहिरिन सफल भए। राउत र शंकरले उपाधीसंगै क्रमशः नगद रू १५ हजार सहित ३ लाख बराबरको बीमा र १० हजारसहित २ लाखबराबरको बीमा र अन्य आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन। त्यसैगरी अर्गनाईजर चोईसको अवार्ड भने कृपा राईले हात पारेकी छिन। प्रेक्ष्या कट...
बुनु श्रेष्ठको’बहनिया मिला'(भिडियो)
मनोरन्जन, समाचार

बुनु श्रेष्ठको’बहनिया मिला'(भिडियो)

काठमाडौं। नेपाली आधुनिक संगीतमा गायिका बुनु श्रेष्ठको गायन यात्राले दशकौं पार गर्न लागिसकेको छ। अढाई सय नेपाली गीतमा सुमधुर स्वर दिइसकेकी छन्। यद्यपि, गायन यात्रामा चुपचाप छायांमा नै पर्दैआएकी उनै गायिका बुनु श्रेष्ठले नेपालभाषाको सांगीतिक क्षेत्रमा पनि आयामिक रुपमा आफूलाई प्रस्तुत गरेकी छन्। नेपालभाषामा पहिलो पल्ट बहनिया मिला अर्थात रातको जुन बोलको गीत शनिवार काठमाडौंमा सार्वजनिक गरेर आफूलाई नेपालभाषाको बलियो गायिका मात्र नभइकन नायिकाको रुपमा प्रस्तुत गर्न सफल भएकी छन्। आफ्नो गायनको गीत बहनिया मिलामा आफै नायिका बनेर बुलन्द अभिनय गरेकी बुनु श्रेष्ठ गायिका मात्र नभइकन नायिका पनि हुन भन्ने प्रमाणित गरेको छ। जुन गीतमा गायिका बुनु श्रेष्ठको अभिनयमा नेपाली चलचित्रका युगिन नायक धीरेन शाक्यले साथ दिएका छन्। बढी नेपाली चलचित्रमा मात्र सक्रिय बनिरहेका नायक शाक्य केही समय यता आफ्नो मातृभाषा न...