नेपाल भारतका ३७ प्रतिष्ठित व्यक्तित्वहरुलाई ‘गीता एभिएसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’
काठमाडौं । गीता एभिएसन ग्यालेक्सि एक्सिलेन्स अवार्डको दोश्रो संस्करण भव्य रुपमा सम्पन्न भएको छ । होटल हायात प्यालेसमा सम्पन्न उक्त कार्यक्रमा चलचित्र, साहित्य, वातावरण लगायत विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएका ३७ जना प्रतिष्ठित व्यक्तित्वहरुलाई ग्यालेक्सि अवार्ड प्रदान गरिएको छ । निकिला मिडिया नेटवर्क, पव्लिक सूचना तथा भवानी इन्टरटेनमेन्टको सँयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा चलचित्र, मोडलिङ, शिक्षा, साहित्य, स्वास्थ्य, गैरसरकारी सँस्था, सञ्चार, वातावरण, कला तथा सँस्कृति,खेलकुद लगायतका करिव डेढ दशकभन्दा लामो समयदेखि सक्रिय रहदै आएका उत्कृष्ट व्यक्तित्वहरुलाई अवार्ड वितरण गरिएको हो ।
प्रत्येक वर्ष करिव २ दशक भन्दा लामो समय क्रियाशील रहेर आफ्नो क्षेत्रबाट देश र समाजमा योगदान दिने व्यक्तित्वलाई राष्ट्र सेवा सम्मान गरिदै आएकोमा यस वर्ष नेपाल महिला चेम्बरकी अध्यक्ष,नेप...










